< न्यायकर्ताहरू 11 >
1 गिलादी यिप्ता एक जना शक्तिशाली योद्धा थिए, तर तिनी एक जना वेश्याका छोरा थिए । गिलाद तिनका पिता थिए ।
基列人耶弗他是個大能的勇士,是妓女的兒子。耶弗他是基列所生的。
2 गिलादकी पत्नीले पनि तिनका निम्ति अरू छोराहरू जन्माइन् । जब तिनकी पत्नीकी छोराहरू हुर्के, तिनीहरूले यिप्तालाई घर छोड्न बाध्य पारे र तिनलाई भने, “हाम्रो परिवारबाट तैंले केही पनि पैतृक अंश पाउनेछैनस् । तँ अर्कै स्त्रीको छोरा होस् ।”
基列的妻也生了幾個兒子:他妻所生的兒子長大了,就趕逐耶弗他,說:「你不可在我們父家承受產業,因為你是妓女的兒子。」
3 यसैले यिप्ता आफ्ना दाजुभाइबाट भागे र तोब देशमा बसोबास गरे । हुर्दुङ्गे मानिसहरू यिप्तासँग मिले र उनीहरू आए र तिनीसँगै गए ।
耶弗他就逃避他的弟兄,去住在陀伯地,有些匪徒到他那裏聚集,與他一同出入。
4 केही दिनपछि, अम्मोनका मानिसहरूले इस्राएलको विरुद्ध युद्ध सुरु गरे ।
過了些日子,亞捫人攻打以色列。
5 जब अम्मोनका मानिसहरूले इस्राएलको विरुद्ध युद्ध गरे, तब गिलादका एल्डरहरू तोब देशबाट यिप्तालाई फर्काएर ल्याउनको निम्ति त्यहाँ गए ।
亞捫人攻打以色列的時候,基列的長老到陀伯地去,要叫耶弗他回來;
6 तिनीहरूले यिप्तालाई भने, “आउनुहोस् र हाम्रो अगुवा हुनुहोस् ताकि हामी अम्मोनका मानिहरूसँग युद्ध लड्न सकौं ।”
對耶弗他說:「請你來作我們的元帥,我們好與亞捫人爭戰。」
7 यिप्ताले गिलादका अगुवाहरूलाई भने, “तपाईंहरूले मलाई हेला गर्नुभयो र मेरो पिताको घर छोडेर जान मलाई बाध्ये पार्नुभयो । अब तपाईंहरू समस्यामा पर्नुहुँदा चाहिं तपाईंहरू मकहाँ किन आउनुहुन्छ?”
耶弗他回答基列的長老說:「從前你們不是恨我、趕逐我出離父家嗎?現在你們遭遇急難為何到我這裏來呢?」
8 गिलादका अगुवाहरूले यिप्तालाई भने, “त्यसकारण अब हामी तपाईंकहाँ फर्केका छौं । हामीसँग आउनुहोस् र अम्मोनका मानिसहरूसँग युद्ध गर्नुहोस्, र तपाईं नै गिलादमा बस्ने सबैका अगुवा हुनुहुनेछ ।”
基列的長老回答耶弗他說:「現在我們到你這裏來,是要你同我們去,與亞捫人爭戰;你可以作基列一切居民的領袖。」
9 यिप्ताले गिलादका अगुवाहरूलाई भने, “अम्मोनका मानिसहरूसँग युद्ध गर्नलाई तपाईंहरूले मलाई फेरि घर लानुभयो भने, र परमप्रभुले हामीलाई तिनीहरूमाथि विजय दिनुभयो भने, म तपाईंहरूका अगुवा हुनेछु ।”
耶弗他對基列的長老說:「你們叫我回去,與亞捫人爭戰,耶和華把他交給我,我可以作你們的領袖嗎?」
10 गिलादका अगुवाहरूले यिप्तालाई भने, “हामीले जस्तो भन्छौं त्यस्तै गरेनौं भने हाम्रा बिचमा परमप्रभु नै साक्षी हुनुहुन्छ!”
