< यशैया 38 >
1 ती दिनहरूमा हिजकिया बिरामी भएर मृत्यको मुखैमा पुगे । त्यसैले आमोजका छोरा यशैया अगमवक्ता तिनीकहाँ आए र तिनलाई भने, “परमप्रभु भन्नुहुन्छ, 'आफ्नो घरको व्यवस्थापन गर् । किनभने तँ मर्नेछस्, बाँच्नेछैनस्' ।”
Katika siku hizo Hezekia akaugua, naye akawa karibu kufa. Nabii Isaya mwana wa Amozi akaenda kwake na kumwambia, “Hili ndilo asemalo Bwana: Tengeneza mambo ya nyumba yako, kwa sababu utakufa, hutapona.”
2 तब हिजकियाले आफ्नो मुख भित्तातिर फर्काए र परमप्रभुमा प्रार्थना चढाए ।
Hezekia akaelekeza uso wake ukutani, akamwomba Bwana:
3 तिनले भने, “कृपया, हे परमप्रभु, म तपाईंको सामु कसरी सारा हृदयले विश्वासयोग्य भएर हिंडेको छु र मैले तपाईंको नजरमा जे असल छ सो कसरी गरेको छु सो सम्झनुहोस् ।” अनि हिजकिया धुरुधुरु रोए ।
“Ee Bwana, kumbuka jinsi nilivyoenenda mbele zako kwa uaminifu na kujitoa kwa moyo wangu wote, na kufanya yaliyo mema machoni pako.” Naye Hezekia akalia kwa uchungu.
4 तब यशैयाकहाँ परमप्रभुको वचन यसो भनेर आयो,
Ndipo neno la Bwana likamjia Isaya, kusema:
5 “जा, मेरा मानिसहरूका अगुवा हिजकियालाई यसो भन्, 'परमप्रभु, तेरो पुर्खा दाऊदका परमेश्वर यसो भन्नुहुन्छः मैले तेरो प्रार्थना सुनेको छु, र मैले तेरो आँसु देखेको छु । हेर्, तेरो जीवनमा पन्ध्र वर्ष आयु मैले थप्न लागेको छु ।
“Nenda ukamwambie Hezekia, ‘Hili ndilo asemalo Bwana, Mungu wa baba yako Daudi: Nimeyasikia maombi yako na nimeona machozi yako. Nitakuongezea miaka kumi na mitano katika maisha yako.
6 तब म तँलाई र यस सहरलाई अश्शूरका राजाको हातबाट छुटकारा दिनेछु र म यो सहरको रक्षा गर्नेछु ।
Nami nitakuokoa wewe pamoja na mji huu mkononi mwa mfalme wa Ashuru. Nitaulinda mji huu.
7 मैले जे प्रतिज्ञा गरेको छु सो मैले गर्नेछु भन्ने कुराको परमप्रभुबाटको चिन्ह तँलाई यो हुनेछ ।
“‘Hii ndiyo ishara ya Bwana kwako ya kwamba Bwana atafanya kile alichoahidi:
8 हेर, म आहाजको सिंढीको छायालाई दश कदम पछाडि जान लगाउनेछु ।” त्यसैले सिंढीको छाया दस कदम पढाडि गयो, जुन अगि बढेको थियो ।
Nitafanya kivuli cha jua kwenye ngazi iliyojengwa na Ahazi kirudi nyuma madaraja kumi.’” Hivyo jua likarudi nyuma madaraja kumi ambayo lilikuwa limeshuka.
9 यहूदाका राजा हिजकिया बिरामी भएर निको भएपछि तिनले लेखेको प्रार्थना यही थियो,
Maandiko ya Hezekia mfalme wa Yuda baada ya kuugua kwake na kupona:
10 “मैले भनें मेरो आधा जीवनमा नै म चिहानको ढोकाभित्र जानेछु । मेरो बाँकी वर्षहरूका निम्ति मलाई त्यहाँ पठाइन्छ । (Sheol )
Nilisema, “Katika ustawi wa maisha yangu, je, ni lazima nipite katika malango ya mauti, na kupokonywa miaka yangu iliyobaki?” (Sheol )
11 मैले भनें परमप्रभुलाई म देख्नेछैन, जीवितहरूको देशमा म परमप्रभुलाई कदापि देख्नेछैन । मानवजाति वा संसारको बासिन्दालाई म फेरि देख्नेछैन ।
Nilisema, “Sitamwona tena Bwana, Bwana katika nchi ya walio hai, wala sitamtazama tena mwanadamu, wala kuwa na wale ambao sasa wanakaa katika ulimwengu huu.
