< भजनसंग्रह 31 >
1 हे परमप्रभु, तपाईंमा म शरण लिन्छु । मलाई कदापि अपमानित हुन नदिनुहोस् । तपाईंको धार्मिकतामा मलाई बचाउनुहोस् ।
Начальнику хора. Псалом Давида. На Тебя, Господи, уповаю, да не постыжусь вовек; по правде Твоей избавь меня;
2 मेरो पुकार सुन्नुहोस् । मलाई तुरुन्तै बचाउनुहोस् । मेरो शरणको चट्टान अर्थात् मलाई बचाउने किल्ला हुनुहोस् ।
приклони ко мне ухо Твое, поспеши избавить меня. Будь мне каменною твердынею, домом прибежища, чтобы спасти меня,
3 किनकि तपाईं मेरो चट्टान र मेरो किल्ला हुनुहुन्छ । यसकारण तपाईंको नाउँको खातिर मलाई डोर्याउनुहोस् र बाटो देखाउनुहोस् ।
ибо Ты каменная гора моя и ограда моя; ради имени Твоего води меня и управляй мною.
4 तिनीहरूले मेरो निम्ति लुकाएर थपेका जालबाट मलाई तानेर निकाल्नुहोस्, किनकि तपाईं मेरो शरणस्थान हुनुहुन्छ ।
Выведи меня из сети, которую тайно поставили мне, ибо Ты крепость моя.
5 मेरो आत्मा म तपाईंको हातमा सुम्पिन्छु । हे परमप्रभु, विश्वासनीयताको परमेश्वर, तपाईंले मलाई उद्धार गर्नुहुनेछ ।
В Твою руку предаю дух мой; Ты избавлял меня, Господи, Боже истины.
6 व्यर्थका मूर्तीहरूको सेवा गर्नेहरूलाई म घृणा गर्छु, तर म परमप्रभुमा भरोसा गर्छु ।
Ненавижу почитателей суетных идолов, но на Господа уповаю.
7 तपाईंको करारको विश्वस्ततामा म खुसी र आनन्दित हुनेछु, किनकि तपाईंले मेरो कष्ट देख्नुभयो । मेरो प्राणको कष्ट तपाईंले थाहा पाउनुभयो ।
Буду радоваться и веселиться о милости Твоей, потому что Ты призрел на бедствие мое, узнал горесть души моей
8 तपाईंले मलाई मेरो शत्रुको हातमा दिनुभएको छैन । तपाईंले मेरा खुट्टाहरूलाई चौडा खुल्ला ठाउँमा राख्नुभएको छ ।
и не предал меня в руки врага; поставил ноги мои на пространном месте.
9 हे परमप्रभु, ममाथि दया गर्नुहोस्, किनकि म कष्टमा परेको छु । मेरो प्राण र मेरो शरीरको दुःखसँगै मेरा आँखाहरू थकित हुन्छ ।
Помилуй меня, Господи, ибо тесно мне; иссохло от горести око мое, душа моя и утроба моя.
10 किनकि मेरो जीवन कष्टले र मेरा वर्षहरू शोकले थकित छ । मेरो पापको कारणले मेरो बल सकिन्छ र मेरा हाडहरू खिइन्छन् ।
Истощилась в печали жизнь моя и лета мои в стенаниях; изнемогла от грехов моих сила моя, и кости мои иссохли.
11 मेरा सबै शत्रुका कारणले मानिसहरूले मलाई घृणा गर्छन् । मेरो स्थिति हेरेर मेरा छिमेकीहरू डराउँन् र मलाई चिन्नेहरू भयभीत हुन्छन् । मलाई बाटोमा देख्नेहरू मदेखि भाग्छन् ।
От всех врагов моих я сделался поношением даже у соседей моих и страшилищем для знакомых моих; видящие меня на улице бегут от меня.
