< Ayubu 20 >

1 Ndipo Sofari Mnaamathi akajibu:
तब सोपर नमातीले जवाफ दिए र यसो भने,
2 “Mawazo yanayonisumbua yananisukuma kujibu, kwa sababu nimehangaika sana.
“ममा भएको चिन्ताको कारणले, मेरा विचारहरूले मलाई झट्टै जवाफ दिने बनाउँछन् ।
3 Ninasikia makaripio ambayo yananivunjia heshima, nao ufahamu wangu unanisukuma kujibu.
मलाई अनादार गर्ने हप्की म सुन्छु, तर मेरो सुझबुझको आत्माले मलाई जवाफ दिन्छ ।
4 “Hakika unajua jinsi ilivyokuwa tangu zamani, tangu zamani mwanadamu alipowekwa duniani,
यो सत्यता तपाईंलाई प्राचीन समयदेखि नै थाहा छैन र, जति बेला परमेश्‍वरले मानिसलाई पृथ्वीमा राख्‍नुभयोः
5 macheko ya mtu mwovu ni ya muda mfupi, nayo furaha ya wasiomcha Mungu hudumu kwa kitambo tu.
दुष्‍ट मानिसको जित क्षणिक हुन्छ, र ईश्‍वरहीन मानिसको आनन्द क्षणभर मात्र रहन्‍छ ।
6 Ingawa kujikweza kwake hufikia mbinguni na kichwa chake hugusa mawingu,
उसको उच्‍चता आकाशसम्मै पुगे, र उसको शिर बादलसम्मै पुगे पनि,
7 ataangamia milele kama mavi yake mwenyewe. Wale waliomwona watauliza, ‘Yuko wapi?’
त्‍यस्‍तो व्यक्ति आफ्नै मलमूत्रझैं स्थायी रूपमा नष्‍ट हुनेछ । उसलाई देखेकाहरूले सोध्‍नेछन्, 'ऊ कहाँ छ?'
8 Kama ndoto hutoweka, wala hapatikani tena, amefukuziwa mbali kama maono ya usiku.
ऊ सपनाझैं हराउनेछ, र भेट्टाइने छैन । वास्तवमा ऊ रातको दर्शनझैं लुप्‍त हुनेछ ।
9 Jicho lililomwona halitamwona tena; mahali pake hapatamwona tena.
उसलाई देखेका आँखाले फेरि उसलाई देख्‍नेछैन । उसको ठाउँले फेरि उसलाई देख्‍नेछैन ।
10 Watoto wake watalipa yote baba yao aliyowadhulumu maskini, nayo mikono yake itarudisha mali yote aliyonyangʼanya watu.
उसका छोराछोरीले गरिब मानिसहरू सँग क्षमा माग्‍नेछन् । उसको धन-सम्पत्ति उसकै हातले फिर्ता गर्नुपर्नेछ ।
11 Nguvu za ujana zilizoijaza mifupa yake, zitalala naye mavumbini.
उसका हड्‍डीहरू युवावस्थाका ताकतले भरिएका छन्, तर ऊसँगै ती पनि भुइँमा ढल्‍नेछन् ।
12 “Ingawa uovu ni mtamu kinywani mwake naye huuficha chini ya ulimi wake,
उसको मुखमा दुष्‍टता गुलियो भए पनि, उसले त्‍यसलाई आफ्नो जिब्रोमुनि लुकाए पनि,
13 ingawa hawezi kukubali kuuachia uende, lakini huuweka kinywani mwake.
उसले त्‍यो त्‍यहीं राख्‍छ अनि त्‍यसलाई, फुत्‍किन दिंदैन तर त्‍यो आफ्‍नो मुखेमा राख्‍छ भने पनि,
14 Hata hivyo chakula chake kitakuwa kichungu tumboni mwake, nacho kitakuwa sumu kali ya nyoka ndani yake.
उसको भुँडीभित्र भएको खाना तितो बन्छ । उसको भित्र त्‍यो सर्पको विषझैं बन्छ ।
15 Atatema mali alizozimeza; Mungu atalifanya tumbo lake kuzitapika.
उसले धन-सम्पत्ति निल्छ, तर उसले फेरि ती बान्‍ता गर्छ । परमेश्‍वरले उसको पेटबाट ती बाहिर निकाल्नुन्‍छ ।
