< मर्कूस 13 >
1 जसै येशू मन्दिरबाट जाँदै हुनुहुन्थ्यो, उहाँका चेलाहरूमध्ये एक जनाले भन्यो, “गुरुज्यू, हेर्नुहोस् त कति राम्रा ढुङ्गाहरू र भवनहरू!”
Et cum egrederetur de templo, ait illi unus ex discipulis suis: Magister, aspice quales lapides, et quales structuræ.
2 उहाँले तिनलाई भन्नुभयो, “के तिमी यी भव्य भवनहरू देख्छौ? यिनीहरू नभत्काइएर एउटामाथि अर्को ढुङ्गा रहने एउटा पनि हुनेछैन ।”
Et respondens Iesus, ait illi: Vides has omnes magnas ædificationes? Non relinquetur lapis super lapidem, qui non destruatur.
3 जब उहाँ मन्दिरको सामुन्ने पर्ने जैतूनको डाँडामा बस्नुभयो, पत्रुस, याकूब, यूहन्ना र अन्द्रियासले उहाँलाई गुप्तमा सोधे,
Et cum sederet in Monte olivarum contra templum, interrogabant eum separatim Petrus, et Iacobus, et Ioannes, et Andreas:
4 “हामीलाई भन्नुहोस्, कि यी कुराहरू कहिले हुनेछन्? यी सबै कुरा हुन लाग्दा कस्ता-कस्ता चिन्हहरू हुनेछन्?”
Dic nobis, quando ista fient? et quod signum erit, quando hæc omnia incipient consummari?
5 येशूले तिनीहरूलाई भन्न सुरु गर्नुभयो, “होसियार रहो, कसैले पनि तिमीहरूलाई नबहकाओस् ।”
Et respondens Iesus cœpit dicere illis: Videte ne quid vos seducat:
6 मेरो नाउँमा धेरै जना आउनेछन् र भन्नेछन् ‘म उही हुँ’ र तिनीहरूले धेरैलाई भड्काउनेछन् ।
multi enim venient in nomine meo dicentes, quia ego sum: et multos seducent.
7 जब तिमीहरूले युद्ध र युद्धको हल्ला सुन्नेछौ, चिन्ता नगर; यी कुराहरू हुनैपर्छ, तर अन्त्य अझै आइसकेको हुँदैन ।
Cum audieritis autem bella, et opiniones bellorum, ne timueritis: oportet enim hæc fieri: sed nondum finis.
8 किनभने जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य खडा हुनेछ । धेरै ठाउँमा भूकम्प र अनिकालहरू हुनेछन् । यी प्रसव-वेदनाको सुरुवात हुन् ।
Exurget enim gens contra gentem, et regnum super regnum, et erunt terræmotus per loca, et fames. Initium dolorum hæc.
9 आफूलाई सचेत राख । तिनीहरूले तिमीहरूलाई परिषद्हरूको हातमा सुम्पिनेछन्, र सभाघरहरूमा तिमीहरू पिटिनेछौ । मेरा साक्षीको रूपमा तिमीहरू शासक र राजा दुवैका सामु मेरा खातिर खडा हुनेछौ ।
Videte autem vosmetipsos. Tradent enim vos in consiliis, et in synagogis vapulabitis, et ante præsides, et reges stabitis propter me, in testimonium illis.
10 तर सबै जातिलाई पहिले सुसमाचार प्रचार गरिनुपर्छ ।
Et in omnes gentes primum oportet prædicari Evangelium.
11 जब उनीहरूले तिमीहरूलाई गिरफ्तार गर्छन् र सुम्पन्छन्, तिमीहरूले के बोल्ने भनी चिन्ता नगर । किनभने त्यो समय तिमीहरूले के बोल्नुपर्ने हो, सो तिमीहरूलाई दिइनेछ; त्यस बेला बोल्ने तिमीहरू होइनौ, तर पवित्र आत्मा हुनुहुनेछ ।
Et cum duxerint vos tradentes, nolite præcogitare quid loquamini: sed quod datum vobis fuerit in illa hora, id loquimini non enim vos estis loquentes, sed Spiritus sanctus.
