< गन्ती 7 >

1 मोशाले पवित्र वासस्थान पुरा गरेका दिन तिनले यसलाई यसका सबै सरसामानसँगै परमप्रभुको निम्ति अलग गरे । तिनले यसका भाँडाकुँडाहरूलाई पनि त्यसै गरे । तिनले तिनीहरूलाई पनि अभिषेक गरे र परप्रभुको निम्ति अर्पण गरे ।
موسی در روزی که بر پا سازی خیمهٔ عبادت را به پایان رسانید تمامی قسمتهای آن و نیز مذبح و لوازم آن را تدهین و تقدیس نمود.
2 त्यस दिन इस्राएलका अगुवाहरू, तिनीहरूका आ-आफ्ना पुर्खाहरूका परिवारका मुखियाहरूले बलिदानहरू चढाए । यी मानिसहरू कुलका प्रमुखहरू थिए । तिनीहरूले पुरुषहरूको जनगणनाको देखरेख गरेका थिए ।
آنگاه رهبران اسرائیل، یعنی سران قبایل که ترتیب سرشماری را داده بودند، هدایای خود را آوردند.
3 तिनीहरूले आफ्‍ना बलिदानहरू परमप्रभुको सामु ल्याए । तिनीहरूले छोपिएका छवटा गाडा र बाह्रवटा गोरु ल्याए । तिनीहरूले दुई-दुई जना अगुवाको निम्ति एउटा गाडा र हरेक अगुवाले एउटा-एउटा गोरु ल्याए । तिनीहरूले यी थोकहरूलाई पवित्र वासस्थानको सामु चढाए ।
ایشان شش ارابهٔ سر پوشیده (یک ارابه برای دو رهبر) که هر ارابه را دو گاو می‌کشیدند آورده، در برابر خیمهٔ عبادت به خداوند تقدیم کردند.
4 त्यसपछि परमप्रभुले मोशालाई भन्‍नुभयो,
آنگاه خداوند به موسی فرمود:
5 “तिनीहरूले चढाएका बलिहरू स्वीकार गर् र तिनीहरूलाई भेट हुने पालको कामको निम्ति प्रयोग गर् ।”
«هدایای ایشان را قبول کن و از آنها برای کار خیمۀ ملاقات استفاده نما. آنها را به لاویان بده تا هر کس متناسب با خدمتش از آنها استفاده کند.»
6 मोशाले गाडाहरू र गोरुहरू लिएर तिनले ती लेवीहरूलाई दिए ।
پس موسی، ارابه‌ها و گاوها را در اختیار لاویان گذاشت.
7 तिनले दुईवटा गाडा र चारवटा गोरु तिनीहरूका कामलाई आवश्यक पर्ने हुनाले गेर्शोनका सन्तानहरूलाई दिए ।
دو ارابه و چهار گاو به طایفهٔ جرشون داد تا برای کار خود از آنها استفاده کنند
8 तिनले चारवटा गाडा र आठवटा गोरु पुजारी हारूनका छोरा ईतामारको देखरेखमा भएका मरारीहरूका सन्तानहरूलाई दिए । यो तिनीहरूका कामलाई आवश्‍यक पर्ने भएकोले तिनले यसो गरे ।
و چهار ارابه و هشت گاو نیز به طایفهٔ مراری که تحت رهبری ایتامار پسر هارون بودند، داد تا برای کارشان از آنها استفاده کنند.
9 तर तिनले कहातका सन्तानहरूलाई ती कुनै पनि कुरा दिएनन्, किनभने तिनीहरूका कामहरू परमप्रभुसँग सम्बन्धित थियो जसलाई तिनीहरूले आ-आफ्ना काँधहरूमाथि बोक्‍नुपर्थ्यो ।
به قهاتیان گاو یا ارابه داده نشد، چون قرار بود ایشان سهم بار خود را از اسباب مقدّس خیمهٔ عبادت، روی دوش حمل کنند.
10 मोशाले वेदीलाई अभिषेक गरेका दिन अगुवाहरूले वेदीको अर्पणको निम्ति आ-आफ्ना सामानहरू चढाए । अगुवाहरूले वेदीको सामु भेटीहरू चढाए ।
رهبران در روزی که مذبح تدهین شد هدایایی نیز برای تبرک آن تقدیم کردند و آنها را جلوی مذبح گذاشتند.
