Preface
Read
+
Publisher
Nainoia, Inc.
PO Box 462, Bellefonte, PA 16823
(814) 470-8028
Nainoia Inc, Publisher
LinkedIn/NAINOIA-INC
Third Party Publisher Resources
Request Custom Formatted Verses
Please contact us below
Submit your proposed corrections
I understand that the Aionian Bible republishes public domain and Creative Commons Bible texts and that volunteers may be needed to present the original text accurately. I also understand that apocryphal text is removed and most variant verse numbering is mapped to the English standard. I have entered my corrections under the verse(s) below. Proposed corrections to the Nepali Bible, Job Chapter 40 https://www.AionianBible.org/Bibles/Nepali---Nepali-Bible/Job/40 1) परमप्रभुले अय्यूबसित निरन्तर बोल्नुभयो । उहाँले यसो भन्नुभयो, 2) “आलोचना गर्न चाहनेले सर्वशक्तिमान्लाई सुधार्ने कोसिस गर्नुपर्छ र? जसले परमेश्वरसित विवाद गर्छ, त्यसले जवाफ देओस् ।” 3) तब अय्यूबले परमेश्वरलाई जवाफ दिए र यसो भने, 4) “हेर्नुहोस्, म नगण्य छु । मैले तपाईंलाई कसरी जवाफ दिन सक्छु र? म आफ्नो हातलाई आफ्नो मुखमा राख्छु । 5) मैले एकपल्ट बोलें, अनि म अब जवाफ दिने छैनँ । वास्तवमा दुई पकट बोलें, तर म अरू अगाडि बढनेछैनँ ।” 6) तब परमप्रभुले प्रचण्ड आँधीबाट अय्यूबलाई जवाफ दिनुभयो र भन्नुभयो, 7) “अब एक जना मानिसले झैं आफ्नो कम्मर कस्, किनकि म तँलाई प्रश्नहरू सोध्नेछु, र तैंले मलाई जवाफ दिनैपर्छ । 8) के म अन्यायी छु भनेर तँ साँच्चै भन्छस्? तैंले आफू ठिक छु भनी दाबी गर्नलाई तँ मलाई दोष लगाउँछस्? 9) के तँसँग परमेश्वरको जस्तो पाखुरा छ? के तँ उहाँको जस्तो आवाजले गर्जन सक्छस्? 10) अब महिमा र इज्जतले आफैलाई सुसज्जित पार । आदर र ऐश्वर्यले आफैलाई सुसोभित पार । 11) तेरो रिसको झोँक छरपष्ट पार् । हरेक अहङ्कारीलाई हेर अनि उसलाई तल झार् । 12) हरेक अहङ्कारीलाई हेर अनि उसलाई तल झार् । दुष्ट मानिसहरू खडा भएकै ठाउँमा तिनीहरूलाई कुल्ची । 13) तिनीहरूलाई एकसाथ जमिनमा गाडिदे । तिनीहरूका अनुरहरूलाई लुकाइएको ठाउँमा कैद गर् । 14) तब तेरो दाहिने हातले तँलाई बचाउन सक्दोरहेछ, भनेर म तेरो विषयमा स्वीकार गर्नेछु । 15) अब मैले तँलाई बनाउँदा बनाएको बहेमोथलाई विचार गर् । एउटा गोरुले झैं त्यसले घाँस खान्छ । 16) हेर्, त्यसको बल त्यसको कम्मरमा हुन्छ । त्यसको शक्ति त्यसको पेटको मांसपेशीमा हुन्छ । 17) त्यसले आफ्नो पुच्छर देवदारुको रुखझैं बनाउँछ । त्यसको तिघ्राका नसाहरू कसिएका हुन्छन् । 18) त्यसका हड्डीहरू काँसाका नलीहरूझैं हुन्छन् । त्यसका खुट्टाहरू फलामका गजबारहरूझैं हुन्छन् । 19) परमेश्वरका सृष्टिहरूमध्ये त्यो मुख्य हो । त्यसलाई बनाउनुहुने परमेश्वरले मात्र त्यसलाई पराजित गर्न सक्नुहुन्छ । 20) किनकि पहाडहरूले त्यसलाई खानेकुरो जुटाउँछन् । वन-पशुहरू त्यसकै नजिक खेल्छन् । 21) कमलको फुलमुनि त्यो लुकेर बस्छ । निगालोको झाडीको छाया र सिमसारहरूमा त्यो लुक्छ । 22) कमलको फुलको छायाले त्यसलाई ढाक्छ । खोलाका लहरे-पीपलहरूले त्यसलाई चारैतिर घेर्छ । 23) नदीको बाडी उर्लेर किनारमा आयो भने त्यो काँप्दैन । यर्दन नदी नै उर्लेर आई त्यसको मुखमा पस्यो भने पनि त्यो निर्धक्क हुन्छ । 24) के कसैले त्यसलाई बल्छीले पक्रन सक्छ? अथवा पासो थापेर त्यसको नाक छेड्न सक्छ? Additional comments?
Refresh Captcha
The world's first Holy Bible un-translation!