< भजनसंग्रह 106 >
1 परमप्रभुको प्रशंसा गर । परमप्रभुलाई धन्यवाद देओ, किनकि उहाँ भलो हुनुहुन्छ, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
Hallelúja! Drottinn, þökk sé þér því að þú ert góður! Elska þín varir að eilífu.
2 परमप्रभुको शक्तिशाली कामहरू कसले वर्णन गर्न सक्छ वा उहाँ सबै प्रशंसाननिय कामहरू कसले घोषणा गर्न सक्छ र?
Hver getur talið upp öll máttarverk Guðs og hver getur lofað hann eins og rétt er og skylt? Enginn!
3 जे ठिक छ सो गर्नेहरू र जसका कामहरू सधैं न्यायोचित हुन्छन्, तिनीहरू धन्यका होऊन् ।
Sæll er sá réttláti sem gerir nágrönnum sínum gott.
4 हे परमप्रभु, तपाईंले आफ्ना मानिसहरूलाई कृपा गर्नुहुँदा मलाई समम्झनुहोस् । तपाईंले तिनीहरूलाई बचाउनुहुँदा मलाई सहायता गर्नुहोस् ।
Drottinn, þegar þú blessar og bjargar fólki þínu, minnstu þá einnig mín.
5 तब तपाईंका चुनिएकाहरूको फलिफाप म हेर्नेछु, तपाईंको जातिको खुसीमा आनन्दित हुनेछु र तपाईंको उत्तराधिकारसँगै महिमित हुनेछु ।
Gefðu mér hlut í velgengni þinna útvöldu, að fá að gleðjast með þeim og deila með þeim hjálp þinni.
6 हाम्रा पुर्खाहरूले झैं हामीले पाप गरेका छौं । हामीले गल्ती गरेका छौं र हामीले खराबी गरेका छौं ।
Bæði við og feður okkar höfum margvíslega syndgað.
7 हाम्रा पुर्खाहरूले मिश्रदेशमा तपाईंका अचम्मका कामहरूको कदर गरेनन् । तिनीहरूले तपाईंका करारको विश्वस्तताका धेरै कामहरूलाई बवास्ता गरे । तिनीहरू लाल समुद्रमा विद्रोही भए ।
Máttarverk þín í Egyptalandi mátu þeir lítils og fljótlega gleymdu þeir góðverkum þínum og risu gegn þér við hafið hið rauða.
8 तापनि, उहाँले आफ्नो नाउँको खातिर तिनीहरूलाई बचाउनुभयो ताकि उहाँले आफ्नो शक्ति प्रकट गर्न सक्नुभएको होस् ।
En samt frelsaðir þú þá, hélst uppi heiðri nafns þíns og sýndir mátt þinn.
9 उहाँले लाल समुद्रलाई हप्कानुभयो र त्यो सुक्यो । अनि उहाँले तिनीहरूलाई उजाडस्थानमा झैं समुद्रको गहिराइमा डोर्याउनुभयो ।
Þú klaufst hafið, lagðir þurran veg um botn þess og leiddir þá þar í gegn.
10 तिनीहरूलाई घृणा गर्नेहरूको हातबट उहाँले तिनीहरूलाई बचाउनुभयो र शत्रुहरूका हातबाट उहाँले तिनीहरूलाई छुट्टाउनुभयो ।
Þannig frelsaðir þú þá frá óvinum þeirra.
11 तर तिनीहरूका वैरीहरूलाई पानीले छोप्यो । तिनीहरूमध्ये एक जना पनि बाँचेन ।
Síðan féll sjórinn aftur í farveg sinn og óvinir þeirra fórust – ekki einn komst af!
12 तब तिनीहरूले उहाँको वचनमा विश्वास गरे र तिनीहरूले उहाँको स्तुति गाए ।
Þá loks trúðu þeir Drottni og sungu honum lofsöng.
13 तर उहाँले जे गर्नुभएको थियो त्यो तिनीहरूले तुरुन्तै बिर्से । तिनीहरूले उहाँको सल्लाहको निम्ति पर्खेनन् ।
En þeir voru fljótir að gleyma honum á ný! Þeir treystu ekki orðum hans
14 उजाडस्थानमा तिनीहरूमा असन्तुष्ट इच्छाहरू थिए र तिनीहरूले मरुभूमिमा परमेश्वरलाई चुनौति दिए ।
en heimtuðu sífellt meira og meira og reyndu eins og þeir gátu á þolinmæði Guðs.
