< न्यायकर्ताहरू 11 >

1 गिलादी यिप्‍ता एक जना शक्तिशाली योद्धा थिए, तर तिनी एक जना वेश्याका छोरा थिए । गिलाद तिनका पिता थिए ।
Yeftha Mgileadi alikuwa shujaa mwenye nguvu, lakini alikuwa mwana wa kahaba. Gileadi alikuwa baba yake.
2 गिलादकी पत्‍नीले पनि तिनका निम्‍ति अरू छोराहरू जन्माइन् । जब तिनकी पत्‍नीकी छोराहरू हुर्के, तिनीहरूले यिप्‍तालाई घर छोड्न बाध्‍य पारे र तिनलाई भने, “हाम्रो परिवारबाट तैंले केही पनि पैतृक अंश पाउनेछैनस् । तँ अर्कै स्‍त्रीको छोरा होस् ।”
Mke wa Gileadi pia alizaa wanawe wengine. Wana wa mkewe walipokua, walimlazimisha Yeftha aondoke nyumbani na kumwambia, “Huwezi kurithi chochote kutoka katika familia yetu. Wewe ni mwana wa mwanamke mwingine.”
3 यसैले यिप्‍ता आफ्ना दाजुभाइबाट भागे र तोब देशमा बसोबास गरे । हुर्दुङ्गे मानिसहरू यिप्‍तासँग मिले र उनीहरू आए र तिनीसँगै गए ।
Basi Yeftha akaondoka toka kwa ndugu zake, akaishi katika nchi ya Tobu. Watu wasiokuwa na sheria waliungana na Yeftha na wakaja na kwenda pamoja naye.
4 केही दिनपछि, अम्मोनका मानिसहरूले इस्राएलको विरुद्ध युद्ध सुरु गरे ।
Siku kadhaa baadaye, wana wa Amoni walipigana na Israeli.
5 जब अम्मोनका मानिसहरूले इस्राएलको विरुद्ध युद्ध गरे, तब गिलादका एल्डरहरू तोब देशबाट यिप्‍तालाई फर्काएर ल्याउनको निम्ति त्यहाँ गए ।
Wana wa Amoni walipopigana na Israeli, wazee wa Gileadi wakaenda kumleta Yeftha kutoka nchi ya Tobu.
6 तिनीहरूले यिप्‍तालाई भने, “आउनुहोस् र हाम्रो अगुवा हुनुहोस् ताकि हामी अम्मोनका मानिहरूसँग युद्ध लड्न सकौं ।”
Wakamwambia Yeftha, “Njoo uwe kiongozi wetu ili tupigane na wana wa Amoni.”
7 यिप्‍ताले गिलादका अगुवाहरूलाई भने, “तपाईंहरूले मलाई हेला गर्नुभयो र मेरो पिताको घर छोडेर जान मलाई बाध्‍ये पार्नुभयो । अब तपाईंहरू समस्यामा पर्नुहुँदा चाहिं तपाईंहरू मकहाँ किन आउनुहुन्‍छ?”
YEphtha akawaambia viongozi wa Gileadi, “mlinichukia na kunilazimisha kuondoka nyumbani kwa baba yangu. Kwa nini mnakuja kwangu sasa munapokuwa na shida?”
8 गिलादका अगुवाहरूले यिप्‍तालाई भने, “त्यसकारण अब हामी तपाईंकहाँ फर्केका छौं । हामीसँग आउनुहोस् र अम्मोनका मानिसहरूसँग युद्ध गर्नुहोस्, र तपाईं नै गिलादमा बस्‍ने सबैका अगुवा हुनुहुनेछ ।”
Wazee wa Gileadi wakamwambia Yeftha, “Ndiyo sababu tunakugeukia sasa; njoo pamoja nasi pigana na watu wa Amoni, na wewe utakuwa kiongozi juu ya wote wanaoishi Gileadi.