11 परमप्रभुले मोशालाई भन्‍नुभयो, “हरेक अगुवाले वेदीको समर्पणको निम्ति आ-आफ्नो दिनमा आ-आफ्नो भेटीहरू चढाउनुपर्छ ।”
خداوند به موسی فرمود: «هر روز یکی از رهبران، هدیهٔ خود را جهت تبرک مذبح تقدیم کند.»
12 पहिलो दिनमा, यहूदाको कुलका अम्मीनादाबका छोरा नहशोनले आफ्नो भेटी चढाए ।
پس رهبران، هدایای خود را به ترتیب زیر تقدیم نمودند: روز از قبیله اسم رهبر اول یهودا نحشون پسر عمیناداب دوم یساکار نتنائیل پسر صوغر سوم زبولون الیاب پسر حیلون چهارم رئوبین الیصور پسر شدی‌ئور پنجم شمعون شلومی‌ئیل پسر صوریشدای ششم جاد الیاساف پسر دعوئیل هفتم افرایم الیشمع پسر عمیهود هشتم منسی جملی‌ئیل پسر فدهصور نهم بنیامین ابیدان پسر جدعونی دهم دان اخیعزر پسر عمیشدای یازدهم اشیر فجعی‌ئیل پسر عکران دوازدهم نفتالی اخیرع پسر عینان هدایای تقدیمی هر یک از رهبران که کاملاً مشابه یکدیگر بود عبارت بودند از: یک سینی نقره‌ای به وزن ۱٫۵ کیلوگرم با یک کاسهٔ نقره‌ای به وزن هشتصد گرم (برحسب مثقال عبادتگاه)، که هر دو پر از آرد مرغوب مخلوط با روغن برای هدیهٔ آردی بودند؛ یک ظرف طلایی به وزن ۱۱۰ گرم پر از بخور خوشبو؛ یک گوسالۀ نر، یک قوچ و یک برهٔ نر یک ساله برای قربانی سوختنی؛ یک بز نر برای قربانی گناه؛ دو گاو نر، پنج قوچ، پنج بز نر و پنج برهٔ نر یک ساله برای قربانی سلامتی.
13 तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्‍नबलिको निम्‍ति तेलमा मुछेको पिठोले भरिएका थिए ।
14 तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए ।
15 तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए ।
16 तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए ।
17 तिनले दुईवटा गोरु, पाँचवटा भेडा, पाँचवटा बाख्रा र एक वर्षे पाँचवटा थुमा दिए । यो अम्मीनादाबका छोरा नहशोनको भेटी थियो ।
18 दोस्रो दिनमा इस्साखारका अगुवा सूआरका छोरा नतनेलले आफ्नो भेटी चढाए ।
19 तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्‍नबलिको निम्‍ति तेलमा मुछेको पिठोले भरिएका थिए ।
20 तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए ।
21 तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए ।
22 तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए ।
23 तिनले दुईवटा गोरु, पाँचवटा भेडा, पाँचवटा बाख्रा र एक वर्षे पाँचवटा थुमा दिए । यो सूआरका छोरा नतनेलको भेटी थियो ।
24 तेस्रो दिनमा जबूलूनका सन्तानहरूका अगुवा हेलोनका छोरा एलीआबले आफ्नो भेटी चढाए ।
25 तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्‍नबलिको निम्‍ति तेलमा मुछेको पिठोले भरिएका थिए ।
26 तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए ।
27 तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए ।
28 तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए ।
29 तिनले दुईवटा गोरु, पाँचवटा भेडा, पाँचवटा बाख्रा र एक वर्षे पाँचवटा थुमा दिए । यो हेलोनका छोरा एलीआबको भेटी थियो ।
30 चौथो दिनमा, रूबेनका सन्तानहरूका अगुवा शदेऊरका छोरा एलीसूरले आफ्नो भेटी चढाए ।
31 तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्‍नबलिको निम्‍ति तेलमा मुछेको पिठोले भरिएका थिए ।
32 तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए ।
33 तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए ।
34 तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए ।
