< अय्यूब 40 >

1 परमप्रभुले अय्यूबसित निरन्‍तर बोल्‍नुभयो । उहाँले यसो भन्‍नुभयो,
ヱホバまたヨブに對へて言たまはく
2 “आलोचना गर्न चाहनेले सर्वशक्तिमान्‌लाई सुधार्ने कोसिस गर्नुपर्छ र? जसले परमेश्‍वरसित विवाद गर्छ, त्‍यसले जवाफ देओस् ।”
非難する者ヱホバと爭はんとするや 神と論ずる者これに答ふべし
3 तब अय्यूबले परमेश्‍वरलाई जवाफ दिए र यसो भने,
ヨブ是においてヱホバに答へて曰く
4 “हेर्नुहोस्, म नगण्य छु । मैले तपाईंलाई कसरी जवाफ दिन सक्छु र? म आफ्‍नो हातलाई आफ्‍नो मुखमा राख्छु ।
嗚呼われは賤しき者なり 何となんぢに答へまつらんや 唯手をわが口に當んのみ
5 मैले एकपल्‍ट बोलें, अनि म अब जवाफ दिने छैनँ । वास्तवमा दुई पकट बोलें, तर म अरू अगाडि बढनेछैनँ ।”
われ已に一度言たり 復いはじ 已に再度せり 重ねて述じ
6 तब परमप्रभुले प्रचण्ड आँधीबाट अय्यूबलाई जवाफ दिनुभयो र भन्‍नुभयो,
是に於てヱホバまた大風の中よりヨブに應へて言たまはく
7 “अब एक जना मानिसले झैं आफ्नो कम्मर कस्, किनकि म तँलाई प्रश्नहरू सोध्‍नेछु, र तैंले मलाई जवाफ दिनैपर्छ ।
なんぢ腰ひきからげて丈夫のごとくせよ 我なんぢに問ん なんぢ我にこたへよ
8 के म अन्यायी छु भनेर तँ साँच्‍चै भन्‍छस्? तैंले आफू ठिक छु भनी दाबी गर्नलाई तँ मलाई दोष लगाउँछस्?
なんぢ我審判を廢んとするや 我を非として自身を是とせんとするや
9 के तँसँग परमेश्‍वरको जस्तो पाखुरा छ? के तँ उहाँको जस्तो आवाजले गर्जन सक्छस्?
なんぢ神のごとき腕ありや 神のごとき聲をもて轟きわたらんや
10 अब महिमा र इज्‍जतले आफैलाई सुसज्‍जित पार । आदर र ऐश्‍वर्यले आफैलाई सुसोभित पार ।
さればなんぢ威光と尊貴とをもて自ら飾り 榮光と華美とをもて身に纒へ
11 तेरो रिसको झोँक छरपष्‍ट पार् । हरेक अहङ्कारीलाई हेर अनि उसलाई तल झार् ।
なんぢの溢るる震怒を洩し 高ぶる者を視とめて之をことごとく卑くせよ
12 हरेक अहङ्कारीलाई हेर अनि उसलाई तल झार् । दुष्‍ट मानिसहरू खडा भएकै ठाउँमा तिनीहरूलाई कुल्‍ची ।
すなはち高ぶる者を見てこれを盡く鞠ませ また惡人を立所に踐つけ
13 तिनीहरूलाई एकसाथ जमिनमा गाडिदे । तिनीहरूका अनुरहरूलाई लुकाइएको ठाउँमा कैद गर् ।
これを塵の中に埋め これが面を隱れたる處に閉こめよ
14 तब तेरो दाहिने हातले तँलाई बचाउन सक्दोरहेछ, भनेर म तेरो विषयमा स्वीकार गर्नेछु ।
さらば我もなんぢを讚てなんぢの右の手なんぢを救ひ得ると爲ん
15 अब मैले तँलाई बनाउँदा बनाएको बहेमोथलाई विचार गर् । एउटा गोरुले झैं त्यसले घाँस खान्छ ।
今なんぢ我がなんぢとともに造りたりし河馬を視よ 是は牛のごとく草を食ふ
16 हेर्, त्यसको बल त्यसको कम्मरमा हुन्छ । त्यसको शक्ति त्यसको पेटको मांसपेशीमा हुन्छ ।
觀よその力は腰にあり その勢力は腹の筋にあり
17 त्यसले आफ्नो पुच्छर देवदारुको रुखझैं बनाउँछ । त्यसको तिघ्राका नसाहरू कसिएका हुन्छन् ।
その尾の搖く樣は香柏のごとく その腿の筋は彼此に盤互ふ
18 त्यसका हड्‍डीहरू काँसाका नलीहरूझैं हुन्छन् । त्यसका खुट्टाहरू फलामका गजबारहरूझैं हुन्छन् ।
その骨は銅の管ごとくその肋骨は鐡の棒のごとし
19 परमेश्‍वरका सृष्‍टिहरूमध्ये त्यो मुख्य हो । त्यसलाई बनाउनुहुने परमेश्‍वरले मात्र त्यसलाई पराजित गर्न सक्‍नुहुन्छ ।
これは神の工の第一なる者にして之を造りし者これに劍を賦けたり
20 किनकि पहाडहरूले त्यसलाई खानेकुरो जुटाउँछन् । वन-पशुहरू त्यसकै नजिक खेल्छन् ।
山もこれがために食物を產出し もろもろの野獸そこに遊ぶ
21 कमलको फुलमुनि त्‍यो लुकेर बस्‍छ । निगालोको झाडीको छाया र सिमसारहरूमा त्यो लुक्छ ।
これは蓮の樹の下に臥し 葦蘆の中または沼の裏に隱れをる
22 कमलको फुलको छायाले त्‍यसलाई ढाक्‍छ । खोलाका लहरे-पीपलहरूले त्यसलाई चारैतिर घेर्छ ।
蓮の樹その蔭をもてこれを覆ひ また河の柳これを環りかこむ
23 नदीको बाडी उर्लेर किनारमा आयो भने त्यो काँप्दैन । यर्दन नदी नै उर्लेर आई त्यसको मुखमा पस्‍यो भने पनि त्यो निर्धक्‍क हुन्छ ।
たとひ河荒くなるとも驚ろかず ヨルダンその口に注ぎかかるも惶てず
24 के कसैले त्यसलाई बल्छीले पक्रन सक्छ? अथवा पासो थापेर त्यसको नाक छेड्न सक्छ?
その目の前にて誰か之を執ふるを得ん 誰か羂をその鼻に貫ぬくを得ん

< अय्यूब 40 >