9 यिप्‍ताले गिलादका अगुवाहरूलाई भने, “अम्मोनका मानिसहरूसँग युद्ध गर्नलाई तपाईंहरूले मलाई फेरि घर लानुभयो भने, र परमप्रभुले हामीलाई तिनीहरूमाथि विजय दिनुभयो भने, म तपाईंहरूका अगुवा हुनेछु ।”
Yeftha akawaambia wazee wa Gileadi, “Ikiwa mnanirejesha nyumbani tena ili kupigana na wana wa Amoni, na kama Bwana atatupa ushindi juu yao, nitakuwa kiongozi wenu.”
10 गिलादका अगुवाहरूले यिप्‍तालाई भने, “हामीले जस्‍तो भन्‍छौं त्यस्‍तै गरेनौं भने हाम्रा बिचमा परमप्रभु नै साक्षी हुनुहुन्‍छ!”
wazee wa Gileadi wakamwambia Yeftha, “Bwana awe shahidi kati yetu ikiwa hatutafanya kama tunavyosema!”
11 यसैले यिप्‍ता गिलादका अगुवाहरूसँग गए, र मानिसहरूले तिनलाई आफूमाथि अगुवा र कमाण्‍डर बनाए । जब यिप्‍ता मिस्पामा परमप्रभुको सामु थिए, तब तिनले आफूले गरेका सबै प्रतिज्ञाहरू दोहोर्‍याए ।
Yeftha akaenda pamoja na wazee wa Gileadi, nao watu wakamfanya awe msimamizi na mkuu juu yao. Alipokuwa mbele ya Bwana huko Mizpa, Yeftha akarudia ahadi zote alizozifanya.
12 अनि यिप्‍ताले अम्मोनका मानिसहरूका राजाकहाँ यसो भनेर दूतहरू पठाए, “हाम्रा बिचमा के कुराले द्वन्द भएको हो? हाम्रो देश कब्‍जा गर्न सेनासित तपाईं किन आउनुभएको छ?”
Ndipo Yeftha akatuma wajumbe kwa mfalme wa wana wa Amoni, akisema, “Ni nini mgogoro huu kati yetu? Kwa nini umekuja kwa nguvu kuchukua ardhi yetu?”
13 अम्मोनका मानिसहरूका राजाले यिप्‍ताका दूतहरूलाई जवाफ दिए, “किनभने जब इस्राएल मिश्रदेशबाट आए, तब तिनीहरूले मेरो देशलाई अर्नोनदेखि यब्बोक हुँदै यर्दनसम्म कब्‍जा गरे । अब शान्तिसित ती जमिन फिर्ता दिनुहोस् ।”
Mfalme wa wana wa Amoni akawajibu wajumbe wa Yeftha, “Kwa sababu Israeli walipopanda kutoka Misri, walichukua nchi yangu toka Arnoni hata Yaboki, mpaka Yordani. Sasa rudisha ardhi hizo kwa amani.”
14 फेरि यिप्‍ताले अम्मोनका मानिसहरूका राजाकहाँ दूतहरू पठाए,
Yefta akatuma tena wajumbe kwa mfalme wa wana wa Amoni,
15 र तिनले भने, “यिप्‍ता यसो भन्छन्: इस्राएलले मोआब देश र अम्मोनका मानिसहरूका देशलाई लिएको थिएन,
akasema, “Yefita asema hivi, Israeli hawakuchukua nchi ya Moabu na nchi ya wana wa Amoni;
16 तर तिनीहरू मिश्रदेशबाट आए, र इस्राएल उजाड-स्‍थान हुँदै लाल समुद्रमा र कादेशमा गए ।
lakini walitoka Misri, na Israeli wakaenda kupitia jangwa hadi Bahari ya Shamu na Kadeshi.
17 जब इस्राएलले यसो भनेर एदोमका राजालाई दूतहरू पठाए, ‘कृपया हामीलाई तपाईंको देशबाट भएर जान दिनुहोस्,’ एदोमका राजाले सुनेनन् । तिनीहरूले मोआबका राजाकहाँ पनि दूतहरू पठाए, तर तिनले इन्कार गरे । यसरी इस्राएलचाहिं कादेशमा नै बसे ।
Israeli walipomtuma wajumbe kwa mfalme wa Edomu, wakisema, 'Tafadhali tunaomba ruhusa tupite katika nchi yako,' mfalme wa Edomu hakuwasikiliza. Wakawatuma wajumbe kwa mfalme wa Moabu, lakini akakataa. Basi Israeli wakakaa Kadeshi.
