Preface
Read
+
Publisher
Nainoia, Inc.
PO Box 462, Bellefonte, PA 16823
(814) 470-8028
Nainoia Inc, Publisher
LinkedIn/NAINOIA-INC
Third Party Publisher Resources
Request Custom Formatted Verses
Please contact us below
Submit your proposed corrections
I understand that the Aionian Bible republishes public domain and Creative Commons Bible texts and that volunteers may be needed to present the original text accurately. I also understand that apocryphal text is removed and most variant verse numbering is mapped to the English standard. I have entered my corrections under the verse(s) below. Proposed corrections to the Nepali Bible, Judges Chapter 11 https://www.AionianBible.org/Bibles/Nepali---Nepali-Bible/Judges/11 1) गिलादी यिप्ता एक जना शक्तिशाली योद्धा थिए, तर तिनी एक जना वेश्याका छोरा थिए । गिलाद तिनका पिता थिए । 2) गिलादकी पत्नीले पनि तिनका निम्ति अरू छोराहरू जन्माइन् । जब तिनकी पत्नीकी छोराहरू हुर्के, तिनीहरूले यिप्तालाई घर छोड्न बाध्य पारे र तिनलाई भने, “हाम्रो परिवारबाट तैंले केही पनि पैतृक अंश पाउनेछैनस् । तँ अर्कै स्त्रीको छोरा होस् ।” 3) यसैले यिप्ता आफ्ना दाजुभाइबाट भागे र तोब देशमा बसोबास गरे । हुर्दुङ्गे मानिसहरू यिप्तासँग मिले र उनीहरू आए र तिनीसँगै गए । 4) केही दिनपछि, अम्मोनका मानिसहरूले इस्राएलको विरुद्ध युद्ध सुरु गरे । 5) जब अम्मोनका मानिसहरूले इस्राएलको विरुद्ध युद्ध गरे, तब गिलादका एल्डरहरू तोब देशबाट यिप्तालाई फर्काएर ल्याउनको निम्ति त्यहाँ गए । 6) तिनीहरूले यिप्तालाई भने, “आउनुहोस् र हाम्रो अगुवा हुनुहोस् ताकि हामी अम्मोनका मानिहरूसँग युद्ध लड्न सकौं ।” 7) यिप्ताले गिलादका अगुवाहरूलाई भने, “तपाईंहरूले मलाई हेला गर्नुभयो र मेरो पिताको घर छोडेर जान मलाई बाध्ये पार्नुभयो । अब तपाईंहरू समस्यामा पर्नुहुँदा चाहिं तपाईंहरू मकहाँ किन आउनुहुन्छ?” 8) गिलादका अगुवाहरूले यिप्तालाई भने, “त्यसकारण अब हामी तपाईंकहाँ फर्केका छौं । हामीसँग आउनुहोस् र अम्मोनका मानिसहरूसँग युद्ध गर्नुहोस्, र तपाईं नै गिलादमा बस्ने सबैका अगुवा हुनुहुनेछ ।” 9) यिप्ताले गिलादका अगुवाहरूलाई भने, “अम्मोनका मानिसहरूसँग युद्ध गर्नलाई तपाईंहरूले मलाई फेरि घर लानुभयो भने, र परमप्रभुले हामीलाई तिनीहरूमाथि विजय दिनुभयो भने, म तपाईंहरूका अगुवा हुनेछु ।” 10) गिलादका अगुवाहरूले यिप्तालाई भने, “हामीले जस्तो भन्छौं त्यस्तै गरेनौं भने हाम्रा बिचमा परमप्रभु नै साक्षी हुनुहुन्छ!” 11) यसैले यिप्ता गिलादका अगुवाहरूसँग गए, र मानिसहरूले तिनलाई आफूमाथि अगुवा र कमाण्डर बनाए । जब यिप्ता मिस्पामा परमप्रभुको सामु थिए, तब तिनले आफूले गरेका सबै प्रतिज्ञाहरू दोहोर्याए । 