< अय्यूब 39 >
1 चट्टानहरूका घोरल कहिले बियाउँछ भनी तँ जान्दछस्? हरिणीले बच्चा जन्माउँदै गर्दा के तैंले हेर्न सक्छस्?
Sai tu quando le capre selvagge delle rocce figliano? Hai tu osservato quando le cerve partoriscono?
2 तिनीहरूले पेटमा पाठा बोक्दा के तैंले तिनीहरूको महिना गन्न सक्छस्? तिनीहरूले बच्चा जन्माउने समय तँलाई थाहा छ?
Conti tu i mesi della lor pregnanza e sai tu il momento in cui debbono sgravarsi?
3 तिनीहरू निहुरिन्छन्, र आफ्ना पाठा पाउँछन्, अनि यसरी तिनीहरूको आफ्नो प्रसव-वेदना सकिन्छ ।
S’accosciano, fanno i lor piccini, e son tosto liberate dalle loro doglie;
4 तिनीहरूका पाठा बलिया हुन्छन्, र खुला खेतहरूमा हुर्कन्छन् । तिनीहरू बाहिर निस्कन्छन्, र फेरि फर्केर आउँदैनन् ।
i lor piccini si fanno forti, crescono all’aperto, se ne vanno, e non tornan più alle madri.
5 वन-गधालाई कसले छाडा छोडेको हो? कुद्ने गधाको बन्धन कसले फुकालेको हो,
Chi manda libero l’onàgro, e chi scioglie i legami all’asino salvatico,
6 जसको बासस्थान अराबामा, त्यसको घर खारको जग्गामा मैले बनाएको छु ।
al quale ho dato per dimora il deserto, e la terra salata per abitazione?
7 सहरको होहल्ला सुनेर त्यसले गिल्ला गर्दै हाँस्छ । लखेट्नेले कराएको त्यसले सुन्दैन ।
Egli si beffa del frastuono della città, e non ode grida di padrone.
8 डाँडाहरूमा भएका आफ्ना खर्कहरूतिर त्यो घुम्छ । खानलाई त्यहाँ त्यसले हरेक हरियो बिरुवा खोज्छ ।
Batte le montagne della sua pastura, e va in traccia d’ogni filo di verde.
9 वन-गोरुले तेरो सेवा गर्न खुसी हुनेछ र? तेरो डुँडनेर बस्न त्यो सन्तुष्ट हुनेछ र?
Il bufalo vorrà egli servirti o passar la notte presso alla tua mangiatoia?
10 वन-गोरुलाई हलोको सियोमा हिंडाउन तँ डोरीको प्रयोग गर्न सक्छन्? त्यसले तेरो कुरा मानेर उपत्यकाहरूलाई जोत्नेछ?
Legherai tu il bufalo con una corda perché faccia il solco? erpicherà egli le valli dietro a te?
11 त्यसको बल अत्याधिक हुनाले त्यसमा तँ भर पर्छस् र? त्यसले तेरो काम गरोस् भनेर के तैंले आफ्नो काम छाड्नेछस्?
Ti fiderai di lui perché la sua forza è grande? Lascerai a lui il tuo lavoro?
12 तेरो अन्न घरमा ल्याउन, अन्लाई तेरो खलामा जम्मा गर्न, के त्यसमाथि तँ भर पर्छस् र?
Conterai su lui perché ti porti a casa la raccolta e ti ammonti il grano sull’aia?
13 शुतुरमुर्गका पखेटा हर्षोल्लाससाथ चल्छन्, तर के ती प्रेमका पखेटाहरू र पुच्छर हुन् र?
Lo struzzo batte allegramente l’ali; ma le penne e le piume di lui son esse pietose?
14 किनकि त्यसले भुइँमा आफ्ना फुलहरू छोड्छ, र ती त्यसले धूलोमा नै तातो हुन दिन्छ ।
No, poich’egli abbandona sulla terra le proprie uova e le lascia scaldar sopra la sabbia.
15 पैतलाले तिनलाई कुल्चन सक्छ वा जङ्गली जनावरले कुल्चिन सक्छ भनी त्यसले बिर्सन्छ ।
Egli dimentica che un piede le potrà schiacciare, e che le bestie dei campi le potran calpestare.
