< गन्ती 26 >

1 विपत्तिपछि परमप्रभुले मोशा र पुजारी हारूनका छोरा एलाजारलाई भन्‍नुभयो,
瘟疫之後,耶和華曉諭摩西和祭司亞倫的兒子以利亞撒說:
2 “इस्राएलका सारा समुदायलाई तिनीहरूका पुर्खाहरूका कुल-कुलअनुसार बिस वर्ष र त्यसभन्दा माथिका इस्राएलका निम्ति युद्धमा जान सक्‍ने सबैको गन्ती गर ।”
「你們要將以色列全會眾,按他們的宗族,凡以色列中從二十歲以外、能出去打仗的,計算總數。」
3 त्यसैले मोशा र पुजारी एलाजारले यर्दन नजिकैको मोआबको मैदान यरीहोमा तिनीहरूलाई भने,
摩西和祭司以利亞撒在摩押平原與耶利哥相對的約旦河邊向以色列人說:
4 “परमप्रभुले मोशा र इस्राएलका मानिसहरूलाई आज्ञा गर्नुभएअनुसार बिस वर्ष र त्यसभन्दा माथिका मिश्रबाट आएका मानिसहरूको गन्ती गर ।”
「將你們中間從二十歲以外的計算總數」;是照耶和華吩咐出埃及地的摩西和以色列人的話。
5 रूबेन इस्राएलका जेठा छोरा थिए । तिनको छोरा हानोकबाट हानोकीहरूको वंश आयो । पल्लुबाट पल्लुईहरूको वंश आयो ।
以色列的長子是呂便。呂便的眾子:屬哈諾的,有哈諾族;屬法路的,有法路族;
6 हेस्रोनबाट हेस्रोनीहरूको वंश आयो । कर्मीबाट कर्मीहरूको वंश आयो ।
屬希斯倫的,有希斯倫族;屬迦米的,有迦米族;
7 यिनीहरू रूबेनका कुलहरू थिए, जसको सङ्ख्या ४३,७३० थियो ।
這就是呂便的各族;其中被數的,共有四萬三千七百三十名。
8 एलीआब पल्लुका छोरा थिए ।
法路的兒子是以利押。
9 एलीआबका छोराहरू नमूएल, दातान र अबीराम थिए । मोशा र हारूनलाई चुनौती दिँदा अनि परमप्रभुको विरुद्धमा विद्रोह गर्दा कोरहको पछि लाग्‍ने दातान र अबीराम यिनै थिए ।
以利押的眾子是尼母利、大坍、亞比蘭。這大坍、亞比蘭,就是從會中選召的,與可拉一黨同向耶和華爭鬧的時候也向摩西、亞倫爭鬧;
10 कोरहलाई पछ्याउने सबै मर्दा पृथ्वीले मुख बायो र तिनीहरूलाई निल्यो । त्यस बेला २५० जना आगोले भस्म भए, जो चेताउनीका सङ्केत भए ।
地便開口吞了他們,和可拉、可拉的黨類一同死亡。那時火燒滅了二百五十個人;他們就作了警戒。
11 तर कोरहका वंश मरेनन् ।
然而可拉的眾子沒有死亡。
12 शिमियोनका सन्तानहरू यिनै थिएः नमूएलबाट नमूएलीहरूको वंश, यामीनबाट यामिनीहरूको वंश, याकीनबाट याकीनीहरूको वंश,
按着家族,西緬的眾子:屬尼母利的,有尼母利族;屬雅憫的,有雅憫族;屬雅斤的,有雅斤族;
13 जेरहबाट जेरहातीहरूको वंश, शौलबाट शौलीहरूको वंश भए ।
屬謝拉的,有謝拉族;屬掃羅的,有掃羅族。
14 यिनीहरू शिमियोनका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या २२,२०० थियो । यिनीहरू
這就是西緬的各族,共有二萬二千二百名。
15 दानका सन्तानहरूका कुलहरू थिएः सेफोनबाट सेफोनीहरूका वंश, हाग्यीबाट हाग्यीहरूको वंश, शूनीबाट शूनीहरूको वंश भए ।
按着家族,迦得的眾子:屬洗分的,有洗分族;屬哈基的,有哈基族;屬書尼的,有書尼族;
16 ओजनीबाट ओजनीहरूको वंश, एरीबाट एरीहरूको वंश,
屬阿斯尼的,有阿斯尼族;屬以利的,有以利族;
17 अरोदबाट अरोदीहरूको वंश, अरेलीबाट अरेलीहरूको वंश भए ।
屬亞律的,有亞律族;屬亞列利的,有亞列利族。
