< गन्ती 26 >
1 विपत्तिपछि परमप्रभुले मोशा र पुजारी हारूनका छोरा एलाजारलाई भन्नुभयो,
À la suite de cette plaie, Yahweh parla à Moïse et à Eléazar, fils d’Aaron, le prêtre, en disant:
2 “इस्राएलका सारा समुदायलाई तिनीहरूका पुर्खाहरूका कुल-कुलअनुसार बिस वर्ष र त्यसभन्दा माथिका इस्राएलका निम्ति युद्धमा जान सक्ने सबैको गन्ती गर ।”
« Faites le compte de toute l’assemblée des enfants d’Israël depuis l’âge de vingt ans et au-dessus, selon leurs maisons patriarcales, de tous les hommes d’Israël en état de porter les armes. »
3 त्यसैले मोशा र पुजारी एलाजारले यर्दन नजिकैको मोआबको मैदान यरीहोमा तिनीहरूलाई भने,
Moïse et le prêtre Eléazar leur parlèrent donc dans les plaines de Moab, près du Jourdain, vis-à-vis de Jéricho, en disant:
4 “परमप्रभुले मोशा र इस्राएलका मानिसहरूलाई आज्ञा गर्नुभएअनुसार बिस वर्ष र त्यसभन्दा माथिका मिश्रबाट आएका मानिसहरूको गन्ती गर ।”
« Vous ferez le recensement du peuple depuis l’âge de vingt ans et au-dessus, comme Yahweh l’a ordonné à Moïse et aux enfants d’Israël, à leur sortie du pays d’Égypte. »
5 रूबेन इस्राएलका जेठा छोरा थिए । तिनको छोरा हानोकबाट हानोकीहरूको वंश आयो । पल्लुबाट पल्लुईहरूको वंश आयो ।
Ruben, premier-né d’Israël. Fils de Ruben: de Hénoch, la famille des Hénochites; de Phallu, la famille des Phalluites;
6 हेस्रोनबाट हेस्रोनीहरूको वंश आयो । कर्मीबाट कर्मीहरूको वंश आयो ।
de Hesron, la famille des Hesronites; de Charmi, la famille des Charmites.
7 यिनीहरू रूबेनका कुलहरू थिए, जसको सङ्ख्या ४३,७३० थियो ।
Telles sont les familles des Rubénites; leurs recensés furent quarante-trois mille sept cent trente. —
8 एलीआब पल्लुका छोरा थिए ।
Fils de Phallu, Eliab. —
9 एलीआबका छोराहरू नमूएल, दातान र अबीराम थिए । मोशा र हारूनलाई चुनौती दिँदा अनि परमप्रभुको विरुद्धमा विद्रोह गर्दा कोरहको पछि लाग्ने दातान र अबीराम यिनै थिए ।
Fils d’Eliab: Namuel, Dathan et Abiron. C’est ce Dathan et cet Abiron, membres du conseil, qui se soulevèrent contre Moïse et Aaron, dans la troupe de Coré, lorsqu’elle se souleva contre Yahweh.
10 कोरहलाई पछ्याउने सबै मर्दा पृथ्वीले मुख बायो र तिनीहरूलाई निल्यो । त्यस बेला २५० जना आगोले भस्म भए, जो चेताउनीका सङ्केत भए ।
La terre, ouvrant sa bouche, les engloutit avec Coré, quand la troupe périt, et que le feu consuma les deux cent cinquante hommes: ils servirent d’exemple.
11 तर कोरहका वंश मरेनन् ।
Mais les fils de Coré ne moururent pas.
12 शिमियोनका सन्तानहरू यिनै थिएः नमूएलबाट नमूएलीहरूको वंश, यामीनबाट यामिनीहरूको वंश, याकीनबाट याकीनीहरूको वंश,
Fils de Siméon, selon leurs familles: de Namuel, la famille des Namuélites; de Jamin, la famille des Jaminites; de Jachin, la famille des Jachinites;
13 जेरहबाट जेरहातीहरूको वंश, शौलबाट शौलीहरूको वंश भए ।
de Zaré la famille des Zaréites; de Saül, la famille des Saülites.
