Preface
Read
+
Publisher
Nainoia, Inc.
PO Box 462, Bellefonte, PA 16823
(814) 470-8028
Nainoia Inc, Publisher
LinkedIn/NAINOIA-INC
Third Party Publisher Resources
Request Custom Formatted Verses
Please contact us below
Submit your proposed corrections
I understand that the Aionian Bible republishes public domain and Creative Commons Bible texts and that volunteers may be needed to present the original text accurately. I also understand that apocryphal text is removed and most variant verse numbering is mapped to the English standard. I have entered my corrections under the verse(s) below. Proposed corrections to the Nepali Bible, Job Chapter 39 https://www.AionianBible.org/Bibles/Nepali---Nepali-Bible/Job/39 1) चट्टानहरूका घोरल कहिले बियाउँछ भनी तँ जान्दछस्? हरिणीले बच्चा जन्माउँदै गर्दा के तैंले हेर्न सक्छस्? 2) तिनीहरूले पेटमा पाठा बोक्दा के तैंले तिनीहरूको महिना गन्न सक्छस्? तिनीहरूले बच्चा जन्माउने समय तँलाई थाहा छ? 3) तिनीहरू निहुरिन्छन्, र आफ्ना पाठा पाउँछन्, अनि यसरी तिनीहरूको आफ्नो प्रसव-वेदना सकिन्छ । 4) तिनीहरूका पाठा बलिया हुन्छन्, र खुला खेतहरूमा हुर्कन्छन् । तिनीहरू बाहिर निस्कन्छन्, र फेरि फर्केर आउँदैनन् । 5) वन-गधालाई कसले छाडा छोडेको हो? कुद्ने गधाको बन्धन कसले फुकालेको हो, 6) जसको बासस्थान अराबामा, त्यसको घर खारको जग्गामा मैले बनाएको छु । 7) सहरको होहल्ला सुनेर त्यसले गिल्ला गर्दै हाँस्छ । लखेट्नेले कराएको त्यसले सुन्दैन । 8) डाँडाहरूमा भएका आफ्ना खर्कहरूतिर त्यो घुम्छ । खानलाई त्यहाँ त्यसले हरेक हरियो बिरुवा खोज्छ । 9) वन-गोरुले तेरो सेवा गर्न खुसी हुनेछ र? तेरो डुँडनेर बस्न त्यो सन्तुष्ट हुनेछ र? 10) वन-गोरुलाई हलोको सियोमा हिंडाउन तँ डोरीको प्रयोग गर्न सक्छन्? त्यसले तेरो कुरा मानेर उपत्यकाहरूलाई जोत्नेछ? 11) त्यसको बल अत्याधिक हुनाले त्यसमा तँ भर पर्छस् र? त्यसले तेरो काम गरोस् भनेर के तैंले आफ्नो काम छाड्नेछस्? 12) तेरो अन्न घरमा ल्याउन, अन्लाई तेरो खलामा जम्मा गर्न, के त्यसमाथि तँ भर पर्छस् र? 13) शुतुरमुर्गका पखेटा हर्षोल्लाससाथ चल्छन्, तर के ती प्रेमका पखेटाहरू र पुच्छर हुन् र? 14) किनकि त्यसले भुइँमा आफ्ना फुलहरू छोड्छ, र ती त्यसले धूलोमा नै तातो हुन दिन्छ । 15) पैतलाले तिनलाई कुल्चन सक्छ वा जङ्गली जनावरले कुल्चिन सक्छ भनी त्यसले बिर्सन्छ । 16) त्यसले आफ्ना बच्चाहरूलाई आफ्नो नभएजस्तै गरी निर्दयतापूर्वक व्यवहार गर्छ । त्यसको परिश्रम व्यर्थैमा खेर जान्छ कि भनी त्यो डराउँदैन, 17) किनकि परमेश्वरले त्यसलाई बुद्धिहीन तुल्याउनुभएको छ, र त्यसलाई कुनै समझशक्ति दिनुभएको छैन । 18) जब त्यो तीव्र गतिमा दोडन्छ, त्यसले घोडा र त्यसमा सवार हुनेलाई गिल्ला गर्छ । 19) घोडालाई त्यसको शक्ति तैंले दिएको हो? त्यसको गर्दनमा जगरले पहिराएको तैंले हो? 20) त्यसलाई तैंले कहिल्यै सलहले झैं उफ्रन लगाएको छस्? त्यसको चर्को हिनहिनाइ डरलाग्दो हुन्छ । 21) त्यसले शक्तिमा टाप बजाउँछ, र आफ्नो ताकतमा आनन्द मनाउँछ । हतियारको सामना गर्न त्यो जाइलाग्छ । 22) त्यसले डरको खिल्ली उडाउँछ, र हतोत्साही हुँदैन । तरवार देखेर त्यो फर्केर भाग्दैन । 23) काँडको ठोक्रो त्यसको छेउमा धर्ररर बज्छ, अनि त्यहाँ भाला र तरवार चम्कन्छ । 24) क्रोध र रिसले त्यसले जमिनलाई निलिदिन्छ । तुरहीको आवाजले गर्दा त्यो एक ठाउँमा खडा हुन सक्दैन । 25) जब तुरही बजेको सुनिन्छ, तब त्यसले भन्छ, 'आहा!' कमान्डरहरूका गर्जने आवाज र होहल्लाले, त्यसले टाढैबाट युद्धको गन्ध थाहा पाउँछ । 26) के तेरो बुद्धिद्वारा बाज माथि-माथि उड्ने हो र दक्षिणतिर त्यसले आफ्नो पखेटा फिंजाउने हो? 27) के तेरो आज्ञामा गिद्ध माथि-माथि उड्ने हो र अग्ला ठाउँहरूमा आफ्ना गुँडहरू बनाउने हो? 28) त्यो पहरामा बस्छ र पहराकै टाकुरामा त्यसले आफ्नो घर बनाउँछ जुन किल्लाझैं हुन्छ । 29) त्यहाँबाट त्यसले सिकारहरूको खोजी गर्छ । त्यसका आँखाले धेरै टाढाबाट तिनलाई देख्छन् । 30) त्यसका बचेराहरूले पनि रगत पिउँछन् । जहाँ लाश हुन्छ, त्यहाँ त्यो हुन्छ ।” Additional comments?
Refresh Captcha
The world's first Holy Bible un-translation!