35 तिनले दुईवटा गोरु, पाँचवटा भेडा, पाँचवटा बाख्रा र एक वर्षे पाँचवटा थुमा दिए । यो शदेऊरका छोरा एलीसूरको भेटी थियो ।
36 पाँचौ दिनमा, शिमियोनका सन्तानहरूका अगुवा सूरीशद्दैका छोरा शलूमीएलले आफ्नो भेटी चढाए ।
37 तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्‍नबलिको निम्‍ति तेलमा मुछेको पिठोले भरिएका थिए ।
38 तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए ।
39 तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए ।
40 तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए ।
41 तिनले दुईवटा गोरु, पाँचवटा भेडा, पाँचवटा बाख्रा र एक वर्षे पाँचवटा थुमा दिए । यो सूरीशद्दैका छोरा शलूमीएलको भेटी थियो ।
42 छैठौँ दिनमा गादका सन्तानहरूका अगुवा दूएलका छोरा एल्यासापले आफ्नो भेटी चढाए ।
43 तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्‍नबलिको निम्‍ति तेलमा मुछेको पिठोले भरिएका थिए ।
44 तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए ।
45 तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए ।
46 तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए ।
47 तिनले दुईवटा गोरु, पाँचवटा भेडा, पाँचवटा बाख्रा र एक वर्षे पाँचवटा थुमा दिए । यो दूएलका छोरा एल्यासापको भेटी थियो ।
48 सातौँ दिनमा एफ्राइमका सन्तानहरूका अगुवा अम्मीहूदका छोरा एलीशामाले आफ्नो भेटी चढाए ।
49 तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्‍नबलिको निम्‍ति तेलमा मुछेको पिठोले भरिएका थिए ।
50 तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए ।
51 तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए ।
52 तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए ।
53 तिनले दुईवटा गोरु, पाँचवटा भेडा, पाँचवटा बाख्रा र एक वर्षे पाँचवटा थुमा दिए । यो अम्मीहूदका छोरा एलीशामाको भेटी थियो ।
54 आठौँ दिनमा मनेश्‍शेका सन्तानहरूका अगुवा पदासूरका छोरा गमलिएलले आफ्नो भेटी चढाए ।
55 तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्‍नबलिको निम्‍ति तेलमा मुछेको पिठोले भरिएका थिए ।
56 तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए ।
57 तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए ।
58 तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए ।
59 तिनले दुईवटा गोरु, पाँचवटा भेडा, पाँचवटा बाख्रा र एक वर्षे पाँचवटा थुमा दिए । यो पदासूरका छोरा गमलिएलको भेटी थियो ।
60 नवौँ दिनमा बेन्यामीनका सन्तानहरूका अगुवा गिदेओनीका छोरा अबीदानले आफ्नो भेटी चढाए । चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्‍नबलिको निम्‍ति तेलमा मुछेको पिठोले भरिएका थिए ।
61 तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए ।
62 तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए ।
63 तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए ।
64 तिनले दुईवटा गोरु, पाँचवटा भेडा, पाँचवटा बाख्रा र एक वर्षे पाँचवटा थुमा दिए ।
65 यो गिदेओनीका छोरा अबीदानको भेटी थियो ।
66 दसौँ दिनमा दानका सन्तानहरूको अगुवा अम्मीशद्दैका छोरा अहीएजेरले आफ्नो भेटी चढाए ।
67 तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्‍नबलिको निम्‍ति तेलमा मुछेको पिठोले भरिएका थिए ।
68 तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए ।
69 तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए ।
70 तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए ।
