Preface
Read
+
Publisher
Nainoia, Inc.
PO Box 462, Bellefonte, PA 16823
(814) 470-8028
Nainoia Inc, Publisher
LinkedIn/NAINOIA-INC
Third Party Publisher Resources
Request Custom Formatted Verses
Please contact us below
Submit your proposed corrections
I understand that the Aionian Bible republishes public domain and Creative Commons Bible texts and that volunteers may be needed to present the original text accurately. I also understand that apocryphal text is removed and most variant verse numbering is mapped to the English standard. I have entered my corrections under the verse(s) below. Proposed corrections to the Nepali Bible, Romans Chapter 5 https://www.AionianBible.org/Bibles/Nepali---Nepali-Bible/Romans/5 1) हामी विश्वासद्वारा धर्मी ठहरिने हुनाले हाम्रा प्रभु येशू ख्रीष्टद्वारा हामी परमेश्वरसँग शान्तिमा छौँ । 2) हामीले उहाँप्रतिको विश्वासद्वारा यो अनुग्रहमा प्रवेश पाएका छौँ जसमा हामी खडा छौँ । हामी परमेश्वरले हामीलाई भविष्यको निम्ति दिनुहुने दृढता अर्थात् हामी परमेश्वरको महिमामा सहभागी हुनेछौँ भन्ने दृढतामा रमाउँछौँ । 3) यति मात्र होइन, तर हामी हाम्रो कष्टमा पनि रमाउँछौँ । हामी जान्दछौँ, कि कष्टले सहनशीलता उत्पन्न गराउँछ । 4) सहनशीलताले सहमति उत्पन्न गराउँछ र सहमतिले भविष्यको निम्ति भरोसा उत्पन्न गराउँछ । 5) यो भरोसाले निराश पार्दैन, किनभने हामीलाई दिइएको पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रो हृदयमा खन्याइएको छ । 6) किनकि हामी कमजोर हुँदा नै ख्रीष्ट अधर्मीको निम्ति ठिक समयमा मर्नुभयो । 7) एक जना धर्मी मानिसको लागि मुस्किलले कोही मर्नेछ । अर्थात् एक जना असल मानिसको लागि सायद कोहीले मर्ने साहस गर्थ्यो । 8) तर परमेश्वरले हामीप्रति उहाँको आफ्नो प्रेम प्रमाणित गर्नुहुन्छ, किनकि हामी पापी हुँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो । 9) अहिले हामी उहाँको रगतद्वारा अझ धेरै धर्मी ठहराइएका छौँ, अनि हामी उहाँको क्रोधबाट बचाइनेछौँ । 10) हामी शत्रु हुँदा नै हामीलाई उहाँका पुत्रको मृत्युद्वारा परमेश्वरसँग मिलाप गराइयो; मिलाप भएपछि उहाँको जीवनद्वारा हामी अझ धेरै बचाइनेछौँ । 11) यति मात्र होइन, तर हामी हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरमा रमाउँछौँ, जसद्वारा हामीले यो मिलाप प्राप्त गरेका छौँ । 12) यसकारण, एक जना मानिसद्वारा संसारमा पाप प्रवेश गर्यो, यसरी पापद्वारा मृत्यु प्रवेश गर्यो । अनि मृत्यु सबै मानिसमा फैलियो, किनभने सबैले पाप गरे । 13) किनकि व्यवस्था नहुँदा पनि संसारमा पाप थियो, तर व्यवस्था नहुँदा पापको निम्ति कुनै लेखा हुँदैन । 14) तथापि, मृत्युले आदमदेखि मोशासम्म र आदमले झैँ अनाज्ञाकारिताको पाप नगर्नेमाथि पनि राज्य गर्यो जो आउनु पर्थ्यो त्यसको प्रतिरूप थियो । 15) तरै पनि यो सित्तैँको वरदान अधर्म जस्तो होइन । एक जनाको अधर्मले धेरै जना मरे, परमेश्वरको अनुग्रहले अझ धेरै गर्यो र एक जना मानिस अर्थात् येशू ख्रीष्टको अनुग्रहद्वारा आउने वरदान धेरैका निम्ति प्रशस्त होस् । 16) किनकि वरदान एक जनाले पाप गरेको परिणामजस्तो होइन । एकातिर, एक जना मानिसको अपराधले दण्डको न्याय आयो । अर्कोतिर, सित्तैँको वरदान धेरै अपराधपछि धर्मीकरणको परिणाममा आयो । 17) एक जनाको अपराधद्वारा अर्थात् एक जनाद्वारा मृत्युले राज्य गर्यो, अनुग्रह र धार्मिकताको वरदानको प्रशस्तता प्राप्त गर्नेले एक जना अर्थात् येशू ख्रीष्टको जीवनद्वारा अझ धेरै राज्य गर्नेछ । 18) यसरी एउटा अपराधद्वारा सबै मानिस दण्डको भागीदार हुन आए र एउटा धार्मिकताको कामद्वारा सबै मानिसको निम्ति धर्मीकरण आयो । 19) जसरी एक जना मानिसको अनाज्ञाकारिताद्वारा धेरै जनालाई पापी बनाइयो, त्यसरी नै एक जनाको आज्ञाकारिताद्वारा धेरै जनालाई धर्मी बनाइनेछ । 20) तर व्यवस्था आयो ताकि अपराध बढोस् । तर जहाँ पाप बढ्यो, त्यहाँ अनुग्रह पनि झन् बढ्यो । 21) ताकि जसरी पापले मृत्युद्वारा राज्य गर्यो, त्यसरी नै अनुग्रहले हाम्रा प्रभु येशू ख्रीष्टद्वारा अनन्त जीवनको निम्ति धार्मिकताद्वारा राज्य गरोस् । (aiōnios g166) Additional comments?
Refresh Captcha
The world's first Holy Bible un-translation!