< रोमी 14 >

1 बहसहरूको बारेमा न्याय नगरीकनै विश्‍वासमा कमजोर हुनेलाई ग्रहण गर ।
Изнемогающаго же в вере приемлите, не в сомнение помышлении.
2 एक जनासँग कुनै पनि थोक खाने विश्‍वास हुन्छ, अर्को जो कमजोर छ, त्यसले सागसब्जी मात्र खान्छ ।
Ов бо верует ясти вся, а изнемогаяй зелия да яст.
3 सबै थोक खानेले सबै थोक नखानेलाई घृणा नगरोस् । अनि सबै थोक नखानेले सबै थोक खानेको न्याय नगरोस् । किनकि उसलाई परमेश्‍वरले ग्रहण गर्नुभएको छ ।
Ядый не ядущаго да не укаряет: и не ядый ядущаго да не осуждает: Бог бо его прият.
4 अरूको नोकरको न्याय गर्ने तिमी को हौ? यो त्यसको मालिकको सामु नै खडा हुन्छ वा पतन हुन्छ । तर त्यसलाई खडा गराइनेछ, किनकि प्रभु त्यसलाई खडा गराउन सक्षम हुनुहुन्छ ।
Ты кто еси судяй чуждему рабу? Своему Господви стоит, или падает. Станет же, силен бо есть Бог поставити его.
5 एक जनाले कुनै दिनलाई अर्कोभन्दा मूल्यको मान्छ । अर्कोले हरेक दिनलाई समान रूपमा लिन्छ । हेरक आ-आफ्नै मनमा विश्‍वस्त होस् ।
Ов убо разсуждает день чрез день, ов же судит на всяк день. Кииждо своею мыслию да извествуется.
6 जसले कुनै दिन पालन गर्छ, त्यसले प्रभुकै निम्ति पालन गर्छ, र जसले खान्छ, त्यसले प्रभुकै निम्ति खान्छ, किनकि त्यसले परमप्रभुलाई धन्यवाद दिन्छ । जसले खाँदैन, त्यसले प्रभुकै निम्ति खानबाट आफूलाई रोक्‍छ ।
Мудрствуяй день, Господеви мудрствует: и не мудрствуяй день, Господеви не мудрствует. Ядый, Господеви яст. Благодарит бо Бога: и не ядый, Господеви не яст, и благодарит Бога.
7 किनकि हामी कोही पनि आफ्नै लागि जिउँदैनौँ र कोही पनि आफ्नै निम्ति मर्दैनौँ ।
Никтоже бо нас себе живет, и никтоже себе умирает:
8 किनकि यदि हामी जिउँछौँ भने, प्रभुकै निम्ति जिउँछौँ र यदि हामी मर्छौं भने, हामी प्रभुकै निम्ति मर्छौं । त्यसैले, हामी चाहे जिऔँ वा मरौँ, हामी प्रभुकै हौँ ।
аще бо живем, Господеви живем, аще же умираем, Господеви умираем: аще убо живем, аще умираем, Господни есмы.
9 यही उद्देश्यको निम्ति ख्रीष्‍ट मर्नुभयो र फेरि जीवित हुनुभयो, ताकि उहाँ मरेका र जीवितहरू दुवैका प्रभु हुन सक्‍नुभएको होस् ।
На сие бо Христос и умре и воскресе и оживе, да и мертвыми и живыми обладает.
10 तर तिमीहरू किन आफ्नो भाइको न्याय गर्छौ? अनि तिमी किन आफ्नो भाइलाई तुच्छ ठान्छौ? किनकि हामी सबै परमेश्‍वरको न्याय आसनको सामु खडा हुनेछौँ ।
Ты же почто осуждаеши брата твоего, или ты что уничижаеши брата твоего? Вси бо предстанем судищу Христову.
11 किनकि यस्तो लेखिएको छ, परमप्रभु भन्‍नुहुन्छ, “जस्तो म जीवित छु, मेरो निम्ति हरेक घुँडा टेक्‍नेछ र हरेक जिब्रोले परमप्रभुको प्रशंसा गर्नेछ ।”
Писано бо есть: живу Аз, глаголет Господь, яко Мне поклонится всяко колено, и всяк язык исповестся Богови.