12) अनि यिप्ताले अम्मोनका मानिसहरूका राजाकहाँ यसो भनेर दूतहरू पठाए, “हाम्रा बिचमा के कुराले द्वन्द भएको हो? हाम्रो देश कब्जा गर्न सेनासित तपाईं किन आउनुभएको छ?” 13) अम्मोनका मानिसहरूका राजाले यिप्ताका दूतहरूलाई जवाफ दिए, “किनभने जब इस्राएल मिश्रदेशबाट आए, तब तिनीहरूले मेरो देशलाई अर्नोनदेखि यब्बोक हुँदै यर्दनसम्म कब्जा गरे । अब शान्तिसित ती जमिन फिर्ता दिनुहोस् ।” 14) फेरि यिप्ताले अम्मोनका मानिसहरूका राजाकहाँ दूतहरू पठाए, 15) र तिनले भने, “यिप्ता यसो भन्छन्: इस्राएलले मोआब देश र अम्मोनका मानिसहरूका देशलाई लिएको थिएन, 16) तर तिनीहरू मिश्रदेशबाट आए, र इस्राएल उजाड-स्थान हुँदै लाल समुद्रमा र कादेशमा गए । 17) जब इस्राएलले यसो भनेर एदोमका राजालाई दूतहरू पठाए, ‘कृपया हामीलाई तपाईंको देशबाट भएर जान दिनुहोस्,’ एदोमका राजाले सुनेनन् । तिनीहरूले मोआबका राजाकहाँ पनि दूतहरू पठाए, तर तिनले इन्कार गरे । यसरी इस्राएलचाहिं कादेशमा नै बसे । 18) त्यसपछि तिनीहरू उजाड-स्थानबाट गए र एदोम र मोआबको देशबाट टाढा गए, र तिनीहरू मोआब देशको पूर्वी ठाउँ हुँदै हिंडे र तिनीहरूले अर्नोनको अर्कोपट्टि छाउनी हाले । तर तिनीहरू मोआबको सिमानाभित्र गएनन्, किनकि अर्नोनचाहिं मोआबको सिमानामा थियो । 19) इस्राएलले हेश्बोनमा राज्य गर्ने एमोरीहरूका राजा सीहोनकहाँ दूतहरू पठाए । इस्राएलले उनलाई भने, ‘कृपया हामीलाई आफ्नो देशमा जानलाई तपाईंको देशको बाटो भएर जान दिनुहोस् ।’ 20) तर आफ्नो सिमानाभित्रबाट जानको निम्ति सीहोनले इस्राएलमाथि विश्वास गरेनन् । यसैले सीहोनले आफ्ना सबै सेना जाम्मा गरे र उनले तिनीहरूलाई यहसामा लगे, र त्यहाँ उनले इस्राएलको विरुद्ध युद्ध गरे । 21) तब इस्राएलका परमप्रभु परमेश्वरले सीहोन र तिनका सारा मानिसलाई इस्राएलको हातमा दिनुभयो र तिनीहरूले उनीहरूलाई परास्त गरे । यसैले इस्राएलले एमोरीहरूको देशको सबै जमिन अधिकार गरे । 22) तिनीहरूले एमोरीहरूका सिमानाभित्र अर्नोनदेखि यब्बोकसम्म, र उजाड-स्थानदेखि यर्दनसम्म हरेक कुरामा अधीन गरे । 23) यसरी इस्राएलका परमप्रभु परमेश्वरले आफ्ना मानिस इस्राएलको सामुबाट एमोरीहरूलाई खेद्नुभएको हो, र के तपाईं अब उनीहरूको देशमाथि अधिकार गर्नुहुन्छ? 24) के तपाईंहरूका देवता कमोशले तपाईंहरूलाई जुन देश दिन्छन्, त्यही तपाईंहरू लिनुहुन्छ होइन र? यसैले हाम्रा परमप्रभु परमेश्वरले जुन देश हामीलाई दिनुभएको छ, त्यो हामी अधिकार गर्छौं । 25) के अब तपाईं मोआबका राजा, सिप्पोरका छोरा बालकभन्दा असल हुनुहुन्छ र? के तिनले इस्राएलसँग बहस गर्ने आँट गरे? 