< भजनसंग्रह 103 >

1 परमप्रभुलाई मेरो सारा जीवनले म प्रशंसा दिनेछु, र मभित्र भएका सबै कुराले उहाँको पवित्र नाउँलाई म प्रशंसा दिनेछु ।
לְדָוִ֙ד ׀ בָּרֲכִ֣י נַ֭פְשִׁי אֶת־יְהוָ֑ה וְכָל־קְ֝רָבַ֗י אֶת־שֵׁ֥ם קָדְשֹֽׁו׃
2 परमप्रभुलाई मेरो सारा जीवनले म प्रशंसा दिनेछु, र उहाँका सबै असल कामहरूलाई म सम्झिन्छु ।
בָּרֲכִ֣י נַ֭פְשִׁי אֶת־יְהוָ֑ה וְאַל־תִּ֝שְׁכְּחִ֗י כָּל־גְּמוּלָֽיו׃
3 उहाँले तिम्रा सबै पाप क्षमा गर्नुहुन्छ । उहाँले तिम्रा सबै रोग निको पार्नुहुन्छ ।
הַסֹּלֵ֥חַ לְכָל־עֲוֹנֵ֑כִי הָ֝רֹפֵ֗א לְכָל־תַּחֲלֻאָֽיְכִי׃
4 उहाँले तिम्रो जीवनलाई नाश हुनबाट बचाउनुहुन्छ । उहाँले तिमीलाई करारको विश्‍वस्‍तता र कोमल कृपाका कामहरूको मुकुट लगाउनुहुन्छ ।
הַגֹּואֵ֣ל מִשַּׁ֣חַת חַיָּ֑יְכִי הַֽ֝מְעַטְּרֵ֗כִי חֶ֣סֶד וְרַחֲמִֽים׃
5 उहाँले तिम्रो जीवनलाई असक थोकहरूले सन्‍तुष्‍ट पार्नुहुन्छ, ताकि तिम्रो जवानी चीलको झैं नयाँ हुन्‍छ ।
הַמַּשְׂבִּ֣יַע בַּטֹּ֣וב עֶדְיֵ֑ךְ תִּתְחַדֵּ֖שׁ כַּנֶּ֣שֶׁר נְעוּרָֽיְכִי׃
6 परमप्रभुले जे निष्पक्ष छ सो गर्नुहुन्छ र थिचोमिचोमा परेकाहरू सबैका निम्ति न्यायका कामहरू गर्नुहुन्छ ।
עֹשֵׂ֣ה צְדָקֹ֣ות יְהוָ֑ה וּ֝מִשְׁפָּטִ֗ים לְכָל־עֲשׁוּקִֽים׃
7 उहाँले मोशालाई आफ्ना मार्गहरू र इस्राएलका सन्तानहरूलाई उहाँका कामहरू प्रकट गर्नुभयो ।
יֹודִ֣יעַ דְּרָכָ֣יו לְמֹשֶׁ֑ה לִבְנֵ֥י יִ֝שְׂרָאֵ֗ל עֲלִילֹֽותָיו׃
8 परमप्रभु कृपालु र अनुग्रही हुनुहुन्छ । उहा धैर्यवान् हुनुहुन्छ । उहाँमा महान् करारको बफादारी छ ।
רַח֣וּם וְחַנּ֣וּן יְהוָ֑ה אֶ֖רֶךְ אַפַּ֣יִם וְרַב־חָֽסֶד׃
9 उहाँले सधैं ताड्ना दिनुहुन्‍न । उहाँ सधैं रिसाउनुहुन्‍न ।
לֹֽא־לָנֶ֥צַח יָרִ֑יב וְלֹ֖א לְעֹולָ֣ם יִטֹּֽור׃
10 उहाँले हामीसँग हाम्रो पाप सुहाउँदो व्यवहार गर्नुहुन्‍न वा हाम्रा पापअनुसारको प्रतिफल दिनुहुन्‍न ।
לֹ֣א כַ֭חֲטָאֵינוּ עָ֣שָׂה לָ֑נוּ וְלֹ֥א כַ֝עֲוֹנֹתֵ֗ינוּ גָּמַ֥ל עָלֵֽינוּ׃
11 किनकि पृथ्वीमाथि आकाश जति अग्लो छ, उहाँलाई आदर गर्नेप्रति उहाँको करारको विश्‍वस्‍तता त्‍यति नै महान् छ ।
כִּ֤י כִגְבֹ֣הַּ שָׁ֭מַיִם עַל־הָאָ֑רֶץ גָּבַ֥ר חַ֝סְדֹּ֗ו עַל־יְרֵאָֽיו׃
12 पश्‍चिमबाट पूर्व जति टाढा छ, उहाँले हाम्रा पापहरूका दोषलाई हामीबाट त्‍यति नै टाढा हटाउनुभएको छ ।
