Preface
Read
+
Publisher
Nainoia, Inc.
PO Box 462, Bellefonte, PA 16823
(814) 470-8028
Nainoia Inc, Publisher
LinkedIn/NAINOIA-INC
Third Party Publisher Resources
Request Custom Formatted Verses
Please contact us below
Submit your proposed corrections
I understand that the Aionian Bible republishes public domain and Creative Commons Bible texts and that volunteers may be needed to present the original text accurately. I also understand that apocryphal text is removed and most variant verse numbering is mapped to the English standard. I have entered my corrections under the verse(s) below. Proposed corrections to the Nepali Bible, Psalms Chapter 106 https://www.AionianBible.org/Bibles/Nepali---Nepali-Bible/Psalms/106 1) परमप्रभुको प्रशंसा गर । परमप्रभुलाई धन्यवाद देओ, किनकि उहाँ भलो हुनुहुन्छ, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ । 2) परमप्रभुको शक्तिशाली कामहरू कसले वर्णन गर्न सक्छ वा उहाँ सबै प्रशंसाननिय कामहरू कसले घोषणा गर्न सक्छ र? 3) जे ठिक छ सो गर्नेहरू र जसका कामहरू सधैं न्यायोचित हुन्छन्, तिनीहरू धन्यका होऊन् । 4) हे परमप्रभु, तपाईंले आफ्ना मानिसहरूलाई कृपा गर्नुहुँदा मलाई समम्झनुहोस् । तपाईंले तिनीहरूलाई बचाउनुहुँदा मलाई सहायता गर्नुहोस् । 5) तब तपाईंका चुनिएकाहरूको फलिफाप म हेर्नेछु, तपाईंको जातिको खुसीमा आनन्दित हुनेछु र तपाईंको उत्तराधिकारसँगै महिमित हुनेछु । 6) हाम्रा पुर्खाहरूले झैं हामीले पाप गरेका छौं । हामीले गल्ती गरेका छौं र हामीले खराबी गरेका छौं । 7) हाम्रा पुर्खाहरूले मिश्रदेशमा तपाईंका अचम्मका कामहरूको कदर गरेनन् । तिनीहरूले तपाईंका करारको विश्वस्तताका धेरै कामहरूलाई बवास्ता गरे । तिनीहरू लाल समुद्रमा विद्रोही भए । 8) तापनि, उहाँले आफ्नो नाउँको खातिर तिनीहरूलाई बचाउनुभयो ताकि उहाँले आफ्नो शक्ति प्रकट गर्न सक्नुभएको होस् । 9) उहाँले लाल समुद्रलाई हप्कानुभयो र त्यो सुक्यो । अनि उहाँले तिनीहरूलाई उजाडस्थानमा झैं समुद्रको गहिराइमा डोर्याउनुभयो । 10) तिनीहरूलाई घृणा गर्नेहरूको हातबट उहाँले तिनीहरूलाई बचाउनुभयो र शत्रुहरूका हातबाट उहाँले तिनीहरूलाई छुट्टाउनुभयो । 11) तर तिनीहरूका वैरीहरूलाई पानीले छोप्यो । तिनीहरूमध्ये एक जना पनि बाँचेन । 12) तब तिनीहरूले उहाँको वचनमा विश्वास गरे र तिनीहरूले उहाँको स्तुति गाए । 13) तर उहाँले जे गर्नुभएको थियो त्यो तिनीहरूले तुरुन्तै बिर्से । तिनीहरूले उहाँको सल्लाहको निम्ति पर्खेनन् । 14) उजाडस्थानमा तिनीहरूमा असन्तुष्ट इच्छाहरू थिए र तिनीहरूले मरुभूमिमा परमेश्वरलाई चुनौति दिए । 15) त्यसैले तिनीहरूले जे मागे उहाँले तिनीहरूलाई त्यही दिनुभयो, तर उहाँले तिनीहरूमाथि डरलाग्दो रोग पठाउनुभयो । 16) छाउनीमा तिनीहरू परमप्रभुका पवित्र पुजारी मोशा र हारूनप्रति डाही बने । 17) पृथ्वीले खुल्यो र दातानलाई निल्यो र अबीरामको पछि लाग्नेहरूलाई ढाकिदियो । 18) तिनीहरू माझमा आगो सल्कियो । त्यो आगोले दुष्टहरूलाई भष्म पार्यो । 19) तिनीहरूले होरेबा एउटा बाछो बनाए र धातुको मूर्तीको आकृति पुजे । 