Preface
Read
+
Publisher
Nainoia, Inc.
PO Box 462, Bellefonte, PA 16823
(814) 470-8028
Nainoia Inc, Publisher
LinkedIn/NAINOIA-INC
Third Party Publisher Resources
Request Custom Formatted Verses
Please contact us below
Submit your proposed corrections
I understand that the Aionian Bible republishes public domain and Creative Commons Bible texts and that volunteers may be needed to present the original text accurately. I also understand that apocryphal text is removed and most variant verse numbering is mapped to the English standard. I have entered my corrections under the verse(s) below. Proposed corrections to the Nepali Bible, Isaiah Chapter 38 https://www.AionianBible.org/Bibles/Nepali---Nepali-Bible/Isaiah/38 1) ती दिनहरूमा हिजकिया बिरामी भएर मृत्यको मुखैमा पुगे । त्यसैले आमोजका छोरा यशैया अगमवक्ता तिनीकहाँ आए र तिनलाई भने, “परमप्रभु भन्नुहुन्छ, 'आफ्नो घरको व्यवस्थापन गर् । किनभने तँ मर्नेछस्, बाँच्नेछैनस्' ।” 2) तब हिजकियाले आफ्नो मुख भित्तातिर फर्काए र परमप्रभुमा प्रार्थना चढाए । 3) तिनले भने, “कृपया, हे परमप्रभु, म तपाईंको सामु कसरी सारा हृदयले विश्वासयोग्य भएर हिंडेको छु र मैले तपाईंको नजरमा जे असल छ सो कसरी गरेको छु सो सम्झनुहोस् ।” अनि हिजकिया धुरुधुरु रोए । 4) तब यशैयाकहाँ परमप्रभुको वचन यसो भनेर आयो, 5) “जा, मेरा मानिसहरूका अगुवा हिजकियालाई यसो भन्, 'परमप्रभु, तेरो पुर्खा दाऊदका परमेश्वर यसो भन्नुहुन्छः मैले तेरो प्रार्थना सुनेको छु, र मैले तेरो आँसु देखेको छु । हेर्, तेरो जीवनमा पन्ध्र वर्ष आयु मैले थप्न लागेको छु । 6) तब म तँलाई र यस सहरलाई अश्शूरका राजाको हातबाट छुटकारा दिनेछु र म यो सहरको रक्षा गर्नेछु । 7) मैले जे प्रतिज्ञा गरेको छु सो मैले गर्नेछु भन्ने कुराको परमप्रभुबाटको चिन्ह तँलाई यो हुनेछ । 8) हेर, म आहाजको सिंढीको छायालाई दश कदम पछाडि जान लगाउनेछु ।” त्यसैले सिंढीको छाया दस कदम पढाडि गयो, जुन अगि बढेको थियो । 9) यहूदाका राजा हिजकिया बिरामी भएर निको भएपछि तिनले लेखेको प्रार्थना यही थियो, 10) “मैले भनें मेरो आधा जीवनमा नै म चिहानको ढोकाभित्र जानेछु । मेरो बाँकी वर्षहरूका निम्ति मलाई त्यहाँ पठाइन्छ । (Sheol h7585) 11) मैले भनें परमप्रभुलाई म देख्नेछैन, जीवितहरूको देशमा म परमप्रभुलाई कदापि देख्नेछैन । मानवजाति वा संसारको बासिन्दालाई म फेरि देख्नेछैन । 12) मेरो जीवन मबाट गोठालोको पालझैं बोकेर लगिएको छ र हटाइएको छ । मेरो जीवनलाई मैले एउटा जुलाहाले जस्तो बेह्रेको छु । तपाईंले मलाई तानबाट काट्दै हुनुहुन्छ । तपाईंले मेरो जीवनलाई दिन र रातको बीचमा अन्त गर्दै हुनुहुन्छ । 13) मैले बिहानसम्म नै पुकारा गरें । उहाँले मेरा सबै हड्डीहरूलाई सिंहले झैं तोड्नुहुन्छ । तपाईंले मेरो जीवनलाई दिन रातको बीचमा अन्त गर्दै हुनुहुन्छ । 14) गौंथलीझैं म चिरबिर गर्छु । ढुकुरझैं कुर्लिन्छु । माथितिर हेरेर मेरा आँखा थकित भएका छन् । हे परमप्रभु, म दुःखमा परेको छु । मलाई सहायता गर्नुहोस् । 15) मैले के भन्न सक्छु र? उहाँ मसँग बोल्ने अनि त्यसलाई पुरा गर्ने दुवै गर्नुभएको छ । मेरा सबै वर्षहरूमा म बिस्तारै हिंड्नेछु किनभने म शोकले व्याकुल भएको छु । 16) हे परमप्रभु, तपाईंले पठाउनुभएका दुःखकष्ट मेरो निम्ति असल छन् । मेरो जीवन मलाई फिर्ता दिइयोस् । तपाईंले मरो जीवन र स्वस्थ्यलाई पुनर्स्थापना गर्नुभएको छ । 17) मेरै भलाइको निम्ति मैले यस्तो शोकको अनुभव गरें । तपाईंले मलाई विनाशको खाडलबाट छुटकारा दिनुभएको छ । किनकि तपाईंले मेरा सबै पापहरूलाई आफ्नो पछाडि फाल्नुभएको छ । 18) किनकि चिहानले तपाईंलाई धन्यवाद दिंदैन । मृत्युले तपाईंको प्रशंसा गर्दैन । चिहानतिर जानेहरूले तपाईंको विश्वस्तताको आशा गर्दैनन् । (Sheol h7585) 19) जस्तो म आज गर्दैर्छु, जीवित व्यक्तिले, केवल जीवित व्यक्तिले मात्र तपाईंलाई धन्यवाद दिन्छ । पिताले तपाईंको विश्वस्तता छोराछोरीलाई भन्छन् । 20) परमप्रभुले मलाई बचाउन लाग्नुभएको छ र हामीले परमप्रभुको मन्दिरमा हाम्रो सारा दिनहरूभरि भजन गाउँदै उत्सव मानउनेछौं।” 21) यति बेला यशैयाले भनेका थिए, “अञ्जिरको लेप लिनु र त्यसलाई त्यो घाउमा लगाउनु र उहाँ निको हुनुहुनेछ ।” 22) हिजकियाले पनि भनेका थिए, “म परमप्रभुको मन्दिरमा जानुपर्छ भन्ने कुराको लागि के चिन्ह हुनेछ?” Additional comments?
Refresh Captcha
The world's first Holy Bible un-translation!