18 यिनीहरू दानका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या ४०,५०० थियो ।
這就是迦得子孫的各族,照他們中間被數的,共有四萬零五百名。
19 एर् र ओनान यहूदाका छोराहरू थिए, तर यिनीहरू कनानको भूमिमा नै मरे ।
猶大的兒子是珥和俄南。這珥和俄南死在迦南地。
20 यहूदाका अन्य सन्तानहरूका कुलहरू यिनै थिएः शेलहबाट शेलानीहरूको वंश, फारेसबाट फारेसीहरूको वंश, जेरहबाट जेहातीहरूको वंश भए ।
按着家族,猶大其餘的眾子:屬示拉的,有示拉族;屬法勒斯的,有法勒斯族;屬謝拉的,有謝拉族。
21 फारेसका सन्तानहरू यिनै थिएः हेस्रोनबाट हेस्रोनीहरूको वंश, हामूलबाट हामूलीहरूको वंश भए ।
法勒斯的兒子:屬希斯崙的,有希斯崙族;屬哈母勒的,有哈母勒族。
22 यिनीहरू यहूदाका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या ७६,५०० थियो ।
這就是猶大的各族,照他們中間被數的,共有七萬六千五百名。
23 यिनीहरू इस्साखारका सन्तानहरूका कुलहरू थिएः तोलाबाट तोलाहीहरूको वंश, पुवाबाट पुवातीहरूको वंश,
按着家族,以薩迦的眾子:屬陀拉的,有陀拉族;屬普瓦的,有普瓦族;
24 याशूबबाट याशूबीहरूको वंश, शिम्रोनबाट शिम्रनीहरूको वंश भए ।
屬雅述的,有雅述族;屬伸崙的,有伸崙族。
25 यिनीहरू इस्साखारका कुलहरू थिए, जसको सङ्ख्या ६४,३०० थियो ।
這就是以薩迦的各族,照他們中間被數的,共有六萬四千三百名。
26 यिनीहरू जबूलूनका सन्तानहरूका कुलहरू थिएः सेरेदबाट सेरेदीहरूको वंश, एलोनबाट एलोनीहरूको वंश, यहलेलबाट यहेलेलीको वंश भए ।
按着家族,西布倫的眾子:屬西烈的,有西烈族;屬以倫的,有以倫族;屬雅利的,有雅利族。
27 यिनीहरू जबूलूनका कुलहरू थिए, जसको सङ्ख्या ६०,५०० थियो ।
這就是西布倫的各族,照他們中間被數的,共有六萬零五百名。
28 योसेफका सन्तानहरूका कुलहरू मनश्‍शे र एफ्राइम थिए ।
按着家族,約瑟的兒子有瑪拿西、以法蓮。
29 यिनीहरू मनश्‍शेका सन्तानहरू थिएः माकीरबाट माकीरीहरूको वंश (माकीर गिलादका बुबा थिए),
瑪拿西的眾子:屬瑪吉的,有瑪吉族;瑪吉生基列;屬基列的,有基列族。
30 गिलादबाट गिलादीहरूका वंश भए । यिनीहरू गिलादका सन्तानहरू थिएः ईएजेरबाट ऐएजेरीहरूका वंश, हेलेकबाट हेलेकीहरूका वंश,
基列的眾子:屬伊以謝的,有伊以謝族;屬希勒的,有希勒族;
31 अस्रीएलबाट अस्रीएलीहरूका वंश, शकेमबाट शकेमीहरूका वंश,
屬亞斯烈的,有亞斯烈族;屬示劍的,有示劍族;
32 शमीदाबाट शमीदीहरूका वंश, हेपेरबाट हेपेरहरूका वंश भए ।
屬示米大的,有示米大族;屬希弗的,有希弗族。
33 हेपेरका छोरा सलोफादका छोराहरू थिएनन्, तर छोरीहरू मात्र थिए । तिनका छोरीहरूका नाउँ महला, नोआह, होग्‍ला, मिल्का र तिर्सा थिए ।
希弗的兒子:西羅非哈沒兒子,只有女兒。西羅非哈女兒的名字就是瑪拉、挪阿、曷拉、密迦、得撒。
34 यिनीहरू मनश्‍शेका कुलहरू थिए, जसको सङ्ख्या ५२,७०० थियो ।
這就是瑪拿西的各族;他們中間被數的,共有五萬二千七百名。
35 यिनीहरू एफ्राइमका सन्तानहरूका कुलहरू थिएः शूतेलहबाट शूतेलहीहरूका वंश, बेकेरबाट बेकेरीहरूका वंश, तहनबाट तहनीहरूका वंश भए ।