12 दाजुले भाइलाई र बुबाले आफ्नो छोरोलाई मृत्यको लागि सुम्पिनेछन् । छोराछोरीहरू आफ्ना बुबा-आमाको विरुद्धमा खडा हुनेछन् र तिनीहरूलाई मृत्युमा पुर्याउनेछन् ।
Tradet autem frater fratrem in mortem, et pater filium: et consurgent filii in parentes, et morte afficient eos.
13 मेरो नाउँको खातिर तिमीहरू सबैद्वारा घृणित हुनेछौ । तर जो अन्त्यसम्म रहनेछ, त्यो मानिस बचाइनेछ ।
Et eritis odio omnibus propter nomen meum. Qui autem sustinuerit in finem, hic salvus erit.
14 जब तिमीहरूले विनाशकारी घृणित थोक खडा नहुनुपर्ने ठाउँमा खडा भइरहेको देख्छौ (पाठकले बुझोस्), यहूदियामा हुनेहरू पहाडहरूतिर भागून् ।
Cum autem videritis abominationem desolationis stantem, ubi non debet, qui legit, intelligat: tunc qui in Iudæa sunt, fugiant in montes:
15 घरको छतमा हुनेहरू तल नओर्लून् वा उसले घरभित्रबाट केही पनि ननिकालोस्,
et qui super tectum, ne descendat in domum, nec introeat ut tollat quid de domo sua:
16 र खेतमा हुनेहरू आफ्नो खास्टो लिन नआऊन् ।
et qui in agro erit, non revertatur retro tollere vestimentum suum.
17 तर हाय, ती दिनमा बालक भएकाहरू र दूध खुवाउने आमाहरू!
Væ autem prægnantibus, et nutrientibus in illis diebus.
18 यो हिउँदमा नपरोस् भनी प्रार्थना गर ।
Orate vero ut hieme non fiant.
19 किनकि त्यस बेला ठुलो महासङ्कष्ट हुनेछ । यस्तो त परमेश्वरले संसार सृष्टि गर्नुभएको दिनको सुरुदेखि अहिलेसम्म भएको छैन, न त फेरि कहिल्यै हुनेछ ।
Erunt enim dies illi tribulationes tales, quales non fuerunt ab initio creaturæ, quam condidit Deus usque nunc, neque fient.
20 परमप्रभुले ती दिनलाई नघटाउनुभएको भए, कुनै पनि प्राणी बाँच्ने थिएन, तर चुनिएकाहरूका खातिर, जसलाई उहाँले छान्नुभएको छ, उहाँले दिनहरूको सङ्ख्या घटाई दिनुभयो ।
Et nisi breviasset Dominus dies, non fuisset salva omnis caro: sed propter electos, quos elegit, breviavit dies.
21 यदि कसैले तिमीहरूलाई, हेर ख्रीष्ट यहाँ हुनुहुन्छ! वा हेर उहाँ त्यहाँ हुनुहुन्छ भन्यो भने विश्वास नगर ।
Et tunc si quis vobis dixerit: Ecce hic est Christus, ecce illic, ne credideritis.
22 किनकि झुटा ख्रीष्ट र अगमवक्ताहरू देखा पर्नेछन् र सम्भव भए चुनिएकाहरूलाई पनि तिनीहरूले धोखा दिन चिन्ह र आश्चर्यकर्महरू गर्नेछन् ।
Exurgent enim pseudochristi, et pseudoprophetæ, et dabunt signa, et portenta ad seducendos, si fieri potest, etiam electos.
23 सचेत रहो! मैले तिमीहरूलाई समय आउनुअगि नै यी सबै कुरा बताइदिएको छु ।
Vos ergo videte: ecce prædixi vobis omnia.
24 तर ती दिनको महासङ्कष्टपछि सूर्य अँध्यारो हुनेछ; चन्द्रमाले आफ्नो प्रकाश दिनेछैन;
Sed in illis diebus post tribulationem illam sol contenebrabitur, et luna non dabit splendorem suum:
25 ताराहरू आकाशबाट खस्नेछन्, र स्वर्गमा भएका शक्तिहरू हल्लिनेछन् ।
et stellæ cæli erunt decidentes, et virtutes, quæ in cælis sunt, movebuntur.
