< यशैया 8 >

1 परमप्रभुले मलाई भन्‍नुभयो, “एउटा ठुलो पाटी ले र त्‍यसमा लेख्, ‘महेर-शालल-हाज-बज ।'
Og HERREN sagde til mig: "Tag dig en stor Tavle og skriv derpå med Menneskeskrift: Hurtigt-Bytte, Hastigt-Rov!,
2 मेरो कुरा पक्‍का गर्नलाई म विश्‍वासयोग्य साक्षीहरू अर्थात् पुजारी उरियाह र येबेरक्याहका छोरा जकरियालाई बोलाउनेछु ।”
Og tag mig pålidelige Vidner, Præsten Urija og Zekarja, Jeberekjahus Søn!"
3 म अगमवादिनीकहाँ गएँ र तिनी गर्भवती भइन् र एउटा छोरा जन्माइन् । तब परमप्रभुले मलाई भन्‍नुभयो, “त्यसको नाउँ महेर-शालल-हाज-बज राख् ।
Og jeg nærmede mig Profetinden, og hun blev frugtsommelig og fødte en Søn. Så sagde HERREN til mig: "Kald ham Hurtigt-Bytte, Hastigt-Rov!
4 किनकि बालकले 'मेरो बुबा' र 'मेरो आमा' भन्‍न जान्‍नअघि नै दमसकसको धन र सामरियाको लूटलाई अश्‍शूरको राजाले बोकेर लैजानेछ ।”
Thi før Drengen kan sige Fader og Moder, skal Rigdommene fra Damaskus og Byttet fra Samaria bringes til Assyrerkongen!"
5 परमप्रभु फेरि मसँग बोल्नुभयो,
Fremdeles sagde HERREN til mig:
6 “यी मानिसहरूले शीलोको शान्त पानीलाई इन्कार गरेका छन् अनि रसीन र रमल्याहको छोरासित खुसी भएका छन्,
Eftersom dette Folk lader hånt om Siloas sagte rindende Vande i Angst for Bezin og Remaljas Søn,
7 त्‍यसकारण परमप्रभुले शक्तिशाली र धेरै नदीको पानी अर्थात् अश्‍शूरका राजा र तिनका सबै महिमा तिनीहरूमाथि ल्याउन लाग्‍नुभएको छ । त्‍यसका सबै नहरमा त्‍यो आउनेछ र त्‍यसका किनारहरू भरिएर बग्‍नेछन् ।
se, så lader Herren Flodens Vande, de vældige, store, oversvømme dem, Assyrerkongen og al hans Herlighed; over alle sine Bredder skal den gå, trænge ud over alle sine Diger,
8 यो तिमीहरूका घाँटीसम्म पुगुन्‍जेल नदी बाढी आएर अघि बढ्दै यहूदाभित्रसम्म बग्‍नेछ । ए इम्मानुएल, यसको फैलिएका पखेटाहरूले तेरो देशकको सबैतिर ढाक्‍नेछ ।”
styrte ind i Juda, skylle over, vælte frem og nå til Halsen; og dens udbredte Vinger skal fylde dit Land, så vidt det når Immanuel!
9 मानिसहरू टुक्रा-टुक्रा हुनेछन् । सुन, ए टाढाका देशहरूः युद्धको निम्ति आफूलाई हतियारले तयार गर र चकनाचूर होओ । आफूलाई हतियारले तयार गर र चकनाचूर होओ ।
I Folkeslag, mærk jer det med Rædsel, lyt til, alle fjerne Lande: Rust jer, I skal ræddes, rust jer, I skal ræddes.
10 योजना बनाओ, तर यो पुरा हुनेछैन । आज्ञा गर, तर यो पालन गरिनेछैन, किनकि परमेश्‍वर हामीसँग हुनुहुन्छ ।
Læg Råd op, det skal dog briste, gør Aftale, det slår dog fejl, thi - Immanuel!
11 परमप्रभुले मसँग बोल्नुभयो, उहाँको बलियो बाहुली ममाथि थियो र यी मानिसहरू हिंडेका मार्ग नहिंड्न मलाई चेताउनी दिनुभयो ।
Thi så sagde HERREN til mig, da hans Hånd greb mig med Vælde, og han advarede mig mod at vandre på dette Folks Vej:
12 यी मानिसहरूले षड्यान्त्र भनेको कुनै पनि कुरालाई षड्यान्त्र नभन्, तिनीहरू डराउने कुरासित तँ डराउने छैनस्, र त्रसित नहो ।
Kald ikke alt Sammensværgelse, hvad dette Folk kalder Sammensværgelse, frygt ikke, hvad det frygter, og ræddes ikke!
