< भजनसंग्रह 104 >

1 मेरो सारा जीवनले म परमप्रभुको प्रशंसा गर्नेछु । हे परमप्रभु मेरो परमेश्‍वर, तपाई अति महान् हुनुहुन्छ । तपाईं वैभव र ऐश्‍वर्यले विभूषित हुनुहुन्छ ।
我的心哪,你要称颂耶和华! 耶和华—我的 神啊,你为至大! 你以尊荣威严为衣服,
2 तपाईंले आफूलाई लुगाले झैं ज्‍योतिले ढाक्‍नुहुन्छ । तपाईंले आकाशलाई पालको पर्दालाई झैं फैलाउनुहुन्छ ।
披上亮光,如披外袍, 铺张穹苍,如铺幔子,
3 तपाईंले आफ्नो कोठाहरूका दलिनहरू बादलमा राख्‍नुहुन्छ । तपाईंले बदललाई आफ्नो रथ बनाउनुहुन्छ । तपाईं हावाको पखेटाहरूमा हिंड्‍नुहुन्छ ।
在水中立楼阁的栋梁, 用云彩为车辇, 借着风的翅膀而行,
4 उहाँले हावालाई आफ्नो दूतहरू र आगोका ज्वालाहरूलाई आफ्ना सेवकहरू बनाउनुहुन्छ ।
以风为使者, 以火焰为仆役,
5 उहाँले पृथ्वीका जगहरू बसाल्नुभयो र त्‍यो कहिल्यै हटाइनेछैन ।
将地立在根基上, 使地永不动摇。
6 तपाईंले पृथ्वीलाई लुगाले झैं पानीले ढाक्‍नुभयो । पानीले पहाडहरू ढाके ।
你用深水遮盖地面,犹如衣裳; 诸水高过山岭。
7 तपाईंको हप्कीले पानीहरू पछि हटेर गए । तपाईंको गर्जनको सोरमा तिनीहरू भागे ।
你的斥责一发,水便奔逃; 你的雷声一发,水便奔流。
8 तपाईंले तिनीहरूका निम्‍ति तोक्‍नुभएका ठाउँहरूमा पहाडहरू उठे र बेसीहरू फैलिए ।
诸山升上,诸谷沉下, 归你为它所安定之地。
9 तपाईंले तिनीहरूका निम्ति सिमाना तोक्‍नुभएको छ, जुन तिनीहरूले नाघ्‍ने छैनन् । तिनीहरूले पृथ्वीलाई फेरि ढाक्‍नेछैनन् ।
你定了界限,使水不能过去, 不再转回遮盖地面。
10 उहाँले मूलहरूलाई बेसीहरूमा बगाउनुभयो । पहाडहरूका बिचबाट खोलाहरू बग्छन् ।
耶和华使泉源涌在山谷, 流在山间,
11 तिनीहरूले मैदानका सबै जनावरलाई पानी दिन्‍छन् । जङ्गली गधाहरूले आफ्‍नो तिर्खा मेटाउँछन् ।
使野地的走兽有水喝, 野驴得解其渴。
12 नदीका किनाराहरूमा चराहरूले आफ्‍ना गुँड बनाउँछन् । तिनीहरूले हाँगाहरूमा गाउँछन् ।
天上的飞鸟在水旁住宿, 在树枝上啼叫。
13 आकाशमा भएको पानीका आफ्‍ना भण्डारहरूबाट उहाँले पहाडहरूलाई पानीले भिजाउनुहुन्छ । पृथ्वी उहाँको श्रमको फलले पूर्ण छ ।
他从楼阁中浇灌山岭; 因他作为的功效,地就丰足。
14 उहाँले गाईवस्‍तुको निम्ति घाँस र मानिसलाई खेती गर्न बिरुवाहरू उमार्नुहुन्छ, ताकि मनिसले पृथ्वीबाट खानेकुरा उत्पादन गरोस् ।
他使草生长,给六畜吃, 使菜蔬发长,供给人用, 使人从地里能得食物,
15 मानिसलाई खुसी राख्‍न दाखमद्य, त्यसको अनुहार चम्किलो पार्न तेल र त्यसको जीवन बचाउन खानेकुरा उहाँले बनाउनुहुन्छ ।
又得酒能悦人心, 得油能润人面, 得粮能养人心。
16 परमप्रभुका रूखहरूले प्रशस्‍त पानी पाउँछन् । लेबनानको देवदारु जसलाई उहाँले रोप्‍नुभयो ।
佳美的树木,就是黎巴嫩的香柏树, 是耶和华所栽种的,都满了汁浆。
17 चराहरूले त्‍यहाँ गुँड बनाउँछन् । सारसले सल्लाका रूखहरूलाई आफ्नो घर बनाउँछ ।
雀鸟在其上搭窝; 至于鹤,松树是它的房屋。