14 यिनीहरू शिमियोनका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या २२,२०० थियो । यिनीहरू
Telles sont les familles des Siméonites: vingt-deux mille deux cents.
15 दानका सन्तानहरूका कुलहरू थिएः सेफोनबाट सेफोनीहरूका वंश, हाग्यीबाट हाग्यीहरूको वंश, शूनीबाट शूनीहरूको वंश भए ।
Fils de Gad, selon leurs familles: de Séphon, la famille des Séphonites; d’Aggi, la famille des Aggites; de Sunit, la famille des Sunites;
16 ओजनीबाट ओजनीहरूको वंश, एरीबाट एरीहरूको वंश,
d’Ozni, la famille des Oznites; de Her, la famille des Hérites;
17 अरोदबाट अरोदीहरूको वंश, अरेलीबाट अरेलीहरूको वंश भए ।
d’Arod, la famille des Arodites; d’Ariel, la famille des Ariélites.
18 यिनीहरू दानका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या ४०,५०० थियो ।
Telles sont les familles des fils de Gad, selon leurs recensés: quarante mille cinq cents.
19 एर् र ओनान यहूदाका छोराहरू थिए, तर यिनीहरू कनानको भूमिमा नै मरे ।
Fils de Juda: Her et Onan; mais Her et Onan moururent au pays de Chanaan.
20 यहूदाका अन्य सन्तानहरूका कुलहरू यिनै थिएः शेलहबाट शेलानीहरूको वंश, फारेसबाट फारेसीहरूको वंश, जेरहबाट जेहातीहरूको वंश भए ।
Voici les fils de Juda selon leurs familles: de Séla, la famille des Sélaïtes; de Pharès, la famille des Pharésites; de Zaré, la famille des Zaréites. —
21 फारेसका सन्तानहरू यिनै थिएः हेस्रोनबाट हेस्रोनीहरूको वंश, हामूलबाट हामूलीहरूको वंश भए ।
Les fils de Pharès furent: de Hesron, la famille des Hesronites; de Hamul, la famille des Hamulites. —
22 यिनीहरू यहूदाका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या ७६,५०० थियो ।
Telles sont les familles de Juda, selon leurs recensés: soixante-seize mille cinq cents.
23 यिनीहरू इस्साखारका सन्तानहरूका कुलहरू थिएः तोलाबाट तोलाहीहरूको वंश, पुवाबाट पुवातीहरूको वंश,
Fils d’Issachar selon leurs familles: de Thola, la famille des Tholaïtes; de Phua, la famille des Phuaïtes;
24 याशूबबाट याशूबीहरूको वंश, शिम्रोनबाट शिम्रनीहरूको वंश भए ।
de Jasub, la famille des Jasubites; de Semran, la famille des Semranites.
25 यिनीहरू इस्साखारका कुलहरू थिए, जसको सङ्ख्या ६४,३०० थियो ।
Telles sont les familles d’Issachar, selon leurs recensés: soixante-quatre mille trois cents.
26 यिनीहरू जबूलूनका सन्तानहरूका कुलहरू थिएः सेरेदबाट सेरेदीहरूको वंश, एलोनबाट एलोनीहरूको वंश, यहलेलबाट यहेलेलीको वंश भए ।
Fils de Zabulon selon leurs familles: de Sared, la famille des Sarédites; d’Elon, la famille des Elonites; de Jalel, la famille des Jalélites.
27 यिनीहरू जबूलूनका कुलहरू थिए, जसको सङ्ख्या ६०,५०० थियो ।
Telles sont les familles issues de Zabulon, selon leurs recensés: soixante mille cinq cents.
28 योसेफका सन्तानहरूका कुलहरू मनश्शे र एफ्राइम थिए ।
Fils de Joseph selon leurs familles: Manassé et Ephraïm.