12 मेरो जीवन मबाट गोठालोको पालझैं बोकेर लगिएको छ र हटाइएको छ । मेरो जीवनलाई मैले एउटा जुलाहाले जस्तो बेह्रेको छु । तपाईंले मलाई तानबाट काट्दै हुनुहुन्छ । तपाईंले मेरो जीवनलाई दिन र रातको बीचमा अन्त गर्दै हुनुहुन्छ ।
Kama hema la mchunga mifugo, nyumba yangu imebomolewa na kutwaliwa kutoka kwangu. Kama mfumaji nimevingirisha maisha yangu, naye amenikatilia mbali kutoka kitanda cha mfumi. Mchana na usiku uliyakomesha maisha yangu.
13 मैले बिहानसम्म नै पुकारा गरें । उहाँले मेरा सबै हड्डीहरूलाई सिंहले झैं तोड्नुहुन्छ । तपाईंले मेरो जीवनलाई दिन रातको बीचमा अन्त गर्दै हुनुहुन्छ ।
Nilingoja kwa uvumilivu hadi mapambazuko, lakini alivunja mifupa yangu yote kama simba. Mchana na usiku uliyakomesha maisha yangu.
14 गौंथलीझैं म चिरबिर गर्छु । ढुकुरझैं कुर्लिन्छु । माथितिर हेरेर मेरा आँखा थकित भएका छन् । हे परमप्रभु, म दुःखमा परेको छु । मलाई सहायता गर्नुहोस् ।
Nililia kama mbayuwayu au korongo, niliomboleza kama hua aombolezaye. Macho yangu yalififia nilipotazama mbinguni. Ee Bwana, ninataabika, njoo unisaidie!”
15 मैले के भन्न सक्छु र? उहाँ मसँग बोल्ने अनि त्यसलाई पुरा गर्ने दुवै गर्नुभएको छ । मेरा सबै वर्षहरूमा म बिस्तारै हिंड्नेछु किनभने म शोकले व्याकुल भएको छु ।
Lakini niseme nini? Amesema nami, naye yeye mwenyewe amelitenda hili. Nitatembea kwa unyenyekevu katika miaka yangu yote kwa sababu ya haya maumivu makali ya nafsi yangu.
16 हे परमप्रभु, तपाईंले पठाउनुभएका दुःखकष्ट मेरो निम्ति असल छन् । मेरो जीवन मलाई फिर्ता दिइयोस् । तपाईंले मरो जीवन र स्वस्थ्यलाई पुनर्स्थापना गर्नुभएको छ ।
Bwana, kwa mambo kama haya watu huishi, nayo roho yangu hupata uzima katika hayo pia. Uliniponya na kuniacha niishi.
17 मेरै भलाइको निम्ति मैले यस्तो शोकको अनुभव गरें । तपाईंले मलाई विनाशको खाडलबाट छुटकारा दिनुभएको छ । किनकि तपाईंले मेरा सबै पापहरूलाई आफ्नो पछाडि फाल्नुभएको छ ।
Hakika ilikuwa ya faida yangu ndiyo maana nikapata maumivu makali. Katika upendo wako ukaniokoa kutoka shimo la uharibifu; umeziweka dhambi zangu zote nyuma yako.
18 किनकि चिहानले तपाईंलाई धन्यवाद दिंदैन । मृत्युले तपाईंको प्रशंसा गर्दैन । चिहानतिर जानेहरूले तपाईंको विश्वस्तताको आशा गर्दैनन् । (Sheol )
Kwa maana kaburi haliwezi kukusifu, mauti haiwezi kuimba sifa zako; wale washukao chini shimoni hawawezi kuutarajia uaminifu wako. (Sheol )
19 जस्तो म आज गर्दैर्छु, जीवित व्यक्तिले, केवल जीवित व्यक्तिले मात्र तपाईंलाई धन्यवाद दिन्छ । पिताले तपाईंको विश्वस्तता छोराछोरीलाई भन्छन् ।
Walio hai, walio hai: hao wanakusifu, kama ninavyofanya leo. Baba huwaambia watoto wao habari za uaminifu wako.
20 परमप्रभुले मलाई बचाउन लाग्नुभएको छ र हामीले परमप्रभुको मन्दिरमा हाम्रो सारा दिनहरूभरि भजन गाउँदै उत्सव मानउनेछौं।”
Bwana ataniokoa, nasi tutaimba kwa vyombo vya nyuzi siku zote za maisha yetu katika Hekalu la Bwana.
21 यति बेला यशैयाले भनेका थिए, “अञ्जिरको लेप लिनु र त्यसलाई त्यो घाउमा लगाउनु र उहाँ निको हुनुहुनेछ ।”
Isaya alikuwa amesema, “Tengenezeni dawa ya kubandika ya tini, mweke juu ya jipu, naye atapona.”
22 हिजकियाले पनि भनेका थिए, “म परमप्रभुको मन्दिरमा जानुपर्छ भन्ने कुराको लागि के चिन्ह हुनेछ?”
Hezekia alikuwa ameuliza, “Kutakuwa na ishara gani kwamba nitapanda kwenda Hekalu la Bwana?”