< Kitetidayta Ootho 8 >

1 Sawuleyka isixxipanose hayqon isttara qofan gagidees. He wode Yerusalamen diza ammanizayta bolla gitta goodetethi denddides. Kittetidayti atta ammanizayti wuri yuda awurajjanine saamariya awurajjan wursion lalletida.
अनि त्यस हत्यामा शाऊलको पनि सहमति थियो। त्यसै दिन यरूशलेमका मण्डलीहरूका विरुद्ध ठूलो सतावट र दमन सुरु भयो। यसले गर्दा प्रेरितहरूबाहेक सबै दाजुभाइ-दिदीबहिनीहरू यहूदिया र सामरियाका इलाकातिर तितरबितर भए।
2 Ayana ooson miinni eqqida asati Isixxifanose moggidi, izas daroo yeekkida.
परमेश्‍वरका जनहरूले स्तिफनसलाई चिहानमा लगेर गाडे, र उनको मृत्युमा गहिरो शोक मनाए।
3 Sawuley qasse wossa keeththa dhayssanas giixxi denddides. Ammaniza asa issa issa keethi gellidi maccatane addista goochi goochi keesiddi qasho keeththan yeegides.
तर शाऊलले भने मण्डलीलाई नष्‍ट गरिरहेका थिए। तिनले घर-घरमा पसेर पुरुषहरू र महिलाहरूलाई घिस्याउँदै ल्याएर तिनीहरूलाई झ्यालखानामा हाल्‍दथे।
4 Laalletidayti wuri ba bidason bidason Xoossa qaala yootida.
तिनीहरू तितरबितर भएर चारैतिर छरिएकाहरू जहाँ-जहाँ पुगे, तिनीहरूले वचन प्रचार गर्दैगए।
5 Pilphphossaykka Sammariya geetettiza kaatama wodhdhidi asas kiristtossa sabakkides.
फिलिप सामरियाको एउटा सहरमा पुगे, र त्यहाँ ख्रीष्‍टको प्रचार गर्न थाले।
6 Daro derey Pilphphossay ooththiza malata beeydi izzi yootiza qaala wozinappe lo7ethi siyides.
जब भीडले फिलिपको मुखबाट निस्केका वाणीहरू सुने, अनि तिनले गरेका अलौकिक चिन्हहरू देखे, तब ती सबैले तिनले बोलेका वचनहरूमा निकै ध्यान दिए।
7 Tuuna ayannatikka daroo asappe wassi wassi kezzida. daro too siillattine wobeetiikka paxxida.
धेरैबाट अशुद्ध आत्माहरू चिच्याउँदै बाहिर निस्के। अनि धेरै पक्षघात भएका रोगीहरू र लङ्गडाहरू निको पारिए।
8 Hessa gish he kaatamma asay daroo uhaaththaa7etides.
यसरी त्यस सहरमा ठूलो आनन्द छायो।
9 Gido attin hessafe kase he kaattamayin maro marotiidi Sammariya asa daroo malalisizaz ooththiza issi Simmona giza maroy dees. Izikka bena giita asa mala qoodizade.
त्यसै सहरमा केही समयदेखि सिमोन नामको मानिसले जादु गरेर सामरियाका सबै मानिसहरूलाई अचम्ममा पारेको थियो; जसले आफूलाई एउटा महान् व्यक्ति भएको दाबी गर्थ्यो।
10 Assay wuri guuthatappe gitata gakkanaas wurikka “haysi addezi gitta wolqama geetettiza Xoossa wolqako” gishe izi giza wursi wozinape siyees.
साना र ठूला सबैले उसको कुरा ध्यान दिएर सुन्दथे र आश्‍चर्य प्रकट गर्दै, “यो मानिस परमेश्‍वरका शक्ति, महाशक्ति हो” भनी मान्दथे।
11 Daroo wode ba marrotetha ooson asa malalisida gish asay iza wozinappe kaalishe gam7ides.
तिनीहरू त्यसको पछि लाग्थे, किनकि धेरै समयदेखि तिनीहरूलाई त्यसले आफ्ना जादुहरूले अचम्म पारिरहेको थियो।
12 Gido attin Pilphphossay Xoossa kawootetha gishine Yesuss kiristtossa gish sabbakkiidayssa siyidi ammanniida maccashayne atummassay xammaqetides.
