Preface
Read
+
Publisher
Nainoia, Inc.
PO Box 462, Bellefonte, PA 16823
(814) 470-8028
Nainoia Inc, Publisher
LinkedIn/NAINOIA-INC
Third Party Publisher Resources
Request Custom Formatted Verses
Please contact us below
Submit your proposed corrections
I understand that the Aionian Bible republishes public domain and Creative Commons Bible texts and that volunteers may be needed to present the original text accurately. I also understand that apocryphal text is removed and most variant verse numbering is mapped to the English standard. I have entered my corrections under the verse(s) below. Proposed corrections to the Nepali Bible, Job Chapter 5 https://www.AionianBible.org/Bibles/Nepali---Nepali-Bible/Job/5 1) अहिले बोलाउनुहोस् । तपाईंलाई जवाफ दिने कुनै व्यक्ति छ? पवित्र मानिसहरूमध्ये कुनतिर तपाईं फर्कनुहुनेछ? 2) किनकि मूर्ख मानिसलाई रिसले मार्छ। सजिलै छलमा पर्नेलाई ईर्ष्याले मार्छ । 3) मूर्ख व्यक्तिले जरा गाडेको मैले देखेको छु, तर मैले एक्कासि त्यसको घरलाई सराप दिएँ । 4) त्यसका छोराछोरी बिल्कुलै सुरक्षित छैनन् । तिनीहरू सहरको मूल ढोकामा कुल्चिमिल्ची पारिएका छन् । तिनीहरूलाई छुटकारा दिने कोही छैन । 5) भोकाएकाहरूले आफ्नो फसल खान्छन् । तिनीहरूले त्यसलाई काँढाहरूका बिचबाट पनि बटुल्छन् । तिर्खाएकाहरूले आफ्नो धन-सम्पत्तिको तृष्णा गर्छन् । 6) किनकि कठिनाइ माटोबाट आउँदैन । न त भुइँबाट समस्या उम्रन्छ । 7) बरु, मानव-जाति कष्टकै लागि जन्मन्छन्, जसरी आगोको झिल्काहरू माथि उड्छन् । 8) तर मेरो बारेमा, स्वयम् परमेश्वरकहाँ नै म फर्कन्छु । उहाँमा नै म आफ्नो गुनासो समर्पित गर्छु— 9) महान् अनि अगम्य कुराहरू गर्नुहुने, अनगिन्ती उदेकका कामहरू गर्नुहुने उहाँ नै हुनुहुन्छ । 10) उहाँले पृथ्वीमा वृष्टि दिनुहुन्छ, र खेतबारीमा पानी पठाउनुहुन्छ । 11) नम्रहरूलाई उच्च स्थानमा राख्नलाई अनि शोक गर्नेहरूलाई सुरक्षित उचाल्नलाई उहाँले यसो गर्नुहुन्छ । 12) धूर्त मानिसहरूका हातले सफलता नपाओस् भनेर, उहाँले तिनीहरूका योजनाहरूलाई विफल तुल्याउनुहुन्छ । 13) उहाँले बुद्धिमान् मानिसहरूलाई तिनीहरूका आफ्नै धूर्त कामहरूमा पासोमा पार्नुहुन्छ । टेडा मानिसहरूका योजनाहरू अन्त्यको लागि हतारिन्छन् । 14) तिनीहरूले दिउँसै अन्धकार भेट्टाउँछन्, अनि मध्यदिनमा पनि रातमा झैं छामेर हिंड्छन् । 15) तर उहाँले गरिबहरूलाई तिनीहरूको मुखमा भएको तरवारदेखि र खाँचोमा परेकालाई शक्तिशाली मानिसहरूको हातबाट बचाउनुहुन्छ । 16) त्यसैले गरिब मानिसको आशा छ, र अन्यायले त्यसको आफ्नै मुख बन्द गर्छ । 17) हेर, त्यो मानिस धन्यको हो, जसलाई परमेश्वरले सुधार्नुहुन्छ । त्यसकारण सर्वशक्तिमान्को ताडनालाई इन्कार नगर । 18) किनकि उहाँले चोट पुर्याउनुहुन्छ, र पट्टी बाँध्नुहुन्छ । उहाँले चोट पुर्याउनुहुन्छ र आफ्नै हातले निको पार्नुहुन्छ । 19) उहाँले तपाईंलाई छवटा कष्टबाट छुटकारा दिनुहुनेछ । वास्तवमा सातौं कष्टमा पनि कुनै दुष्ट्याइँले तपाईंलाई छुँदैन । 20) अनिकालको समयमा मृत्युबाट मोल तिरेर, र युद्धमा तरवारको हातबाट उहाँले तपाईंलाई छुटाउनुहुनेछ । 21) झूट बोल्ने जिब्रोको कोर्राबाट तपाईंलाई लुकाइनेछ, र जब विनाश आउँछ, तब तपाईं त्यसबाट डराउनुहुनेछैन । 22) विनाश र अनिकाल देखेर तपाईं हास्नुहुनेछ, अनि पृथ्वीका जङ्गली जनावरहरूदेखि तपाईं डराउनुहुनेछैनौ । 23) किनकि तपाईंको खेतमा भएका ढुङ्गाहरूसित तपाईंले करार बाँध्नुहुनेछ, र वनका पशुहरू तपाईंसित मिलापमा रहनेछन् । 24) तपाईंको पाल सुरक्षित छ भनी तपाईंले जान्नुहुनेछ । तपाईं आफ्नो भेडी-गोठ हेर्न जानुहुनेछ र एउटा पनि नहराएको तपाईंले पाउनुहुनेछैन । 25) तपाईंले यो जान्नुहुनेछ, तपाईंको सन्तान महान् हुनेछ, तपाईंका छोराछोरी जमिनको घाँसझैं हुनेछन् । 26) तपाईं आफ्नो चिहानमा पूरा बढो भएर आउनुहुनेछ । जसरी आफ्नो समयमा अन्नका मुट्ठाहरूको चाङ हुनेछ । 27) हेर्नुहोस्, हामीले यस विषयलाई जाँच गरेका छौं । यो यस्तो छ । यसलाई सुन्नुहोस् र आफ्नै निम्ति यसलाई चिन्नुहोस् ।” Additional comments?
Refresh Captcha
The world's first Holy Bible un-translation!