16 Atanyonya sumu za majoka; meno ya nyoka mwenye sumu kali yatamuua.
उसले सर्षको विष चुस्‍नेछ । साँभे-सर्पको जिब्रोले उसलाई मार्नेछ ।
17 Hatafurahia vijito, mito inayotiririsha asali na siagi.
महको धारा अर्थात् तरलता, र घिउको आनन्‍द उसले लिन पाउनेछैन ।
18 Vile alivyovitaabikia atavirudisha bila kuvila; hatafurahia faida itokanayo na biashara yake.
आफ्नो परिश्रमको फल उसले फिर्ता गर्नेछ र त्यो खान सक्‍नेछैन । आफ्‍नो व्यापारद्वारा कमाएको सम्‍पत्तिको आनन्‍द उसले पाउनेछैन ।
19 Kwa kuwa aliwaonea maskini na kuwaacha pasipo kitu; amenyangʼanya kwa nguvu nyumba asizozijenga.
किनकि उसले गरिब मानिसहरूलाई अत्याचार र बेवास्ता गरेको छ । आफूले नबनाएका घरहरूलाई उसले जबरजस्‍ती कब्जा गरेको छ ।
20 “Hakika hatakuwa na raha katika kutamani kwake sana; hawezi kujiokoa mwenyewe kwa hazina zake.
ऊ आफैमा सन्तुष्‍ट नभएको हुनाले, आफूले मजा लिने कुनै कुरा पनि उसले बचाउन सक्‍नेछैन ।
21 Hakuna chochote kitakachosalia kwa ajili yake ili ale; kufanikiwa kwake hakutadumu.
उसले नखाएको कुनै कुरो बाँकी छैन । त्यसकारण उसको सम्‍बृद्धि स्थायी हुनेछैन ।
22 Katikati ya wingi wa ustawi wake, dhiki itampata; taabu itamjia kwa nguvu zote.
आफ्नो धनको प्रचुरतामा ऊ सङ्कष्‍टमा पर्नेछ । गरिबीमा रहेकाहरू हरेकको हात उसको विरुद्धमा आइलाग्‍नेछ ।
23 Atakapokuwa amelijaza tumbo lake, Mungu ataionyesha ghadhabu kali dhidi yake, na kumnyeshea mapigo juu yake.
उसले आफ्नो पेट भर्नै लाग्दा, परमेश्‍वरले आफ्नो घोर क्रोध उसमा उतार्नुहुन्‍छ । उसले खाइरहँदा परमेश्‍वरले उसमाथि त्‍यो बर्साउनुहुन्‍छ ।
24 Ijapokuwa aikimbia silaha ya chuma, mshale wa shaba utamchoma.
त्‍यो मानिस फलामको हतियारबाट भागे तापनि, काँसको धनुले उसलाई प्रहार गर्नेछ ।
25 Atauchomoa katika mgongo wake, ncha ingʼaayo kutoka ini lake. Vitisho vitakuja juu yake;
आफ्नो पिठिउँबाट उसले त्यो तान्‍नेछ, र चम्कने टुप्पो उसको कलेजोबाट बाहिर निस्कनेछ । उसमा त्रासहरू आउनेछन् ।
26 giza nene linavizia hazina zake. Moto usiopepewa na mtu utamteketeza, na kuangamiza yaliyosalia nyumbani mwake.
उसको धनको लागि निस्पट्ट अन्धकार साँचिएको छ । प्रचण्ड आगोले उसलाई भस्म पार्नेछ । उसको पालमा छोडिएका सबै कुरालाई त्‍यसले भष्‍म पार्नेछ ।
27 Mbingu zitaweka wazi hatia yake, nayo nchi itainuka kinyume chake.
स्वर्गले उसको अधर्म प्रकट गर्नेछ, र साक्षीको रूपमा पृथ्वी नै उसको विरुद्धमा खडा हुनेछ ।
28 Mafuriko yataichukua nyumba yake, maji yaendayo kasi katika siku ya ghadhabu ya Mungu.
उसको घरको धन लुप्‍त हुनेछ । परमेश्‍वरको क्रोधको दिनमा उसका सामानहरू टाढा बग्‍नेछन् ।
29 Hili ndilo fungu Mungu alilowagawia waovu, urithi uliowekwa kwa ajili yao na Mungu.”
परमेश्‍वरबाट दुष्‍ट मानिसले पाउने भाग, परमेश्‍वरले उसको निम्ति साँच्नुभएको पैतृक-अंश यही हो ।

< Ayubu 20 >