< यशैया 38 >

1 ती दिनहरूमा हिजकिया बिरामी भएर मृत्यको मुखैमा पुगे । त्यसैले आमोजका छोरा यशैया अगमवक्ता तिनीकहाँ आए र तिनलाई भने, “परमप्रभु भन्‍नुहुन्छ, 'आफ्नो घरको व्यवस्थापन गर् । किनभने तँ मर्नेछस्, बाँच्‍नेछैनस्' ।”
A kwanakin nan sai Hezekiya ya kamu da ciwo ya kuma kusa ya mutu. Annabi Ishaya ɗan Amoz ya tafi wurinsa ya kuma ce, “Ga abin da Ubangiji ya ce ka shirya gidanka, domin za ka mutu; ba za ka warke ba.”
2 तब हिजकियाले आफ्नो मुख भित्तातिर फर्काए र परमप्रभुमा प्रार्थना चढाए ।
Hezekiya ya juye fuskarsa wajen bango ya kuma yi addu’a ga Ubangiji,
3 तिनले भने, “कृपया, हे परमप्रभु, म तपाईंको सामु कसरी सारा हृदयले विश्‍वासयोग्‍य भएर हिंडेको छु र मैले तपाईंको नजरमा जे असल छ सो कसरी गरेको छु सो सम्‍झनुहोस् ।” अनि हिजकिया धुरुधुरु रोए ।
“Ka tuna, ya Ubangiji, yadda na yi tafiya a gabanka da aminci da dukan zuciya na kuma yi abin da yake nagari a idanunka.” Sai Hezekiya ya yi kuka mai zafi.
4 तब यशैयाकहाँ परमप्रभुको वचन यसो भनेर आयो,
Sai maganar Ubangiji ta zo wa Ishaya cewa,
5 “जा, मेरा मानिसहरूका अगुवा हिजकियालाई यसो भन्, 'परमप्रभु, तेरो पुर्खा दाऊदका परमेश्‍वर यसो भन्‍नुहुन्छः मैले तेरो प्रार्थना सुनेको छु, र मैले तेरो आँसु देखेको छु । हेर्, तेरो जीवनमा पन्ध्र वर्ष आयु मैले थप्‍न लागेको छु ।
“Ka tafi ka faɗa wa Hezekiya, ‘Ga abin da Ubangiji Allah na kakanka Dawuda, ya ce na ji addu’arka na kuma ga hawayenka; zan ƙara maka shekaru goma sha biyar ga rayuwarka.
6 तब म तँलाई र यस सहरलाई अश्शूरका राजाको हातबाट छुटकारा दिनेछु र म यो सहरको रक्षा गर्नेछु ।
Zan kuwa cece ka da wannan birni daga hannun sarkin Assuriya. Zan kiyaye wannan birni.
7 मैले जे प्रतिज्ञा गरेको छु सो मैले गर्नेछु भन्‍ने कुराको परमप्रभुबाटको चिन्ह तँलाई यो हुनेछ ।
“‘Ga alamar Ubangiji gare ka cewa Ubangiji zai aikata kamar yadda ya yi alkawari.
8 हेर, म आहाजको सिंढीको छायालाई दश कदम पछाडि जान लगाउनेछु ।” त्यसैले सिंढीको छाया दस कदम पढाडि गयो, जुन अगि बढेको थियो ।
Zan sa inuwar da rana ta yi a kan matakalar Ahaz ta koma baya da taki goma.’” Saboda haka inuwar ta koma da baya daga fuskar rana har taki goma.
9 यहूदाका राजा हिजकिया बिरामी भएर निको भएपछि तिनले लेखेको प्रार्थना यही थियो,
Rubutun Hezekiya sarkin Yahuda bayan ciwonsa da kuma warkarwarsa.
10 “मैले भनें मेरो आधा जीवनमा नै म चिहानको ढोकाभित्र जानेछु । मेरो बाँकी वर्षहरूका निम्ति मलाई त्यहाँ पठाइन्छ । (Sheol h7585)
Na ce, “Cikin tsakiyar rayuwata dole in bi ta ƙofofin mutuwa a kuma raba ni da sauran shekaruna?” (Sheol h7585)
11 मैले भनें परमप्रभुलाई म देख्‍नेछैन, जीवितहरूको देशमा म परमप्रभुलाई कदापि देख्‍नेछैन । मानवजाति वा संसारको बासिन्दालाई म फेरि देख्‍नेछैन ।
Na ce, “Ba zan ƙara ganin Ubangiji ba, Ubangiji a ƙasa ta masu rai; ba zan ƙara ga wani mutum, ko in kasance tare da waɗanda suke zama a wannan duniya ba.
12 मेरो जीवन मबाट गोठालोको पालझैं बोकेर लगिएको छ र हटाइएको छ । मेरो जीवनलाई मैले एउटा जुलाहाले जस्तो बेह्रेको छु । तपाईंले मलाई तानबाट काट्दै हुनुहुन्‍छ । तपाईंले मेरो जीवनलाई दिन र रातको बीचमा अन्‍त गर्दै हुनुहुन्‍छ ।
Kamar tentin makiyayi an rushe gidana aka kuma ƙwace ta daga gare ni. Kamar mai saƙa, na nannaɗe rayuwata, ya kuma yanke ni daga sandar saƙa; dare da rana ka kawo ni ga ƙarshe.