כִּרְחֹ֣ק מִ֭זְרָח מִֽמַּֽעֲרָ֑ב הִֽרְחִ֥יק מִ֝מֶּ֗נּוּ אֶת־פְּשָׁעֵֽינוּ׃
13 बुबाले आफ्‍ना छोराछोरीलाई जसरी दया गर्छन्, परमप्रभुले उहाँलाई आदर गर्नेहरूलाई त्यसरी नै दया गर्नुहुन्छ ।
כְּרַחֵ֣ם אָ֭ב עַל־בָּנִ֑ים רִחַ֥ם יְ֝הוָ֗ה עַל־יְרֵאָֽיו׃
14 किनकि हामी कसरी बनिएका छौं भनी उहाँले जान्‍नुहुन्छ । हामी धूलो हौं भनी उहाँलाई थाहा छ ।
כִּי־ה֖וּא יָדַ֣ע יִצְרֵ֑נוּ זָ֝כ֗וּר כִּי־עָפָ֥ר אֲנָֽחְנוּ׃
15 मानिसको बारेमा, त्यसका दिनहरू घाँसजस्ता छन् । मैदानको फूलझैं त्‍यो मौलाउँछ ।
אֱ֭נֹושׁ כֶּחָצִ֣יר יָמָ֑יו כְּצִ֥יץ הַ֝שָּׂדֶ֗ה כֵּ֣ן יָצִֽיץ׃
16 त्‍यसमाथि हावा चल्छ र त्‍यो लोप हुन्छ, र त्‍यो कहाँ उम्रेको थियो भनी कसैले भन्‍न पनि सक्‍दैन ।
כִּ֤י ר֣וּחַ עָֽבְרָה־בֹּ֣ו וְאֵינֶ֑נּוּ וְלֹא־יַכִּירֶ֖נּוּ עֹ֣וד מְקֹומֹֽו׃
17 तर परमप्रभुलाई आदर गर्नेहरूमाथि उहाँको करारको विश्‍वस्‍तता अनादिदेखि अनन्तसम्म रहन्छ । उहाँको धार्मिकता तिनीहरूका सन्तानहरूमा रहन्छ ।
וְחֶ֤סֶד יְהוָ֙ה ׀ מֵעֹולָ֣ם וְעַד־עֹ֭ולָם עַל־יְרֵאָ֑יו וְ֝צִדְקָתֹ֗ו לִבְנֵ֥י בָנִֽים׃
18 तिनीहरूले उहाँको करार पालन गर्छन् र उहाँका शिक्षाहरू पालन गर्न सम्झिन्छन् ।
לְשֹׁמְרֵ֥י בְרִיתֹ֑ו וּלְזֹכְרֵ֥י פִ֝קֻּדָ֗יו לַעֲשֹׂותָֽם׃
19 परमप्रभुले स्वर्गमा आफ्‍नो सिंहासन स्थापित गर्नुभएको छ र उहाँको राज्यले हरेकमाथि शासन गर्छ ।
יְֽהוָ֗ה בַּ֭שָּׁמַיִם הֵכִ֣ין כִּסְאֹ֑ו וּ֝מַלְכוּתֹ֗ו בַּכֹּ֥ל מָשָֽׁלָה׃
20 ए परमप्रभुका दूतहरू हो, शक्तिशाली वीरहरू र उहाँको वचन पालन गर्नेहरू, अनि उहाँको वचनको आवाज पालन गर्नेहरूले समेत उहाँको प्रशंसा गर ।
בָּרֲכ֥וּ יְהוָ֗ה מַלְאָ֫כָ֥יו גִּבֹּ֣רֵי כֹ֭חַ עֹשֵׂ֣י דְבָרֹ֑ו לִ֝שְׁמֹ֗עַ בְּקֹ֣ול דְּבָרֹֽו׃
21 ए परमप्रभुका सबै फौज हो, तिमीहरू उहाँका सेवकहरू जसले उहाँको इच्छा पुरा गर्छौ, उहाँको प्रशंसा गर ।
בָּרֲכ֣וּ יְ֭הוָה כָּל־צְבָאָ֑יו מְ֝שָׁרְתָ֗יו עֹשֵׂ֥י רְצֹונֹֽו׃
22 ए परमप्रभुका सबै प्राणी हो, उहाँले राज्‍य गर्ने सबै ठाउँमा उहाँको प्रशंसा गर । म आफ्‍नो सारा जीवनले परमप्रभुको प्रशंसा गर्नेछु ।
בָּרֲכ֤וּ יְהוָ֙ה ׀ כָּֽל־מַעֲשָׂ֗יו בְּכָל־מְקֹמֹ֥ות מֶמְשַׁלְתֹּ֑ו בָּרֲכִ֥י נַ֝פְשִׁ֗י אֶת־יְהוָֽה׃

< भजनसंग्रह 103 >