71 तिनले दुईवटा गोरु, पाँचवटा भेडा, पाँचवटा बाख्रा र एक वर्षे पाँचवटा थुमा दिए । यो अम्मीशद्दैका छोरा अहीएजेरको भेटी थियो ।
72 एघारौँ दिनमा आशेरका सन्तानहरूका अुगवा ओक्रानका छोरा पगीएलले आफ्नो भेटी चढाए ।
73 तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्‍नबलिको निम्‍ति तेलमा मुछेको पिठोले भरिएका थिए
74 । तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए ।
75 तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए ।
76 तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए ।
77 तिनले दुईवटा गोरु, पाँचवटा भेडा, पाँचवटा बाख्रा र एक वर्षे पाँचवटा थुमा दिए । यो अम्मीनादाबका छोरा नहशोनको भेटी थियो ।
78 बाह्रौँ दिनमा नप्‍तालीका सन्तानहरूका अगुवा एनानका छोरा अहीराले आफ्नो भेटी चढाए ।
79 तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्‍नबलिको निम्‍ति तेलमा मुछेको पिठोले भरिएका थिए ।
80 तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए ।
81 तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए ।
82 तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए ।
83 तिनले दुईवटा गोरु, पाँचवटा भेडा, पाँचवटा बाख्रा र एक वर्षे पाँचवटा थुमा दिए । यो इनानका छोरा अहीराको भेटी थियो ।
84 मोशाले वेदी अभिषेक गरेका दिन इस्राएलका अगुवाहरूले यी सबै थोक चढाए । तिनीहरूले बाह्रवटा चाँदीका थाल, बाह्रवटा बाटार बाह्रवटा सुनका धुपौरा चढाए ।
بنابراین، در روزی که مذبح تدهین شد آن را به‌وسیلۀ هدایایی که سران قبایل اسرائیل آورده بودند تبرک کردند. این هدایا عبارت بودند از: دوازده سینی نقره‌ای هر کدام به وزن تقریبی ۱٫۵ کیلوگرم؛ دوازده کاسهٔ نقره‌ای، هر کدام به وزن تقریبی ۸۰۰ گرم برحسب مثقال عبادتگاه (پس وزن تمام نقرهٔ اهدایی حدود ۲۸ کیلوگرم بود)؛ دوازده ظرف طلایی، هر یک به وزن تقریبی ۱۱۰ گرم که وزن کل آنها حدود ۱٫۳ کیلوگرم بود؛ دوازده گاو نر، دوازده قوچ، دوازده بز نر یک ساله (با هدایای آردی همراه آنها) برای قربانی سوختنی، دوازده بز نر برای قربانی گناه؛ بیست و چهار گاو نر جوان، شصت قوچ، شصت بز نر و شصت برهٔ نر یک ساله برای قربانی سلامتی.
85 हरेक चाँदीको थाल एक सय तिस शेकेल तौलको र हरेक बाटा सत्तरी शेकेल तौलको थियो । चाँदीका सबै भाँडाकुँडाको तौल पवित्र स्थानको शेकेलको तौलको मापदण्डअनुसार २,४०० शेकेल थियो ।
86 धूपले भरिएका हरेक सुनका धुपौराहरूको तौल पवित्र स्थानको मापदण्डअनुसार दस शेकेलको थियो । सबै सुनका धुपौराहरूको तौल एक सय बिस शेकेल थियो । ती सबै जनावरहरू अर्थात् बाह्रवटा गोरु, बाह्रवटा भेडा, बाह्रवटा एक वर्षे थुमालाई होमबलिको निम्ति अलग गरियो ।
87 तिनीहरूले आ-आफ्ना अन्‍नबलि चढाए । तिनीहरूले पापबलिको रूपमा बाह्रवटा बाख्रा दिए ।
88 तिनीहरूका सबै गाईवस्तुबाट तिनीहरूले चौबिसवटा साँढे, साठीवटा भेडा, साठीवटा बाख्रा, साठीवटा एक वर्षे थुमालाई मेलबलिको निम्ति बलिदानको रूपमा दिए । यो वेदीलाई अभिषेक गरेपछि वेदीको समर्पणको निम्ति थियो ।
89 जब मोशा परमप्रभुसँग कुरा गर्न भेट हुने पालभित्र गए, तिनले उहाँको बलिरहेको आवाज सुने । परमप्रभु दुईवटा करूबको बिचबाट गवाहीको सन्दूकमाथि रहेको कृपा-आसनमाथिबाट तिनीसित बोल्नुभयो ।
وقتی که موسی وارد خیمهٔ ملاقات شد تا با خدا گفتگو کند، از بالای تخت رحمت که روی صندوق عهد قرار داشت یعنی از میان دو کروبی، صدای خدا را که با او سخن می‌گفت شنید.

< गन्ती 7 >