Preface
Read
+
Publisher
Nainoia, Inc.
PO Box 462, Bellefonte, PA 16823
(814) 470-8028
Nainoia Inc, Publisher
LinkedIn/NAINOIA-INC
Third Party Publisher Resources
Request Custom Formatted Verses
Please contact us below
Submit your proposed corrections
I understand that the Aionian Bible republishes public domain and Creative Commons Bible texts and that volunteers may be needed to present the original text accurately. I also understand that apocryphal text is removed and most variant verse numbering is mapped to the English standard. I have entered my corrections under the verse(s) below. Proposed corrections to the Nepali Bible, Judges Chapter 4 https://www.AionianBible.org/Bibles/Nepali---Nepali-Bible/Judges/4 1) एहूद मरेपछि, परमप्रभुको दृष्टिमा जे कुरा खराब थियो, इस्राएलका मानिसहरूले फेरि त्यही गरे । 2) परमप्रभुले तिनीहरूलाई कनानका राजा याबीनको हातमा बेचिदिनुभयो जसले हासोरमा राज्य गर्थे । तिनको सेनाका कमाण्डरको नाउँ सीसरा थियो, र उनी हरोशेत हग्गोयिममा बस्थे । 3) इस्राएलका मानिसहरूले परमप्रभुलाई सहायताको निम्ति पुकारे, किनभने सीसरासँग नौ सय फलामका रथहरू थिए र तिनले इस्राएलका मानिसलाई बिस वर्षसम्म बलपुर्वक अत्याचार गरे । 4) त्यस समय इस्राएलमा एक अगमवादिनी, दबोरा (लप्पीदोतकी पत्नी) नेतृत्व गर्ने न्यायकर्ताको थिइन् । 5) तिनी एफ्राइमको पहाडी देशमा रामा र बेथेलको बिचमा दबोराको खजुरको रूखमुनि बस्ने गर्थिन्, र इस्राएलका मानिसहरू आफ्ना विवादहरू मिलाउन तिनीकहाँ आउँथे । 6) तिनले नाप्तालीको केदेशबाट अबीनोअमका छोरा बाराकलाई बोलाइन् र तिनलाई भनिन्, “परमप्रभु, इस्राएलका परमेश्वरले तिमीलाई यस्तो आज्ञा गर्नुहुन्छ, ‘तबोर डाँडामा जाऊ, र नाप्ताली र जबूलूनबाट तिमीसँग दश हजार मानिसहरू ल्याऊ । 7) याबीनका सेनाका कमाण्डर सीसरालाई त्यसका रथहरू र त्यसका सेनाका साथमा कीशोन खोलामा तिमीसित भेट्नलाई म ल्याउनेछु, र तिमीलाई म त्यसमाथि विजयी बनाउनेछु ।’” 8) बाराकले तिनलाई भने, “तपाईं मसँग जानुभयो भने म जान्छु, तर तपाईं मसँग जानुभएन भने म जान्नँ ।” 9) तिनले भनिन्, “निश्चित रूपमा म तिमीसँग जानेछु । तर जुन बाटो तिमी जाँदैछौ त्यसले तिमीलाई सम्मान दिनेछैन, किनकि परमप्रभुले सीसरालाई एउटी स्त्रीको हातमा बेचिदिनुहुनेछ ।” त्यसपछि दबोरा खडा भइन् र बाराकसँग केदेशमा गइन् । 10) बाराकले जबूलून र नाप्तालीका मानिसहरूलाई उनीसँगै केदेशमा जानको निम्ति बोलाए । दश हजार जना मानिसहरू तिनको पछि आए र दबोरा पनि तिनीसँगै गइन् । 11) यति बेला केनीहरू, अर्थात् होबाबका (मोशाका ससुराका) सन्तानबाट हेबेरले (केनीले) आफूलाई अलग्यएका, र आफ्नो पाललाई केदेश नजिकैको सानान्नीममा फलाँटको रूखको छेउमा टाँगेका थिए । 12) अबीनोअमका छोरा बाराक तबोर डाँडामा गएका थिए भन्ने कुरा जब तिनीहरूले सीसरालाई भने, 13) तब सीसराले आफ्ना सबै रथहरू, नौ सय फलामका रथहरू, र हरोशेत हग्गोयिमदेखि कीशोन खोलासम्म आफूसँग भएका सबै सेनालाई बोलाए । 14) दबोराले बाराकलाई भनिन्, “जाऊ! किनकि परमप्रभुले तिमीलाई सीसरामाथि विजय दिनुभएको दिन आजै हो । के परमप्रभुले तिमीलाई अगुवाइ गर्नुभएको छैन र?” यसैले आफ्नो पछि लागेका दश हजार मानिसलाई साथमा लिएर बाराक तबोर डाँडाबाट तल गए । 15) सीसरा र उनका सबै रथहरू र उनका सबै सेनालाई तरवारको धारले परमप्रभुले अलमल पारिदिनुभयो । अनि सीसरा आफ्नो रथबाट तल झरे र पैदल नै भागे । 16) तर बाराकले रथहरू र सेनालाई हरोशेत हग्गोयिमसम्म लखेटे, र सीसराका सम्पुर्ण सेना तरवारको धारले मारिए, र एक जना मानिस पनि बाँचेन । 17) तर सीसरा केनी हेबेरकी पत्नी याएलको पालमा भागेर गए, किनकि हासोरका राजा याबीन र केनी हेबेरको परिवारका बिचमा मिलाप थियो । 18) याएल सीसरालाई भेट्न बाहिर गइन् र भनिन्, “मेरा मालिक यता फर्कनुहोस् र नडराउनुहोस् ।” यसैले उनी तिनीतिर फर्के र तिनको पालभित्र पसे, र तिनले उनलाई एउटा कम्बल ओढाइदिइन् । 19) उनले तिनलाई भने, “मलाई अलिकता पानी पिउन देऊ, किनकि मलाई तिर्खा लागेको छ ।” तिनले दूध हालिएको मशक खोलिन् र तिनलाई पिउन दिइन्, र तिनले उनलाई फेरि ओढाइदिइन् । 20) उनले तिनलाई भने, “पालको ढोकामा खडा बस । कोही आएर यहाँ कोही छ भनी तिमीलाई सोध्यो भने, ‘छैन’ भन्नू ।” 21) त्यसपछि याएल (हेबेरकी पत्नी) पालको एउटा कीला र मुङ्ग्रो आफ्नो हातमा लिइन् र विस्तारै उनको नजिक गइन्, किनकि उनी मस्त निद्रामा थिए र उनको कन्चटबाट त्यो पालको कीलालाई भुइँमा नछेडिंदासम्म तिनले ठोकिदिइन् र उनी मरे । 22) बाराकले सीसरालाई खोज्दै गर्दा, याएल उनलाई भेट्न बाहिर गइन् र तिनलाई भनिन्, “आउनुहोस्, तपाईंले खोजिरहनुभएको मानिस म तपाईंलाई देखाउनेछु ।” यसैले उनी तिनीसँग भित्र गए, र सीसराको कन्चटमा पालको कीला गाडिएर ऊ त्यहाँ मरेर ढलेको थियो । 23) यसरी त्यस दिन परमेश्वरले कनानका राजा याबीनलाई इस्राएलका मानिसहरूका सामु परास्त गर्नुभयो । 24) इस्राएलका मानिसहरूले कनानका राजा याबीनलाई नष्ट नगरेसम्म उनको विरुद्ध तिनीहरूको सामर्थ बढ्दै गयो । Additional comments?
Refresh Captcha
The world's first Holy Bible un-translation!