基列的長老回答耶弗他說:「有耶和華在你我中間作見證,我們必定照你的話行。」
11 यसैले यिप्ता गिलादका अगुवाहरूसँग गए, र मानिसहरूले तिनलाई आफूमाथि अगुवा र कमाण्डर बनाए । जब यिप्ता मिस्पामा परमप्रभुको सामु थिए, तब तिनले आफूले गरेका सबै प्रतिज्ञाहरू दोहोर्याए ।
於是耶弗他同基列的長老回去,百姓就立耶弗他作領袖、作元帥。耶弗他在米斯巴將自己的一切話陳明在耶和華面前。
12 अनि यिप्ताले अम्मोनका मानिसहरूका राजाकहाँ यसो भनेर दूतहरू पठाए, “हाम्रा बिचमा के कुराले द्वन्द भएको हो? हाम्रो देश कब्जा गर्न सेनासित तपाईं किन आउनुभएको छ?”
耶弗他打發使者去見亞捫人的王,說:「你與我有甚麼相干,竟來到我國中攻打我呢?」
13 अम्मोनका मानिसहरूका राजाले यिप्ताका दूतहरूलाई जवाफ दिए, “किनभने जब इस्राएल मिश्रदेशबाट आए, तब तिनीहरूले मेरो देशलाई अर्नोनदेखि यब्बोक हुँदै यर्दनसम्म कब्जा गरे । अब शान्तिसित ती जमिन फिर्ता दिनुहोस् ।”
亞捫人的王回答耶弗他的使者說:「因為以色列人從埃及上來的時候佔據我的地,從亞嫩河到雅博河,直到約旦河。現在你要好好地將這地歸還吧!」
14 फेरि यिप्ताले अम्मोनका मानिसहरूका राजाकहाँ दूतहरू पठाए,
耶弗他又打發使者去見亞捫人的王,
15 र तिनले भने, “यिप्ता यसो भन्छन्: इस्राएलले मोआब देश र अम्मोनका मानिसहरूका देशलाई लिएको थिएन,
對他說:「耶弗他如此說,以色列人並沒有佔據摩押地和亞捫人的地。
16 तर तिनीहरू मिश्रदेशबाट आए, र इस्राएल उजाड-स्थान हुँदै लाल समुद्रमा र कादेशमा गए ।
以色列人從埃及上來乃是經過曠野到紅海,來到加低斯,
17 जब इस्राएलले यसो भनेर एदोमका राजालाई दूतहरू पठाए, ‘कृपया हामीलाई तपाईंको देशबाट भएर जान दिनुहोस्,’ एदोमका राजाले सुनेनन् । तिनीहरूले मोआबका राजाकहाँ पनि दूतहरू पठाए, तर तिनले इन्कार गरे । यसरी इस्राएलचाहिं कादेशमा नै बसे ।
就打發使者去見以東王,說:『求你容我從你的地經過。』以東王卻不應允。又照樣打發使者去見摩押王,他也不允准。以色列人就住在加低斯。
18 त्यसपछि तिनीहरू उजाड-स्थानबाट गए र एदोम र मोआबको देशबाट टाढा गए, र तिनीहरू मोआब देशको पूर्वी ठाउँ हुँदै हिंडे र तिनीहरूले अर्नोनको अर्कोपट्टि छाउनी हाले । तर तिनीहरू मोआबको सिमानाभित्र गएनन्, किनकि अर्नोनचाहिं मोआबको सिमानामा थियो ।
他們又經過曠野,繞着以東和摩押地,從摩押地的東邊過來,在亞嫩河邊安營,並沒有入摩押的境內,因為亞嫩河是摩押的邊界。
19 इस्राएलले हेश्बोनमा राज्य गर्ने एमोरीहरूका राजा सीहोनकहाँ दूतहरू पठाए । इस्राएलले उनलाई भने, ‘कृपया हामीलाई आफ्नो देशमा जानलाई तपाईंको देशको बाटो भएर जान दिनुहोस् ।’
以色列人打發使者去見亞摩利王西宏,就是希實本的王,對他說:『求你容我們從你的地經過,往我們自己的地方去。』
20 तर आफ्नो सिमानाभित्रबाट जानको निम्ति सीहोनले इस्राएलमाथि विश्वास गरेनन् । यसैले सीहोनले आफ्ना सबै सेना जाम्मा गरे र उनले तिनीहरूलाई यहसामा लगे, र त्यहाँ उनले इस्राएलको विरुद्ध युद्ध गरे ।
西宏卻不信服以色列人,不容他們經過他的境界,乃招聚他的眾民在雅雜安營,與以色列人爭戰。
21 तब इस्राएलका परमप्रभु परमेश्वरले सीहोन र तिनका सारा मानिसलाई इस्राएलको हातमा दिनुभयो र तिनीहरूले उनीहरूलाई परास्त गरे । यसैले इस्राएलले एमोरीहरूको देशको सबै जमिन अधिकार गरे ।
耶和華-以色列的上帝將西宏和他的眾民都交在以色列人手中,以色列人就擊殺他們,得了亞摩利人的全地:
22 तिनीहरूले एमोरीहरूका सिमानाभित्र अर्नोनदेखि यब्बोकसम्म, र उजाड-स्थानदेखि यर्दनसम्म हरेक कुरामा अधीन गरे ।
從亞嫩河到雅博河,從曠野直到約旦河。
23 यसरी इस्राएलका परमप्रभु परमेश्वरले आफ्ना मानिस इस्राएलको सामुबाट एमोरीहरूलाई खेद्नुभएको हो, र के तपाईं अब उनीहरूको देशमाथि अधिकार गर्नुहुन्छ?
