< न्यायकर्ताहरू 4 >
1 एहूद मरेपछि, परमप्रभुको दृष्टिमा जे कुरा खराब थियो, इस्राएलका मानिसहरूले फेरि त्यही गरे ।
Po smrti pak Ahoda činili opět synové Izraelští to, což jest zlého před očima Hospodinovýma.
2 परमप्रभुले तिनीहरूलाई कनानका राजा याबीनको हातमा बेचिदिनुभयो जसले हासोरमा राज्य गर्थे । तिनको सेनाका कमाण्डरको नाउँ सीसरा थियो, र उनी हरोशेत हग्गोयिममा बस्थे ।
I vydal je Hospodin v ruce Jabína krále Kananejského, kterýž kraloval v Azor; (a kníže vojska jeho byl Zizara), sám pak bydlil v Haroset pohanském.
3 इस्राएलका मानिसहरूले परमप्रभुलाई सहायताको निम्ति पुकारे, किनभने सीसरासँग नौ सय फलामका रथहरू थिए र तिनले इस्राएलका मानिसलाई बिस वर्षसम्म बलपुर्वक अत्याचार गरे ।
Tedy volali synové Izraelští k Hospodinu; nebo devět set vozů železných měl, a on násilně ssužoval Izraele za dvadceti let.
4 त्यस समय इस्राएलमा एक अगमवादिनी, दबोरा (लप्पीदोतकी पत्नी) नेतृत्व गर्ने न्यायकर्ताको थिइन् ।
Debora pak žena prorokyně, manželka Lapidotova, soudila lid Izraelský toho času.
5 तिनी एफ्राइमको पहाडी देशमा रामा र बेथेलको बिचमा दबोराको खजुरको रूखमुनि बस्ने गर्थिन्, र इस्राएलका मानिसहरू आफ्ना विवादहरू मिलाउन तिनीकहाँ आउँथे ।
(A bydlila Debora pod palmou, mezi Ráma a mezi Bethel na hoře Efraim), i chodili k ní synové Izraelští k soudu.
6 तिनले नाप्तालीको केदेशबाट अबीनोअमका छोरा बाराकलाई बोलाइन् र तिनलाई भनिन्, “परमप्रभु, इस्राएलका परमेश्वरले तिमीलाई यस्तो आज्ञा गर्नुहुन्छ, ‘तबोर डाँडामा जाऊ, र नाप्ताली र जबूलूनबाट तिमीसँग दश हजार मानिसहरू ल्याऊ ।
Kterážto poslavši, povolala Baráka, syna Abinoemova, z Kádes Neftalímova, a řekla jemu: Zdaližť nerozkázal Hospodin Bůh Izraelský: Jdi, a shromáždě lid na horu Tábor, vezmi s sebou deset tisíc mužů z synů Neftalím a z synů Zabulon.
7 याबीनका सेनाका कमाण्डर सीसरालाई त्यसका रथहरू र त्यसका सेनाका साथमा कीशोन खोलामा तिमीसित भेट्नलाई म ल्याउनेछु, र तिमीलाई म त्यसमाथि विजयी बनाउनेछु ।’”
Nebo přitáhnu k tobě ku potoku Císon Zizaru kníže vojska Jabínova, a vozy jeho i množství jeho, a dám jej v ruku tvou.
8 बाराकले तिनलाई भने, “तपाईं मसँग जानुभयो भने म जान्छु, तर तपाईं मसँग जानुभएन भने म जान्नँ ।”
I řekl jí Barák: Půjdeš-li se mnou, půjdu; pakli nepůjdeš se mnou, nepůjdu.
9 तिनले भनिन्, “निश्चित रूपमा म तिमीसँग जानेछु । तर जुन बाटो तिमी जाँदैछौ त्यसले तिमीलाई सम्मान दिनेछैन, किनकि परमप्रभुले सीसरालाई एउटी स्त्रीको हातमा बेचिदिनुहुनेछ ।” त्यसपछि दबोरा खडा भइन् र बाराकसँग केदेशमा गइन् ।
Kteráž odpověděla: Jáť zajisté půjdu s tebou, ale nebudeť s slávou tvou cesta, kterouž půjdeš, nebo v ruku ženy dá Hospodin Zizaru. Tedy vstavši Debora, šla s Barákem do Kádes.
10 बाराकले जबूलून र नाप्तालीका मानिसहरूलाई उनीसँगै केदेशमा जानको निम्ति बोलाए । दश हजार जना मानिसहरू तिनको पछि आए र दबोरा पनि तिनीसँगै गइन् ।
Svolav pak Barák Zabulonské a Neftalímské do Kádes, vyvedl za sebou deset tisíc mužů; a šla s ním i Debora.
11 यति बेला केनीहरू, अर्थात् होबाबका (मोशाका ससुराका) सन्तानबाट हेबेरले (केनीले) आफूलाई अलग्यएका, र आफ्नो पाललाई केदेश नजिकैको सानान्नीममा फलाँटको रूखको छेउमा टाँगेका थिए ।
Heber pak Cinejský oddělil se od Kaina, od synů Chobab, tchána Mojžíšova, a rozbil stany své až k Elon v Sananim, jenž jest v Kádes.
12 अबीनोअमका छोरा बाराक तबोर डाँडामा गएका थिए भन्ने कुरा जब तिनीहरूले सीसरालाई भने,
Oznámeno pak bylo Zizarovi, že vytáhl Barák syn Abinoemův na horu Tábor.
