Preface
Read
+
Publisher
Nainoia, Inc.
PO Box 462, Bellefonte, PA 16823
(814) 470-8028
Nainoia Inc, Publisher
LinkedIn/NAINOIA-INC
Third Party Publisher Resources
Request Custom Formatted Verses
Please contact us below
Submit your proposed corrections
I understand that the Aionian Bible republishes public domain and Creative Commons Bible texts and that volunteers may be needed to present the original text accurately. I also understand that apocryphal text is removed and most variant verse numbering is mapped to the English standard. I have entered my corrections under the verse(s) below. Proposed corrections to the Nepali Bible, Mark Chapter 13 https://www.AionianBible.org/Bibles/Nepali---Nepali-Bible/Mark/13 1) जसै येशू मन्दिरबाट जाँदै हुनुहुन्थ्यो, उहाँका चेलाहरूमध्ये एक जनाले भन्यो, “गुरुज्यू, हेर्नुहोस् त कति राम्रा ढुङ्गाहरू र भवनहरू!” 2) उहाँले तिनलाई भन्नुभयो, “के तिमी यी भव्य भवनहरू देख्छौ? यिनीहरू नभत्काइएर एउटामाथि अर्को ढुङ्गा रहने एउटा पनि हुनेछैन ।” 3) जब उहाँ मन्दिरको सामुन्ने पर्ने जैतूनको डाँडामा बस्नुभयो, पत्रुस, याकूब, यूहन्ना र अन्द्रियासले उहाँलाई गुप्तमा सोधे, 4) “हामीलाई भन्नुहोस्, कि यी कुराहरू कहिले हुनेछन्? यी सबै कुरा हुन लाग्दा कस्ता-कस्ता चिन्हहरू हुनेछन्?” 5) येशूले तिनीहरूलाई भन्न सुरु गर्नुभयो, “होसियार रहो, कसैले पनि तिमीहरूलाई नबहकाओस् ।” 6) मेरो नाउँमा धेरै जना आउनेछन् र भन्नेछन् ‘म उही हुँ’ र तिनीहरूले धेरैलाई भड्काउनेछन् । 7) जब तिमीहरूले युद्ध र युद्धको हल्ला सुन्नेछौ, चिन्ता नगर; यी कुराहरू हुनैपर्छ, तर अन्त्य अझै आइसकेको हुँदैन । 8) किनभने जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य खडा हुनेछ । धेरै ठाउँमा भूकम्प र अनिकालहरू हुनेछन् । यी प्रसव-वेदनाको सुरुवात हुन् । 9) आफूलाई सचेत राख । तिनीहरूले तिमीहरूलाई परिषद्हरूको हातमा सुम्पिनेछन्, र सभाघरहरूमा तिमीहरू पिटिनेछौ । मेरा साक्षीको रूपमा तिमीहरू शासक र राजा दुवैका सामु मेरा खातिर खडा हुनेछौ । 10) तर सबै जातिलाई पहिले सुसमाचार प्रचार गरिनुपर्छ । 11) जब उनीहरूले तिमीहरूलाई गिरफ्तार गर्छन् र सुम्पन्छन्, तिमीहरूले के बोल्ने भनी चिन्ता नगर । किनभने त्यो समय तिमीहरूले के बोल्नुपर्ने हो, सो तिमीहरूलाई दिइनेछ; त्यस बेला बोल्ने तिमीहरू होइनौ, तर पवित्र आत्मा हुनुहुनेछ । 12) दाजुले भाइलाई र बुबाले आफ्नो छोरोलाई मृत्यको लागि सुम्पिनेछन् । छोराछोरीहरू आफ्ना बुबा-आमाको विरुद्धमा खडा हुनेछन् र तिनीहरूलाई मृत्युमा पुर्याउनेछन् । 13) मेरो नाउँको खातिर तिमीहरू सबैद्वारा घृणित हुनेछौ । तर जो अन्त्यसम्म रहनेछ, त्यो मानिस बचाइनेछ । 14) जब तिमीहरूले विनाशकारी घृणित थोक खडा नहुनुपर्ने ठाउँमा खडा भइरहेको देख्छौ (पाठकले बुझोस्), यहूदियामा हुनेहरू पहाडहरूतिर भागून् । 