15 त्यसैले तिनीहरूले जे मागे उहाँले तिनीहरूलाई त्यही दिनुभयो, तर उहाँले तिनीहरूमाथि डरलाग्दो रोग पठाउनुभयो ।
Og hann lét að vilja þeirra, en þó ekki að öllu leyti.
16 छाउनीमा तिनीहरू परमप्रभुका पवित्र पुजारी मोशा र हारूनप्रति डाही बने ।
Þeir gerðu uppreisn gegn Móse og líka Aron, manninn sem Guð hafði valið til prests.
17 पृथ्वीले खुल्यो र दातानलाई निल्यो र अबीरामको पछि लाग्नेहरूलाई ढाकिदियो ।
Þá opnaðist jörðin og gleypti Datan og flokk Abírams.
18 तिनीहरू माझमा आगो सल्कियो । त्यो आगोले दुष्टहरूलाई भष्म पार्यो ।
Eldur féll af himni og eyddi illmennum þessum.
19 तिनीहरूले होरेबा एउटा बाछो बनाए र धातुको मूर्तीको आकृति पुजे ।
Þeir gerðu sér líkneski af nauti, sem étur gras,
20 तिनीहरूले परमेश्वरको महिमालाई घाँस खाने साँढेको प्रतिमासँग साटे ।
og tilbáðu það í stað hins dýrlega Guðs!
21 तिनीहरूले आफ्ना उद्धारकर्तालाई बिर्से जसले मिश्रदेशमा महान् कामहरू गर्नुभएको थियो ।
Þannig óvirtu þeir Guð, frelsara sinn,
22 उहाँले हामको देशमा अचम्मका कामहरू र लाल समुद्रमा शक्तिशाली कामहरू गर्नुभएको थियो ।
sem gert hafði undur og tákn í Egyptalandi og við hafið rauða.
23 त्यसैले उहाँले तिनीहरूलाई नाश गर्छु भन्नुहुँदा—तिनीहरूलाई नष्ट गर्ने उहाँको रिस हटाउनलाई उहाँको चुनिएको जन मोशा धाँदोमा खडा भए ।
Þess vegna áformaði Guð að eyða þeim öllum. En Móse, hans útvaldi þjónn, tók sér stöðu milli fólksins og Guðs og bað hann að láta af reiði sinni og tortíma þeim ekki.
24 त्यसपछि तिनीहरूले फलवन्त देशलाई घृणा गरे । तिनीहरूले उहाँको प्रतिज्ञामा विश्वास गरेनन्,
Og ekki vildu þeir inn í fyrirheitna landið, þeir treystu ekki að Guð mundi vernda þá.
25 तर आफ्ना पालहरूमा गनगन गरे र पमरप्रभुको आज्ञा पालन गरेनन् ।
Þeir kvörtuðu í tjöldum sínum og fyrirlitu skipun hans.
26 यसकारण उहाँले आफ्नो हात उठाउनुभयो र तिनीहरूसित शपथ खानुभयो, कि उहाँले तिनीहरूलाई मरुभूमिमा नै मर्न दिनुहुनेछ,
Þá ákvað hann að láta þá deyja í eyðimörkinni,
27 तिनीहरूका सन्तानहरूलाई जातिहरूका माझमा तितरबितर पार्नहुनेछ, र तिनीहरूलाई विदेशहरूमा छरपष्ट पार्नुहुनेछ ।
tvístra afkomendum þeirra meðal þjóðanna og herleiða þá til annarra landa.
28 तिनीहरूले पोरको बाललाई पुजा गरे र मृतकलाई चढाइएको बलिहरू खाए ।
Og hjá Peór gengu forfeður okkar í lið með fylgjendum Baals og báru fram fórnir til dauðra skurðgoða.
29 तिनीहरूले आफ्ना कामहरूले उहाँलाई रिस उठाए र तिनीहरू माझमा एउटा रुढी फैलियो ।
Það reitti Drottin til reiði og þess vegna braust út plága meðal þeirra.
30 तब मध्यस्थ गर्न पीनहास उठे र रूढी थामियो ।
Hún hélst þar til Pínehas gekk fram og refsaði þeim sem henni höfðu valdið.
31 यो तिनको निम्ति सबै पुस्तासम्म सदाको निम्ति धार्मिकता गनियो ।
Hans verður ætíð minnst fyrir það réttlætisverk.
32 तिनीहरूले मेरीबको पानीमा पनि परमप्रभुलाई रिस उठाए र तिनीहरूका कारणले मोशाले कष्ट भोगे ।
Hjá Meríba reitti Ísrael Drottin aftur til reiði og olli Móse miklum vanda,
33 तिनीहरूले मोशालाई तिक्त बनाए र तिनले हतारमा बोले ।
– hann reiddist og talaði ógætileg orð.