18 घोरलहरू उच्‍च पहाडहरूतिर बस्छन् । पहाडका टाकुराहरू खरायोहरूका शरणस्थान हुन् ।
高山为野山羊的住所; 岩石为沙番的藏处。
19 उहाँले चन्द्रमालाई ऋतु चिनाउनलाई तोक्‍नुभयो । सुर्यले आफ्‍नो अस्ताउने समय जान्दछ ।
你安置月亮为定节令; 日头自知沉落。
20 तपाईंले रातको अँध्यारो बनाउनुहुन्छ, जब वनका सबै पशुहरू बाहिर निस्‍किन्‍छन् ।
你造黑暗为夜, 林中的百兽就都爬出来。
21 जवान सिंहहरू आफ्‍ना शिकारको निम्ति गर्जिन्छन् र परमेश्‍वरबाट आफ्‍नो खानेकुरा खोज्छन् ।
少壮狮子吼叫,要抓食, 向 神寻求食物。
22 जब सूर्य उदाउँछ, तिनीहरू फर्कन्छन् र आफ्‍ना खोरहरूमा सुत्छन् ।
日头一出,兽便躲避, 卧在洞里。
23 यसबिच मानिसहरू आ-आफ्ना काममा बाहिर जान्छन् र साँझसम्म नै परिश्रम गर्छन् ।
人出去做工, 劳碌直到晚上。
24 हे परमप्रभु, तपाईंका कामहरू कति धेरै र फरक किसिमका छन्! बुद्धिले तपाईंले तिनीहरू सबै बनाउनुभयो । पृथ्वी तपाईंको कामहरूले भरिन्‍छ ।
耶和华啊,你所造的何其多! 都是你用智慧造成的; 遍地满了你的丰富。
25 त्यहाँ गहिरो र फराकिलो, साना र ठुला दुवै असंख्या प्राणीले भरिएको समुद्र छ ।
那里有海,又大又广; 其中有无数的动物, 大小活物都有。
26 पानी जहाजहरू त्यहाँ यात्रा गर्छन् र लिव्यातन पनि त्यहाँ छ, जसलाई तपाईंले समुद्रमा खेल्नलाई बनाउनुभयो ।
那里有船行走, 有你所造的鳄鱼游泳在其中。
27 यी सबैले समयमा आफ्‍नो खाना पाउनलाई तपाईंतिर हेर्छन् ।
这都仰望你按时给它食物。
28 तपाईंले तिनीहरूलाई दिनुहुँदा, तिनीहरूले बटुल्छन् । तपाईंले आफ्नो हात खोल्नुहुँदा, तिनीहरू सन्‍तुष्‍ट हुन्छन् ।
你给它们,它们便拾起来; 你张手,它们饱得美食。
29 तपाईंले आफ्नो मुख लुकाउनुहुँदा, तिनीहरू संकष्‍टमा पर्छन् । तपाईंले तिनीहरूको सास लिनुभयो भने, तिनीहरू मर्छन् र धूलोमा फर्किन्छन् ।
你掩面,它们便惊惶; 你收回它们的气,它们就死亡,归于尘土。
30 तपाईंले तपाईंको आत्मा पठाउनुहुँदा तिनीहरू सृष्‍टि हुन्छन् र तपाईंले गाउँलाई नयाँ तुल्याउनुहुन्छ ।
你发出你的灵,它们便受造; 你使地面更换为新。
31 परमप्रभुको महिमा सदासर्वदा रहिरहोस् । परमप्रभु आफ्‍नो सृष्‍टिमा आनन्दित हुनुभएको होस् ।
愿耶和华的荣耀存到永远! 愿耶和华喜悦自己所造的!
32 उहाँले तल पृथ्वीमा हेर्नुहुन्‍छ र त्‍यो हल्लिन्‍छ । उहाँले पहाडहरूलाई छुनुहुन्छ र तिनीहरूमा धूवाँ निस्कन्छ ।
他看地,地便震动; 他摸山,山就冒烟。
33 आफ्‍नो सारा जीवनभरि म परमप्रभुको निम्ति गीत गाउनेछु । म बाँचुन्‍जेल आफ्‍नो परमेश्‍वरको स्‍तुति गाउनेछु ।
我要一生向耶和华唱诗! 我还活的时候,要向我 神歌颂!
34 मेरो विचारहरू उहाँलाई मन पर्दो होस् । म परमप्रभुमा आनन्‍दित हुनेछु ।
愿他以我的默念为甘甜! 我要因耶和华欢喜!
35 पापीहरू पृथ्वीबाट लोप होऊन् र दुष्‍टहरू कदापि नरहून् । आफ्‍नो सारा जीवनभरि म परमप्रभुको प्रशंसा गर्छु । परमप्रभुको स्तुति होस् ।
愿罪人从世上消灭! 愿恶人归于无有! 我的心哪,要称颂耶和华! 你们要赞美耶和华!

< भजनसंग्रह 104 >