तर परमेश्‍वरको राज्यको सुसमाचार र येशू ख्रीष्‍टको नामको बारेमा फिलिपले गरेका प्रचारमा तिनीहरूले जब विश्‍वास गरे, तब दुवै स्त्री र पुरुष सबैले बप्‍तिस्मा लिए।
13 Simmonaykka ammaniid xammaqetides. Pilphphossakka kaalli bidi haniza giita mallata beeyidi malaletides.
सिमोन आफैँले पनि विश्‍वास गर्‍यो; र बप्‍तिस्मा लियो। फिलिप गएका सबै ठाउँमा ऊ पनि सँगै गयो; अनि आफूले देखेका ठूला अलौकिक चिन्हहरू र अचम्मका कामहरू देखेर छक्‍क पर्‍यो।
14 Yerusalamen diza kitetidayti, Sammariya asay Xoossa qaala ekkidi amanidayssa siydi Phixxirossane Yanissa isttakko kittida.
जब सामरियाका मानिसहरूले परमेश्‍वरको वचन ग्रहण गरेका यरूशलेमका प्रेरितहरूले सुने, तब तिनीहरूले पत्रुस र यूहन्‍नालाई सामरियामा पठाए।
15 Isttikka Sammariya gakkidi ammanida asay Xiillo Ayana ekkana mala asas woossida.
जब तिनीहरू त्यहाँ आइपुगे, तब ती नयाँ मानिसहरूका लागि पवित्र आत्मा प्राप्‍त गर्न सकून् भनेर तिनीहरूले प्रार्थना गरे।
16 Gasoykka he wode istti coo Yesussa sunththan xamaqetida attin buroo Xiillo Ayanay isttafe issade bollakka woodhdhibeyna.
किनकि तिनीहरू कसैमाथि पनि पवित्र आत्मा अझै आउनुभएको थिएन। प्रभु येशूको नाममा तिनीहरूले बप्‍तिस्मा मात्रै लिएका थिए।
17 Hessa gish Phixxirossayne Yanissay ba kushshe asa bolla woththin asay Xiillo Ayana ekkides.
त्यसैकारण तिनीहरूमाथि पत्रुस र यूहन्‍नाले आफ्नो हात राखिदिए, र तिनीहरूले पवित्र आत्मा प्राप्‍त गरे।
18 Simonaykka kitetidayti kushshe woththi wossin Xiillo Ayanay imeetizayssa beeydi Phixxirossasine Yanissas miishshe eekki yiddi
प्रेरितहरूले हात राख्दा पवित्र आत्मा पाएको जब सिमोनले देख्यो, तब उसले तिनीहरूलाई पैसा दिन खोज्यो।
19 “Ta iza bolla ta kushshe woththizadey wuri xiillo ayana ekkana mala hayssa mala godateeth taskka immite” giin,
अनि भन्यो, “मलाई पनि यस्तै गर्न सक्ने अधिकार दिनुहोस्, मैले पनि जसमाथि हात राखूँला, त्यसले पवित्र आत्मा प्राप्‍त गरोस्!”
20 Phixxirossay izas zaaridi “Xoossa immotethi ne mishshan shammana qoppiida gish neni ne mishshara isfe dhaya.
यो सुनेर पत्रुसले जवाफ दिए: “तिमीसँगै तिम्रो धनसम्पत्ति पनि नाश होस्; किनकि धनसम्पत्तिबाट परमेश्‍वरको वरदान तिमी किन्‍न सक्छौ भनी तिमीले सोचेका छौ!
21 Ne wozinay Xoossa sinththan suure gidontta gish nes hayssa ha oosozan gishay woykko eexxa deena.
यस सेवा कार्यमा तिम्रो सहभागिता वा कुनै हिस्सा छैन। किनकि परमेश्‍वरको सामु तिम्रो हृदय ठिक छैन।
22 Hayssa ne iitatetha gish ha7i elle marotethan gella, nes Goda wossa, hayssa ne wozina qoohaaththaa nes atto ganakone oone errizay.
