< Kitetidayta Ootho 9 >

1 Sawuley Goda ammaniiza asa wodhannas ceqetishshe qeessista halaqqako bidees.
तर शाऊल अझसम्म पनि प्रभुका चेलाहरूका विरुद्ध हत्यापूर्ण धम्कीहरू दिइरहेका थिए। तिनी प्रधान पुजारीकहाँ गए,
2 Goda oggee kaallizayta maccatanne addeista demmi qachchidi Yerusalame ekki yannas Damasqqoo gizason diza Ayhudata wossa keethas dabbidabe xaafana mala qeessista halaqa woosides.
र दमस्कसमा भएका विश्‍वासी पुरुष र स्त्रीलाई बन्दी बनाई यरूशलेममा ल्याउनका निम्ति त्यहाँका सभाघरहरूका नाममा पत्रहरू मागे।
3 Damasqqo gakkanna matishshin qoppontta salope po77oy iza yushshon pol7u giides.
आफ्नो यात्राको क्रममा उनी जब दमस्कसको नजिकै पुगे, तब अकस्मात् स्वर्गबाट एउटा प्रकाश उनको चारैतिर चम्क्यो।
4 Izikka herakka biitta bolla kunddidi salope “Sawule Sawule” tana aazas gooddazii? giza qaala siyydes.
उनी भुइँमा पछारिए, र यसो भन्दै गरेको एउटा आवाज तिनले सुने, “शाऊल, शाऊल, तिमी मलाई किन सताउँछौ?”
5 Sawuleykka Godo ne oonnee? giides. Izikka izas “tanni ne goodeththiza Yesussakko!
शाऊलले भने, “हे प्रभु, तपाईं को हुनुहुन्छ?” उहाँले जवाफ दिनुभयो, “म येशू हुँ, जसलाई तिमी सताइरहेका छौ।
6 Ne ha7i denddada gede kaatama gella, ne ooththanas besiizaz nes yootana” gides.
अब तिमी उठ र दमस्कसमा जाऊ, र तिमीले गर्नुपर्ने कुराहरू तिमीलाई बताइनेछ।”
7 Sawulera isippe biza asati qaala gireththi sisafe attin oonnakka beeyonntta gish ba dunna oykki eqqiida.
शाऊलसँगै यात्रा गरिरहेका मानिसहरू त्यहाँ अक्‍न न बक्‍क भएर उभिए। किनकि जो तिनीसँग बोलिरहनुभएको थियो, उहाँको आवाज तिनीहरूले बुझेनन्।
8 Sawuley ba kunddidasope denddidi ayfee doyi xeellizza wode aykokka demmanas dandda7ibeyna. Hessa gish izara diza asatti iza kushshe oykkiddi kaaleththi ekkidi Dammasqqo ehaaththaida.
शाऊल भुइँबाट उठे, जब तिनले आफ्ना आँखाहरू खोले, तिनले केही पनि देख्न सकेनन्। त्यसैले तिनका सङ्गीहरूले आफ्ना हातद्वारा तिनलाई डोर्‍याउँदै दमस्कसमा पुर्‍याए।
9 Hedzdzu gaalas gakkanaas qooqidine kathth hathth beeybeyna.
तीन दिनसम्म तिनी दृष्‍टिविहीन भए, र केही खानपिन गरेनन्।
10 Dammasqqon issi Hananiiya geetetiiza ammannizadey dees. Izas Goday ajjutan “Hananiiya” giddi xeeygides, izikka “yee Godo” gides.
हननिया नाम गरेका एक जना चेला दमस्कसमा थिए। तिनलाई प्रभुले दर्शनमा भन्‍नुभयो, “हे हननिया!” तिनले जवाफ दिए, “हजुर, प्रभु!”
11 Godaykka iza “dendda Surre geetettiza oggeyra Yuda geetettizadeso ba. Heen Sawule geetettiza issi Xarssesse assi wossishshe dess ne iza koya deemma.
प्रभुले तिनलाई भन्‍नुभयो, “तिमी सीधा नामको सडकमा यहूदाको घरमा जाऊ; र टार्सस निवासी शाऊल नामको व्यक्तिलाई त्यहाँ भेट। ऊ त्यस घरमा प्रार्थना गरिरहेको छ।
12 Gasooykka Hananiya geetetizzadey Sawuley dizaso yiddi izi xeelana mala iza bolla ba kushshe wothishinine ajjutan beyidees.