29 यिनीहरू मनश्शेका सन्तानहरू थिएः माकीरबाट माकीरीहरूको वंश (माकीर गिलादका बुबा थिए),
Fils de Manassé: de Machir, la famille des Machirites. — Machir engendra Galaad; de Galaad, la famille des Galaadites. —
30 गिलादबाट गिलादीहरूका वंश भए । यिनीहरू गिलादका सन्तानहरू थिएः ईएजेरबाट ऐएजेरीहरूका वंश, हेलेकबाट हेलेकीहरूका वंश,
Voici les fils de Galaad: Jézer, d’où la famille des Jézérites; de Hélec, la famille des Hélicites;
31 अस्रीएलबाट अस्रीएलीहरूका वंश, शकेमबाट शकेमीहरूका वंश,
Asriel, d’où la famille des Asriélites; Séchem, d’où la famille des Séchémites;
32 शमीदाबाट शमीदीहरूका वंश, हेपेरबाट हेपेरहरूका वंश भए ।
Sémida, d’où la famille de Sémidaïtes; Hépher, d’où la famille des Héphrites.
33 हेपेरका छोरा सलोफादका छोराहरू थिएनन्, तर छोरीहरू मात्र थिए । तिनका छोरीहरूका नाउँ महला, नोआह, होग्ला, मिल्का र तिर्सा थिए ।
Salphaad, fils d’Hépher, n’eut point de fils, mais il eut des filles. Voici les noms des filles de Salphaad: Maala, Noa, Hégla, Melcha et Thersa. —
34 यिनीहरू मनश्शेका कुलहरू थिए, जसको सङ्ख्या ५२,७०० थियो ।
Telles sont les familles de Manassé; leurs recensés furent cinquante-deux mille sept cents.
35 यिनीहरू एफ्राइमका सन्तानहरूका कुलहरू थिएः शूतेलहबाट शूतेलहीहरूका वंश, बेकेरबाट बेकेरीहरूका वंश, तहनबाट तहनीहरूका वंश भए ।
Voici les fils d’Ephraïm selon leurs familles: de Suthala, la famille des Suthalaïtes; de Bécher, la famille des Béchrites; de Théhen, la famille des Théhénites. —
36 शूतेलहका सन्तानहरू, एरानबाट एरानीहरू थिए ।
Voici les fils de Suthala: d’Héran, la famille des Héranites. —
37 यिनीहरू एफ्राइमका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या ३२,५०० थियो । यिनीहरू आ-आफ्ना कुलअनुसार गन्ती गरिएका योसेफका सन्तानहरू थिए ।
Telles sont les familles des fils d’Ephraïm, selon leurs recensés: trente-deux mille cinq cents.
38 यिनीहरू बेन्यामीनका सन्तानहरूका कुलहरू थिएः बेलाबाट बेलाहीहरूका वंश, अश्बेलबाट अश्बेलीहरूका वंश, अहीरामबाट अहीरामीहरूका वंश,
Fils de Benjamin, selon leurs familles: de Béla, la famille des Bélaïtes; d’Asbel, la famille des Asbélites; d’Ahiram, la famille des Ahiramites;
39 शूपामबाट शूपामीहरूको वंश, हूपामबाट हूपामीहरूका वंश भए । आर्द र नामान
de Supham, la famille des Suphamites; de Hupham, la famille des Huphamites. —
40 बेलाका छोराहरू थिए । आर्दबाट आर्दीहरूका वंश, नामानबाट नामानीहरूका वंश भए ।
Les fils de Béla furent Héred et Noéman; de Héred, la famille des Hérédites; de Noéman, la famille des Noémanites. —
41 यिनीहरू बेन्यामीनका सन्तानहरूका कुलहरू थिए । तिनीहरूको सङ्ख्या ४५,६०० थियो ।
Tels sont les fils de Benjamin, selon leurs familles, et leurs recensés furent quarante-cinq mille six cents.
