Preface
Read
+
Publisher
Nainoia, Inc.
PO Box 462, Bellefonte, PA 16823
(814) 470-8028
Nainoia Inc, Publisher
LinkedIn/NAINOIA-INC
Third Party Publisher Resources
Request Custom Formatted Verses
Please contact us below
Submit your proposed corrections
I understand that the Aionian Bible republishes public domain and Creative Commons Bible texts and that volunteers may be needed to present the original text accurately. I also understand that apocryphal text is removed and most variant verse numbering is mapped to the English standard. I have entered my corrections under the verse(s) below. Proposed corrections to the Nepali Bible, Psalms Chapter 31 https://www.AionianBible.org/Bibles/Nepali---Nepali-Bible/Psalms/31 1) हे परमप्रभु, तपाईंमा म शरण लिन्छु । मलाई कदापि अपमानित हुन नदिनुहोस् । तपाईंको धार्मिकतामा मलाई बचाउनुहोस् । 2) मेरो पुकार सुन्नुहोस् । मलाई तुरुन्तै बचाउनुहोस् । मेरो शरणको चट्टान अर्थात् मलाई बचाउने किल्ला हुनुहोस् । 3) किनकि तपाईं मेरो चट्टान र मेरो किल्ला हुनुहुन्छ । यसकारण तपाईंको नाउँको खातिर मलाई डोर्याउनुहोस् र बाटो देखाउनुहोस् । 4) तिनीहरूले मेरो निम्ति लुकाएर थपेका जालबाट मलाई तानेर निकाल्नुहोस्, किनकि तपाईं मेरो शरणस्थान हुनुहुन्छ । 5) मेरो आत्मा म तपाईंको हातमा सुम्पिन्छु । हे परमप्रभु, विश्वासनीयताको परमेश्वर, तपाईंले मलाई उद्धार गर्नुहुनेछ । 6) व्यर्थका मूर्तीहरूको सेवा गर्नेहरूलाई म घृणा गर्छु, तर म परमप्रभुमा भरोसा गर्छु । 7) तपाईंको करारको विश्वस्ततामा म खुसी र आनन्दित हुनेछु, किनकि तपाईंले मेरो कष्ट देख्नुभयो । मेरो प्राणको कष्ट तपाईंले थाहा पाउनुभयो । 8) तपाईंले मलाई मेरो शत्रुको हातमा दिनुभएको छैन । तपाईंले मेरा खुट्टाहरूलाई चौडा खुल्ला ठाउँमा राख्नुभएको छ । 9) हे परमप्रभु, ममाथि दया गर्नुहोस्, किनकि म कष्टमा परेको छु । मेरो प्राण र मेरो शरीरको दुःखसँगै मेरा आँखाहरू थकित हुन्छ । 10) किनकि मेरो जीवन कष्टले र मेरा वर्षहरू शोकले थकित छ । मेरो पापको कारणले मेरो बल सकिन्छ र मेरा हाडहरू खिइन्छन् । 11) मेरा सबै शत्रुका कारणले मानिसहरूले मलाई घृणा गर्छन् । मेरो स्थिति हेरेर मेरा छिमेकीहरू डराउँन् र मलाई चिन्नेहरू भयभीत हुन्छन् । मलाई बाटोमा देख्नेहरू मदेखि भाग्छन् । 12) मरेको मानिसलाई झैं मलाई भुलिएको जसलाई कसैले विचार गर्दैन । म फुटेको भाँडोजस्तै छु । 13) किनकि मैले धेरै जनाको कानेखुसी, तिनीहरूले एकसाथ मेरो विरुद्ध षड्यान्त्र गर्दा चारैतिरबाट डरलाग्दो खबर मैले सुनेको छु । मेरो ज्यान लिन तिनीहरूले षड्यान्त्र गर्छन् । 14) तर हे परमप्रभु, म तपाईंमा भरोसा गर्छु । म भन्छु, “तपाईं मेरो परमेश्वर हुनुहुन्छ ।” 15) मेरा समयहरू तपाईंका हातमा छन् । मेरा शत्रुहरू र मलाई खेद्नेहरूका हातबाट मलाई बचाउनुहोस् । 16) आफ्नो दासमाथि तपाईंको मुहार चम्काउनुहोस् । तपाईंको करारको विश्वस्ततामा मलाई बचाउनुहोस् । 17) हे परमप्रभु, मलाई अपमानिसत हुन नदिनुहोस् । किनकि म तपाईंमा पुकारा गर्छु । दुष्टहरू अपमानित होऊन्! तिनीहरू चिहानमा शान्त होऊन्! (Sheol h7585) 18) धर्मीहरूका विरुद्धमा अहङ्कार र घृणासहित उपेक्षित रूपले बोल्ने ओठहरू चूप होऊन् । 19) तपाईंको आदर गर्नेहरूका निम्ति तपाईंले सन्चित गर्नुभएको तपाईंको भलाइ कति महान् छ । त्यो तपाईंमा शरण लिनेहरूका निम्ति मानवजातिका सारा सन्तानका सामु तपाईंले प्रदर्शन गर्नुहुन्छ । 20) तपाईंको उपस्थितिको छत्रछायामा, तपाईंले तिनीहरूलाई मानिसहरूको षड्यन्त्रबाट लुकाउनुहुन्छ । जिब्राहरूका हिंसाबाट तपाईंले तिनीहरूलाई छत्रछायामा लुकाउनुहुन्छ । 21) परमप्रभु धन्यको होऊन्, किनकि म घेराबन्दीको सहरमा हुँदा उहाँले मलाई आफ्नो अचम्मको करारको विश्वस्तता दर्शाउनुभयो । 22) मैले हतारमा यसो भनें, “तपाईंको दृष्टिबाट म हटाइएको छु,” तापनि मैले तपाईंलमा पुकारा गर्दा, तपाईंले मेरो बिन्ती सुन्नुभयो । 23) ए सबै विश्वासयोग्य अनुयायीहरू हो, परमप्रभुलाई प्रेम गर । परमप्रभुले विश्वासयोग्यलाई सुरक्षा दिनुहुन्छ । तर उहाँले अहङ्कारीलाई पूरा बदला लिनुहुन्छ । 24) ए सबै सहायताको निम्ति परमप्रभुमा भरोसा गर्नेहरू हो, बलियो र दृढ होओ । Additional comments?
Refresh Captcha
The world's first Holy Bible un-translation!