Preface
Read
+
Publisher
Nainoia, Inc.
PO Box 462, Bellefonte, PA 16823
(814) 470-8028
Nainoia Inc, Publisher
LinkedIn/NAINOIA-INC
Third Party Publisher Resources
Request Custom Formatted Verses
Please contact us below
Submit your proposed corrections
I understand that the Aionian Bible republishes public domain and Creative Commons Bible texts and that volunteers may be needed to present the original text accurately. I also understand that apocryphal text is removed and most variant verse numbering is mapped to the English standard. I have entered my corrections under the verse(s) below. Proposed corrections to the Nepali Bible, Numbers Chapter 26 https://www.AionianBible.org/Bibles/Nepali---Nepali-Bible/Numbers/26 1) विपत्तिपछि परमप्रभुले मोशा र पुजारी हारूनका छोरा एलाजारलाई भन्नुभयो, 2) “इस्राएलका सारा समुदायलाई तिनीहरूका पुर्खाहरूका कुल-कुलअनुसार बिस वर्ष र त्यसभन्दा माथिका इस्राएलका निम्ति युद्धमा जान सक्ने सबैको गन्ती गर ।” 3) त्यसैले मोशा र पुजारी एलाजारले यर्दन नजिकैको मोआबको मैदान यरीहोमा तिनीहरूलाई भने, 4) “परमप्रभुले मोशा र इस्राएलका मानिसहरूलाई आज्ञा गर्नुभएअनुसार बिस वर्ष र त्यसभन्दा माथिका मिश्रबाट आएका मानिसहरूको गन्ती गर ।” 5) रूबेन इस्राएलका जेठा छोरा थिए । तिनको छोरा हानोकबाट हानोकीहरूको वंश आयो । पल्लुबाट पल्लुईहरूको वंश आयो । 6) हेस्रोनबाट हेस्रोनीहरूको वंश आयो । कर्मीबाट कर्मीहरूको वंश आयो । 7) यिनीहरू रूबेनका कुलहरू थिए, जसको सङ्ख्या ४३,७३० थियो । 8) एलीआब पल्लुका छोरा थिए । 9) एलीआबका छोराहरू नमूएल, दातान र अबीराम थिए । मोशा र हारूनलाई चुनौती दिँदा अनि परमप्रभुको विरुद्धमा विद्रोह गर्दा कोरहको पछि लाग्ने दातान र अबीराम यिनै थिए । 10) कोरहलाई पछ्याउने सबै मर्दा पृथ्वीले मुख बायो र तिनीहरूलाई निल्यो । त्यस बेला २५० जना आगोले भस्म भए, जो चेताउनीका सङ्केत भए । 11) तर कोरहका वंश मरेनन् । 12) शिमियोनका सन्तानहरू यिनै थिएः नमूएलबाट नमूएलीहरूको वंश, यामीनबाट यामिनीहरूको वंश, याकीनबाट याकीनीहरूको वंश, 13) जेरहबाट जेरहातीहरूको वंश, शौलबाट शौलीहरूको वंश भए । 14) यिनीहरू शिमियोनका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या २२,२०० थियो । यिनीहरू 15) दानका सन्तानहरूका कुलहरू थिएः सेफोनबाट सेफोनीहरूका वंश, हाग्यीबाट हाग्यीहरूको वंश, शूनीबाट शूनीहरूको वंश भए । 16) ओजनीबाट ओजनीहरूको वंश, एरीबाट एरीहरूको वंश, 17) अरोदबाट अरोदीहरूको वंश, अरेलीबाट अरेलीहरूको वंश भए । 18) यिनीहरू दानका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या ४०,५०० थियो । 