按着家族,以法蓮的眾子:屬書提拉的,有書提拉族;屬比結的,有比結族;屬他罕的,有他罕族。
36 शूतेलहका सन्तानहरू, एरानबाट एरानीहरू थिए ।
書提拉的眾子:屬以蘭的,有以蘭族。
37 यिनीहरू एफ्राइमका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या ३२,५०० थियो । यिनीहरू आ-आफ्ना कुलअनुसार गन्ती गरिएका योसेफका सन्तानहरू थिए ।
這就是以法蓮子孫的各族,照他們中間被數的,共有三萬二千五百名。按着家族,這都是約瑟的子孫。
38 यिनीहरू बेन्यामीनका सन्तानहरूका कुलहरू थिएः बेलाबाट बेलाहीहरूका वंश, अश्बेलबाट अश्बेलीहरूका वंश, अहीरामबाट अहीरामीहरूका वंश,
按着家族,便雅憫的眾子:屬比拉的,有比拉族;屬亞實別的,有亞實別族;屬亞希蘭的,有亞希蘭族;
39 शूपामबाट शूपामीहरूको वंश, हूपामबाट हूपामीहरूका वंश भए । आर्द र नामान
屬書反的,有書反族;屬戶反的,有戶反族。
40 बेलाका छोराहरू थिए । आर्दबाट आर्दीहरूका वंश, नामानबाट नामानीहरूका वंश भए ।
比拉的眾子是亞勒、乃幔。屬 亞勒 的,有亞勒族;屬乃幔的,有乃幔族。
41 यिनीहरू बेन्यामीनका सन्तानहरूका कुलहरू थिए । तिनीहरूको सङ्ख्या ४५,६०० थियो ।
按着家族,這就是便雅憫的子孫,其中被數的,共有四萬五千六百名。
42 शूहामबाट आएका शूहामीहरूका वंश नै दानका सन्तानहरूका कुलहरू थिए । यिनीहरू दानका सन्तानका कुलहरू थिए ।
按着家族,但的眾子:屬書含的,有書含族。按着家族,這就是但的各族。
43 शूहामीहरूका सबै कुलको सङ्ख्या ६४,४०० थियो ।
照其中被數的,書含所有的各族,共有六萬四千四百名。
44 आशेरका सन्तानहरूका कुलहरू यिनै थिएः यिम्‍नाबाट यिम्‍नीहरूका वंश, यिश्‍वीबाट यिश्‍वीहरूका वंश, बरीआबाट बरीआतीहरूका वंश भए ।
按着家族,亞設的眾子:屬音拿的,有音拿族;屬亦施韋的,有亦施韋族;屬比利亞的,有比利亞族。
45 बरीआका सन्तानहरू यिनै थिएः हेबेरबाट हेबेरीहरूका वंश, मल्कीएलबाट मल्कीएलीहरूका वंश भए ।
比利亞的眾子:屬希別的,有希別族;屬瑪結的,有瑪結族。
46 आशेरकी छोरीको नाउँ सेरह थियो ।
亞設的女兒名叫西拉。
47 यिनीहरू आशेरका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या ५३,४०० थियो ।
這就是亞設子孫的各族,照他們中間被數的,共有五萬三千四百名。
48 यिनीहरू नप्‍तालीका सन्तानहरूका वंशहरू थिएः यहसीलबाट यहसीलीहरूका वंश, गुनीबाट गुनीहरूका वंश,
按着家族,拿弗他利的眾子:屬雅薛的,有雅薛族;屬沽尼的,有沽尼族;
49 येसेरबाट येसेरीहरूका वंश, शिल्लेमबाट शिल्लेमीहरूको वंश भए ।
屬耶色的,有耶色族;屬示冷的,有示冷族。
50 यिनीहरू नप्‍तालीका सन्तानहरूका वंशहरू थिए, जसको सङ्ख्या ४५,४०० थियो ।
按着家族,這就是拿弗他利的各族;他們中間被數的,共有四萬五千四百名。
51 इस्राएलका मानिसहरूका गनिएका पुरुषहरूका पुरा सङ्ख्या ६,०१,७३० थियो ।
以色列人中被數的,共有六十萬零一千七百三十名。
52 परमप्रभु मोशासँग बोल्नुभयो,
耶和華曉諭摩西說:
53 “यो भूमि तिनीहरूका आ-आफ्ना नाउँको सङ्ख्याअनुसार यी मानिसहरू माझ उत्तराधिकारको रूपमा बाँड्नुपर्छ ।
