< रोमी 5 >
1 हामी विश्वासद्वारा धर्मी ठहरिने हुनाले हाम्रा प्रभु येशू ख्रीष्टद्वारा हामी परमेश्वरसँग शान्तिमा छौँ ।
Iustificati ergo ex fide, pacem habeamus ad Deum per Dominum nostrum Iesum Christum:
2 हामीले उहाँप्रतिको विश्वासद्वारा यो अनुग्रहमा प्रवेश पाएका छौँ जसमा हामी खडा छौँ । हामी परमेश्वरले हामीलाई भविष्यको निम्ति दिनुहुने दृढता अर्थात् हामी परमेश्वरको महिमामा सहभागी हुनेछौँ भन्ने दृढतामा रमाउँछौँ ।
per quem et habemus accessum per fidem in gratiam istam, in qua stamus, et gloriamur in spe gloriæ filiorum Dei.
3 यति मात्र होइन, तर हामी हाम्रो कष्टमा पनि रमाउँछौँ । हामी जान्दछौँ, कि कष्टले सहनशीलता उत्पन्न गराउँछ ।
Non solum autem, sed et gloriamur in tribulationibus: scientes quod tribulatio patientiam operatur:
4 सहनशीलताले सहमति उत्पन्न गराउँछ र सहमतिले भविष्यको निम्ति भरोसा उत्पन्न गराउँछ ।
patientia autem probationem, probatio vero spem,
5 यो भरोसाले निराश पार्दैन, किनभने हामीलाई दिइएको पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रो हृदयमा खन्याइएको छ ।
spes autem non confundit: quia charitas Dei diffusa est in cordibus nostris per Spiritum sanctum, qui datus est nobis.
6 किनकि हामी कमजोर हुँदा नै ख्रीष्ट अधर्मीको निम्ति ठिक समयमा मर्नुभयो ।
Ut quid enim Christus, cum adhuc infirmi essemus, secundum tempus pro impiis mortuus est?
7 एक जना धर्मी मानिसको लागि मुस्किलले कोही मर्नेछ । अर्थात् एक जना असल मानिसको लागि सायद कोहीले मर्ने साहस गर्थ्यो ।
Vix enim pro iusto quis moritur: nam pro bono forsitan quis audeat mori.
8 तर परमेश्वरले हामीप्रति उहाँको आफ्नो प्रेम प्रमाणित गर्नुहुन्छ, किनकि हामी पापी हुँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो ।
Commendat autem charitatem suam Deus in nobis: quoniam cum adhuc peccatores essemus, secundum tempus,
9 अहिले हामी उहाँको रगतद्वारा अझ धेरै धर्मी ठहराइएका छौँ, अनि हामी उहाँको क्रोधबाट बचाइनेछौँ ।
Christus pro nobis mortuus est: multo igitur magis nunc iustificati in sanguine ipsius, salvi erimus ab ira per ipsum.
10 हामी शत्रु हुँदा नै हामीलाई उहाँका पुत्रको मृत्युद्वारा परमेश्वरसँग मिलाप गराइयो; मिलाप भएपछि उहाँको जीवनद्वारा हामी अझ धेरै बचाइनेछौँ ।
Si enim cum inimici essemus, reconciliati sumus Deo per mortem Filii eius: multo magis reconciliati, salvi erimus in vita ipsius.
11 यति मात्र होइन, तर हामी हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरमा रमाउँछौँ, जसद्वारा हामीले यो मिलाप प्राप्त गरेका छौँ ।
Non solum autem: sed et gloriamur in Deo per Dominum nostrum Iesum Christum, per quem nunc reconciliationem accepimus.
