Preface
Read
+
Publisher
Nainoia, Inc.
PO Box 462, Bellefonte, PA 16823
(814) 470-8028
Nainoia Inc, Publisher
LinkedIn/NAINOIA-INC
Third Party Publisher Resources
Request Custom Formatted Verses
Please contact us below
Submit your proposed corrections
I understand that the Aionian Bible republishes public domain and Creative Commons Bible texts and that volunteers may be needed to present the original text accurately. I also understand that apocryphal text is removed and most variant verse numbering is mapped to the English standard. I have entered my corrections under the verse(s) below. Proposed corrections to the Nepali Bible, Psalms Chapter 104 https://www.AionianBible.org/Bibles/Nepali---Nepali-Bible/Psalms/104 1) मेरो सारा जीवनले म परमप्रभुको प्रशंसा गर्नेछु । हे परमप्रभु मेरो परमेश्वर, तपाई अति महान् हुनुहुन्छ । तपाईं वैभव र ऐश्वर्यले विभूषित हुनुहुन्छ । 2) तपाईंले आफूलाई लुगाले झैं ज्योतिले ढाक्नुहुन्छ । तपाईंले आकाशलाई पालको पर्दालाई झैं फैलाउनुहुन्छ । 3) तपाईंले आफ्नो कोठाहरूका दलिनहरू बादलमा राख्नुहुन्छ । तपाईंले बदललाई आफ्नो रथ बनाउनुहुन्छ । तपाईं हावाको पखेटाहरूमा हिंड्नुहुन्छ । 4) उहाँले हावालाई आफ्नो दूतहरू र आगोका ज्वालाहरूलाई आफ्ना सेवकहरू बनाउनुहुन्छ । 5) उहाँले पृथ्वीका जगहरू बसाल्नुभयो र त्यो कहिल्यै हटाइनेछैन । 6) तपाईंले पृथ्वीलाई लुगाले झैं पानीले ढाक्नुभयो । पानीले पहाडहरू ढाके । 7) तपाईंको हप्कीले पानीहरू पछि हटेर गए । तपाईंको गर्जनको सोरमा तिनीहरू भागे । 8) तपाईंले तिनीहरूका निम्ति तोक्नुभएका ठाउँहरूमा पहाडहरू उठे र बेसीहरू फैलिए । 9) तपाईंले तिनीहरूका निम्ति सिमाना तोक्नुभएको छ, जुन तिनीहरूले नाघ्ने छैनन् । तिनीहरूले पृथ्वीलाई फेरि ढाक्नेछैनन् । 10) उहाँले मूलहरूलाई बेसीहरूमा बगाउनुभयो । पहाडहरूका बिचबाट खोलाहरू बग्छन् । 11) तिनीहरूले मैदानका सबै जनावरलाई पानी दिन्छन् । जङ्गली गधाहरूले आफ्नो तिर्खा मेटाउँछन् । 12) नदीका किनाराहरूमा चराहरूले आफ्ना गुँड बनाउँछन् । तिनीहरूले हाँगाहरूमा गाउँछन् । 13) आकाशमा भएको पानीका आफ्ना भण्डारहरूबाट उहाँले पहाडहरूलाई पानीले भिजाउनुहुन्छ । पृथ्वी उहाँको श्रमको फलले पूर्ण छ । 14) उहाँले गाईवस्तुको निम्ति घाँस र मानिसलाई खेती गर्न बिरुवाहरू उमार्नुहुन्छ, ताकि मनिसले पृथ्वीबाट खानेकुरा उत्पादन गरोस् । 15) मानिसलाई खुसी राख्न दाखमद्य, त्यसको अनुहार चम्किलो पार्न तेल र त्यसको जीवन बचाउन खानेकुरा उहाँले बनाउनुहुन्छ । 16) परमप्रभुका रूखहरूले प्रशस्त पानी पाउँछन् । लेबनानको देवदारु जसलाई उहाँले रोप्नुभयो । 17) चराहरूले त्यहाँ गुँड बनाउँछन् । सारसले सल्लाका रूखहरूलाई आफ्नो घर बनाउँछ । 18) घोरलहरू उच्च पहाडहरूतिर बस्छन् । पहाडका टाकुराहरू खरायोहरूका शरणस्थान हुन् । 19) उहाँले चन्द्रमालाई ऋतु चिनाउनलाई तोक्नुभयो । सुर्यले आफ्नो अस्ताउने समय जान्दछ । 20) तपाईंले रातको अँध्यारो बनाउनुहुन्छ, जब वनका सबै पशुहरू बाहिर निस्किन्छन् । 21) जवान सिंहहरू आफ्ना शिकारको निम्ति गर्जिन्छन् र परमेश्वरबाट आफ्नो खानेकुरा खोज्छन् । 22) जब सूर्य उदाउँछ, तिनीहरू फर्कन्छन् र आफ्ना खोरहरूमा सुत्छन् । 23) यसबिच मानिसहरू आ-आफ्ना काममा बाहिर जान्छन् र साँझसम्म नै परिश्रम गर्छन् । 24) हे परमप्रभु, तपाईंका कामहरू कति धेरै र फरक किसिमका छन्! बुद्धिले तपाईंले तिनीहरू सबै बनाउनुभयो । पृथ्वी तपाईंको कामहरूले भरिन्छ । 25) त्यहाँ गहिरो र फराकिलो, साना र ठुला दुवै असंख्या प्राणीले भरिएको समुद्र छ । 26) पानी जहाजहरू त्यहाँ यात्रा गर्छन् र लिव्यातन पनि त्यहाँ छ, जसलाई तपाईंले समुद्रमा खेल्नलाई बनाउनुभयो । 27) यी सबैले समयमा आफ्नो खाना पाउनलाई तपाईंतिर हेर्छन् । 28) तपाईंले तिनीहरूलाई दिनुहुँदा, तिनीहरूले बटुल्छन् । तपाईंले आफ्नो हात खोल्नुहुँदा, तिनीहरू सन्तुष्ट हुन्छन् । 29) तपाईंले आफ्नो मुख लुकाउनुहुँदा, तिनीहरू संकष्टमा पर्छन् । तपाईंले तिनीहरूको सास लिनुभयो भने, तिनीहरू मर्छन् र धूलोमा फर्किन्छन् । 30) तपाईंले तपाईंको आत्मा पठाउनुहुँदा तिनीहरू सृष्टि हुन्छन् र तपाईंले गाउँलाई नयाँ तुल्याउनुहुन्छ । 31) परमप्रभुको महिमा सदासर्वदा रहिरहोस् । परमप्रभु आफ्नो सृष्टिमा आनन्दित हुनुभएको होस् । 32) उहाँले तल पृथ्वीमा हेर्नुहुन्छ र त्यो हल्लिन्छ । उहाँले पहाडहरूलाई छुनुहुन्छ र तिनीहरूमा धूवाँ निस्कन्छ । 33) आफ्नो सारा जीवनभरि म परमप्रभुको निम्ति गीत गाउनेछु । म बाँचुन्जेल आफ्नो परमेश्वरको स्तुति गाउनेछु । 34) मेरो विचारहरू उहाँलाई मन पर्दो होस् । म परमप्रभुमा आनन्दित हुनेछु । 35) पापीहरू पृथ्वीबाट लोप होऊन् र दुष्टहरू कदापि नरहून् । आफ्नो सारा जीवनभरि म परमप्रभुको प्रशंसा गर्छु । परमप्रभुको स्तुति होस् । Additional comments?
Refresh Captcha
The world's first Holy Bible un-translation!