15) घरको छतमा हुनेहरू तल नओर्लून् वा उसले घरभित्रबाट केही पनि ननिकालोस्, 16) र खेतमा हुनेहरू आफ्नो खास्टो लिन नआऊन् । 17) तर हाय, ती दिनमा बालक भएकाहरू र दूध खुवाउने आमाहरू! 18) यो हिउँदमा नपरोस् भनी प्रार्थना गर । 19) किनकि त्यस बेला ठुलो महासङ्कष्ट हुनेछ । यस्तो त परमेश्वरले संसार सृष्टि गर्नुभएको दिनको सुरुदेखि अहिलेसम्म भएको छैन, न त फेरि कहिल्यै हुनेछ । 20) परमप्रभुले ती दिनलाई नघटाउनुभएको भए, कुनै पनि प्राणी बाँच्ने थिएन, तर चुनिएकाहरूका खातिर, जसलाई उहाँले छान्नुभएको छ, उहाँले दिनहरूको सङ्ख्या घटाई दिनुभयो । 21) यदि कसैले तिमीहरूलाई, हेर ख्रीष्ट यहाँ हुनुहुन्छ! वा हेर उहाँ त्यहाँ हुनुहुन्छ भन्यो भने विश्वास नगर । 22) किनकि झुटा ख्रीष्ट र अगमवक्ताहरू देखा पर्नेछन् र सम्भव भए चुनिएकाहरूलाई पनि तिनीहरूले धोखा दिन चिन्ह र आश्चर्यकर्महरू गर्नेछन् । 23) सचेत रहो! मैले तिमीहरूलाई समय आउनुअगि नै यी सबै कुरा बताइदिएको छु । 24) तर ती दिनको महासङ्कष्टपछि सूर्य अँध्यारो हुनेछ; चन्द्रमाले आफ्नो प्रकाश दिनेछैन; 25) ताराहरू आकाशबाट खस्नेछन्, र स्वर्गमा भएका शक्तिहरू हल्लिनेछन् । 26) त्यसपछि तिनीहरूले मानिसका पुत्रलाई बादलमा महान् शक्ति र महिमामा आउँदै गरेको देख्नेछन् । 27) तब उसले आफ्ना स्वर्गदूहरूलाई पठाउनेछन् र उसले चारै दिशाबाट, पृथ्वीको अन्तिम छेउदेखि आकाशको अन्तिम छेउबाट आफ्ना चुनिएकाहरूलाई जम्मा गर्नेछ । 28) अञ्जीरको रुखबाट पाठ सिक । जब हाँगाहरूमा मुना पलाउँछ र पातहरू लाग्छन्, तिमीहरू ग्रीष्म नजिकै छ भनी जान्दछौ । 29) त्यसै गरी, जब तिमीहरूले यी सबै कुराह घटिरहेको देख्छौ, उहाँ नजिकै हुनुहुन्छ, ढोकाकै नजिक हुनुहुन्छ भनी तिमीहरूले जान । 30) साँच्चै, म तिमीहरूलाई भन्दछु, यी सबै कुरा नभएसम्म यो पुस्ता बितेर जानेछैन । 31) स्वर्ग र पृथ्वी बितेर जानेछ, तर मेरो वचन कहिल्यै बितेर जानेछैन । 32) तर त्यस दिन र घडीको विषयमा पितालाई बाहेक कसैलाई पनि थाहा छैन, न स्वर्गदूतहरूलाई, न त पुत्रलाई । 33) सचेत रहो! होसियार होओ, किनभने यो कुन समयमा हुन्छ भनी तिमीहरू जान्दैनौ । (टिपोटः केही प्राचीन प्रामाणिक लेखहरूले यसलाई यसरी उल्लेख गर्छन्: होसियार रहो, जागा रहो र प्रार्थना गर किनकि ...) 34) यो यात्रामा गएका एक जना मानिसजस्तो होः उसले आफ्नो घर छोड्छ र उसका नोकरहरू हरेकलाई आ-आफ्नो कामसहित उसको घरको जिम्मा दिन्छ । अनि उसले पहरेदारलाई जागा रहन आज्ञा दिन्छ । 35) त्यसकारण, जागा रहो! किनकि घरको मालिक साँझ वा मध्यरात वा भाले बास्दा वा बिहान कुन समयमा आउँछन् भनी तिमीहरू जान्दैनौ । 36) यदि उनी अचानक आइपुगे भने, उनले तिनीहरूलाई सुतिरहेको नभेट्टाऊन् । 37) जे म तिमीहरूलाई भन्छु, त्यो म सबैलाई भन्छु, जागा रहो!” Additional comments?
Refresh Captcha
The world's first Holy Bible un-translation!