18 त्यसपछि तिनीहरू उजाड-स्‍थानबाट गए र एदोम र मोआबको देशबाट टाढा गए, र तिनीहरू मोआब देशको पूर्वी ठाउँ हुँदै हिंडे र तिनीहरूले अर्नोनको अर्कोपट्टि छाउनी हाले । तर तिनीहरू मोआबको सिमानाभित्र गएनन्, किनकि अर्नोनचाहिं मोआबको सिमानामा थियो ।
Kisha wakapitia jangwani, wakaondoka katika nchi ya Edomu, na nchi ya Moabu; wakavuka upande wa mashariki wa nchi ya Moabu, wakapanga ng'ambo ya Arnoni. Lakini hawakuingia mpaka wa Moabu, maana Arnoni ilikuwa mpaka wa Moabu.
19 इस्राएलले हेश्बोनमा राज्‍य गर्ने एमोरीहरूका राजा सीहोनकहाँ दूतहरू पठाए । इस्राएलले उनलाई भने, ‘कृपया हामीलाई आफ्‍नो देशमा जानलाई तपाईंको देशको बाटो भएर जान दिनुहोस् ।’
Israeli wakatuma wajumbe kwa Sihoni, mfalme wa Waamori, ambaye alitawala huko Heshboni; Israeli akamwambia, 'Tafadhali, tunaomba tupite katika nchi yako hata mahali petu.'
20 तर आफ्नो सिमानाभित्रबाट जानको निम्ति सीहोनले इस्राएलमाथि विश्‍वास गरेनन् । यसैले सीहोनले आफ्ना सबै सेना जाम्‍मा गरे र उनले तिनीहरूलाई यहसामा लगे, र त्यहाँ उनले इस्राएलको विरुद्ध युद्ध गरे ।
Lakini Sihoni hakumwamini Israeli apite katika eneo lake. Basi Sihoni akakusanya jeshi lake lote, akalipeleka Yahasa, na huko akapigana na Israeli
21 तब इस्राएलका परमप्रभु परमेश्‍वरले सीहोन र तिनका सारा मानिसलाई इस्राएलको हातमा दिनुभयो र तिनीहरूले उनीहरूलाई परास्त गरे । यसैले इस्राएलले एमोरीहरूको देशको सबै जमिन अधिकार गरे ।
Bwana, Mungu wa Israeli, akamtia Sihoni na watu wake wote mkononi mwa Israeli, nao wakawashinda. Basi Israeli wakachukua nchi yote ya Waamori waliokaa katika nchi hiyo.
22 तिनीहरूले एमोरीहरूका सिमानाभित्र अर्नोनदेखि यब्बोकसम्म, र उजाड-स्‍थानदेखि यर्दनसम्म हरेक कुरामा अधीन गरे ।
Wachukua kila kitu ndani ya wilaya ya Waamori, kutoka Arnoni hadi Yaboki, na kutoka jangwani hadi Yordani.
23 यसरी इस्राएलका परमप्रभु परमेश्‍वरले आफ्‍ना मानिस इस्राएलको सामुबाट एमोरीहरूलाई खेद्‍नुभएको हो, र के तपाईं अब उनीहरूको देशमाथि अधिकार गर्नुहुन्‍छ?
Basi, Bwana, Mungu wa Israeli, amewafukuza Waamori mbele ya watu wake Israeli, na sasa mnataka kuimiliki nchi yao?
24 के तपाईंहरूका देवता कमोशले तपाईंहरूलाई जुन देश दिन्छन्, त्यही तपाईंहरू लिनुहुन्‍छ होइन र? यसैले हाम्रा परमप्रभु परमेश्‍वरले जुन देश हामीलाई दिनुभएको छ, त्‍यो हामी अधिकार गर्छौं ।
Je, huwezi kuchukua nchi ambayo Kemoshi, mungu wako, anakupa? Kwa hiyo nchi yoyote Bwana, Mungu wetu, ametupa, tutachukua.