उसले हननिया नाम गरेका व्यक्तिले उसको शिरमा आफ्ना हातहरू राखेर फेरि आँखा देख्ने तुल्याएको दर्शनमा देखेको छ।”
13 Hananiyaykka zaaridi “Godo” ha urray Yerussalemen diza geshshata bolla aymala qooho gaththidakone ta daroo asape siyadiss.
तब हननियाले जवाफ दिए, “प्रभु, यस मानिसले यरूशलेममा तपाईंका पवित्र जनहरूलाई सताएको र तिनीहरूमाथि गरेको अत्याचारहरूका बारेमा मैले धेरैजनाबाट सुनेको छु,
14 Izi haa yiday ne sunththa xeeygizayta wurssi qachchanas qeessista halaqqatape godateth ekkiddikko.
र यहाँ पनि हजुरका नाम लिनेहरूलाई बन्दी बनाउन मुख्य पुजारीहरूबाट अधिकार लिएर त्यो मानिस आएको हो।”
15 Godaykka izas “Ne ba! haysi addezi Isra7ele gidonta dereta sinththanine kawoota sinththan hessaththokka Isra7eele dere sinththan ta sunththu tookana mala izi tas dooretiddade.
तर प्रभुले हननियालाई भन्‍नुभयो, “तिमी जाऊ! किनकि इस्राएलका बासिन्दाहरू, गैरयहूदीहरू र तिनीहरूका राजाहरूमा मेरो नाम घोषणा गर्न मैले यस मानिसलाई रोजेको छु।
16 Izi ta sunththa gish aymalla waaye beeyanako ta iza beesana” gides.
मेरो नामका निम्ति उसले कतिसम्म दुःख भोग्नुपर्छ म उसलाई देखाउनेछु।”
17 Hananiyaykka bidi izas yoottetidaso gelideess. Sawule bolla ba kushshe woththiddi “Ta ishsha Sawule ne ha yishshin nes ogge bolla qonccida Goda Yesussay ne ayfeey xeelana malane Xiillo Ayanan nenan kumana mala tana neekko kittides” gidees.
त्यसपछि हननिया त्यस घरभित्र गए। शाऊलको शिरमा आफ्ना हातहरू राखेर उनले यसो भने, “भाइ शाऊल, तिमी यस सहरमा आउँदा तिमीलाई बाटोमा दर्शन दिनुहुने प्रभु येशूले तिमीले फेरि देख्न सक, र तिमी पवित्र आत्माले भरपूर होऊ भनी मलाई यहाँ पठाउनुभएको छ।”
18 Herakka Sawule ayfepe poqqo malay poqqeti wodhdhin Izi xeellana dandda7idesine denddi xamaqetides.
तुरुन्तै शाऊलका आँखाहरूबाट पाप्राहरूजस्ता केही कुरा खसे; र तिनी फेरि देख्न सक्ने भए। तब तिनी उठे, र बप्‍तिस्मा लिए।
19 Kaththika miiddi minnides. Unddena wode ammanizaytara Dammasqqon gammides.
अनि केही खानेकुरा खाएपछि तिनले फेरि शक्ति पाए। शाऊलले दमस्कसमा चेलाहरूसँग धेरै दिन बिताए।
20 Herakka Yesussay Xoossa na gididayssa Ayhudata wossa keethatan tammariso oykkides.
अनि तुरुन्तै तिनले येशू परमेश्‍वरका पुत्र हुनुहुन्छ भनेर सभाघरहरूमा प्रचार गर्न सुरु गरे।
21 Siyida asay wuri “haysii yerussalamen ha sunththa xeeygizayta dhayisiza addeza giidene? Qasse izi ha yiday he asata qachchi ekki qeessista halaqatako ehaaththaanas gideene” gishe malaletida.
तिनका कुरा जति जनाले सुने, ती सबैले अचम्म मानेर सोधे, “के यो मानिस त्यही होइन, जसले यरूशलेममा यही नाम लिने मानिसहरूमाथि ठूलो अत्याचार गरेको थियो? त्यति मात्र होइन, यहाँ पनि यो नाम लिने मानिसहरूलाई समातेर मुख्य पुजारीहरूकहाँ सुम्पन यो आएको होइन र?”
22 Sawuley kasepe minni minni bides. Damasqqon diza Ayhudatas Yesussay izi Xoossi kittidade gididaysa ammanthishe asa duuna oyththides.
