< भजनसंग्रह 31 >

1 हे परमप्रभु, तपाईंमा म शरण लिन्छु । मलाई कदापि अपमानित हुन नदिनुहोस् । तपाईंको धार्मिकतामा मलाई बचाउनुहोस् ।
For the chief musician. A psalm of David. In you, Yahweh, I take refuge; never let me be humiliated. Rescue me in your righteousness.
2 मेरो पुकार सुन्‍नुहोस् । मलाई तुरुन्‍तै बचाउनुहोस् । मेरो शरणको चट्टान अर्थात् मलाई बचाउने किल्ला हुनुहोस् ।
Listen to me; rescue me quickly; be my rock of refuge, a stronghold to save me.
3 किनकि तपाईं मेरो चट्टान र मेरो किल्ला हुनुहुन्छ । यसकारण तपाईंको नाउँको खातिर मलाई डोर्‍याउनुहोस् र बाटो देखाउनुहोस् ।
For you are my rock and my fortress; therefore for your name's sake, lead and guide me.
4 तिनीहरूले मेरो निम्ति लुकाएर थपेका जालबाट मलाई तानेर निकाल्नुहोस्, किनकि तपाईं मेरो शरणस्थान हुनुहुन्छ ।
Pluck me out of the net that they have hidden for me, for you are my refuge.
5 मेरो आत्मा म तपाईंको हातमा सुम्पिन्छु । हे परमप्रभु, विश्‍वासनीयताको परमेश्‍वर, तपाईंले मलाई उद्धार गर्नुहुनेछ ।
Into your hands I entrust my spirit; you will redeem me, Yahweh, God of trustworthiness.
6 व्‍यर्थका मूर्तीहरूको सेवा गर्नेहरूलाई म घृणा गर्छु, तर म परमप्रभुमा भरोसा गर्छु ।
I hate those who serve worthless idols, but I trust in Yahweh.
7 तपाईंको करारको विश्‍वस्‍ततामा म खुसी र आनन्‍दित हुनेछु, किनकि तपाईंले मेरो कष्‍ट देख्‍नुभयो । मेरो प्राणको कष्‍ट तपाईंले थाहा पाउनुभयो ।
I will be glad and rejoice in your covenant faithfulness, for you saw my affliction; you knew the distress of my soul.
8 तपाईंले मलाई मेरो शत्रुको हातमा दिनुभएको छैन । तपाईंले मेरा खुट्टाहरूलाई चौडा खुल्ला ठाउँमा राख्‍नुभएको छ ।
You have not given me into the hand of my enemy. You have set my feet in a wide open place.
9 हे परमप्रभु, ममाथि दया गर्नुहोस्, किनकि म कष्‍टमा परेको छु । मेरो प्राण र मेरो शरीरको दुःखसँगै मेरा आँखाहरू थकित हुन्छ ।
Have mercy upon me, Yahweh, for I am in distress; my eyes grow weary with grief with my soul and my body.
10 किनकि मेरो जीवन कष्‍टले र मेरा वर्षहरू शोकले थकित छ । मेरो पापको कारणले मेरो बल सकिन्‍छ र मेरा हाडहरू खिइन्‍छन् ।
For my life is weary with sorrow and my years with groaning. My strength fails because of my sin, and my bones are wasting away.
11 मेरा सबै शत्रुका कारणले मानिसहरूले मलाई घृणा गर्छन् । मेरो स्‍थिति हेरेर मेरा छिमेकीहरू डराउँन् र मलाई चिन्‍नेहरू भयभीत हुन्छन् । मलाई बाटोमा देख्‍नेहरू मदेखि भाग्छन् ।
Because of all my enemies, people disdain me; my neighbors are appalled at my situation, and those who know me are horrified. Those who see me in the street run from me.
12 मरेको मानिसलाई झैं मलाई भुलिएको जसलाई कसैले विचार गर्दैन । म फुटेको भाँडोजस्तै छु ।
I am forgotten as a dead man whom no one thinks about. I am like a broken pot.