19) एर् र ओनान यहूदाका छोराहरू थिए, तर यिनीहरू कनानको भूमिमा नै मरे । 20) यहूदाका अन्य सन्तानहरूका कुलहरू यिनै थिएः शेलहबाट शेलानीहरूको वंश, फारेसबाट फारेसीहरूको वंश, जेरहबाट जेहातीहरूको वंश भए । 21) फारेसका सन्तानहरू यिनै थिएः हेस्रोनबाट हेस्रोनीहरूको वंश, हामूलबाट हामूलीहरूको वंश भए । 22) यिनीहरू यहूदाका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या ७६,५०० थियो । 23) यिनीहरू इस्साखारका सन्तानहरूका कुलहरू थिएः तोलाबाट तोलाहीहरूको वंश, पुवाबाट पुवातीहरूको वंश, 24) याशूबबाट याशूबीहरूको वंश, शिम्रोनबाट शिम्रनीहरूको वंश भए । 25) यिनीहरू इस्साखारका कुलहरू थिए, जसको सङ्ख्या ६४,३०० थियो । 26) यिनीहरू जबूलूनका सन्तानहरूका कुलहरू थिएः सेरेदबाट सेरेदीहरूको वंश, एलोनबाट एलोनीहरूको वंश, यहलेलबाट यहेलेलीको वंश भए । 27) यिनीहरू जबूलूनका कुलहरू थिए, जसको सङ्ख्या ६०,५०० थियो । 28) योसेफका सन्तानहरूका कुलहरू मनश्शे र एफ्राइम थिए । 29) यिनीहरू मनश्शेका सन्तानहरू थिएः माकीरबाट माकीरीहरूको वंश (माकीर गिलादका बुबा थिए), 30) गिलादबाट गिलादीहरूका वंश भए । यिनीहरू गिलादका सन्तानहरू थिएः ईएजेरबाट ऐएजेरीहरूका वंश, हेलेकबाट हेलेकीहरूका वंश, 31) अस्रीएलबाट अस्रीएलीहरूका वंश, शकेमबाट शकेमीहरूका वंश, 32) शमीदाबाट शमीदीहरूका वंश, हेपेरबाट हेपेरहरूका वंश भए । 33) हेपेरका छोरा सलोफादका छोराहरू थिएनन्, तर छोरीहरू मात्र थिए । तिनका छोरीहरूका नाउँ महला, नोआह, होग्ला, मिल्का र तिर्सा थिए । 34) यिनीहरू मनश्शेका कुलहरू थिए, जसको सङ्ख्या ५२,७०० थियो । 35) यिनीहरू एफ्राइमका सन्तानहरूका कुलहरू थिएः शूतेलहबाट शूतेलहीहरूका वंश, बेकेरबाट बेकेरीहरूका वंश, तहनबाट तहनीहरूका वंश भए । 36) शूतेलहका सन्तानहरू, एरानबाट एरानीहरू थिए । 37) यिनीहरू एफ्राइमका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या ३२,५०० थियो । यिनीहरू आ-आफ्ना कुलअनुसार गन्ती गरिएका योसेफका सन्तानहरू थिए । 38) यिनीहरू बेन्यामीनका सन्तानहरूका कुलहरू थिएः बेलाबाट बेलाहीहरूका वंश, अश्बेलबाट अश्बेलीहरूका वंश, अहीरामबाट अहीरामीहरूका वंश, 39) शूपामबाट शूपामीहरूको वंश, हूपामबाट हूपामीहरूका वंश भए । आर्द र नामान 40) बेलाका छोराहरू थिए । आर्दबाट आर्दीहरूका वंश, नामानबाट नामानीहरूका वंश भए । 41) यिनीहरू बेन्यामीनका सन्तानहरूका कुलहरू थिए । तिनीहरूको सङ्ख्या ४५,६०० थियो । 42) शूहामबाट आएका शूहामीहरूका वंश नै दानका सन्तानहरूका कुलहरू थिए । यिनीहरू दानका सन्तानका कुलहरू थिए । 43) शूहामीहरूका सबै कुलको सङ्ख्या ६४,४०० थियो । 44) आशेरका सन्तानहरूका कुलहरू यिनै थिएः यिम्नाबाट यिम्नीहरूका वंश, यिश्वीबाट यिश्वीहरूका वंश, बरीआबाट बरीआतीहरूका वंश भए । 