यस दुष्‍ट्याइँका निम्ति पश्‍चात्ताप गर, र प्रभुसँग प्रार्थना गर। तिम्रो हृदयको यस्तो दुष्‍ट विचार सायद उहाँले क्षमा गरिदिनुहुनेछ।
23 Gasoykka neni iitatethan kummidaysane makal77an qachchista uttidaysi taas bettees” gides.
किनकि म देख्दैछु, तिमी तितोपनाले भरिपूर्ण छौ र पापको बन्दी भएका छौ।”
24 Simmonaykka zaaridi “Inte gida yootappe aykoykka ta bolla gakontta mala tas Goda wossiti” gides.
यो सुनेर सिमोनले जवाफ दियो, “मेरा निम्ति प्रभुसँग प्रार्थना गरिदिनुहोस्, र तपाईंले भन्‍नुभएका कुनै पनि कुरा ममाथि आइनपरोस्!”
25 Phixxirossayne Yanissay Goda qaala markkatidayssafene qonccisi yootidayssafe guye daroo Sammariya manddarattan mishshiracho sabbakishe Yerusalame simmida.
जब तिनीहरूले प्रभुको वचनको घोषणा गरे, अनि त्यसको साक्षी दिए, तब पत्रुस र यूहन्‍ना यरूशलेम फर्के। फर्किएर जाने क्रममा तिनीहरूले सामरियाका धेरै गाउँहरूमा सुसमाचार प्रचार गर्दैगए।
26 Goda kitanchay pilphphoossa “dendda! Yerussalameppe duge baggara gede Gaaza ehaaththaiiza baazo oggara ba” gides.
त्यसपछि प्रभुको एउटा दूतले फिलिपसँग यसो भने, “यरूशलेमबाट गाजातर्फ जाने दक्षिणतिर मरुभूमिको सडकमा तिमी जाऊ।”
27 Izikka denddi bides. Hinddako geetettiza Tophiya kawooya ba keeththanine ba kawootethan diza wurso mishsha bolla allafetethan woththida issi Tophiya gunddula assi izara gaggides. He addezi Xoossas goynana Yerusalame bides.
अनि तिनी त्यतैतिर लागे। बाटोमा तिनले एक जना इथियोपियाली नपुंसकलाई भेटे। ती नपुंसक इथियोपियाली महारानी कन्दाकीको सम्पूर्ण सम्पत्तिको रेखदेख गर्ने महत्त्वपूर्ण उच्‍च अधिकारी थिए। ती मानिस आराधनाका निम्ति यरूशलेम गएका थिए,
28 Izi heppe simmishe paara gaaren uttidi nabe Issayasa maaxxafa nababes.
र घर फर्कँदा बाटोमा आफ्नो रथमा बसेर अगमवक्ता यशैयाको पुस्तक पढिरहेका थिए।
29 Ayanay pilphphoossa “Ba sekki paara gaarezakko shiiqa” gides.
फिलिपलाई पवित्र आत्माले भन्‍नुभयो, “नजिकै जाऊ, र त्यो रथ सँगसँगै लाग।”
30 Pilphphoossaykka eesotidi paara garezako biiddi adezi nabe Isayasa maaxxahaaththaa nababishin siyidi “Hessi ne nababizayssi nes gellizee?” gides.
अनि फिलिप रथतिर दौडिँदै गए, र नजिकै पुगेपछि ती मानिसले यशैया अगमवक्ताको पुस्तक पढेको तिनले सुने। अनि फिलिपले सोधे, “तपाईंले जे पढिरहनुभएको छ, के त्यो बुझ्नुहुन्छ?”
31 Addezika tana erisiza urray bayndda ta wostta ero?” gides, Izikka gede iza gaarezan gellidi iza achchan uttana mala wossides.
“जबसम्म यसको व्याख्या कसैले गरिदिँदैन, म कसरी बुझ्नसक्छु?” उनले जवाफ दिए। त्यसैले तिनले फिलिपलाई रथमाथि उक्लेर आफूसँगै बस्‍न आग्रह गरे।
32 Izi nababiiza maaxxahaaththaay “Izi dorssa mala shukeistana laagetides, dorssa laaqqay iththike qanxxizade sinththan co7u giza mala hessathokka izi ba duuna poggibeyna.