तर शाऊल झन्-झन् शक्तिशाली हुँदै प्रचार गर्न थाले र दमस्कसका यहूदीहरूका बीच येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने प्रमाणित गरेर तिनीहरूलाई छक्‍क पारे।
23 Daroo gaalassatape guye Ayhudatti Sawule wodhdhanas dulatida.
धेरै दिन बितेपछि, यहूदीहरूले तिनलाई मार्ने षड्यन्त्र गरे।
24 Izikka istta qoofa errides. Isttikka iza wodhdhanas kaatama gelthiza ogen gaalassine qama nagiida.
तर शाऊलले तिनीहरूका योजना थाहा पाए। तिनलाई मार्न सहरका ढोकाहरूमा मानिसहरू दिनरात पहरा दिन थाले।
25 Ammaniizayti gidiiko iza gidothth kaatama gimbbe guththa lukoor xaysen duge wooththida.
तर तिनका चेलाहरूले मध्यरातको पहरमा तिनलाई एउटा डालोभित्र राखेर पर्खालको प्वालबाट बाहिर निकाले।
26 Sawuley Yerusalame yiidi ammanizaytara wallakettana koyin isti izi tumu ammanizade gididayssa ammanetoontta gish izas babbida.
यरूशलेममा आएपछि तिनले चेलाहरूसँग मिल्न खोजे। तर तिनीहरू सबै जना उनीसँग डराए; किनकि शाऊल पनि चेला भइसकेको तथ्यलाई तिनीहरूले विश्‍वास गर्न सकेनन्।
27 Gido attin Barnabassay iza kittetidaytako ehaaththain sawuley izi Damasqqo ogge bolla Goda wostti beeydakoone Godaykka izas ayi yootidakoone qasekka Damasqqon dishshe izi aymala xalateththara Yesusa suntahan sabakidakko isttas yootides.
तर बारनाबासले तिनलाई प्रेरितहरूकहाँ लिएर गए। दमस्कसको आफ्नो यात्रामा शाऊलले कसरी प्रभुलाई देखे, कसरी प्रभु तिनीसँग बोल्नुभयो, र त्यस सहरमा कसरी उनले साहससाथ येशूको नामको प्रचार गरे, यी सबै कुरा बारनाबासले तिनीहरूलाई बताए।
28 Hessa gish Sawuley isttara deyides. Yerusalamen yuyi yuyidi babontta goda sunththan yootids.
त्यसपछि शाऊल तिनीहरूसँगै बसे। अनि यरूशलेममा स्वतन्त्र भएर घुम्‍दै साहससाथ प्रभुको नामको प्रचार गर्न थाले।
29 Girikke derepe yida Ayhudistara hasa7ishe palameetides, gido attin asaykka iza wodhanas koydes.
ग्रीकभाषी यहूदीहरूका बीच उहाँको नामको वर्णन गर्नुको साथै उनीहरूसँगै वाद-विवाद पनि गरे। तर तिनीहरूले तिनलाई मार्ने योजना बनाए।
30 Ammanizayitti hessa erridi duge Qisariya gizaso woththidi Xarssesse yediida.
यो कुरा अरू विश्‍वासीजनहरूले थाहा पाएपछि तिनलाई कैसरियामा ल्याई त्यहाँबाट टार्सस पठाइदिए।
31 Hessa wode Yudanine Galilan, Sammariyankka diza ammanizaytti saron deyiddi kasepe minnida. Qasseka Xoossa yashshatethan simeretishshe Xiillo Ayanan minetidane kasepe qoodan dari dari biida.
त्यसपछि यहूदिया, गालील र सामरियाका मण्डलीमा केही शान्ति छायो र मण्डली सुदृढ भयो। तब मानिसहरू प्रभुको डरमा जिउन थाले, र पवित्र आत्माद्वारा उत्साह पाएर तिनीहरू संख्यामा वृद्धि हुँदैगए।
32 Phixiroossay derepe deren yuyishshe Liida kataman diza ammanizayta beeyanas dugge wodhdhides.
पत्रुस विभिन्‍न ठाउँहरूमा प्रचार गर्दै जाने क्रममा लिड्डामा बस्‍ने पवित्र जनहरूलाई भेट्न गए।
33 Heen Eena geetettizade osppun layththa hixxan qachchetida issi gundda assi demmides.
तिनले त्यहाँ पक्षाघातले आठ वर्षदेखि ओछ्यानमा थला परेको एनियास नामको एक जना मानिसलाई भेटे।
34 Phixiroossaykka “Hayso Eena Yesuss kiristtossay nena paththana, dendda ne hiixa denththa” giides. Eenay herakka puththurkku gi dendides.