12 यसकारण, एक जना मानिसद्वारा संसारमा पाप प्रवेश गर्यो, यसरी पापद्वारा मृत्यु प्रवेश गर्यो । अनि मृत्यु सबै मानिसमा फैलियो, किनभने सबैले पाप गरे ।
Propterea sicut per unum hominem peccatum in hunc mundum intravit, et per peccatum mors, et ita in omnes homines mors pertransiit, in quo omnes peccaverunt:
13 किनकि व्यवस्था नहुँदा पनि संसारमा पाप थियो, तर व्यवस्था नहुँदा पापको निम्ति कुनै लेखा हुँदैन ।
Usque ad legem enim peccatum erat in mundo: peccatum autem non imputabatur, cum lex non esset.
14 तथापि, मृत्युले आदमदेखि मोशासम्म र आदमले झैँ अनाज्ञाकारिताको पाप नगर्नेमाथि पनि राज्य गर्यो जो आउनु पर्थ्यो त्यसको प्रतिरूप थियो ।
Sed regnavit mors ab Adam usque ad Moysen etiam in eos, qui non peccaverunt in similitudinem prævaricationis Adæ, qui est forma futuri.
15 तरै पनि यो सित्तैँको वरदान अधर्म जस्तो होइन । एक जनाको अधर्मले धेरै जना मरे, परमेश्वरको अनुग्रहले अझ धेरै गर्यो र एक जना मानिस अर्थात् येशू ख्रीष्टको अनुग्रहद्वारा आउने वरदान धेरैका निम्ति प्रशस्त होस् ।
Sed non sicut delictum, ita et donum. Si enim unius delicto multi mortui sunt: multo magis gratia Dei et donum in gratia unius hominis Iesu Christi in plures abundavit.
16 किनकि वरदान एक जनाले पाप गरेको परिणामजस्तो होइन । एकातिर, एक जना मानिसको अपराधले दण्डको न्याय आयो । अर्कोतिर, सित्तैँको वरदान धेरै अपराधपछि धर्मीकरणको परिणाममा आयो ।
Et non sicut per unum peccatum, ita et donum. Nam iudicium quidem ex uno in condemnationem: gratia autem ex multis delictis in iustificationem.
17 एक जनाको अपराधद्वारा अर्थात् एक जनाद्वारा मृत्युले राज्य गर्यो, अनुग्रह र धार्मिकताको वरदानको प्रशस्तता प्राप्त गर्नेले एक जना अर्थात् येशू ख्रीष्टको जीवनद्वारा अझ धेरै राज्य गर्नेछ ।
Si enim unius delicto mors regnavit per unum: multo magis abundantiam gratiæ, et donationis, et iustitiæ accipientes, in vita regnabunt per unum Iesum Christum.
18 यसरी एउटा अपराधद्वारा सबै मानिस दण्डको भागीदार हुन आए र एउटा धार्मिकताको कामद्वारा सबै मानिसको निम्ति धर्मीकरण आयो ।
Igitur sicut per unius delictum in omnes homines in condemnationem: sic et per unius iustitiam in omnes homines in iustificationem vitæ.
19 जसरी एक जना मानिसको अनाज्ञाकारिताद्वारा धेरै जनालाई पापी बनाइयो, त्यसरी नै एक जनाको आज्ञाकारिताद्वारा धेरै जनालाई धर्मी बनाइनेछ ।
Sicut enim per inobedientiam unius hominis, peccatores constituti sunt multi: ita et per unius obeditionem, iusti constituentur multi.
20 तर व्यवस्था आयो ताकि अपराध बढोस् । तर जहाँ पाप बढ्यो, त्यहाँ अनुग्रह पनि झन् बढ्यो ।
Lex autem subintravit ut abundaret delictum. Ubi autem abundavit delictum, superabundavit gratia.
21 ताकि जसरी पापले मृत्युद्वारा राज्य गर्यो, त्यसरी नै अनुग्रहले हाम्रा प्रभु येशू ख्रीष्टद्वारा अनन्त जीवनको निम्ति धार्मिकताद्वारा राज्य गरोस् । (aiōnios )
Ut sicut regnavit peccatum in mortem: ita et gratia regnet per iustitiam in vitam æternam, per Iesum Christum Dominum nostrum. (aiōnios )