13 किनकि मैले धेरै जनाको कानेखुसी, तिनीहरूले एकसाथ मेरो विरुद्ध षड्यान्त्र गर्दा चारैतिरबाट डरलाग्‍दो खबर मैले सुनेको छु । मेरो ज्यान लिन तिनीहरूले षड्यान्त्र गर्छन् ।
For I have heard the whispering of many, terrifying news from every side as they plot together against me. They plot to take away my life.
14 तर हे परमप्रभु, म तपाईंमा भरोसा गर्छु । म भन्छु, “तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ ।”
But I trust in you, Yahweh; I say, “You are my God.”
15 मेरा समयहरू तपाईंका हातमा छन् । मेरा शत्रुहरू र मलाई खेद्‍नेहरूका हातबाट मलाई बचाउनुहोस् ।
My times are in your hand. Rescue me from the hands of my enemies and from those who pursue me.
16 आफ्नो दासमाथि तपाईंको मुहार चम्काउनुहोस् । तपाईंको करारको विश्‍वस्‍ततामा मलाई बचाउनुहोस् ।
Make your face shine on your servant; save me in your covenant faithfulness.
17 हे परमप्रभु, मलाई अपमानिसत हुन नदिनुहोस् । किनकि म तपाईंमा पुकारा गर्छु । दुष्‍टहरू अपमानित होऊन्! तिनीहरू चिहानमा शान्‍त होऊन्! (Sheol h7585)
Do not let me be humiliated, Yahweh; for I call out to you! May the wicked be humiliated! May they be silent in Sheol. (Sheol h7585)
18 धर्मीहरूका विरुद्धमा अहङ्कार र घृणासहित उपेक्षित रूपले बोल्ने ओठहरू चूप होऊन् ।
May lying lips be silenced that speak against the righteous defiantly with arrogance and contempt.
19 तपाईंको आदर गर्नेहरूका निम्‍ति तपाईंले सन्‍चित गर्नुभएको तपाईंको भलाइ कति महान् छ । त्‍यो तपाईंमा शरण लिनेहरूका निम्ति मानवजातिका सारा सन्तानका सामु तपाईंले प्रदर्शन गर्नुहुन्छ ।
How great is your goodness that you have stored up for those who revere you, that you perform for those who take refuge in you before all the children of mankind!
20 तपाईंको उपस्थितिको छत्रछायामा, तपाईंले तिनीहरूलाई मानिसहरूको षड्यन्त्रबाट लुकाउनुहुन्छ । जिब्राहरूका हिंसाबाट तपाईंले तिनीहरूलाई छत्रछायामा लुकाउनुहुन्छ ।
In the shelter of your presence, you hide them from the plots of men. You hide them in a shelter from the violence of tongues.
21 परमप्रभु धन्यको होऊन्, किनकि म घेराबन्दीको सहरमा हुँदा उहाँले मलाई आफ्‍नो अचम्‍मको करारको विश्‍वस्‍तता दर्शाउनुभयो ।
Blessed be Yahweh, for he showed me his marvelous covenant faithfulness when I was in a besieged city.
22 मैले हतारमा यसो भनें, “तपाईंको दृष्‍टिबाट म हटाइएको छु,” तापनि मैले तपाईंलमा पुकारा गर्दा, तपाईंले मेरो बिन्ती सुन्‍नुभयो ।
Though I said in my haste, “I am cut off from your eyes,” yet you heard my plea for help when I cried to you.
23 ए सबै विश्‍वासयोग्‍य अनुयायीहरू हो, परमप्रभुलाई प्रेम गर । परमप्रभुले विश्‍वासयोग्‍यलाई सुरक्षा दिनुहुन्छ । तर उहाँले अहङ्कारीलाई पूरा बदला लिनुहुन्‍छ ।
Oh, love Yahweh, all you faithful followers. Yahweh protects the faithful, but he pays back the arrogant in full.
24 ए सबै सहायताको निम्ति परमप्रभुमा भरोसा गर्नेहरू हो, बलियो र दृढ होओ ।
Be strong and confident, all you who trust in Yahweh for help.

< भजनसंग्रह 31 >