पत्रुसले तिनलाई भने, “एनियास, येशू ख्रीष्‍टले तिमीलाई निको तुल्याउनुहुन्छ। उठ र आफ्नो ओछ्यान मिलाऊ।” तब एनियास तुरुन्तै उठ्यो।
35 Liidanine Saroonan diza asay wuri iza beeyidi Godan ammanides.
त्यसपछि लिड्डा र शारोनमा बस्‍ने सबै जनाले त्यसलाई देखे, र प्रभुमा फर्के।
36 Yoophe gizason Xabbiita geetettiza issi ammanizara daysu. Izi sunththa birshechchi Girkke qaalara “dorqqa” geetetes. Iza wursio wode loo77o ooso minna ooththashene manqqota maddashe daysu.
योप्पा सहरमा तबीता (ग्रीक भाषामा उनलाई डोरकास भनिन्थ्यो) नामकी एक जना बहिनी थिइन्। तिनी सदा असल कार्य गरिरहन्थिन् र गरिबहरूलाई सहायता पनि गर्ने गर्थिन्।
37 He wode iza harggada heyqqin asay aha mecci pude fooqqen kesii wothida.
त्यही समयमा तिनी बिरामी भइन्, र मरिन्। तिनलाई नुहाइदिएर माथिल्‍लो तलाको कोठामा राखियो।
38 Liiday Yophphes maata gidida gish ammanizayti phixiroossay Liidan dizayssa siyddi namm7u asata kittidi “Elle ha yarkki” gi wossida.
लिड्डाचाहिँ योप्पाको नजिकै थियो। त्यसैले चेलाहरूले पत्रुस लिड्डामा भएको सुनेर तिनीहरूले दुई जनालाई तिनीकहाँ पठाएर अनुरोध गरे, “कृपया तुरुन्तै आउनुहोस्।”
39 Phixiroossaykka denddidi kittetida asatara gakkida wode iza pude he fooqqe bolla kessida. Am7etikka wuri iza yuyi aadhi eqqidi dorqqay paxxa dashe isttara ooththida qamisatane mayoota besi besi yeekkida.
तब पत्रुस तिनीहरूसँग गए, र जब तिनी त्यहाँ पुगे, उनलाई माथि कोठामा लगियो। सबै विधवाहरू उनको चारैतिर उभिएर रुँदै तिनीहरूसँग भएको बेला डोरकासले बनाएका पोशाक र अरू लुगाहरू तिनीहरूले देखाए।
40 Phixiroossaykka asa wursi kifilezape keesikinne gulbatidi woossides. Ahakko simmidi “Hane xabbiita dendda!” gidees. Izakka ba ayfe dooyada xeeladdus. Phixiroossaka beeyada dendda utadusu.
त्यस कोठाभित्र भएका सबैलाई पत्रुसले बाहिर पठाए। त्यसपछि उनले घुँडा टेकेर प्रार्थना गरे। मरेकी स्त्रीतिर फर्केर उनले भने, “तबीता, उठ!” अनि तिनले आफ्ना आँखाहरू खोलिन्, र पत्रुसलाई देखेपछि तिनी उठेर बसिन्।
41 Izikka izi kushshe oykki denththides. Ammanizaytane ammi7ista xeeygidi izo istas paxxa shempora immidees.
पत्रुसले हातले समातेर तिनलाई आफ्नै खुट्टामा उभिन मदत गरे। त्यसपछि तिनले विधवा तथा पवित्र जनहरूलाई कोठाभित्र बोलाए। अनि जीवित तबीतालाई तिनीहरूकहाँ सुम्पिदिए।
42 He hanoy kumeththa yophphen erretidesine daroo asayka godo ammanides.
यो घटना सम्पूर्ण योप्पा सहरबासीले थाहा पाए। अनि धेरै जनाले प्रभुमा विश्‍वास गरे।
43 Phixiroossaykka issi simmona geetettiza galliba qaaccizadeera yophphen daroo wode deydees.
त्यसपछि, पत्रुस योप्पा सहरमा सिमोन नामको एक जना छालाको काम गर्नेको घरमा केही दिनसम्म बसे।

< Kitetidayta Ootho 9 >