25 के अब तपाईं मोआबका राजा, सिप्पोरका छोरा बालकभन्दा असल हुनुहुन्‍छ र? के तिनले इस्राएलसँग बहस गर्ने आँट गरे?
Sasa wewe ni bora zaidi kuliko Balaki, mwana wa Sipori, mfalme wa Moabu? Je, alidai kuwa na hoja na Israeli? Je, yeye amewahi kupigana vita dhidi yao?
26 जब इस्राएल हेश्बोन र त्यसका गाउँहरू, र अरोएर र त्यसका गाउँहरू, र अर्नोनका किनारका सबै सहरहरूमा तिन सय वर्षसम्‍म बसोबास गर्दा, तपाईंहरूले किन त्यस बेला ती फिर्ता लिनुभएन?
Wakati Israeli walipoishia miaka mia tatu huko Heshboni na vijiji vyake, na Aroeri na vijiji vyake, na katika miji yote iliyo karibu na Arnoni, kwa nini hamkuwachukua tena wakati huo?
27 मैले तपाईंहरूलाई केही गलत गरेको छैनँ, तर तपाईंहरूले मलाई आक्रमण गरेर मेरो खराबी गर्दै हुनुहुन्‍छ । न्यायकर्ता परमप्रभुले नै आज इस्राएलका मानिस र अम्मोनका मानिसहरूका बिचमा निर्णय गर्नुहुनेछ ।”
Sijawafanyia vibaya, lakini mnanifanyia vibaya kwa kunishambulia. Bwana, mwamuzi, ataamua leo kati ya wana wa Israeli na wana wa Amoni.
28 तर अम्मोनका मानिसहरूका राजाले यिप्‍ताले पठाएका चेतावनीलाई इन्कार गरे ।
Lakini mfalme wa wana wa Amoni akakataa onyo alilotumiwa na Yeftha.
29 तब परमप्रभुको आत्मा यिप्‍तामाथि आउनुभयो, र तिनी गिलाद र मनश्शेबाट भएर गए, र गिलादको मिस्पाबाट भएर तिनी अम्मोनका मानिसहरूकहाँ पुगे ।
Basi, Roho wa Bwana akamjia Yeftha, akapita Gileadi na Manase, akapitia Mizpa ya Gileadi, na kutoka Mispa ya Gileadi akapita kwa wana wa Amoni.
30 यिप्‍ताले परमप्रभुसँग एउटा बाकल गरे र भने, “तपाईंले मलाई अम्मोनका मानिसहरूमाथि विजय दिनुभयो भने,
Yeftha akaahidi kwa Bwana, akasema, “Ikiwa utanipa ushindi juu ya wana wa Amoni,
31 अम्मोनका मानिसहरूबाट म शान्‍तमा फर्केर आउँदा मेरा घरको ढोकाहरूबाट मलाई भेट्न जेसुकै कुरा बाहिर आए पनि त्‍यो परमप्रभुको हुनेछ, र त्‍यसलाई म होमबलिको रूपमा चढाउनेछु ।”
chochote kinachotoka mlangoni mwa nyumba yangu kunijia mimi nitakaporudi kwa amani kutoka kwa wana wa Amoni kitakuwa cha Bwana; Nami nitatoa hiyo sadaka ya kuteketezwa.”
32 यसैले अम्मोनीहरूसँग युद्ध गर्न यिप्‍ता तिनीहरूकहाँ गए, र परमप्रभुले उनलाई विजय दिनुभयो ।
Basi Yeftha akapita kwa wana wa Amoni ili kupigana nao, naye Bwana akampa ushindi.
33 तिनले तिनीहरूलाई आक्रमण गरे र अरोएरदेखि मिन्‍नीतसम्म बिसवटा सहर र हाबिल-करमीमसम्म ठुलो सङ्ख्यामा मारे । यसरी अम्मोनका मानिसहरूलाई इस्राएलका मानिसहरूको अधीनमा पारे ।
Akawashinda na kusababisha mauaji makubwa kutoka Aroeri hadi miji ishirini na miwili-na Abeli ​​Keramimu. Basi wana wa Amoni waliwekwa chini ya uangalizi wa watu wa Israeli.