12 मरेको मानिसलाई झैं मलाई भुलिएको जसलाई कसैले विचार गर्दैन । म फुटेको भाँडोजस्तै छु ।
Я забыт в сердцах, как мертвый; я - как сосуд разбитый,
13 किनकि मैले धेरै जनाको कानेखुसी, तिनीहरूले एकसाथ मेरो विरुद्ध षड्यान्त्र गर्दा चारैतिरबाट डरलाग्दो खबर मैले सुनेको छु । मेरो ज्यान लिन तिनीहरूले षड्यान्त्र गर्छन् ।
ибо слышу злоречие многих; отовсюду ужас, когда они сговариваются против меня, умышляют исторгнуть душу мою.
14 तर हे परमप्रभु, म तपाईंमा भरोसा गर्छु । म भन्छु, “तपाईं मेरो परमेश्वर हुनुहुन्छ ।”
А я на Тебя, Господи, уповаю; я говорю: Ты - мой Бог.
15 मेरा समयहरू तपाईंका हातमा छन् । मेरा शत्रुहरू र मलाई खेद्नेहरूका हातबाट मलाई बचाउनुहोस् ।
В Твоей руке дни мои; избавь меня от руки врагов моих и от гонителей моих.
16 आफ्नो दासमाथि तपाईंको मुहार चम्काउनुहोस् । तपाईंको करारको विश्वस्ततामा मलाई बचाउनुहोस् ।
Яви светлое лице Твое рабу Твоему; спаси меня милостью Твоею.
17 हे परमप्रभु, मलाई अपमानिसत हुन नदिनुहोस् । किनकि म तपाईंमा पुकारा गर्छु । दुष्टहरू अपमानित होऊन्! तिनीहरू चिहानमा शान्त होऊन्! (Sheol )
Господи! да не постыжусь, что я к Тебе взываю; нечестивые же да посрамятся, да умолкнут в аде. (Sheol )
18 धर्मीहरूका विरुद्धमा अहङ्कार र घृणासहित उपेक्षित रूपले बोल्ने ओठहरू चूप होऊन् ।
Да онемеют уста лживые, которые против праведника говорят злое с гордостью и презреньем.
19 तपाईंको आदर गर्नेहरूका निम्ति तपाईंले सन्चित गर्नुभएको तपाईंको भलाइ कति महान् छ । त्यो तपाईंमा शरण लिनेहरूका निम्ति मानवजातिका सारा सन्तानका सामु तपाईंले प्रदर्शन गर्नुहुन्छ ।
Как много у Тебя благ, которые Ты хранишь для боящихся Тебя и которые приготовил уповающим на Тебя пред сынами человеческими!
20 तपाईंको उपस्थितिको छत्रछायामा, तपाईंले तिनीहरूलाई मानिसहरूको षड्यन्त्रबाट लुकाउनुहुन्छ । जिब्राहरूका हिंसाबाट तपाईंले तिनीहरूलाई छत्रछायामा लुकाउनुहुन्छ ।
Ты укрываешь их под покровом лица Твоего от мятежей людских, скрываешь их под сенью от пререкания языков.
21 परमप्रभु धन्यको होऊन्, किनकि म घेराबन्दीको सहरमा हुँदा उहाँले मलाई आफ्नो अचम्मको करारको विश्वस्तता दर्शाउनुभयो ।
Благословен Господь, что явил мне дивную милость Свою в укрепленном городе!
22 मैले हतारमा यसो भनें, “तपाईंको दृष्टिबाट म हटाइएको छु,” तापनि मैले तपाईंलमा पुकारा गर्दा, तपाईंले मेरो बिन्ती सुन्नुभयो ।
В смятении моем я думал: “отвержен я от очей Твоих”; но Ты услышал голос молитвы моей, когда я воззвал к Тебе.
23 ए सबै विश्वासयोग्य अनुयायीहरू हो, परमप्रभुलाई प्रेम गर । परमप्रभुले विश्वासयोग्यलाई सुरक्षा दिनुहुन्छ । तर उहाँले अहङ्कारीलाई पूरा बदला लिनुहुन्छ ।
Любите Господа, все праведные Его; Господь хранит верных и поступающим надменно воздает с избытком.
24 ए सबै सहायताको निम्ति परमप्रभुमा भरोसा गर्नेहरू हो, बलियो र दृढ होओ ।
Мужайтесь, и да укрепляется сердце ваше, все надеющиеся на Господа!