< मर्कूस 13 >

1 जसै येशू मन्दिरबाट जाँदै हुनुहुन्थ्यो, उहाँका चेलाहरूमध्ये एक जनाले भन्यो, “गुरुज्यू, हेर्नुहोस् त कति राम्रा ढुङ्गाहरू र भवनहरू!”
In ko je šel iz tempeljna, reče mu eden učencev njegovih: Učenik, glej, kakošno kamenje in kakošne zidine!
2 उहाँले तिनलाई भन्‍नुभयो, “के तिमी यी भव्य भवनहरू देख्छौ? यिनीहरू नभत्काइएर एउटामाथि अर्को ढुङ्गा रहने एउटा पनि हुनेछैन ।”
In odgovarjajoč Jezus, reče mu: Vidiš té-le zidine velike? Ne bo ostal kamen na kamenu, kteri se ne bi podrl.
3 जब उहाँ मन्दिरको सामुन्‍ने पर्ने जैतूनको डाँडामा बस्‍नुभयो, पत्रुस, याकूब, यूहन्‍ना र अन्द्रियासले उहाँलाई गुप्‍तमा सोधे,
In ko je sedel na Oljskej gori tempeljnu nasproti, vpraševali so ga posebej Peter in Jakob in Janez in Andrej:
4 “हामीलाई भन्‍नुहोस्, कि यी कुराहरू कहिले हुनेछन्? यी सबै कुरा हुन लाग्‍दा कस्ता-कस्ता चिन्हहरू हुनेछन्?”
Povéj nam, kedaj bo to? in kaj bo znamenje, kedar se ima vse to izpolniti?
5 येशूले तिनीहरूलाई भन्‍न सुरु गर्नुभयो, “होसियार रहो, कसैले पनि तिमीहरूलाई नबहकाओस् ।”
Jezus jim pa odgovorí in začne praviti: varujte se, da vas kdo ne premoti!
6 मेरो नाउँमा धेरै जना आउनेछन् र भन्‍नेछन् ‘म उही हुँ’ र तिनीहरूले धेरैलाई भड्काउनेछन् ।
Kajti veliko jih bo prišlo v ime moje, govoreč: Jaz sem Kristus; in veliko jih bodo premotili.
7 जब तिमीहरूले युद्ध र युद्धको हल्ला सुन्‍नेछौ, चिन्ता नगर; यी कुराहरू हुनैपर्छ, तर अन्त्य अझै आइसकेको हुँदैन ।
Kedar pa zaslišite boje in glasove o bojih, ne ustrašite se! Kajti to mora biti. Ali to še ni konec.
8 किनभने जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य खडा हुनेछ । धेरै ठाउँमा भूकम्प र अनिकालहरू हुनेछन् । यी प्रसव-वेदनाको सुरुवात हुन् ।
Kajti vstal bo narod na narod, in kraljestvo na kraljestvo; in potresi bodo po krajih, in lakote bodo in prekucije.
9 आफूलाई सचेत राख । तिनीहरूले तिमीहरूलाई परिषद्‌हरूको हातमा सुम्पिनेछन्, र सभाघरहरूमा तिमीहरू पिटिनेछौ । मेरा साक्षीको रूपमा तिमीहरू शासक र राजा दुवैका सामु मेरा खातिर खडा हुनेछौ ।
Začetek nadlogam je to. A vi se varujte! Kajti izročevali vas bodo sodnijam in shajališčem; bičali vas bodo, in pred vladarje in kralje vas popeljejo za voljo mene, njim za pričo.
10 तर सबै जातिलाई पहिले सुसमाचार प्रचार गरिनुपर्छ ।
In pri vseh narodih se mora poprej oznaniti evangelj.
11 जब उनीहरूले तिमीहरूलाई गिरफ्तार गर्छन् र सुम्पन्छन्, तिमीहरूले के बोल्ने भनी चिन्ता नगर । किनभने त्यो समय तिमीहरूले के बोल्नुपर्ने हो, सो तिमीहरूलाई दिइनेछ; त्यस बेला बोल्ने तिमीहरू होइनौ, तर पवित्र आत्मा हुनुहुनेछ ।
Kedar vas pa popeljejo, da vas izročé, ne skrbite naprej, kaj bi govorili, in ne premišljujte! nego kar vam se bo dalo tisto uro, to govorite: ker ne boste govorili vi, nego Duh sveti.