26 त्यसपछि तिनीहरूले मानिसका पुत्रलाई बादलमा महान् शक्ति र महिमामा आउँदै गरेको देख्नेछन् ।
Et tunc videbunt filium hominis venientem in nubibus cum virtute multa, et gloria.
27 तब उसले आफ्ना स्वर्गदूहरूलाई पठाउनेछन् र उसले चारै दिशाबाट, पृथ्वीको अन्तिम छेउदेखि आकाशको अन्तिम छेउबाट आफ्ना चुनिएकाहरूलाई जम्मा गर्नेछ ।
Et tunc mittet angelos suos, et congregabit electos suos a quattuor ventis, a summo terræ usque ad summum cæli.
28 अञ्जीरको रुखबाट पाठ सिक । जब हाँगाहरूमा मुना पलाउँछ र पातहरू लाग्छन्, तिमीहरू ग्रीष्म नजिकै छ भनी जान्दछौ ।
A ficu autem discite parabolam. Cum iam ramus eius tener fuerit, et nata fuerint folia, cognoscitis quia in proximo sit æstas:
29 त्यसै गरी, जब तिमीहरूले यी सबै कुराह घटिरहेको देख्छौ, उहाँ नजिकै हुनुहुन्छ, ढोकाकै नजिक हुनुहुन्छ भनी तिमीहरूले जान ।
sic et vos cum videritis hæc fieri, scitote quod in proximo sit in ostiis.
30 साँच्चै, म तिमीहरूलाई भन्दछु, यी सबै कुरा नभएसम्म यो पुस्ता बितेर जानेछैन ।
Amen dico vobis, quoniam non transibit generatio hæc, donec omnia ista fiant.
31 स्वर्ग र पृथ्वी बितेर जानेछ, तर मेरो वचन कहिल्यै बितेर जानेछैन ।
Cælum, et terra transibunt, verba autem mea non transibunt.
32 तर त्यस दिन र घडीको विषयमा पितालाई बाहेक कसैलाई पनि थाहा छैन, न स्वर्गदूतहरूलाई, न त पुत्रलाई ।
De die autem illo, vel hora nemo scit, neque angeli in cælo, neque Filius, nisi Pater.
33 सचेत रहो! होसियार होओ, किनभने यो कुन समयमा हुन्छ भनी तिमीहरू जान्दैनौ । (टिपोटः केही प्राचीन प्रामाणिक लेखहरूले यसलाई यसरी उल्लेख गर्छन्: होसियार रहो, जागा रहो र प्रार्थना गर किनकि ...)
Videte, vigilate, et orate: nescitis enim quando tempus sit.
34 यो यात्रामा गएका एक जना मानिसजस्तो होः उसले आफ्नो घर छोड्छ र उसका नोकरहरू हरेकलाई आ-आफ्नो कामसहित उसको घरको जिम्मा दिन्छ । अनि उसले पहरेदारलाई जागा रहन आज्ञा दिन्छ ।
Sicut homo, qui peregre profectus reliquit domum suam, et dedit servis suis potestatem cuiusque operis, et ianitori præcepit ut vigilet.
35 त्यसकारण, जागा रहो! किनकि घरको मालिक साँझ वा मध्यरात वा भाले बास्दा वा बिहान कुन समयमा आउँछन् भनी तिमीहरू जान्दैनौ ।
Vigilate ergo, (nescitis enim quando dominus domus veniat: sero an media nocte, an galli cantu, an mane)
36 यदि उनी अचानक आइपुगे भने, उनले तिनीहरूलाई सुतिरहेको नभेट्टाऊन् ।
ne cum venerit repente, inveniat vos dormientes.
37 जे म तिमीहरूलाई भन्छु, त्यो म सबैलाई भन्छु, जागा रहो!”
Quod autem vobis dico, omnibus dico: Vigilate.