34 परमप्रभुले तिनीहरूलाई आज्ञा गरेअनुसार तिनीहरूले जातिहरूलाई नष्ट पारेनन्,
Og ekki útrýmdi Ísrael þjóðunum sem fyrir voru í landinu, eins og Guð hafði skipað þeim,
35 तर तिनीहरू जातिहरूसँग मसिए र तिनीहरूका मार्गहरू सिके,
heldur blönduðust þeir heiðingjunum og tóku upp ósiði þeirra.
36 र तिनीहरूका मूर्तीहरूको पुजा गरे जुन तिनीहरूको निम्ति पासो बन्यो ।
Þeir færðu skurðgoðum þeirra fórnir og leiddust burt frá Guði.
37 तिनीहरूले आफ्ना छोरा र छोरीहरू भुत आत्माहरूलाई बलि चढाए ।
Þeir fórnuðu jafnvel börnum sínum til illra anda –
38 तिनीहरूले निर्दोष रगतको, अर्थात् आफ्ना छोराहरू र छोरीहरूका रगत बगाए, जुन तिनीहरूले कनानको मूर्तीहरूलाई बलि चढाएर रगतले देशलाई अशुद्ध पारे ।
til hjáguða Kanverja – úthelltu saklausu blóði og vanhelguðu landið með morðum.
39 तिनीहरू आफ्ना कामहरूले अशुद्ध भए । तिनीहरूका कामहरूले तिनीहरू वेश्याजस्तै भए ।
Þeir saurguðust af illverkum þessum, því að með hjáguðadýrkun sinni rufu þeir trúnað við Guð.
40 त्यसैले परमप्रभु आफ्ना मानिसहरूसँग रिसाउनुभयो र उहाँले आफ्नै मानिसहरूलाई घृणा गर्नुभयो ।
Vegna alls þessa reiddist Drottinn Ísrael, lýð sínum, og fékk viðbjóð á honum,
41 उहाँले तिनीहरूलाई जातिहरूका हातमा सुम्पिनुभयो र तिनीहरूलाई घृणा गर्नेहरूले तिनीहरूमाथि राज्य गरे ।
og lét hann heiðnar þjóðir drottna yfir honum.
42 तिनीहरूका शत्रुहरूले तिनीहरूमाथि थिचोमिचो गरे, र तिनीहरूलाई आफ्ना अधिकारीको अधीनमा पारियो ।
Ísrael var stjórnað af óvinum sínum og þeir kúguðu hann.
43 तिनीहरूलाई सहायता गर्न उहाँ धेरैपल्ट आउनुभयो, तर तिनीहरूले निरन्तर विद्रोह गरे र तिनीहरूका आफ्नै पापले तल पारिए ।
Aftur og aftur leysti hann þá undan okinu, en þeir héldu áfram að óhlýðnast honum, uns syndir þeirra komu þeim á kné.
44 तापनि, सहायताको निम्ति तिनीहरूका पुकारा उहाँले सुन्नुहुँदा उहाँले तिनीहरूका संकष्टमा ध्यान दिनुभयो ।
Samt bænheyrði hann þá og linaði þjáningar þeirra.
45 उहाँले तिनीहरूसँगको आफ्नो करारलाई सम्झिनुभयो र आफ्नो अटल प्रेमको कारणले नरम हुनुभयो ।
Hann minntist loforðsins sem hann gaf þeim og aumkaðist yfir þá í elsku sinni,
46 तिनीहरूका सबै विजेतालाई तिनीहरूमाथि दया गर्ने उहाँले बनाउनुहुन्थ्यो ।
svo að jafnvel þeir sem kúguðu þá, sýndu þeim miskunn.
47 हे परमप्रभु, हाम्रा परमेश्वर, हामीलाई बचाउनुहोस् । हामीलाई जातिहरूको माझबाट भेला गर्नुहोस्, ताकि तपाईंको पवित्र नाउँमा हामी धन्यवाद दिन र तपाईंका प्रशंसाहरूमा गर्व गर्न सकौं।
Ó, frelsaðu okkur, Drottinn Guð! Safnaðu okkur saman frá þjóðunum svo að við getum sameiginlega þakkað þér og lofað nafn þitt.
48 इस्राएलका परमप्रभु परमेश्वरको अनादिदेखि अनन्तसम्म स्तुति होस् । सबै मानिसहरूले भने, “आमेन ।” परमप्रभुको प्रशंसा होस् ।
Lofaður sé Drottinn, Guð Ísraels, frá eilífð til eilífðar. Og allt fólkið segi: „Amen!“Hallelúja.