Preface
Read
+
Publisher
Nainoia, Inc.
PO Box 462, Bellefonte, PA 16823
(814) 470-8028
Nainoia Inc, Publisher
LinkedIn/NAINOIA-INC
Third Party Publisher Resources
Request Custom Formatted Verses
Please contact us below
Submit your proposed corrections
I understand that the Aionian Bible republishes public domain and Creative Commons Bible texts and that volunteers may be needed to present the original text accurately. I also understand that apocryphal text is removed and most variant verse numbering is mapped to the English standard. I have entered my corrections under the verse(s) below. Proposed corrections to the Nepali Bible, Isaiah Chapter 8 https://www.AionianBible.org/Bibles/Nepali---Nepali-Bible/Isaiah/8 1) परमप्रभुले मलाई भन्नुभयो, “एउटा ठुलो पाटी ले र त्यसमा लेख्, ‘महेर-शालल-हाज-बज ।' 2) मेरो कुरा पक्का गर्नलाई म विश्वासयोग्य साक्षीहरू अर्थात् पुजारी उरियाह र येबेरक्याहका छोरा जकरियालाई बोलाउनेछु ।” 3) म अगमवादिनीकहाँ गएँ र तिनी गर्भवती भइन् र एउटा छोरा जन्माइन् । तब परमप्रभुले मलाई भन्नुभयो, “त्यसको नाउँ महेर-शालल-हाज-बज राख् । 4) किनकि बालकले 'मेरो बुबा' र 'मेरो आमा' भन्न जान्नअघि नै दमसकसको धन र सामरियाको लूटलाई अश्शूरको राजाले बोकेर लैजानेछ ।” 5) परमप्रभु फेरि मसँग बोल्नुभयो, 6) “यी मानिसहरूले शीलोको शान्त पानीलाई इन्कार गरेका छन् अनि रसीन र रमल्याहको छोरासित खुसी भएका छन्, 7) त्यसकारण परमप्रभुले शक्तिशाली र धेरै नदीको पानी अर्थात् अश्शूरका राजा र तिनका सबै महिमा तिनीहरूमाथि ल्याउन लाग्नुभएको छ । त्यसका सबै नहरमा त्यो आउनेछ र त्यसका किनारहरू भरिएर बग्नेछन् । 8) यो तिमीहरूका घाँटीसम्म पुगुन्जेल नदी बाढी आएर अघि बढ्दै यहूदाभित्रसम्म बग्नेछ । ए इम्मानुएल, यसको फैलिएका पखेटाहरूले तेरो देशकको सबैतिर ढाक्नेछ ।” 9) मानिसहरू टुक्रा-टुक्रा हुनेछन् । सुन, ए टाढाका देशहरूः युद्धको निम्ति आफूलाई हतियारले तयार गर र चकनाचूर होओ । आफूलाई हतियारले तयार गर र चकनाचूर होओ । 10) योजना बनाओ, तर यो पुरा हुनेछैन । आज्ञा गर, तर यो पालन गरिनेछैन, किनकि परमेश्वर हामीसँग हुनुहुन्छ । 11) परमप्रभुले मसँग बोल्नुभयो, उहाँको बलियो बाहुली ममाथि थियो र यी मानिसहरू हिंडेका मार्ग नहिंड्न मलाई चेताउनी दिनुभयो । 12) यी मानिसहरूले षड्यान्त्र भनेको कुनै पनि कुरालाई षड्यान्त्र नभन्, तिनीहरू डराउने कुरासित तँ डराउने छैनस्, र त्रसित नहो । 13) तैंले पवित्र मानेर आदर गर्ने परमप्रभु नै हुनुहुन्छ । तैंले उहाँकै भय मान्नुपर्छ र तँ उहाँसितै डराउनुपर्छ । 14) उहाँ पवित्र वासस्थान हुनुहुनेछ । तर इस्राएलका दुवै घरानाका निम्ति उहाँ प्रहार गर्ने ढुङ्गो र ठेस लाग्ने चट्टान हुनुहुनेछ— र यरूशलेमका मानिसहरूका निम्ति उहाँ पासो र जाल हुनुहुनेछ । 15) धेरै जना मानिस यसमा ठेस खानेछन् र लड्नेछन् र चकनाचूर हुनेछन्, र जाल फस्नेछन् र समातिनेछन् । 16) मेरो गवाहीलाई बाँध, आधिकारिक लेखमा छाप लगाऊ र त्यो मेरा चेलाहरूलाई देऊ । 17) याकूबको घरानाबाट आफ्नो मुहार लुकाउनुहुने परमप्रभु म आशा गर्छु । म उहाँमा भरोसा गर्छु । 18) हेर, म र परमप्रभुले मलाई दिनुभएको छोरा सियोन पर्वतमा वास गर्नुहुने सर्वशक्तिमान् परमप्रभुबाट, इस्राएलको निम्ति चिन्हहरू र आश्चर्य कामहरू हुन् । 19) तिनीहरूले तिमीहरूलाई भन्नेछन्, “भूत खेलाउने र आत्माहरू खेलाउनेसित सल्लाह लेओ” जसले मन्त्र भन्छन् र गुनगुनाउछन् । तर के मानिसहरूले आफ्नो परमेश्वरसँग सल्लाह लिनुपर्दैन र? के तिनीहरूले जीवितहरूको निम्ति मृतहरूसँग सल्लाह लिनुपर्छ र? 20) व्यवस्था र गवाहीतिर लाग! तिनले यसो भन्दैनन् भने, तिनीहरूसँग बिहानको मिरमिरे उज्यालो नभएको हुनाले नै हो । 21) तिनीहरू अति व्याकूल भएर र भोकाएर देशमा हिंड्नेछन् । जब तिनीहरू भोकाउँछन्, तब तिनीहरू रिसाउनेछन्, र तिनीहरूले आफ्नो अनुहार माथि उचाल्दा, आफ्ना राजा र आफ्ना परमेश्वरलाई सराप्नेछन् । 22) तिनीहरूले पृथ्वीमा हेर्नेछन् र व्यकुलता, अन्धकार र अत्याचारको बादल देख्नेछन् । तिनीहरू अन्धकारको देशमा लगिनेछन् । Additional comments?
Refresh Captcha
The world's first Holy Bible un-translation!