ती नपुंसक पवित्रशास्त्रको यो अंश पढिरहेका थिए: “उहाँलाई मारिन लगिएको थुमाझैँ लगियो, जसरी थुमा ऊन कत्रनेको सामु चुप लागेर बस्छ, त्यसरी नै उहाँले पनि आफ्नो मुख खोल्नुभएन।
33 Bena kawushidi pirday bayndadde gidides. Iza shemppoya biitta bollafe diggista gish, iza yelletitha gish hasa7ana danddaizay oonne?” gees.
उहाँको अपमानित अवस्थामा उहाँ न्यायबाट वञ्चित हुनुभयो। उहाँका पुस्ताको कसले वर्णन गर्न सक्छ? किनकि उहाँको जीवन पृथ्वीबाट हटाइयो।”
34 Addezika zaaridi pilphphoossa “Nabezi hayssa oonna gish gize? Be gish gizeye woykko hara urra gish gizee? Hayana tas yootarkkii!” gides.
नपुंसकले फिलिपलाई सोधे, “कृपया मलाई भन्‍नुहोस्, अगमवक्ता कसका बारेमा कुरा गर्दैछन्, आफ्नै बारेमा वा अरू कसैको बारेमा?”
35 Pilphphosaykka ba duna doyydi he maaxxaahaaththaappe oykkidi Yesussa mishiracho qaala gish markkatides.
त्यसपछि फिलिपले पवित्रशास्त्रको त्यही पदबाट सुरु गर्दै तिनलाई येशूको बारेमा सुसमाचार सुनाए।
36 Istti isfe bishe haaththi dizaso gakkida. Addezika “Heko haththi hayssan dees, Histtin ta xammaqetontta mala digizay aaze? gides
तिनीहरू बाटोमा जाँदै गर्दा केही पानी भएको ठाउँमा आइपुगे; अनि नपुंसकले भने, “हेर्नुहोस्, यहाँ पानी रहेछ, मेरो बप्‍तिस्मा किन यहीँ गरिदिनुहुन्‍न?”
37 Pilphphoossaykka ne kummetha wozanappe ammanikko xammaqistana dandda7asa giides. Addezika “Yesus Kiristtossay Xoossa na gididayssa amanays” gides.
फिलिपले भने, “यदि सारा हृदयले नै विश्‍वास गर्नुहुन्छ भने तपाईंले बप्‍तिस्मा लिन सक्नुहुन्छ।” तिनले जवाफ दिए, “येशू ख्रीष्‍ट नै परमेश्‍वरका पुत्र हुनुहुन्छ भनी म विश्‍वास गर्दछु।”
38 Adezi paara gaarezi eqqana mala azazin namm7ay isfe haathan woodhdhin Pilphphoossay addeza xammaqides.
अनि तिनले रथ रोक्न हुकुम दिए; अनि फिलिप र ती नपुंसक दुवै पानीभित्र पसे, र फिलिपले तिनलाई बप्‍तिस्मा दिए।
39 Istt haathafe kezishin Xoossa Ayanay Pilphphoossa denththi ehaaththaides. Addez hessafe guye iza beeybeyna. Gido attin uhaaththaaysan ba ogge bides.
जब तिनीहरू पानीबाट बाहिर आए, तब प्रभुको आत्माले फिलिपलाई अकस्मात् लिएर जानुभयो, र त्यसपछि ती नपुंसकले फिलिपलाई फेरि देखेनन्। अनि तिनी आनन्दित हुँदै आफ्नो बाटो लागे।
40 Hessafe guye Pilphphoossay Azaxxone gizason betides. Qisaariya gizaso gakkanaas izi biza ogge bolla kaataman wurson mishshiracho qaala sabbakides.
तर फिलिपले आफूलाई अश्दोदमा पाए। अनि त्यहाँबाट कैसरिया नपुगुन्जेलसम्म बाटोमा पर्ने सबै सहरहरूमा सुसमाचार प्रचार गरे।

< Kitetidayta Ootho 8 >