16 त्यसले आफ्ना बच्चाहरूलाई आफ्नो नभएजस्तै गरी निर्दयतापूर्वक व्यवहार गर्छ । त्यसको परिश्रम व्यर्थैमा खेर जान्छ कि भनी त्यो डराउँदैन,
Tratta duramente i suoi piccini, quasi non fosser suoi; la sua fatica sarà vana, ma ciò non lo turba,
17 किनकि परमेश्वरले त्यसलाई बुद्धिहीन तुल्याउनुभएको छ, र त्यसलाई कुनै समझशक्ति दिनुभएको छैन ।
ché Iddio l’ha privato di sapienza, e non gli ha impartito intelligenza.
18 जब त्यो तीव्र गतिमा दोडन्छ, त्यसले घोडा र त्यसमा सवार हुनेलाई गिल्ला गर्छ ।
Ma quando si leva e piglia lo slancio, si beffa del cavallo e di chi lo cavalca.
19 घोडालाई त्यसको शक्ति तैंले दिएको हो? त्यसको गर्दनमा जगरले पहिराएको तैंले हो?
Sei tu che dài al cavallo il coraggio? che gli vesti il collo d’una fremente criniera?
20 त्यसलाई तैंले कहिल्यै सलहले झैं उफ्रन लगाएको छस्? त्यसको चर्को हिनहिनाइ डरलाग्दो हुन्छ ।
Sei tu che lo fai saltar come la locusta? Il fiero suo nitrito incute spavento.
21 त्यसले शक्तिमा टाप बजाउँछ, र आफ्नो ताकतमा आनन्द मनाउँछ । हतियारको सामना गर्न त्यो जाइलाग्छ ।
Raspa la terra nella valle ed esulta della sua forza; si slancia incontro alle armi.
22 त्यसले डरको खिल्ली उडाउँछ, र हतोत्साही हुँदैन । तरवार देखेर त्यो फर्केर भाग्दैन ।
Della paura si ride, non trema, non indietreggia davanti alla spada.
23 काँडको ठोक्रो त्यसको छेउमा धर्ररर बज्छ, अनि त्यहाँ भाला र तरवार चम्कन्छ ।
Gli risuona addosso il turcasso, la folgorante lancia e il dardo.
24 क्रोध र रिसले त्यसले जमिनलाई निलिदिन्छ । तुरहीको आवाजले गर्दा त्यो एक ठाउँमा खडा हुन सक्दैन ।
Con fremente furia divora la terra. Non sta più fermo quando suona la tromba.
25 जब तुरही बजेको सुनिन्छ, तब त्यसले भन्छ, 'आहा!' कमान्डरहरूका गर्जने आवाज र होहल्लाले, त्यसले टाढैबाट युद्धको गन्ध थाहा पाउँछ ।
Com’ode lo squillo, dice: Aha! e fiuta da lontano la battaglia, la voce tonante dei capi, e il grido di guerra.
26 के तेरो बुद्धिद्वारा बाज माथि-माथि उड्ने हो र दक्षिणतिर त्यसले आफ्नो पखेटा फिंजाउने हो?
E’ l’intelligenza tua che allo sparviere fa spiccare il volo e spiegar l’ali verso mezzogiorno?
27 के तेरो आज्ञामा गिद्ध माथि-माथि उड्ने हो र अग्ला ठाउँहरूमा आफ्ना गुँडहरू बनाउने हो?
E’ forse al tuo comando che l’aquila si leva in alto e fa il suo nido nei luoghi elevati?
28 त्यो पहरामा बस्छ र पहराकै टाकुरामा त्यसले आफ्नो घर बनाउँछ जुन किल्लाझैं हुन्छ ।
Abita nelle rocce e vi pernotta; sta sulla punta delle rupi, sulle vette scoscese;
29 त्यहाँबाट त्यसले सिकारहरूको खोजी गर्छ । त्यसका आँखाले धेरै टाढाबाट तिनलाई देख्छन् ।
di là spia la preda, e i suoi occhi miran lontano.
30 त्यसका बचेराहरूले पनि रगत पिउँछन् । जहाँ लाश हुन्छ, त्यहाँ त्यो हुन्छ ।”
I suoi piccini s’abbeveran di sangue, e dove son de’ corpi morti, ivi ella si trova”.