Preface
Read
+
Publisher
Nainoia, Inc.
PO Box 462, Bellefonte, PA 16823
(814) 470-8028
Nainoia Inc, Publisher
LinkedIn/NAINOIA-INC
Third Party Publisher Resources
Request Custom Formatted Verses
Please contact us below
Submit your proposed corrections
I understand that the Aionian Bible republishes public domain and Creative Commons Bible texts and that volunteers may be needed to present the original text accurately. I also understand that apocryphal text is removed and most variant verse numbering is mapped to the English standard. I have entered my corrections under the verse(s) below. Proposed corrections to the Nepali Bible, Numbers Chapter 7 https://www.AionianBible.org/Bibles/Nepali---Nepali-Bible/Numbers/7 1) मोशाले पवित्र वासस्थान पुरा गरेका दिन तिनले यसलाई यसका सबै सरसामानसँगै परमप्रभुको निम्ति अलग गरे । तिनले यसका भाँडाकुँडाहरूलाई पनि त्यसै गरे । तिनले तिनीहरूलाई पनि अभिषेक गरे र परप्रभुको निम्ति अर्पण गरे । 2) त्यस दिन इस्राएलका अगुवाहरू, तिनीहरूका आ-आफ्ना पुर्खाहरूका परिवारका मुखियाहरूले बलिदानहरू चढाए । यी मानिसहरू कुलका प्रमुखहरू थिए । तिनीहरूले पुरुषहरूको जनगणनाको देखरेख गरेका थिए । 3) तिनीहरूले आफ्ना बलिदानहरू परमप्रभुको सामु ल्याए । तिनीहरूले छोपिएका छवटा गाडा र बाह्रवटा गोरु ल्याए । तिनीहरूले दुई-दुई जना अगुवाको निम्ति एउटा गाडा र हरेक अगुवाले एउटा-एउटा गोरु ल्याए । तिनीहरूले यी थोकहरूलाई पवित्र वासस्थानको सामु चढाए । 4) त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो, 5) “तिनीहरूले चढाएका बलिहरू स्वीकार गर् र तिनीहरूलाई भेट हुने पालको कामको निम्ति प्रयोग गर् ।” 6) मोशाले गाडाहरू र गोरुहरू लिएर तिनले ती लेवीहरूलाई दिए । 7) तिनले दुईवटा गाडा र चारवटा गोरु तिनीहरूका कामलाई आवश्यक पर्ने हुनाले गेर्शोनका सन्तानहरूलाई दिए । 8) तिनले चारवटा गाडा र आठवटा गोरु पुजारी हारूनका छोरा ईतामारको देखरेखमा भएका मरारीहरूका सन्तानहरूलाई दिए । यो तिनीहरूका कामलाई आवश्यक पर्ने भएकोले तिनले यसो गरे । 9) तर तिनले कहातका सन्तानहरूलाई ती कुनै पनि कुरा दिएनन्, किनभने तिनीहरूका कामहरू परमप्रभुसँग सम्बन्धित थियो जसलाई तिनीहरूले आ-आफ्ना काँधहरूमाथि बोक्नुपर्थ्यो । 10) मोशाले वेदीलाई अभिषेक गरेका दिन अगुवाहरूले वेदीको अर्पणको निम्ति आ-आफ्ना सामानहरू चढाए । अगुवाहरूले वेदीको सामु भेटीहरू चढाए । 11) परमप्रभुले मोशालाई भन्नुभयो, “हरेक अगुवाले वेदीको समर्पणको निम्ति आ-आफ्नो दिनमा आ-आफ्नो भेटीहरू चढाउनुपर्छ ।” 12) पहिलो दिनमा, यहूदाको कुलका अम्मीनादाबका छोरा नहशोनले आफ्नो भेटी चढाए । 13) तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्नबलिको निम्ति तेलमा मुछेको पिठोले भरिएका थिए । 14) तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए । 15) तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए । 16) तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए । 17) तिनले दुईवटा गोरु, पाँचवटा भेडा, पाँचवटा बाख्रा र एक वर्षे पाँचवटा थुमा दिए । यो अम्मीनादाबका छोरा नहशोनको भेटी थियो । 18) दोस्रो दिनमा इस्साखारका अगुवा सूआरका छोरा नतनेलले आफ्नो भेटी चढाए । 19) तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्नबलिको निम्ति तेलमा मुछेको पिठोले भरिएका थिए । 20) तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए । 21) तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए । 22) तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए । 23) तिनले दुईवटा गोरु, पाँचवटा भेडा, पाँचवटा बाख्रा र एक वर्षे पाँचवटा थुमा दिए । यो सूआरका छोरा नतनेलको भेटी थियो । 24) तेस्रो दिनमा जबूलूनका सन्तानहरूका अगुवा हेलोनका छोरा एलीआबले आफ्नो भेटी चढाए । 25) तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्नबलिको निम्ति तेलमा मुछेको पिठोले भरिएका थिए । 26) तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए । 27) तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए । 28) तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए । 29) तिनले दुईवटा गोरु, पाँचवटा भेडा, पाँचवटा बाख्रा र एक वर्षे पाँचवटा थुमा दिए । यो हेलोनका छोरा एलीआबको भेटी थियो । 30) चौथो दिनमा, रूबेनका सन्तानहरूका अगुवा शदेऊरका छोरा एलीसूरले आफ्नो भेटी चढाए । 31) तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्नबलिको निम्ति तेलमा मुछेको पिठोले भरिएका थिए । 32) तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए । 33) तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए । 34) तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए । 35) तिनले दुईवटा गोरु, पाँचवटा भेडा, पाँचवटा बाख्रा र एक वर्षे पाँचवटा थुमा दिए । यो शदेऊरका छोरा एलीसूरको भेटी थियो । 36) पाँचौ दिनमा, शिमियोनका सन्तानहरूका अगुवा सूरीशद्दैका छोरा शलूमीएलले आफ्नो भेटी चढाए । 37) तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्नबलिको निम्ति तेलमा मुछेको पिठोले भरिएका थिए । 38) तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए । 39) तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए । 40) तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए । 41) तिनले दुईवटा गोरु, पाँचवटा भेडा, पाँचवटा बाख्रा र एक वर्षे पाँचवटा थुमा दिए । यो सूरीशद्दैका छोरा शलूमीएलको भेटी थियो । 42) छैठौँ दिनमा गादका सन्तानहरूका अगुवा दूएलका छोरा एल्यासापले आफ्नो भेटी चढाए । 43) तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्नबलिको निम्ति तेलमा मुछेको पिठोले भरिएका थिए । 44) तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए । 45) तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए । 46) तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए । 47) तिनले दुईवटा गोरु, पाँचवटा भेडा, पाँचवटा बाख्रा र एक वर्षे पाँचवटा थुमा दिए । यो दूएलका छोरा एल्यासापको भेटी थियो । 48) सातौँ दिनमा एफ्राइमका सन्तानहरूका अगुवा अम्मीहूदका छोरा एलीशामाले आफ्नो भेटी चढाए । 49) तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्नबलिको निम्ति तेलमा मुछेको पिठोले भरिएका थिए । 50) तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए । 51) तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए । 52) तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए । 53) तिनले दुईवटा गोरु, पाँचवटा भेडा, पाँचवटा बाख्रा र एक वर्षे पाँचवटा थुमा दिए । यो अम्मीहूदका छोरा एलीशामाको भेटी थियो । 54) आठौँ दिनमा मनेश्शेका सन्तानहरूका अगुवा पदासूरका छोरा गमलिएलले आफ्नो भेटी चढाए । 55) तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्नबलिको निम्ति तेलमा मुछेको पिठोले भरिएका थिए । 56) तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए । 57) तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए । 58) तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए । 59) तिनले दुईवटा गोरु, पाँचवटा भेडा, पाँचवटा बाख्रा र एक वर्षे पाँचवटा थुमा दिए । यो पदासूरका छोरा गमलिएलको भेटी थियो । 