42 शूहामबाट आएका शूहामीहरूका वंश नै दानका सन्तानहरूका कुलहरू थिए । यिनीहरू दानका सन्तानका कुलहरू थिए ।
Voici les fils de Dan, selon leurs familles: de Suham descend la famille des Suhamites. Telles sont les familles de Dan, selon leurs familles.
43 शूहामीहरूका सबै कुलको सङ्ख्या ६४,४०० थियो ।
Total des familles des Suhamites, selon leurs recensés: soixante-quatre mille quatre cents.
44 आशेरका सन्तानहरूका कुलहरू यिनै थिएः यिम्नाबाट यिम्नीहरूका वंश, यिश्वीबाट यिश्वीहरूका वंश, बरीआबाट बरीआतीहरूका वंश भए ।
Fils d’Aser, selon leurs familles: de Jemna, la famille des Jemnites; de Jessui, la famille des Jessuites; de Brié, la famille des Briéïtes. —
45 बरीआका सन्तानहरू यिनै थिएः हेबेरबाट हेबेरीहरूका वंश, मल्कीएलबाट मल्कीएलीहरूका वंश भए ।
Des fils de Brié: de Héber, la famille des Hébrites; de Melchiel, la famille des Melchiélites. —
46 आशेरकी छोरीको नाउँ सेरह थियो ।
Le nom de la fille d’Aser était Sara. —
47 यिनीहरू आशेरका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या ५३,४०० थियो ।
Telles sont les familles des fils d’Aser, d’après leurs recensés: cinquante-trois mille quatre cents.
48 यिनीहरू नप्तालीका सन्तानहरूका वंशहरू थिएः यहसीलबाट यहसीलीहरूका वंश, गुनीबाट गुनीहरूका वंश,
Fils de Nephthali, selon leurs familles: de Jésiel, la famille des Jésiélites; de Guni, la famille des Gunites;
49 येसेरबाट येसेरीहरूका वंश, शिल्लेमबाट शिल्लेमीहरूको वंश भए ।
de Jéser, la famille des Jésérites; de Sellem, la famille des Sélémites.
50 यिनीहरू नप्तालीका सन्तानहरूका वंशहरू थिए, जसको सङ्ख्या ४५,४०० थियो ।
Telles sont les familles de Nephthali, selon leurs familles, et leurs recensés furent quarante-cinq mille quatre cents.
51 इस्राएलका मानिसहरूका गनिएका पुरुषहरूका पुरा सङ्ख्या ६,०१,७३० थियो ।
Tels sont les enfants d’Israël qui furent recensés: six cent un mille sept cent trente.
52 परमप्रभु मोशासँग बोल्नुभयो,
Yahweh parla à Moïse, en disant:
53 “यो भूमि तिनीहरूका आ-आफ्ना नाउँको सङ्ख्याअनुसार यी मानिसहरू माझ उत्तराधिकारको रूपमा बाँड्नुपर्छ ।
« À ceux-ci le pays sera partagé, pour être leur héritage, selon le nombre des noms.
54 ठुलो कुललाई ठुलो अंश दिनुपर्छ र सानो कुललाई सानो अंश दिनुपर्छ । हरेक कुललाई गनिएका पुरुषहरूको सङ्ख्याअनुसार एक-एक अंश दिनुपर्छ ।
Aux plus nombreux tu donneras un héritage plus grand, et aux moins nombreux tu donneras un héritage plus petit; on donnera à chacun son héritage selon ses recensés.
55 तथापि, भूमिलाई चिट्ठा हालेर बाँड्नुपर्छ ।
Seulement le partage du pays aura lieu par le sort. Ils le recevront en partage selon les noms des tribus patriarcales.
