< अय्यूब 5 >
1 अहिले बोलाउनुहोस् । तपाईंलाई जवाफ दिने कुनै व्यक्ति छ? पवित्र मानिसहरूमध्ये कुनतिर तपाईं फर्कनुहुनेछ?
你且呼求,有谁答应你? 诸圣者之中,你转向哪一位呢?
2 किनकि मूर्ख मानिसलाई रिसले मार्छ। सजिलै छलमा पर्नेलाई ईर्ष्याले मार्छ ।
忿怒害死愚妄人; 嫉妒杀死痴迷人。
3 मूर्ख व्यक्तिले जरा गाडेको मैले देखेको छु, तर मैले एक्कासि त्यसको घरलाई सराप दिएँ ।
我曾见愚妄人扎下根, 但我忽然咒诅他的住处。
4 त्यसका छोराछोरी बिल्कुलै सुरक्षित छैनन् । तिनीहरू सहरको मूल ढोकामा कुल्चिमिल्ची पारिएका छन् । तिनीहरूलाई छुटकारा दिने कोही छैन ।
他的儿女远离稳妥的地步, 在城门口被压,并无人搭救。
5 भोकाएकाहरूले आफ्नो फसल खान्छन् । तिनीहरूले त्यसलाई काँढाहरूका बिचबाट पनि बटुल्छन् । तिर्खाएकाहरूले आफ्नो धन-सम्पत्तिको तृष्णा गर्छन् ।
他的庄稼有饥饿的人吃尽了, 就是在荆棘里的也抢去了; 他的财宝有网罗张口吞灭了。
6 किनकि कठिनाइ माटोबाट आउँदैन । न त भुइँबाट समस्या उम्रन्छ ।
祸患原不是从土中出来; 患难也不是从地里发生。
7 बरु, मानव-जाति कष्टकै लागि जन्मन्छन्, जसरी आगोको झिल्काहरू माथि उड्छन् ।
人生在世必遇患难, 如同火星飞腾。
8 तर मेरो बारेमा, स्वयम् परमेश्वरकहाँ नै म फर्कन्छु । उहाँमा नै म आफ्नो गुनासो समर्पित गर्छु—
至于我,我必仰望 神, 把我的事情托付他。
9 महान् अनि अगम्य कुराहरू गर्नुहुने, अनगिन्ती उदेकका कामहरू गर्नुहुने उहाँ नै हुनुहुन्छ ।
他行大事不可测度, 行奇事不可胜数:
10 उहाँले पृथ्वीमा वृष्टि दिनुहुन्छ, र खेतबारीमा पानी पठाउनुहुन्छ ।
降雨在地上, 赐水于田里;
11 नम्रहरूलाई उच्च स्थानमा राख्नलाई अनि शोक गर्नेहरूलाई सुरक्षित उचाल्नलाई उहाँले यसो गर्नुहुन्छ ।
将卑微的安置在高处, 将哀痛的举到稳妥之地;
12 धूर्त मानिसहरूका हातले सफलता नपाओस् भनेर, उहाँले तिनीहरूका योजनाहरूलाई विफल तुल्याउनुहुन्छ ।
破坏狡猾人的计谋, 使他们所谋的不得成就。
13 उहाँले बुद्धिमान् मानिसहरूलाई तिनीहरूका आफ्नै धूर्त कामहरूमा पासोमा पार्नुहुन्छ । टेडा मानिसहरूका योजनाहरू अन्त्यको लागि हतारिन्छन् ।
他叫有智慧的中了自己的诡计, 使狡诈人的计谋速速灭亡。
14 तिनीहरूले दिउँसै अन्धकार भेट्टाउँछन्, अनि मध्यदिनमा पनि रातमा झैं छामेर हिंड्छन् ।
他们白昼遇见黑暗, 午间摸索如在夜间。
15 तर उहाँले गरिबहरूलाई तिनीहरूको मुखमा भएको तरवारदेखि र खाँचोमा परेकालाई शक्तिशाली मानिसहरूको हातबाट बचाउनुहुन्छ ।
神拯救穷乏人 脱离他们口中的刀和强暴人的手。
16 त्यसैले गरिब मानिसको आशा छ, र अन्यायले त्यसको आफ्नै मुख बन्द गर्छ ।
这样,贫寒的人有指望, 罪孽之辈必塞口无言。
17 हेर, त्यो मानिस धन्यको हो, जसलाई परमेश्वरले सुधार्नुहुन्छ । त्यसकारण सर्वशक्तिमान्को ताडनालाई इन्कार नगर ।
神所惩治的人是有福的! 所以你不可轻看全能者的管教。
18 किनकि उहाँले चोट पुर्याउनुहुन्छ, र पट्टी बाँध्नुहुन्छ । उहाँले चोट पुर्याउनुहुन्छ र आफ्नै हातले निको पार्नुहुन्छ ।
因为他打破,又缠裹; 他击伤,用手医治。
19 उहाँले तपाईंलाई छवटा कष्टबाट छुटकारा दिनुहुनेछ । वास्तवमा सातौं कष्टमा पनि कुनै दुष्ट्याइँले तपाईंलाई छुँदैन ।
你六次遭难,他必救你; 就是七次,灾祸也无法害你。
20 अनिकालको समयमा मृत्युबाट मोल तिरेर, र युद्धमा तरवारको हातबाट उहाँले तपाईंलाई छुटाउनुहुनेछ ।
在饥荒中,他必救你脱离死亡; 在争战中,他必救你脱离刀剑的权力。
21 झूट बोल्ने जिब्रोको कोर्राबाट तपाईंलाई लुकाइनेछ, र जब विनाश आउँछ, तब तपाईं त्यसबाट डराउनुहुनेछैन ।
你必被隐藏,不受口舌之害; 灾殃临到,你也不惧怕。
22 विनाश र अनिकाल देखेर तपाईं हास्नुहुनेछ, अनि पृथ्वीका जङ्गली जनावरहरूदेखि तपाईं डराउनुहुनेछैनौ ।
你遇见灾害饥馑,就必嬉笑; 地上的野兽,你也不惧怕。
23 किनकि तपाईंको खेतमा भएका ढुङ्गाहरूसित तपाईंले करार बाँध्नुहुनेछ, र वनका पशुहरू तपाईंसित मिलापमा रहनेछन् ।
因为你必与田间的石头立约; 田里的野兽也必与你和好。
24 तपाईंको पाल सुरक्षित छ भनी तपाईंले जान्नुहुनेछ । तपाईं आफ्नो भेडी-गोठ हेर्न जानुहुनेछ र एउटा पनि नहराएको तपाईंले पाउनुहुनेछैन ।
你必知道你帐棚平安, 要查看你的羊圈,一无所失;
25 तपाईंले यो जान्नुहुनेछ, तपाईंको सन्तान महान् हुनेछ, तपाईंका छोराछोरी जमिनको घाँसझैं हुनेछन् ।
也必知道你的后裔将来发达, 你的子孙像地上的青草。
26 तपाईं आफ्नो चिहानमा पूरा बढो भएर आउनुहुनेछ । जसरी आफ्नो समयमा अन्नका मुट्ठाहरूको चाङ हुनेछ ।
你必寿高年迈才归坟墓, 好像禾捆到时收藏。
27 हेर्नुहोस्, हामीले यस विषयलाई जाँच गरेका छौं । यो यस्तो छ । यसलाई सुन्नुहोस् र आफ्नै निम्ति यसलाई चिन्नुहोस् ।”
这理,我们已经考察,本是如此。 你须要听,要知道是与自己有益。