「你要按着人名的數目將地分給這些人為業。
54 ठुलो कुललाई ठुलो अंश दिनुपर्छ र सानो कुललाई सानो अंश दिनुपर्छ । हरेक कुललाई गनिएका पुरुषहरूको सङ्ख्याअनुसार एक‍-एक अंश दिनुपर्छ ।
人多的,你要把產業多分給他們;人少的,你要把產業少分給他們;要照被數的人數,把產業分給各人。
55 तथापि, भूमिलाई चिट्ठा हालेर बाँड्नुपर्छ ।
雖是這樣,還要拈鬮分地。他們要按着祖宗各支派的名字承受為業。
56 आ-आफ्ना कुललाई बाँडिदिएअनुसार तिनीहरूले भूमि पाउनुपर्छ । तिनीहरूलाई चिट्ठाद्वारा बाँडिदिएअनुसार ठुला र साना कुलहरूलाई आ-आफ्ना अंश भाग लगाउनुपर्छ ।”
要按着所拈的鬮,看人數多,人數少,把產業分給他們。」
57 वंश-वंशअनुसार गन्ती गरिएका लेवीका वंश यिनै थिएः गेर्शोनबाट गेर्शोनीहरूका वंश, कहातबाट कहातीहरूका वंश, मरारीबाट मरारीहरूका वंश भए ।
利未人,按着他們的各族被數的:屬革順的,有革順族;屬哥轄的,有哥轄族;屬米拉利的,有米拉利族。
58 यिनीहरू लेवीका वंशहरू थिएः लिब्‍नीहरूका वंश, हेब्रोनीहरूका वंश, महलीहरूका वंश, मूशीहरूका वंश, कोरहीहरूका वंश । कहात अम्रामका पूर्खा थिए ।
利未的各族有立尼族、希伯倫族、瑪利族、母示族、可拉族。哥轄生暗蘭。
59 लेवी कुलका सन्तान अम्रामकी पत्‍नीको नाउँ योकेबेद थियो, जो मिश्रमा लेवी कुलमा जन्मेकी थिइन् । तिनीबाट अम्रामका छोराछोरीहरू हारून, मोशा र तिनीहरूका दिदी मिरियम जन्मे ।
暗蘭的妻名叫約基別,是利未女子,生在埃及。她給暗蘭生了亞倫、摩西,並他們的姊姊米利暗。
60 हारूनबाट नादाब र अबीहू, एलाजार र ईतामार जन्मे ।
亞倫生拿答、亞比戶、以利亞撒、以他瑪。
61 नदाब र अबीहूले परमप्रभुको सामु अस्वीकार्य आगो चढाउँदा तिनीहरू मरे ।
拿答、亞比戶在耶和華面前獻凡火的時候就死了。
62 तिनीहरू माझ एक महिना र त्यसभन्दा माथिका गन्ती गरिएका पुरुषहरूको सङ्ख्या तेइस हजार थियो । तर तिनीहरूलाई इस्राएलका सन्तानहरूमाझ गन्ती गरिएन, किनभने तिनीहरूलाई इस्राएलका मानिसहरूमाझ कुनै अंश दिइएको थिएन ।
利未人中,凡一個月以外、被數的男丁,共有二萬三千。他們本來沒有數在以色列人中;因為在以色列人中,沒有分給他們產業。
63 मोशा र पुजारी एलाजारले गन्ती गरेकाहरू यिनीहरू नै थिए । तिनीहरूले इस्राएलका मानिसहरूलाई यरीहोपारि यर्दन नजिकै मोआबको मैदानमा गन्ती गरे ।
這些就是被摩西和祭司以利亞撒所數的;他們在摩押平原與耶利哥相對的約旦河邊數點以色列人。
64 तर यिनीहरूमा मोशा र पुजारी हारूनले सीनैको मरुभूमिमा गन्ती गरेका इस्राएलका सन्तानहरू कुनै पनि थिएनन् ।
但被數的人中,沒有一個是摩西和祭司亞倫從前在西奈的曠野所數的以色列人,
65 किनभने ती मानिसहरू सबै मरूभूमीमा नै मर्नेथिए भनी परमप्रभुले भन्‍नुभएको थियो । तिनीहरूमा यपुन्‍नेका छोरा कालेब र नूनका छोरा यहोशूबाहेक कोही पनि बाँकी रहेनन् ।
因為耶和華論到他們說:「他們必要死在曠野。」所以,除了耶孚尼的兒子迦勒和嫩的兒子約書亞以外,連一個人也沒有存留。

< गन्ती 26 >