26) जब इस्राएल हेश्बोन र त्यसका गाउँहरू, र अरोएर र त्यसका गाउँहरू, र अर्नोनका किनारका सबै सहरहरूमा तिन सय वर्षसम्म बसोबास गर्दा, तपाईंहरूले किन त्यस बेला ती फिर्ता लिनुभएन? 27) मैले तपाईंहरूलाई केही गलत गरेको छैनँ, तर तपाईंहरूले मलाई आक्रमण गरेर मेरो खराबी गर्दै हुनुहुन्छ । न्यायकर्ता परमप्रभुले नै आज इस्राएलका मानिस र अम्मोनका मानिसहरूका बिचमा निर्णय गर्नुहुनेछ ।” 28) तर अम्मोनका मानिसहरूका राजाले यिप्ताले पठाएका चेतावनीलाई इन्कार गरे । 29) तब परमप्रभुको आत्मा यिप्तामाथि आउनुभयो, र तिनी गिलाद र मनश्शेबाट भएर गए, र गिलादको मिस्पाबाट भएर तिनी अम्मोनका मानिसहरूकहाँ पुगे । 30) यिप्ताले परमप्रभुसँग एउटा बाकल गरे र भने, “तपाईंले मलाई अम्मोनका मानिसहरूमाथि विजय दिनुभयो भने, 31) अम्मोनका मानिसहरूबाट म शान्तमा फर्केर आउँदा मेरा घरको ढोकाहरूबाट मलाई भेट्न जेसुकै कुरा बाहिर आए पनि त्यो परमप्रभुको हुनेछ, र त्यसलाई म होमबलिको रूपमा चढाउनेछु ।” 32) यसैले अम्मोनीहरूसँग युद्ध गर्न यिप्ता तिनीहरूकहाँ गए, र परमप्रभुले उनलाई विजय दिनुभयो । 33) तिनले तिनीहरूलाई आक्रमण गरे र अरोएरदेखि मिन्नीतसम्म बिसवटा सहर र हाबिल-करमीमसम्म ठुलो सङ्ख्यामा मारे । यसरी अम्मोनका मानिसहरूलाई इस्राएलका मानिसहरूको अधीनमा पारे । 34) यिप्ता आफ्नो घर मिस्पामा आए र त्यहाँ तिनकी छोरी तिनलाई भेट्न खैंजडी बजाउँदै र नाच्दै बाहिर आइन् । यिनी तिनकी एक मात्र छोरी थिइन्, र यिनीबाहेक तिनको अरू छोरा वा छोरी थिएन । 35) तिनले उनलाई देख्नेबित्तिकै, तिनले आफ्ना लुगाहरू च्याते र भने, “ओहो, मेरी छोरी! तिमीले मलाई दुःखले चुर पारेकी छ्यौ, र मलाई कष्ट दिने एउटा कारण तिमी भएकी छ्यौ! किनकि मैले परमप्रभुसँग एउटा भाकल गरेको छु, र मेरो भाकलबाट म पछि हट्न सक्दिनँ ।” 36) उनले तिनलाई भनिन्, “मेरा बुबा, तपाईंले परमप्रभुसँग भाकल गर्नुभएको छ, तपाईंले प्रतिज्ञा गर्नुभएको हरेक कुरा मलाई गर्नुहोस्, किनभने परमप्रभुले तपाईंका शत्रु अम्मोनीहरूसँग बदला लिनुभएको छ ।” 37) उनले आफ्नो बुबालाई भनिन्, “मेरो निम्ति यो प्रतिज्ञा पुरा होस् । मलाई दुई महिनाको लागि मात्र छोडिदिनुहोस्, ताकि म र मेरा सहेलीहरू तल पहाडहरूमा जान र आफ्नो कुमारी अवस्थाको मृत्युको निम्ति शोक पाऊँ ।” 38) तिनले भने, “जाऊ ।” तिनले उनलाई दुई महिनाको निम्ति पठाइदिए । उनी र उनका सहेलीहरू तिनीसँग बिदा भए, र तिनीहरूले उनको कुमारी अवस्थाको मृत्युको निम्ति पहाडहरूमा शोक गरे । 39) दुई महिनाको अन्त्यमा उनी आफ्ना बुबाकहाँ फर्किन्, र आफूले गरेको भाकलअनुसार तिनले उनलाई गरे । यति बेलासम्म उनले कुनै मानिससित सहवास गरेकी थिइनन्, र इस्राएलमा एउटा यस्तो प्रचलन बन्यो, 40) कि हरेक वर्ष इस्राएलका छोरीहरूले चार दिनसम्म गिलादी यिप्ताकी छोरीको कथालाई दोहोर्याउने गर्थे । Additional comments?
Refresh Captcha
The world's first Holy Bible un-translation!