< भजनसंग्रह 104 >
1 मेरो सारा जीवनले म परमप्रभुको प्रशंसा गर्नेछु । हे परमप्रभु मेरो परमेश्वर, तपाई अति महान् हुनुहुन्छ । तपाईं वैभव र ऐश्वर्यले विभूषित हुनुहुन्छ ।
Let every part of me praise the Lord! Lord my God, you are so great, clothed with majesty and splendor!
2 तपाईंले आफूलाई लुगाले झैं ज्योतिले ढाक्नुहुन्छ । तपाईंले आकाशलाई पालको पर्दालाई झैं फैलाउनुहुन्छ ।
You wear light as your clothing; you stretch out the fabric of the heavens.
3 तपाईंले आफ्नो कोठाहरूका दलिनहरू बादलमा राख्नुहुन्छ । तपाईंले बदललाई आफ्नो रथ बनाउनुहुन्छ । तपाईं हावाको पखेटाहरूमा हिंड्नुहुन्छ ।
You place the roof-beams of your house in the rainclouds. You make the clouds your chariots. You ride on the wings of the wind.
4 उहाँले हावालाई आफ्नो दूतहरू र आगोका ज्वालाहरूलाई आफ्ना सेवकहरू बनाउनुहुन्छ ।
You make your angels winds, and your servants flames of fire.
5 उहाँले पृथ्वीका जगहरू बसाल्नुभयो र त्यो कहिल्यै हटाइनेछैन ।
You set the earth on its foundations; it will never be shaken.
6 तपाईंले पृथ्वीलाई लुगाले झैं पानीले ढाक्नुभयो । पानीले पहाडहरू ढाके ।
It was clothed with ocean depths—the waters even covered the mountains—
7 तपाईंको हप्कीले पानीहरू पछि हटेर गए । तपाईंको गर्जनको सोरमा तिनीहरू भागे ।
but at your command the waters fled; at the sound of your thunder they rushed away.
8 तपाईंले तिनीहरूका निम्ति तोक्नुभएका ठाउँहरूमा पहाडहरू उठे र बेसीहरू फैलिए ।
The mountains rose up and the valleys sank down to where you had determined.
9 तपाईंले तिनीहरूका निम्ति सिमाना तोक्नुभएको छ, जुन तिनीहरूले नाघ्ने छैनन् । तिनीहरूले पृथ्वीलाई फेरि ढाक्नेछैनन् ।
You set a boundary for the oceans so they would not come back and cover the earth.
10 उहाँले मूलहरूलाई बेसीहरूमा बगाउनुभयो । पहाडहरूका बिचबाट खोलाहरू बग्छन् ।
You make springs flow into the streams, running down between the hills.
11 तिनीहरूले मैदानका सबै जनावरलाई पानी दिन्छन् । जङ्गली गधाहरूले आफ्नो तिर्खा मेटाउँछन् ।
They provide water for all the wild animals, and wild donkeys quench their thirst.
12 नदीका किनाराहरूमा चराहरूले आफ्ना गुँड बनाउँछन् । तिनीहरूले हाँगाहरूमा गाउँछन् ।
Birds build their nests in trees along the streams, singing from among the leaves.
13 आकाशमा भएको पानीका आफ्ना भण्डारहरूबाट उहाँले पहाडहरूलाई पानीले भिजाउनुहुन्छ । पृथ्वी उहाँको श्रमको फलले पूर्ण छ ।
You send down rain on the mountains from your home high above; you fill the earth with good things.
14 उहाँले गाईवस्तुको निम्ति घाँस र मानिसलाई खेती गर्न बिरुवाहरू उमार्नुहुन्छ, ताकि मनिसले पृथ्वीबाट खानेकुरा उत्पादन गरोस् ।
You make the grass grow for the cattle, and plants for people to eat—crops produced by the earth for food,
15 मानिसलाई खुसी राख्न दाखमद्य, त्यसको अनुहार चम्किलो पार्न तेल र त्यसको जीवन बचाउन खानेकुरा उहाँले बनाउनुहुन्छ ।
and wine to make them happy, olive oil to make their faces shine, and bread to make them strong.
16 परमप्रभुका रूखहरूले प्रशस्त पानी पाउँछन् । लेबनानको देवदारु जसलाई उहाँले रोप्नुभयो ।
The Lord's trees are well-watered, the cedars of Lebanon that he planted.
17 चराहरूले त्यहाँ गुँड बनाउँछन् । सारसले सल्लाका रूखहरूलाई आफ्नो घर बनाउँछ ।
Sparrows make their nests there; herons make their homes in the tall trees.
