Preface
Read
+
Publisher
Nainoia, Inc.
PO Box 462, Bellefonte, PA 16823
(814) 470-8028
Nainoia Inc, Publisher
LinkedIn/NAINOIA-INC
Third Party Publisher Resources
Request Custom Formatted Verses
Please contact us below
Submit your proposed corrections
I understand that the Aionian Bible republishes public domain and Creative Commons Bible texts and that volunteers may be needed to present the original text accurately. I also understand that apocryphal text is removed and most variant verse numbering is mapped to the English standard. I have entered my corrections under the verse(s) below. Proposed corrections to the Nepali Bible, Psalms Chapter 103 https://www.AionianBible.org/Bibles/Nepali---Nepali-Bible/Psalms/103 1) परमप्रभुलाई मेरो सारा जीवनले म प्रशंसा दिनेछु, र मभित्र भएका सबै कुराले उहाँको पवित्र नाउँलाई म प्रशंसा दिनेछु । 2) परमप्रभुलाई मेरो सारा जीवनले म प्रशंसा दिनेछु, र उहाँका सबै असल कामहरूलाई म सम्झिन्छु । 3) उहाँले तिम्रा सबै पाप क्षमा गर्नुहुन्छ । उहाँले तिम्रा सबै रोग निको पार्नुहुन्छ । 4) उहाँले तिम्रो जीवनलाई नाश हुनबाट बचाउनुहुन्छ । उहाँले तिमीलाई करारको विश्वस्तता र कोमल कृपाका कामहरूको मुकुट लगाउनुहुन्छ । 5) उहाँले तिम्रो जीवनलाई असक थोकहरूले सन्तुष्ट पार्नुहुन्छ, ताकि तिम्रो जवानी चीलको झैं नयाँ हुन्छ । 6) परमप्रभुले जे निष्पक्ष छ सो गर्नुहुन्छ र थिचोमिचोमा परेकाहरू सबैका निम्ति न्यायका कामहरू गर्नुहुन्छ । 7) उहाँले मोशालाई आफ्ना मार्गहरू र इस्राएलका सन्तानहरूलाई उहाँका कामहरू प्रकट गर्नुभयो । 8) परमप्रभु कृपालु र अनुग्रही हुनुहुन्छ । उहा धैर्यवान् हुनुहुन्छ । उहाँमा महान् करारको बफादारी छ । 9) उहाँले सधैं ताड्ना दिनुहुन्न । उहाँ सधैं रिसाउनुहुन्न । 10) उहाँले हामीसँग हाम्रो पाप सुहाउँदो व्यवहार गर्नुहुन्न वा हाम्रा पापअनुसारको प्रतिफल दिनुहुन्न । 11) किनकि पृथ्वीमाथि आकाश जति अग्लो छ, उहाँलाई आदर गर्नेप्रति उहाँको करारको विश्वस्तता त्यति नै महान् छ । 12) पश्चिमबाट पूर्व जति टाढा छ, उहाँले हाम्रा पापहरूका दोषलाई हामीबाट त्यति नै टाढा हटाउनुभएको छ । 13) बुबाले आफ्ना छोराछोरीलाई जसरी दया गर्छन्, परमप्रभुले उहाँलाई आदर गर्नेहरूलाई त्यसरी नै दया गर्नुहुन्छ । 14) किनकि हामी कसरी बनिएका छौं भनी उहाँले जान्नुहुन्छ । हामी धूलो हौं भनी उहाँलाई थाहा छ । 15) मानिसको बारेमा, त्यसका दिनहरू घाँसजस्ता छन् । मैदानको फूलझैं त्यो मौलाउँछ । 16) त्यसमाथि हावा चल्छ र त्यो लोप हुन्छ, र त्यो कहाँ उम्रेको थियो भनी कसैले भन्न पनि सक्दैन । 17) तर परमप्रभुलाई आदर गर्नेहरूमाथि उहाँको करारको विश्वस्तता अनादिदेखि अनन्तसम्म रहन्छ । उहाँको धार्मिकता तिनीहरूका सन्तानहरूमा रहन्छ । 18) तिनीहरूले उहाँको करार पालन गर्छन् र उहाँका शिक्षाहरू पालन गर्न सम्झिन्छन् । 19) परमप्रभुले स्वर्गमा आफ्नो सिंहासन स्थापित गर्नुभएको छ र उहाँको राज्यले हरेकमाथि शासन गर्छ । 20) ए परमप्रभुका दूतहरू हो, शक्तिशाली वीरहरू र उहाँको वचन पालन गर्नेहरू, अनि उहाँको वचनको आवाज पालन गर्नेहरूले समेत उहाँको प्रशंसा गर । 21) ए परमप्रभुका सबै फौज हो, तिमीहरू उहाँका सेवकहरू जसले उहाँको इच्छा पुरा गर्छौ, उहाँको प्रशंसा गर । 22) ए परमप्रभुका सबै प्राणी हो, उहाँले राज्य गर्ने सबै ठाउँमा उहाँको प्रशंसा गर । म आफ्नो सारा जीवनले परमप्रभुको प्रशंसा गर्नेछु । Additional comments?
Refresh Captcha
The world's first Holy Bible un-translation!