12 यसैले, हामी हरेकले परमेश्‍वर स्वयम्‌लाई लेखा दिनुपर्नेछ ।
Темже убо кийждо нас о себе слово даст Богу.
13 यसकारण, एक-अर्काको न्याय नगरौँ, तर बरु, यो अठोट गरौँ, कि हामी कसैले आफ्‍नो भाइको निम्ति ठेस लाग्‍ने थोक वा पासो राख्‍नेछैनौँ ।
Не ктому убо друг друга осуждаем, но сие паче судите, еже не полагати претыкания брату или соблазна.
14 म यो जान्दछु र म प्रभु येशूमा विश्‍वास गर्दछु, कि कुनै पनि थोक आफैँ अशुद्ध हुँदैन । जसले कुनै थोकलाई अशुद्ध भनी ठान्छ, त्यसको निम्ति मात्र यो अशुद्ध हुनेछ ।
Вем и извещен есмь о Христе Иисусе, яко ничтоже скверно само собою: точию помышляющему что скверно быти, оному скверно есть.
15 यदि खानाले गर्दा तिम्रो भाइलाई चोट पुग्छ भने, तिमी प्रेममा चलिरहेका छैनौ । जसको निम्ति ख्रीष्‍ट मर्नुभयो त्यसलाई तिम्रो खानाले नष्‍ट नपार ।
Аще же брашна ради брат твой скорбит, уже не по любви ходиши: не брашном твоим того погубляй, за негоже Христос умре.
16 यसैले, तिम्रा असल कार्यहरूले तिनीहरूलाई गिल्ला गर्ने नतुल्याओस् ।
Да не хулится убо ваше благое.
17 किनकि परमेश्‍वरको राज्य खाने र पिउनेबारे होइन, तर पवित्र आत्मामा धार्मिकता, शान्ति र आनन्दबारे हो ।
Несть бо Царство Божие брашно и питие, но правда и мир и радость о Дусе Святе.
18 किनकि यसरी ख्रीष्‍टको सेवा गर्ने व्यक्‍ति परमेश्‍वरको निम्ति ग्रहणयोग्य र मानिसहरूद्वारा समर्थन गरिएको हुन्छ ।
Иже бо сими служит Христови, благоугоден есть Богови и искусен человеком.
19 यसैले, शान्तिका कुराहरूका र एक-अर्कालाई निर्माण गर्ने कुराहरूका पाछि लागौँ ।
Темже убо мир возлюбим и яже к созиданию друг ко другу.
20 खानाको कारणले परमेश्‍वरको कामलाई नष्‍ट नगर । वास्तवमा सबै थोक शुद्ध छन्, तर जसले खान्छ र त्यसलाई ठेस खान लगाउँछ, त्यसको निम्ति यो दुष्‍टता हो ।
Не брашна ради разоряй дело Божие. Вся бо чиста, но зло человеку претыканием ядущему.
21 मासु नखानु, मद्यपान नगर्नु, र आफ्नो भाइलाई चोट पुर्‍याउने कुनै पनि कुरा नगर्नु असल हो ।
Добро не ясти мяс, ниже пити вина, ни о немже брат твой претыкается или соблазняется или изнемогает.
22 तिमीसँग यी विशेष विश्‍वासहरू छन्, तिनीहरूलाई आफू र परमेश्‍वरको बिचमा नै राख । आफैँ मञ्‍जुर भएको कुरामा आफैँलाई दोषी नतुल्याउने मानिस धन्यको हो ।
Ты веру имаши? О себе сам имей пред Богом. Блажен не осуждаяй себе, о немже искушается.
23 जसले शङ्का गरेर खान्छ, यो विश्‍वासबाट नभएको हुनाले त्यो दोषी ठहरिन्छ । अनि जे विश्‍वासबाट आएको होइन, त्यो पाप हो ।
А сомняяйся, аще яст, осуждается, зане не от веры: всяко же, еже не от веры, грех есть.

< रोमी 14 >