20) तिनीहरूले परमेश्वरको महिमालाई घाँस खाने साँढेको प्रतिमासँग साटे । 21) तिनीहरूले आफ्ना उद्धारकर्तालाई बिर्से जसले मिश्रदेशमा महान् कामहरू गर्नुभएको थियो । 22) उहाँले हामको देशमा अचम्मका कामहरू र लाल समुद्रमा शक्तिशाली कामहरू गर्नुभएको थियो । 23) त्यसैले उहाँले तिनीहरूलाई नाश गर्छु भन्नुहुँदा—तिनीहरूलाई नष्ट गर्ने उहाँको रिस हटाउनलाई उहाँको चुनिएको जन मोशा धाँदोमा खडा भए । 24) त्यसपछि तिनीहरूले फलवन्त देशलाई घृणा गरे । तिनीहरूले उहाँको प्रतिज्ञामा विश्वास गरेनन्, 25) तर आफ्ना पालहरूमा गनगन गरे र पमरप्रभुको आज्ञा पालन गरेनन् । 26) यसकारण उहाँले आफ्नो हात उठाउनुभयो र तिनीहरूसित शपथ खानुभयो, कि उहाँले तिनीहरूलाई मरुभूमिमा नै मर्न दिनुहुनेछ, 27) तिनीहरूका सन्तानहरूलाई जातिहरूका माझमा तितरबितर पार्नहुनेछ, र तिनीहरूलाई विदेशहरूमा छरपष्ट पार्नुहुनेछ । 28) तिनीहरूले पोरको बाललाई पुजा गरे र मृतकलाई चढाइएको बलिहरू खाए । 29) तिनीहरूले आफ्ना कामहरूले उहाँलाई रिस उठाए र तिनीहरू माझमा एउटा रुढी फैलियो । 30) तब मध्यस्थ गर्न पीनहास उठे र रूढी थामियो । 31) यो तिनको निम्ति सबै पुस्तासम्म सदाको निम्ति धार्मिकता गनियो । 32) तिनीहरूले मेरीबको पानीमा पनि परमप्रभुलाई रिस उठाए र तिनीहरूका कारणले मोशाले कष्ट भोगे । 33) तिनीहरूले मोशालाई तिक्त बनाए र तिनले हतारमा बोले । 34) परमप्रभुले तिनीहरूलाई आज्ञा गरेअनुसार तिनीहरूले जातिहरूलाई नष्ट पारेनन्, 35) तर तिनीहरू जातिहरूसँग मसिए र तिनीहरूका मार्गहरू सिके, 36) र तिनीहरूका मूर्तीहरूको पुजा गरे जुन तिनीहरूको निम्ति पासो बन्यो । 37) तिनीहरूले आफ्ना छोरा र छोरीहरू भुत आत्माहरूलाई बलि चढाए । 38) तिनीहरूले निर्दोष रगतको, अर्थात् आफ्ना छोराहरू र छोरीहरूका रगत बगाए, जुन तिनीहरूले कनानको मूर्तीहरूलाई बलि चढाएर रगतले देशलाई अशुद्ध पारे । 39) तिनीहरू आफ्ना कामहरूले अशुद्ध भए । तिनीहरूका कामहरूले तिनीहरू वेश्याजस्तै भए । 40) त्यसैले परमप्रभु आफ्ना मानिसहरूसँग रिसाउनुभयो र उहाँले आफ्नै मानिसहरूलाई घृणा गर्नुभयो । 41) उहाँले तिनीहरूलाई जातिहरूका हातमा सुम्पिनुभयो र तिनीहरूलाई घृणा गर्नेहरूले तिनीहरूमाथि राज्य गरे । 42) तिनीहरूका शत्रुहरूले तिनीहरूमाथि थिचोमिचो गरे, र तिनीहरूलाई आफ्ना अधिकारीको अधीनमा पारियो । 43) तिनीहरूलाई सहायता गर्न उहाँ धेरैपल्ट आउनुभयो, तर तिनीहरूले निरन्तर विद्रोह गरे र तिनीहरूका आफ्नै पापले तल पारिए । 44) तापनि, सहायताको निम्ति तिनीहरूका पुकारा उहाँले सुन्नुहुँदा उहाँले तिनीहरूका संकष्टमा ध्यान दिनुभयो । 45) उहाँले तिनीहरूसँगको आफ्नो करारलाई सम्झिनुभयो र आफ्नो अटल प्रेमको कारणले नरम हुनुभयो । 46) तिनीहरूका सबै विजेतालाई तिनीहरूमाथि दया गर्ने उहाँले बनाउनुहुन्थ्यो । 47) हे परमप्रभु, हाम्रा परमेश्वर, हामीलाई बचाउनुहोस् । हामीलाई जातिहरूको माझबाट भेला गर्नुहोस्, ताकि तपाईंको पवित्र नाउँमा हामी धन्यवाद दिन र तपाईंका प्रशंसाहरूमा गर्व गर्न सकौं। 48) इस्राएलका परमप्रभु परमेश्वरको अनादिदेखि अनन्तसम्म स्तुति होस् । सबै मानिसहरूले भने, “आमेन ।” परमप्रभुको प्रशंसा होस् । Additional comments?
Refresh Captcha
The world's first Holy Bible un-translation!