13 तब सीसराले आफ्ना सबै रथहरू, नौ सय फलामका रथहरू, र हरोशेत हग्गोयिमदेखि कीशोन खोलासम्म आफूसँग भएका सबै सेनालाई बोलाए ।
Protož shromáždil Zizara všecky vozy své, devět set vozů železných, a všecken lid, kterýž měl s sebou z Haroset pohanského, ku potoku Císon.
14 दबोराले बाराकलाई भनिन्, “जाऊ! किनकि परमप्रभुले तिमीलाई सीसरामाथि विजय दिनुभएको दिन आजै हो । के परमप्रभुले तिमीलाई अगुवाइ गर्नुभएको छैन र?” यसैले आफ्नो पछि लागेका दश हजार मानिसलाई साथमा लिएर बाराक तबोर डाँडाबाट तल गए ।
I řekla Debora Barákovi: Vstaň, nebo tento jest den, v němž dal Hospodin Zizaru v ruku tvou. Zdali Hospodin nevyšel před tebou? I sstoupil Barák s hory Tábor, a deset tisíc mužů za ním.
15 सीसरा र उनका सबै रथहरू र उनका सबै सेनालाई तरवारको धारले परमप्रभुले अलमल पारिदिनुभयो । अनि सीसरा आफ्नो रथबाट तल झरे र पैदल नै भागे ।
A porazil Hospodin Zizaru a všecky ty vozy, i všecka ta vojska ostrostí meče před Barákem; a sskočiv Zizara s vozu, utíkal pěšky.
16 तर बाराकले रथहरू र सेनालाई हरोशेत हग्गोयिमसम्म लखेटे, र सीसराका सम्पुर्ण सेना तरवारको धारले मारिए, र एक जना मानिस पनि बाँचेन ।
Ale Barák honil ty vozy a vojsko až do Haroset pohanského; i padlo všecko vojsko Zizarovo od ostrosti meče, tak že nezůstalo ani jednoho.
17 तर सीसरा केनी हेबेरकी पत्नी याएलको पालमा भागेर गए, किनकि हासोरका राजा याबीन र केनी हेबेरको परिवारका बिचमा मिलाप थियो ।
Zizara pak utíkal pěšky k stanu Jáhel, manželky Hebera Cinejského; nebo pokoj byl mezi Jabínem králem Azor a mezi čeledí Hebera Cinejského.
18 याएल सीसरालाई भेट्न बाहिर गइन् र भनिन्, “मेरा मालिक यता फर्कनुहोस् र नडराउनुहोस् ।” यसैले उनी तिनीतिर फर्के र तिनको पालभित्र पसे, र तिनले उनलाई एउटा कम्बल ओढाइदिइन् ।
I vyšedši Jáhel v cestu Zizarovi, řekla jemu: Uchyl se, pane můj, uchyl se ke mně, neboj se. I uchýlil se k ní do stanu, a přistřela jej huní.
19 उनले तिनलाई भने, “मलाई अलिकता पानी पिउन देऊ, किनकि मलाई तिर्खा लागेको छ ।” तिनले दूध हालिएको मशक खोलिन् र तिनलाई पिउन दिइन्, र तिनले उनलाई फेरि ओढाइदिइन् ।
Kterýž řekl jí: Dej mi, prosím, píti maličko vody, nebo žízním. A otevřevši nádobu mléčnou, dala mu píti a přikryla ho.
20 उनले तिनलाई भने, “पालको ढोकामा खडा बस । कोही आएर यहाँ कोही छ भनी तिमीलाई सोध्यो भने, ‘छैन’ भन्नू ।”
Řekl také jí: Stůj u dveří stanu, a při-šel-li by kdo, a ptal se tebe, řka: Jest-li zde kdo? odpovíš: Není.
21 त्यसपछि याएल (हेबेरकी पत्नी) पालको एउटा कीला र मुङ्ग्रो आफ्नो हातमा लिइन् र विस्तारै उनको नजिक गइन्, किनकि उनी मस्त निद्रामा थिए र उनको कन्चटबाट त्यो पालको कीलालाई भुइँमा नछेडिंदासम्म तिनले ठोकिदिइन् र उनी मरे ।
Potom vzala Jáhel manželka Heberova hřeb od stanu, vzala též kladivo v ruku svou, a všedši k němu tiše, vrazila hřeb do židovin jeho, až uvázl v zemi; (nebo ustav, tvrdě byl usnul), a tak umřel.
22 बाराकले सीसरालाई खोज्दै गर्दा, याएल उनलाई भेट्न बाहिर गइन् र तिनलाई भनिन्, “आउनुहोस्, तपाईंले खोजिरहनुभएको मानिस म तपाईंलाई देखाउनेछु ।” यसैले उनी तिनीसँग भित्र गए, र सीसराको कन्चटमा पालको कीला गाडिएर ऊ त्यहाँ मरेर ढलेको थियो ।
A aj, Barák honil Zizaru. I vyšla Jáhel vstříc jemu, a řekla mu: Poď, a ukážiť muže, kteréhož hledáš. I všel k ní, a aj, Zizara ležel mrtvý na zemi, a hřeb v židovinách jeho.
23 यसरी त्यस दिन परमेश्वरले कनानका राजा याबीनलाई इस्राएलका मानिसहरूका सामु परास्त गर्नुभयो ।
A tak ponížil Bůh toho dne Jabína krále Kananejského před syny Izraelskými.
24 इस्राएलका मानिसहरूले कनानका राजा याबीनलाई नष्ट नगरेसम्म उनको विरुद्ध तिनीहरूको सामर्थ बढ्दै गयो ।
I dotírala ruka synů Izraelských vždy více, a silila se proti Jabínovi králi Kananejskému, až i vyhladili téhož Jabína krále Kananejského.