耶和華-以色列的上帝在他百姓以色列面前趕出亞摩利人,你竟要得他們的地嗎?
24 के तपाईंहरूका देवता कमोशले तपाईंहरूलाई जुन देश दिन्छन्, त्यही तपाईंहरू लिनुहुन्छ होइन र? यसैले हाम्रा परमप्रभु परमेश्वरले जुन देश हामीलाई दिनुभएको छ, त्यो हामी अधिकार गर्छौं ।
你的神基抹所賜你的地你不是得為業嗎?耶和華-我們的上帝在我們面前所趕出的人,我們就得他的地。
25 के अब तपाईं मोआबका राजा, सिप्पोरका छोरा बालकभन्दा असल हुनुहुन्छ र? के तिनले इस्राएलसँग बहस गर्ने आँट गरे?
難道你比摩押王西撥的兒子巴勒還強嗎?他曾與以色列人爭競,或是與他們爭戰嗎?
26 जब इस्राएल हेश्बोन र त्यसका गाउँहरू, र अरोएर र त्यसका गाउँहरू, र अर्नोनका किनारका सबै सहरहरूमा तिन सय वर्षसम्म बसोबास गर्दा, तपाईंहरूले किन त्यस बेला ती फिर्ता लिनुभएन?
以色列人住希實本和屬希實本的鄉村,亞羅珥和屬亞羅珥的鄉村,並沿亞嫩河的一切城邑,已經有三百年了;在這三百年之內,你們為甚麼沒有取回這些地方呢?
27 मैले तपाईंहरूलाई केही गलत गरेको छैनँ, तर तपाईंहरूले मलाई आक्रमण गरेर मेरो खराबी गर्दै हुनुहुन्छ । न्यायकर्ता परमप्रभुले नै आज इस्राएलका मानिस र अम्मोनका मानिसहरूका बिचमा निर्णय गर्नुहुनेछ ।”
原來我沒有得罪你,你卻攻打我,惡待我。願審判人的耶和華今日在以色列人和亞捫人中間判斷是非。」
28 तर अम्मोनका मानिसहरूका राजाले यिप्ताले पठाएका चेतावनीलाई इन्कार गरे ।
但亞捫人的王不肯聽耶弗他打發人說的話。
29 तब परमप्रभुको आत्मा यिप्तामाथि आउनुभयो, र तिनी गिलाद र मनश्शेबाट भएर गए, र गिलादको मिस्पाबाट भएर तिनी अम्मोनका मानिसहरूकहाँ पुगे ।
耶和華的靈降在耶弗他身上,他就經過基列和瑪拿西,來到基列的米斯巴,又從米斯巴來到亞捫人那裏。
30 यिप्ताले परमप्रभुसँग एउटा बाकल गरे र भने, “तपाईंले मलाई अम्मोनका मानिसहरूमाथि विजय दिनुभयो भने,
耶弗他就向耶和華許願,說:「你若將亞捫人交在我手中,
31 अम्मोनका मानिसहरूबाट म शान्तमा फर्केर आउँदा मेरा घरको ढोकाहरूबाट मलाई भेट्न जेसुकै कुरा बाहिर आए पनि त्यो परमप्रभुको हुनेछ, र त्यसलाई म होमबलिको रूपमा चढाउनेछु ।”
我從亞捫人那裏平平安安回來的時候,無論甚麼人,先從我家門出來迎接我,就必歸你,我也必將他獻上為燔祭。」
32 यसैले अम्मोनीहरूसँग युद्ध गर्न यिप्ता तिनीहरूकहाँ गए, र परमप्रभुले उनलाई विजय दिनुभयो ।
於是耶弗他往亞捫人那裏去,與他們爭戰;耶和華將他們交在他手中,