12 दाजुले भाइलाई र बुबाले आफ्नो छोरोलाई मृत्यको लागि सुम्पिनेछन् । छोराछोरीहरू आफ्ना बुबा-आमाको विरुद्धमा खडा हुनेछन् र तिनीहरूलाई मृत्युमा पुर्‍याउनेछन् ।
Izdajal bo pa brat brata na smrt, in oče sina; in otroci bodo vstali zoper roditelje, in morili jih bodo.
13 मेरो नाउँको खातिर तिमीहरू सबैद्वारा घृणित हुनेछौ । तर जो अन्त्यसम्म रहनेछ, त्यो मानिस बचाइनेछ ।
In sovražili vas bodo vsi za voljo imena mojega; kdor pa pretrpí do konca, ta se bo zveličal.
14 जब तिमीहरूले विनाशकारी घृणित थोक खडा नहुनुपर्ने ठाउँमा खडा भइरहेको देख्छौ (पाठकले बुझोस्), यहूदियामा हुनेहरू पहाडहरूतिर भागून् ।
A kedar ugledate "gnjusobo razdevanja," za ktero je povedal prerok Danijel, da stojí, kjer ne bi imela, (kdor bere, naj ume!) tedaj naj tisti, kteri so v Judeji, zbežé na gore.
15 घरको छतमा हुनेहरू तल नओर्लून् वा उसले घरभित्रबाट केही पनि ननिकालोस्,
A kdor je na strehi, ne stopaj dol v hišo, in ne hódi noter, da bi kaj vzel iz hiše svoje.
16 र खेतमा हुनेहरू आफ्नो खास्टो लिन नआऊन् ।
In kdor je na polji, naj se ne vrača, da vzeme plašč svoj.
17 तर हाय, ती दिनमा बालक भएकाहरू र दूध खुवाउने आमाहरू!
Gorjé pa nosečim in doječim v tistih dnéh!
18 यो हिउँदमा नपरोस् भनी प्रार्थना गर ।
Molite pa, naj ne bo beg vaš po zimi.
19 किनकि त्यस बेला ठुलो महासङ्कष्‍ट हुनेछ । यस्तो त परमेश्‍वरले संसार सृष्‍टि गर्नुभएको दिनको सुरुदेखि अहिलेसम्म भएको छैन, न त फेरि कहिल्यै हुनेछ ।
Kajti tisti dnevi bodo stiska, kakoršne ni bilo od začetka stvarjenja, ktero je stvaril Bog, doslej, in je tudi ne bo.
20 परमप्रभुले ती दिनलाई नघटाउनुभएको भए, कुनै पनि प्राणी बाँच्‍ने थिएन, तर चुनिएकाहरूका खातिर, जसलाई उहाँले छान्‍नुभएको छ, उहाँले दिनहरूको सङ्ख्या घटाई दिनुभयो ।
In ko ne bi bil Gospod prikrajšal dnî, to se ne bi noben človek zveličal; ali za voljo izvoljencev, ktere je izvolil, prikrajšal je dní.
21 यदि कसैले तिमीहरूलाई, हेर ख्रीष्‍ट यहाँ हुनुहुन्छ! वा हेर उहाँ त्यहाँ हुनुहुन्छ भन्यो भने विश्‍वास नगर ।
In če vam tedaj kdo reče: Glej, tu je Kristus; ali: Glej, ondej je, ne verjemite.
22 किनकि झुटा ख्रीष्‍ट र अगमवक्‍ताहरू देखा पर्नेछन् र सम्भव भए चुनिएकाहरूलाई पनि तिनीहरूले धोखा दिन चिन्ह र आश्‍चर्यकर्महरू गर्नेछन् ।
Kajti vstali bodo lažnjivi kristusi in lažnjivi preroki, in delali bodo znamenja in čudeže, da bi premotili, ko bi bilo mogoče, tudi izvoljence.
23 सचेत रहो! मैले तिमीहरूलाई समय आउनुअगि नै यी सबै कुरा बताइदिएको छु ।
A vi se varujte; glej, povedal sem vam vse poprej.