45) बरीआका सन्तानहरू यिनै थिएः हेबेरबाट हेबेरीहरूका वंश, मल्कीएलबाट मल्कीएलीहरूका वंश भए । 46) आशेरकी छोरीको नाउँ सेरह थियो । 47) यिनीहरू आशेरका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या ५३,४०० थियो । 48) यिनीहरू नप्तालीका सन्तानहरूका वंशहरू थिएः यहसीलबाट यहसीलीहरूका वंश, गुनीबाट गुनीहरूका वंश, 49) येसेरबाट येसेरीहरूका वंश, शिल्लेमबाट शिल्लेमीहरूको वंश भए । 50) यिनीहरू नप्तालीका सन्तानहरूका वंशहरू थिए, जसको सङ्ख्या ४५,४०० थियो । 51) इस्राएलका मानिसहरूका गनिएका पुरुषहरूका पुरा सङ्ख्या ६,०१,७३० थियो । 52) परमप्रभु मोशासँग बोल्नुभयो, 53) “यो भूमि तिनीहरूका आ-आफ्ना नाउँको सङ्ख्याअनुसार यी मानिसहरू माझ उत्तराधिकारको रूपमा बाँड्नुपर्छ । 54) ठुलो कुललाई ठुलो अंश दिनुपर्छ र सानो कुललाई सानो अंश दिनुपर्छ । हरेक कुललाई गनिएका पुरुषहरूको सङ्ख्याअनुसार एक-एक अंश दिनुपर्छ । 55) तथापि, भूमिलाई चिट्ठा हालेर बाँड्नुपर्छ । 56) आ-आफ्ना कुललाई बाँडिदिएअनुसार तिनीहरूले भूमि पाउनुपर्छ । तिनीहरूलाई चिट्ठाद्वारा बाँडिदिएअनुसार ठुला र साना कुलहरूलाई आ-आफ्ना अंश भाग लगाउनुपर्छ ।” 57) वंश-वंशअनुसार गन्ती गरिएका लेवीका वंश यिनै थिएः गेर्शोनबाट गेर्शोनीहरूका वंश, कहातबाट कहातीहरूका वंश, मरारीबाट मरारीहरूका वंश भए । 58) यिनीहरू लेवीका वंशहरू थिएः लिब्नीहरूका वंश, हेब्रोनीहरूका वंश, महलीहरूका वंश, मूशीहरूका वंश, कोरहीहरूका वंश । कहात अम्रामका पूर्खा थिए । 59) लेवी कुलका सन्तान अम्रामकी पत्नीको नाउँ योकेबेद थियो, जो मिश्रमा लेवी कुलमा जन्मेकी थिइन् । तिनीबाट अम्रामका छोराछोरीहरू हारून, मोशा र तिनीहरूका दिदी मिरियम जन्मे । 60) हारूनबाट नादाब र अबीहू, एलाजार र ईतामार जन्मे । 61) नदाब र अबीहूले परमप्रभुको सामु अस्वीकार्य आगो चढाउँदा तिनीहरू मरे । 62) तिनीहरू माझ एक महिना र त्यसभन्दा माथिका गन्ती गरिएका पुरुषहरूको सङ्ख्या तेइस हजार थियो । तर तिनीहरूलाई इस्राएलका सन्तानहरूमाझ गन्ती गरिएन, किनभने तिनीहरूलाई इस्राएलका मानिसहरूमाझ कुनै अंश दिइएको थिएन । 63) मोशा र पुजारी एलाजारले गन्ती गरेकाहरू यिनीहरू नै थिए । तिनीहरूले इस्राएलका मानिसहरूलाई यरीहोपारि यर्दन नजिकै मोआबको मैदानमा गन्ती गरे । 64) तर यिनीहरूमा मोशा र पुजारी हारूनले सीनैको मरुभूमिमा गन्ती गरेका इस्राएलका सन्तानहरू कुनै पनि थिएनन् । 65) किनभने ती मानिसहरू सबै मरूभूमीमा नै मर्नेथिए भनी परमप्रभुले भन्नुभएको थियो । तिनीहरूमा यपुन्नेका छोरा कालेब र नूनका छोरा यहोशूबाहेक कोही पनि बाँकी रहेनन् । Additional comments?
Refresh Captcha
The world's first Holy Bible un-translation!