18 घोरलहरू उच्च पहाडहरूतिर बस्छन् । पहाडका टाकुराहरू खरायोहरूका शरणस्थान हुन् ।
Wild goats live high in the mountains; hyraxes hide among the rocks.
19 उहाँले चन्द्रमालाई ऋतु चिनाउनलाई तोक्नुभयो । सुर्यले आफ्नो अस्ताउने समय जान्दछ ।
You made the moon to mark the months, and the sun knows when to set.
20 तपाईंले रातको अँध्यारो बनाउनुहुन्छ, जब वनका सबै पशुहरू बाहिर निस्किन्छन् ।
You make darkness fall and the night comes, the time when the forest animals come out to hunt.
21 जवान सिंहहरू आफ्ना शिकारको निम्ति गर्जिन्छन् र परमेश्वरबाट आफ्नो खानेकुरा खोज्छन् ।
The young lions roar as they seek their prey, looking for the food that God provides for them.
22 जब सूर्य उदाउँछ, तिनीहरू फर्कन्छन् र आफ्ना खोरहरूमा सुत्छन् ।
When the sun rises they return to their dens to rest.
23 यसबिच मानिसहरू आ-आफ्ना काममा बाहिर जान्छन् र साँझसम्म नै परिश्रम गर्छन् ।
Then people leave for work, working until the evening.
24 हे परमप्रभु, तपाईंका कामहरू कति धेरै र फरक किसिमका छन्! बुद्धिले तपाईंले तिनीहरू सबै बनाउनुभयो । पृथ्वी तपाईंको कामहरूले भरिन्छ ।
Lord, how many different things you have made—all of them wisely created! The earth is full of your creatures.
25 त्यहाँ गहिरो र फराकिलो, साना र ठुला दुवै असंख्या प्राणीले भरिएको समुद्र छ ।
Consider the sea, deep and wide, full of all kinds of living things, large and small.
26 पानी जहाजहरू त्यहाँ यात्रा गर्छन् र लिव्यातन पनि त्यहाँ छ, जसलाई तपाईंले समुद्रमा खेल्नलाई बनाउनुभयो ।
Ships sail there, and Leviathan, that you made to play in it.
27 यी सबैले समयमा आफ्नो खाना पाउनलाई तपाईंतिर हेर्छन् ।
All creatures look to you to give them food at the right time.
28 तपाईंले तिनीहरूलाई दिनुहुँदा, तिनीहरूले बटुल्छन् । तपाईंले आफ्नो हात खोल्नुहुँदा, तिनीहरू सन्तुष्ट हुन्छन् ।
When you provide it, they gather it up. You hand out food to them, and they are well-fed.
29 तपाईंले आफ्नो मुख लुकाउनुहुँदा, तिनीहरू संकष्टमा पर्छन् । तपाईंले तिनीहरूको सास लिनुभयो भने, तिनीहरू मर्छन् र धूलोमा फर्किन्छन् ।
When you turn away from them, they're terrified; when you take away their breath, they die and return to dust.
30 तपाईंले तपाईंको आत्मा पठाउनुहुँदा तिनीहरू सृष्टि हुन्छन् र तपाईंले गाउँलाई नयाँ तुल्याउनुहुन्छ ।
When you send your breath, they are created, and life covers the earth again.
31 परमप्रभुको महिमा सदासर्वदा रहिरहोस् । परमप्रभु आफ्नो सृष्टिमा आनन्दित हुनुभएको होस् ।
May the Lord's glory last forever! The Lord is happy with all he has made.
32 उहाँले तल पृथ्वीमा हेर्नुहुन्छ र त्यो हल्लिन्छ । उहाँले पहाडहरूलाई छुनुहुन्छ र तिनीहरूमा धूवाँ निस्कन्छ ।
He only has to look at the earth and it trembles; mountains pour out smoke at his touch.
33 आफ्नो सारा जीवनभरि म परमप्रभुको निम्ति गीत गाउनेछु । म बाँचुन्जेल आफ्नो परमेश्वरको स्तुति गाउनेछु ।
I will sing to the Lord for as long as I live; I will sing praises to my God my whole life.
34 मेरो विचारहरू उहाँलाई मन पर्दो होस् । म परमप्रभुमा आनन्दित हुनेछु ।
May he be pleased with my thoughts because I am happy in the Lord.
35 पापीहरू पृथ्वीबाट लोप होऊन् र दुष्टहरू कदापि नरहून् । आफ्नो सारा जीवनभरि म परमप्रभुको प्रशंसा गर्छु । परमप्रभुको स्तुति होस् ।
Let sinners be destroyed from the earth; let the wicked cease to exist. Let every part of me praise the Lord!