Preface
Read
+
Publisher
Nainoia, Inc.
PO Box 462, Bellefonte, PA 16823
(814) 470-8028
Nainoia Inc, Publisher
LinkedIn/NAINOIA-INC
Third Party Publisher Resources
Request Custom Formatted Verses
Please contact us below
Submit your proposed corrections
I understand that the Aionian Bible republishes public domain and Creative Commons Bible texts and that volunteers may be needed to present the original text accurately. I also understand that apocryphal text is removed and most variant verse numbering is mapped to the English standard. I have entered my corrections under the verse(s) below. Proposed corrections to the Nepali Bible, Romans Chapter 14 https://www.AionianBible.org/Bibles/Nepali---Nepali-Bible/Romans/14 1) बहसहरूको बारेमा न्याय नगरीकनै विश्वासमा कमजोर हुनेलाई ग्रहण गर । 2) एक जनासँग कुनै पनि थोक खाने विश्वास हुन्छ, अर्को जो कमजोर छ, त्यसले सागसब्जी मात्र खान्छ । 3) सबै थोक खानेले सबै थोक नखानेलाई घृणा नगरोस् । अनि सबै थोक नखानेले सबै थोक खानेको न्याय नगरोस् । किनकि उसलाई परमेश्वरले ग्रहण गर्नुभएको छ । 4) अरूको नोकरको न्याय गर्ने तिमी को हौ? यो त्यसको मालिकको सामु नै खडा हुन्छ वा पतन हुन्छ । तर त्यसलाई खडा गराइनेछ, किनकि प्रभु त्यसलाई खडा गराउन सक्षम हुनुहुन्छ । 5) एक जनाले कुनै दिनलाई अर्कोभन्दा मूल्यको मान्छ । अर्कोले हरेक दिनलाई समान रूपमा लिन्छ । हेरक आ-आफ्नै मनमा विश्वस्त होस् । 6) जसले कुनै दिन पालन गर्छ, त्यसले प्रभुकै निम्ति पालन गर्छ, र जसले खान्छ, त्यसले प्रभुकै निम्ति खान्छ, किनकि त्यसले परमप्रभुलाई धन्यवाद दिन्छ । जसले खाँदैन, त्यसले प्रभुकै निम्ति खानबाट आफूलाई रोक्छ । 7) किनकि हामी कोही पनि आफ्नै लागि जिउँदैनौँ र कोही पनि आफ्नै निम्ति मर्दैनौँ । 8) किनकि यदि हामी जिउँछौँ भने, प्रभुकै निम्ति जिउँछौँ र यदि हामी मर्छौं भने, हामी प्रभुकै निम्ति मर्छौं । त्यसैले, हामी चाहे जिऔँ वा मरौँ, हामी प्रभुकै हौँ । 9) यही उद्देश्यको निम्ति ख्रीष्ट मर्नुभयो र फेरि जीवित हुनुभयो, ताकि उहाँ मरेका र जीवितहरू दुवैका प्रभु हुन सक्नुभएको होस् । 10) तर तिमीहरू किन आफ्नो भाइको न्याय गर्छौ? अनि तिमी किन आफ्नो भाइलाई तुच्छ ठान्छौ? किनकि हामी सबै परमेश्वरको न्याय आसनको सामु खडा हुनेछौँ । 11) किनकि यस्तो लेखिएको छ, परमप्रभु भन्नुहुन्छ, “जस्तो म जीवित छु, मेरो निम्ति हरेक घुँडा टेक्नेछ र हरेक जिब्रोले परमप्रभुको प्रशंसा गर्नेछ ।” 12) यसैले, हामी हरेकले परमेश्वर स्वयम्लाई लेखा दिनुपर्नेछ । 13) यसकारण, एक-अर्काको न्याय नगरौँ, तर बरु, यो अठोट गरौँ, कि हामी कसैले आफ्नो भाइको निम्ति ठेस लाग्ने थोक वा पासो राख्नेछैनौँ । 14) म यो जान्दछु र म प्रभु येशूमा विश्वास गर्दछु, कि कुनै पनि थोक आफैँ अशुद्ध हुँदैन । जसले कुनै थोकलाई अशुद्ध भनी ठान्छ, त्यसको निम्ति मात्र यो अशुद्ध हुनेछ । 15) यदि खानाले गर्दा तिम्रो भाइलाई चोट पुग्छ भने, तिमी प्रेममा चलिरहेका छैनौ । जसको निम्ति ख्रीष्ट मर्नुभयो त्यसलाई तिम्रो खानाले नष्ट नपार । 16) यसैले, तिम्रा असल कार्यहरूले तिनीहरूलाई गिल्ला गर्ने नतुल्याओस् । 17) किनकि परमेश्वरको राज्य खाने र पिउनेबारे होइन, तर पवित्र आत्मामा धार्मिकता, शान्ति र आनन्दबारे हो । 18) किनकि यसरी ख्रीष्टको सेवा गर्ने व्यक्ति परमेश्वरको निम्ति ग्रहणयोग्य र मानिसहरूद्वारा समर्थन गरिएको हुन्छ । 19) यसैले, शान्तिका कुराहरूका र एक-अर्कालाई निर्माण गर्ने कुराहरूका पाछि लागौँ । 20) खानाको कारणले परमेश्वरको कामलाई नष्ट नगर । वास्तवमा सबै थोक शुद्ध छन्, तर जसले खान्छ र त्यसलाई ठेस खान लगाउँछ, त्यसको निम्ति यो दुष्टता हो । 21) मासु नखानु, मद्यपान नगर्नु, र आफ्नो भाइलाई चोट पुर्याउने कुनै पनि कुरा नगर्नु असल हो । 22) तिमीसँग यी विशेष विश्वासहरू छन्, तिनीहरूलाई आफू र परमेश्वरको बिचमा नै राख । आफैँ मञ्जुर भएको कुरामा आफैँलाई दोषी नतुल्याउने मानिस धन्यको हो । 23) जसले शङ्का गरेर खान्छ, यो विश्वासबाट नभएको हुनाले त्यो दोषी ठहरिन्छ । अनि जे विश्वासबाट आएको होइन, त्यो पाप हो । Additional comments?
Refresh Captcha
The world's first Holy Bible un-translation!