56 आ-आफ्ना कुललाई बाँडिदिएअनुसार तिनीहरूले भूमि पाउनुपर्छ । तिनीहरूलाई चिट्ठाद्वारा बाँडिदिएअनुसार ठुला र साना कुलहरूलाई आ-आफ्ना अंश भाग लगाउनुपर्छ ।”
C’est par le sort que l’héritage sera réparti aux plus nombreux comme à ceux qui le sont moins. »
57 वंश-वंशअनुसार गन्ती गरिएका लेवीका वंश यिनै थिएः गेर्शोनबाट गेर्शोनीहरूका वंश, कहातबाट कहातीहरूका वंश, मरारीबाट मरारीहरूका वंश भए ।
Voici, selon leurs familles, les Lévites qui furent recensés: de Gerson, la famille des Gersonites; de Caath, la famille des Caathites; de Mérari, la famille des Mérarites. —
58 यिनीहरू लेवीका वंशहरू थिएः लिब्नीहरूका वंश, हेब्रोनीहरूका वंश, महलीहरूका वंश, मूशीहरूका वंश, कोरहीहरूका वंश । कहात अम्रामका पूर्खा थिए ।
Voici les familles de Lévi; la famille des Lobnites, la famille des Hébronites, la famille des Moholites, la famille des Musites et la famille des Coréïtes. — Caath engendra Amram,
59 लेवी कुलका सन्तान अम्रामकी पत्नीको नाउँ योकेबेद थियो, जो मिश्रमा लेवी कुलमा जन्मेकी थिइन् । तिनीबाट अम्रामका छोराछोरीहरू हारून, मोशा र तिनीहरूका दिदी मिरियम जन्मे ।
et le nom de la femme d’Amram était Jochabed, fille de Lévi, que sa mère enfanta à Lévi en Égypte; elle enfanta à Amram Aaron, Moïse et Marie, leur sœur.
60 हारूनबाट नादाब र अबीहू, एलाजार र ईतामार जन्मे ।
Il naquit à Aaron: Nadab et Abiu, Eléazar et Ithamar.
61 नदाब र अबीहूले परमप्रभुको सामु अस्वीकार्य आगो चढाउँदा तिनीहरू मरे ।
Nadab et Abiu moururent lorsqu’ils apportèrent du feu étranger devant Yahweh. —
62 तिनीहरू माझ एक महिना र त्यसभन्दा माथिका गन्ती गरिएका पुरुषहरूको सङ्ख्या तेइस हजार थियो । तर तिनीहरूलाई इस्राएलका सन्तानहरूमाझ गन्ती गरिएन, किनभने तिनीहरूलाई इस्राएलका मानिसहरूमाझ कुनै अंश दिइएको थिएन ।
Leurs recensés, tous les mâles depuis l’âge d’un mois et au-dessus, furent vingt-trois mille. Car ils ne furent pas compris dans le recensement des enfants d’Israël, parce qu’ils ne leur fut point assigné d’héritage au milieu des enfants d’Israël.
63 मोशा र पुजारी एलाजारले गन्ती गरेकाहरू यिनीहरू नै थिए । तिनीहरूले इस्राएलका मानिसहरूलाई यरीहोपारि यर्दन नजिकै मोआबको मैदानमा गन्ती गरे ।
Tels sont les hommes recensés par Moïse et Eléazar, le prêtre, qui firent le recensement des enfants d’Israël dans les plaines de Moab, près du Jourdain, vis-à-vis de Jéricho.
64 तर यिनीहरूमा मोशा र पुजारी हारूनले सीनैको मरुभूमिमा गन्ती गरेका इस्राएलका सन्तानहरू कुनै पनि थिएनन् ।
Parmi eux, il n’y avait aucun des enfants d’Israël dont Moïse et Aaron le prêtre avaient fait le recensement dans le désert de Sinaï;
65 किनभने ती मानिसहरू सबै मरूभूमीमा नै मर्नेथिए भनी परमप्रभुले भन्नुभएको थियो । तिनीहरूमा यपुन्नेका छोरा कालेब र नूनका छोरा यहोशूबाहेक कोही पनि बाँकी रहेनन् ।
car Yahweh avait dit d’eux: « Ils mourront dans le désert »; et il n’en resta pas un, excepté Caleb, fils de Jéphoné, et Josué, fils de Nun.