60) नवौँ दिनमा बेन्यामीनका सन्तानहरूका अगुवा गिदेओनीका छोरा अबीदानले आफ्नो भेटी चढाए । चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्नबलिको निम्ति तेलमा मुछेको पिठोले भरिएका थिए । 61) तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए । 62) तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए । 63) तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए । 64) तिनले दुईवटा गोरु, पाँचवटा भेडा, पाँचवटा बाख्रा र एक वर्षे पाँचवटा थुमा दिए । 65) यो गिदेओनीका छोरा अबीदानको भेटी थियो । 66) दसौँ दिनमा दानका सन्तानहरूको अगुवा अम्मीशद्दैका छोरा अहीएजेरले आफ्नो भेटी चढाए । 67) तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्नबलिको निम्ति तेलमा मुछेको पिठोले भरिएका थिए । 68) तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए । 69) तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए । 70) तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए । 71) तिनले दुईवटा गोरु, पाँचवटा भेडा, पाँचवटा बाख्रा र एक वर्षे पाँचवटा थुमा दिए । यो अम्मीशद्दैका छोरा अहीएजेरको भेटी थियो । 72) एघारौँ दिनमा आशेरका सन्तानहरूका अुगवा ओक्रानका छोरा पगीएलले आफ्नो भेटी चढाए । 73) तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्नबलिको निम्ति तेलमा मुछेको पिठोले भरिएका थिए 74) । तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए । 75) तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए । 76) तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए । 77) तिनले दुईवटा गोरु, पाँचवटा भेडा, पाँचवटा बाख्रा र एक वर्षे पाँचवटा थुमा दिए । यो अम्मीनादाबका छोरा नहशोनको भेटी थियो । 78) बाह्रौँ दिनमा नप्तालीका सन्तानहरूका अगुवा एनानका छोरा अहीराले आफ्नो भेटी चढाए । 79) तिनको भेटी पवित्र स्थानको तौलको मापदण्डअनुसार एक सय तिस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा थियो । यी दुवै नै अन्नबलिको निम्ति तेलमा मुछेको पिठोले भरिएका थिए । 80) तिनले दस शेकेल तौलको धूपले भरिएको एउटा सुनको धुपौरो दिए । 81) तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए । 82) तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए । 83) तिनले दुईवटा गोरु, पाँचवटा भेडा, पाँचवटा बाख्रा र एक वर्षे पाँचवटा थुमा दिए । यो इनानका छोरा अहीराको भेटी थियो । 84) मोशाले वेदी अभिषेक गरेका दिन इस्राएलका अगुवाहरूले यी सबै थोक चढाए । तिनीहरूले बाह्रवटा चाँदीका थाल, बाह्रवटा बाटार बाह्रवटा सुनका धुपौरा चढाए । 85) हरेक चाँदीको थाल एक सय तिस शेकेल तौलको र हरेक बाटा सत्तरी शेकेल तौलको थियो । चाँदीका सबै भाँडाकुँडाको तौल पवित्र स्थानको शेकेलको तौलको मापदण्डअनुसार २,४०० शेकेल थियो । 86) धूपले भरिएका हरेक सुनका धुपौराहरूको तौल पवित्र स्थानको मापदण्डअनुसार दस शेकेलको थियो । सबै सुनका धुपौराहरूको तौल एक सय बिस शेकेल थियो । ती सबै जनावरहरू अर्थात् बाह्रवटा गोरु, बाह्रवटा भेडा, बाह्रवटा एक वर्षे थुमालाई होमबलिको निम्ति अलग गरियो । 87) तिनीहरूले आ-आफ्ना अन्नबलि चढाए । तिनीहरूले पापबलिको रूपमा बाह्रवटा बाख्रा दिए । 88) तिनीहरूका सबै गाईवस्तुबाट तिनीहरूले चौबिसवटा साँढे, साठीवटा भेडा, साठीवटा बाख्रा, साठीवटा एक वर्षे थुमालाई मेलबलिको निम्ति बलिदानको रूपमा दिए । यो वेदीलाई अभिषेक गरेपछि वेदीको समर्पणको निम्ति थियो । 89) जब मोशा परमप्रभुसँग कुरा गर्न भेट हुने पालभित्र गए, तिनले उहाँको बलिरहेको आवाज सुने । परमप्रभु दुईवटा करूबको बिचबाट गवाहीको सन्दूकमाथि रहेको कृपा-आसनमाथिबाट तिनीसित बोल्नुभयो । Additional comments?
Refresh Captcha
The world's first Holy Bible un-translation!