33 तिनले तिनीहरूलाई आक्रमण गरे र अरोएरदेखि मिन्नीतसम्म बिसवटा सहर र हाबिल-करमीमसम्म ठुलो सङ्ख्यामा मारे । यसरी अम्मोनका मानिसहरूलाई इस्राएलका मानिसहरूको अधीनमा पारे ।
他就大大殺敗他們,從亞羅珥到米匿,直到亞備勒‧基拉明,攻取了二十座城。這樣亞捫人就被以色列人制伏了。
34 यिप्ता आफ्नो घर मिस्पामा आए र त्यहाँ तिनकी छोरी तिनलाई भेट्न खैंजडी बजाउँदै र नाच्दै बाहिर आइन् । यिनी तिनकी एक मात्र छोरी थिइन्, र यिनीबाहेक तिनको अरू छोरा वा छोरी थिएन ।
耶弗他回米斯巴到了自己的家,不料,他女兒拿着鼓跳舞出來迎接他,是他獨生的,此外無兒無女。
35 तिनले उनलाई देख्नेबित्तिकै, तिनले आफ्ना लुगाहरू च्याते र भने, “ओहो, मेरी छोरी! तिमीले मलाई दुःखले चुर पारेकी छ्यौ, र मलाई कष्ट दिने एउटा कारण तिमी भएकी छ्यौ! किनकि मैले परमप्रभुसँग एउटा भाकल गरेको छु, र मेरो भाकलबाट म पछि हट्न सक्दिनँ ।”
耶弗他看見她,就撕裂衣服,說:「哀哉!我的女兒啊,你使我甚是愁苦,叫我作難了;因為我已經向耶和華開口許願,不能挽回。」
36 उनले तिनलाई भनिन्, “मेरा बुबा, तपाईंले परमप्रभुसँग भाकल गर्नुभएको छ, तपाईंले प्रतिज्ञा गर्नुभएको हरेक कुरा मलाई गर्नुहोस्, किनभने परमप्रभुले तपाईंका शत्रु अम्मोनीहरूसँग बदला लिनुभएको छ ।”
他女兒回答說:「父啊,你既向耶和華開口,就當照你口中所說的向我行,因耶和華已經在仇敵亞捫人身上為你報仇」;
37 उनले आफ्नो बुबालाई भनिन्, “मेरो निम्ति यो प्रतिज्ञा पुरा होस् । मलाई दुई महिनाको लागि मात्र छोडिदिनुहोस्, ताकि म र मेरा सहेलीहरू तल पहाडहरूमा जान र आफ्नो कुमारी अवस्थाको मृत्युको निम्ति शोक पाऊँ ।”
又對父親說:「有一件事求你允准:容我去兩個月,與同伴在山上,好哀哭我終為處女。」
38 तिनले भने, “जाऊ ।” तिनले उनलाई दुई महिनाको निम्ति पठाइदिए । उनी र उनका सहेलीहरू तिनीसँग बिदा भए, र तिनीहरूले उनको कुमारी अवस्थाको मृत्युको निम्ति पहाडहरूमा शोक गरे ।
耶弗他說:「你去吧!」就容她去兩個月。她便和同伴去了,在山上為她終為處女哀哭。
39 दुई महिनाको अन्त्यमा उनी आफ्ना बुबाकहाँ फर्किन्, र आफूले गरेको भाकलअनुसार तिनले उनलाई गरे । यति बेलासम्म उनले कुनै मानिससित सहवास गरेकी थिइनन्, र इस्राएलमा एउटा यस्तो प्रचलन बन्यो,
兩月已滿,她回到父親那裏,父親就照所許的願向她行了。女兒終身沒有親近男子。
40 कि हरेक वर्ष इस्राएलका छोरीहरूले चार दिनसम्म गिलादी यिप्ताकी छोरीको कथालाई दोहोर्याउने गर्थे ।
此後以色列中有個規矩,每年以色列的女子去為基列人耶弗他的女兒哀哭四天。