13 मैले बिहानसम्म नै पुकारा गरें । उहाँले मेरा सबै हड्‍डीहरूलाई सिंहले झैं तोड्नुहुन्छ । तपाईंले मेरो जीवनलाई दिन रातको बीचमा अन्‍त गर्दै हुनुहुन्छ ।
Na yi jira da haƙuri har safiya, amma kamar zaki ya kakkarya ƙasusuwana duka; dare da rana ka kawo ni ga ƙarshe.
14 गौंथलीझैं म चिरबिर गर्छु । ढुकुरझैं कुर्लिन्‍छु । माथितिर हेरेर मेरा आँखा थकित भएका छन् । हे परमप्रभु, म दुःखमा परेको छु । मलाई सहायता गर्नुहोस् ।
Na yi kuka kamar mashirare ko zalɓe, na yi kuka kamar kurciya mai makoki. Idanuna suka rasa ƙarfi yayinda na duba sammai. Na damu; Ya Ubangiji, ka taimake ni!”
15 मैले के भन्‍न सक्‍छु र? उहाँ मसँग बोल्‍ने अनि त्‍यसलाई पुरा गर्ने दुवै गर्नुभएको छ । मेरा सबै वर्षहरूमा म बिस्तारै हिंड्नेछु किनभने म शोकले व्याकुल भएको छु ।
Amma me zan ce? Ya riga ya yi mini magana, shi kansa ne kuma ya aikata. Zan yi tafiya da tawali’u dukan kwanakina saboda wahalar raina.
16 हे परमप्रभु, तपाईंले पठाउनुभएका दुःखकष्‍ट मेरो निम्ति असल छन् । मेरो जीवन मलाई फिर्ता दिइयोस् । तपाईंले मरो जीवन र स्वस्थ्यलाई पुनर्स्थापना गर्नुभएको छ ।
Ubangiji, ta waɗannan abubuwa ne mutane suke rayuwa; ruhuna kuma yana samun rai a cikinsu shi ma. Ka maido mini da lafiya ka kuma sa na rayu.
17 मेरै भलाइको निम्ति मैले यस्तो शोकको अनुभव गरें । तपाईंले मलाई विनाशको खाडलबाट छुटकारा दिनुभएको छ । किनकि तपाईंले मेरा सबै पापहरूलाई आफ्‍नो पछाडि फाल्‍नुभएको छ ।
Tabbatacce wannan kuwa saboda ribata ne cewa in sha irin wahalan nan. Cikin ƙaunarka ka kiyaye ni daga ramin hallaka; ka sa dukan zunubaina a bayanka.
18 किनकि चिहानले तपाईंलाई धन्यवाद दिंदैन । मृत्युले तपाईंको प्रशंसा गर्दैन । चिहानतिर जानेहरूले तपाईंको विश्‍वस्‍तताको आशा गर्दैनन् । (Sheol h7585)
Gama kabari ba zai yabe ka ba, matattu ba za su rera yabonka ba; waɗanda suka gangara zuwa rami ba za su sa zuciya ga amincinka ba. (Sheol h7585)
19 जस्तो म आज गर्दैर्छु, जीवित व्यक्‍तिले, केवल जीवित व्यक्‍तिले मात्र तपाईंलाई धन्यवाद दिन्छ । पिताले तपाईंको विश्‍वस्‍तता छोराछोरीलाई भन्‍छन् ।
Masu rai, masu rai, su suke yabonka, kamar yadda nake yi a yau; iyaye za su faɗa wa’ya’yansu game da amincinka.
20 परमप्रभुले मलाई बचाउन लाग्‍नुभएको छ र हामीले परमप्रभुको मन्‍दिरमा हाम्रो सारा दिनहरूभरि भजन गाउँदै उत्सव मानउनेछौं।”
Ubangiji zai cece ni, za mu kuma rera da kayan kiɗi masu tsirkiya dukan kwanakinmu a cikin haikalin Ubangiji.
21 यति बेला यशैयाले भनेका थिए, “अञ्‍जिरको लेप लिनु र त्‍यसलाई त्‍यो घाउमा लगाउनु र उहाँ निको हुनुहुनेछ ।”
Ishaya ya riga ya ce, “Ku shirya curin da aka yi da’ya’yan ɓaure ku kuma shafa a marurun, zai kuwa warke.”
22 हिजकियाले पनि भनेका थिए, “म परमप्रभुको मन्‍दिरमा जानुपर्छ भन्‍ने कुराको लागि के चिन्‍ह हुनेछ?”
Hezekiya ya riga ya yi tambaya ya ce, “Me zai zama alama ta cewa zan haura zuwa haikalin Ubangiji?”

< यशैया 38 >