13 तैंले पवित्र मानेर आदर गर्ने परमप्रभु नै हुनुहुन्छ । तैंले उहाँकै भय मान्‍नुपर्छ र तँ उहाँसितै डराउनुपर्छ ।
Hærskarers HERRE, ham skal I holde hellig, han skal være eders Frygt, han skal være eders Rædsel.
14 उहाँ पवित्र वासस्थान हुनुहुनेछ । तर इस्राएलका दुवै घरानाका निम्ति उहाँ प्रहार गर्ने ढुङ्‍गो र ठेस लाग्‍ने चट्टान हुनुहुनेछ— र यरूशलेमका मानिसहरूका निम्ति उहाँ पासो र जाल हुनुहुनेछ ।
Han bliver en Helligdom, en Anstødssten og en Klippe til Fald for begge Israels Huse og en Snare og et Fangegarn for Jerusalems Indbyggere,
15 धेरै जना मानिस यसमा ठेस खानेछन् र लड्नेछन् र चकनाचूर हुनेछन्, र जाल फस्‍नेछन् र समातिनेछन् ।
og mange iblandt dem skal snuble, falde og kvæstes, fanges og bindes.
16 मेरो गवाहीलाई बाँध, आधिकारिक लेखमा छाप लगाऊ र त्‍यो मेरा चेलाहरूलाई देऊ ।
Bind Vidnesbyrdet til og sæt Segl for Læren i mine disciples Sind!
17 याकूबको घरानाबाट आफ्नो मुहार लुकाउनुहुने परमप्रभु म आशा गर्छु । म उहाँमा भरोसा गर्छु ।
Jeg bier på HERREN, han, som dølger sit Åsyn for Jakobs Hus, til ham står mit Håb:
18 हेर, म र परमप्रभुले मलाई दिनुभएको छोरा सियोन पर्वतमा वास गर्नुहुने सर्वशक्तिमान् परमप्रभुबाट, इस्राएलको निम्‍ति चिन्हहरू र आश्‍चर्य कामहरू हुन् ।
Se, jeg og de Børn, HERREN gav mig, er Varsler og Tegn i Israel fra Hærskarers HERRE, som bor på Zions Bjerg.
19 तिनीहरूले तिमीहरूलाई भन्‍नेछन्, “भूत खेलाउने र आत्माहरू खेलाउनेसित सल्लाह लेओ” जसले मन्त्र भन्छन् र गुनगुनाउछन् । तर के मानिसहरूले आफ्नो परमेश्‍वरसँग सल्लाह लिनुपर्दैन र? के तिनीहरूले जीवितहरूको निम्‍ति मृतहरूसँग सल्लाह लिनुपर्छ र?
Og siger de til eder: "Søg Genfærdene og Ånderne, som hvisker og mumler!" skal et Folk ikke søge sin Gud, skal man søge de døde for de levende?
20 व्यवस्था र गवाहीतिर लाग! तिनले यसो भन्दैनन् भने, तिनीहरूसँग बिहानको मिरमिरे उज्यालो नभएको हुनाले नै हो ।
Nej! Til Læren og Vidnesbyrdet! Således skal visselig de komme til at tale, som nu er uden Morgenrøde.
21 तिनीहरू अति व्याकूल भएर र भोकाएर देशमा हिंड्‍नेछन् । जब तिनीहरू भोकाउँछन्, तब तिनीहरू रिसाउनेछन्, र तिनीहरूले आफ्नो अनुहार माथि उचाल्‍दा, आफ्‍ना राजा र आफ्‍ना परमेश्‍वरलाई सराप्‍नेछन् ।
Han skal vanke om i Landet, trykket og hungrig. Og når han hungrer, skal han blive rasende og bande sin Konge og sin Gud. Vender han sig til det høje,
22 तिनीहरूले पृथ्वीमा हेर्नेछन् र व्‍यकुलता, अन्धकार र अत्याचारको बादल देख्‍नेछन् । तिनीहरू अन्धकारको देशमा लगिनेछन् ।
eller skuer han ud over Jorden, se da er der Trængsel og Mørke, knugende Mulm; i Bælgmørke er han stødt ud.

< यशैया 8 >