34 यिप्‍ता आफ्नो घर मिस्पामा आए र त्यहाँ तिनकी छोरी तिनलाई भेट्न खैंजडी बजाउँदै र नाच्दै बाहिर आइन् । यिनी तिनकी एक मात्र छोरी थिइन्, र यिनीबाहेक तिनको अरू छोरा वा छोरी थिएन ।
Yeftha alifika nyumbani kwake huko Mizpa, na binti yake akatoka kumlaki na ngoma na kucheza. Alikuwa mtoto wake pekee, na badala yake hakuwa na mwana wa kiume wala binti.
35 तिनले उनलाई देख्‍नेबित्तिकै, तिनले आफ्ना लुगाहरू च्याते र भने, “ओहो, मेरी छोरी! तिमीले मलाई दुःखले चुर पारेकी छ्‍यौ, र मलाई कष्‍ट दिने एउटा कारण तिमी भएकी छ्‍यौ! किनकि मैले परमप्रभुसँग एउटा भाकल गरेको छु, र मेरो भाकलबाट म पछि हट्न सक्दिनँ ।”
Mara tu alipopomwona, alirarua nguo zake akasema, 'Loo! Binti yangu! Umenivunja kwa huzuni, na umekuwa mtu anayenisababishia maumivu yangu! Kwa maana nimeapa kwa Bwana, wala siwezi kurudisha ahadi yangu.
36 उनले तिनलाई भनिन्, “मेरा बुबा, तपाईंले परमप्रभुसँग भाकल गर्नुभएको छ, तपाईंले प्रतिज्ञा गर्नुभएको हरेक कुरा मलाई गर्नुहोस्, किनभने परमप्रभुले तपाईंका शत्रु अम्मोनीहरूसँग बदला लिनुभएको छ ।”
Akamwambia, “Baba yangu, umeweka ahadi kwa Bwana, unifanyie kila kitu ulichoahidi; kwa kuwa Bwana amekulipia kisasi juu ya adui zako, wana wa Amoni.”
37 उनले आफ्नो बुबालाई भनिन्, “मेरो निम्ति यो प्रतिज्ञा पुरा होस् । मलाई दुई महिनाको लागि मात्र छोडिदिनुहोस्, ताकि म र मेरा सहेलीहरू तल पहाडहरूमा जान र आफ्नो कुमारी अवस्थाको मृत्युको निम्ति शोक पाऊँ ।”
Akamwambia baba yake, “Hebu ahadi hii ihifadhiwe kwa ajili yangu. Niache kwa miezi miwili, nipate kuondoka na kwenda kwenye vilima na kuomboleza juu ya ubikira wangu, mimi na wenzangu.”
38 तिनले भने, “जाऊ ।” तिनले उनलाई दुई महिनाको निम्ति पठाइदिए । उनी र उनका सहेलीहरू तिनीसँग बिदा भए, र तिनीहरूले उनको कुमारी अवस्थाको मृत्युको निम्ति पहाडहरूमा शोक गरे ।
Akasema, “Nenda.” Alimtuma kwa muda wa miezi miwili. Akamwondoa, yeye na wenzake, nao wakauomboleza ubikira wake katika milimani.
39 दुई महिनाको अन्त्यमा उनी आफ्ना बुबाकहाँ फर्किन्, र आफूले गरेको भाकलअनुसार तिनले उनलाई गरे । यति बेलासम्‍म उनले कुनै मानिससित सहवास गरेकी थिइनन्, र इस्राएलमा एउटा यस्तो प्रचलन बन्यो,
Mwishoni mwa miezi miwili alirudi kwa baba yake, ambaye alifanya kulingana na ahadi ya aliyoifanya. Sasa alikuwa hajalala na mwanaume, na ikawa desturi katika Israeli
40 कि हरेक वर्ष इस्राएलका छोरीहरूले चार दिनसम्म गिलादी यिप्‍ताकी छोरीको कथालाई दोहोर्‍याउने गर्थे ।
kwamba binti za Israeli kila mwaka, kwa siku nne, waweze kurejea hadithi ya binti ya Yeftha Mgileadi.

< न्यायकर्ताहरू 11 >