24 तर ती दिनको महासङ्कष्‍टपछि सूर्य अँध्यारो हुनेछ; चन्द्रमाले आफ्नो प्रकाश दिनेछैन;
Tiste dní pa, po tej stiski, otemnelo bo solnce in mesec ne bo dajal svetlobe svoje,
25 ताराहरू आकाशबाट खस्‍नेछन्, र स्वर्गमा भएका शक्‍तिहरू हल्लिनेछन् ।
In zvezde nebeške bodo padale, in sile, ktere so na nebesih, pregibale se bodo.
26 त्यसपछि तिनीहरूले मानिसका पुत्रलाई बादलमा महान् शक्‍ति र महिमामा आउँदै गरेको देख्‍नेछन् ।
In tedaj bodo ugledali sina človečjega, da gre na oblakih z veliko močjó in slavo.
27 तब उसले आफ्ना स्वर्गदूहरूलाई पठाउनेछन् र उसले चारै दिशाबाट, पृथ्वीको अन्तिम छेउदेखि आकाशको अन्तिम छेउबाट आफ्ना चुनिएकाहरूलाई जम्मा गर्नेछ ।
In tedaj bo poslal angelje svoje, in zbral bo izvoljence svoje od čveterih vetrov, od konca zemlje do kraja neba.
28 अञ्‍जीरको रुखबाट पाठ सिक । जब हाँगाहरूमा मुना पलाउँछ र पातहरू लाग्छन्, तिमीहरू ग्रीष्म नजिकै छ भनी जान्दछौ ।
A od smokve se naučite priliko: Kedar se veja njena pomladí, in požene liste, véste, da je blizu pomlad;
29 त्यसै गरी, जब तिमीहरूले यी सबै कुराह घटिरहेको देख्छौ, उहाँ नजिकै हुनुहुन्छ, ढोकाकै नजिक हुनुहुन्छ भनी तिमीहरूले जान ।
Tako tudi vi, kedar ugledate, da se te reči godé, védite, da je blizu pri vratih.
30 साँच्‍चै, म तिमीहरूलाई भन्दछु, यी सबै कुरा नभएसम्‍म यो पुस्ता बितेर जानेछैन ।
Resnično vam pravim, da ne bo prešel ta rod, dokler se vse te reči ne zgodé.
31 स्वर्ग र पृथ्वी बितेर जानेछ, तर मेरो वचन कहिल्यै बितेर जानेछैन ।
Nebo in zemlja bosta prešla; a besede moje ne bodo nikoli prešle.
32 तर त्यस दिन र घडीको विषयमा पितालाई बाहेक कसैलाई पनि थाहा छैन, न स्वर्गदूतहरूलाई, न त पुत्रलाई ।
Za tisti dan in uro pa nihče ne vé, tudi angelji na nebu ne, tudi sin ne, razen oče.
33 सचेत रहो! होसियार होओ, किनभने यो कुन समयमा हुन्छ भनी तिमीहरू जान्दैनौ । (टिपोटः केही प्राचीन प्रामाणिक लेखहरूले यसलाई यसरी उल्लेख गर्छन्‌: होसियार रहो, जागा रहो र प्रार्थना गर किनकि ...)
Pazite, čujte in molite, ker ne véste, kedaj je čas.
34 यो यात्रामा गएका एक जना मानिसजस्तो होः उसले आफ्नो घर छोड्छ र उसका नोकरहरू हरेकलाई आ-आफ्‍नो कामसहित उसको घरको जिम्मा दिन्छ । अनि उसले पहरेदारलाई जागा रहन आज्ञा दिन्छ ।
Kakor je človek, kteri je odpotoval, zapustil dom svoj, in dal hlapcem svojim oblast, in vsakemu svoje delo, in zapovedal vratarju, da naj čuje.
35 त्यसकारण, जागा रहो! किनकि घरको मालिक साँझ वा मध्यरात वा भाले बास्दा वा बिहान कुन समयमा आउँछन् भनी तिमीहरू जान्दैनौ ।
Čujte torej, (ker ne véste, kedaj bo prišel hišni gospodar zvečer, ali o polnoči, ali o petelinjem petji, ali zjutraj; )
36 यदि उनी अचानक आइपुगे भने, उनले तिनीहरूलाई सुतिरहेको नभेट्टाऊन् ।
Da ne pride nenadoma, in vas ne najde spéčih.
37 जे म तिमीहरूलाई भन्छु, त्यो म सबैलाई भन्छु, जागा रहो!”
Kar pa vam pravim, pravim vsem: Čujte!

< मर्कूस 13 >