< यशैया 23 >

1 टुरोसको बारेमा एउटा घोषणाः ए तर्शीशका पानी जहाजहरू हो कराओ । किनकि त्यहाँ न घर छ न बन्दरगाह नै छ । साइप्रसको देशबाट यो कुरा तिनीहरूलाई प्रकट गरिएको छ ।
מַשָּׂ֖א צֹ֑ר הֵילִ֣ילוּ ׀ אֳנִיּ֣וֹת תַּרְשִׁ֗ישׁ כִּֽי־שֻׁדַּ֤ד מִבַּ֙יִת֙ מִבּ֔וֹא מֵאֶ֥רֶץ כִּתִּ֖ים נִגְלָה־לָֽמוֹ׃
2 ए समुद्री तटका बासिन्दाहरू हो, मौन बस । समुद्रमा यात्रा गर्ने सीदोनका व्यापारीहरूले तिमीहरूलाई भरिदिएका छन् ।
דֹּ֖מּוּ יֹ֣שְׁבֵי אִ֑י סֹחֵ֥ר צִיד֛וֹן עֹבֵ֥ר יָ֖ם מִלְאֽוּךְ׃
3 ठुला पानीमाथि सिहोरको अन्‍न थियो, नील नदीको उत्पादन त्यसको उब्‍जनी थियो । अनि त्‍यो जातिहरूको व्यापार भयो ।
וּבְמַ֤יִם רַבִּים֙ זֶ֣רַע שִׁחֹ֔ר קְצִ֥יר יְא֖וֹר תְּבֽוּאָתָ֑הּ וַתְּהִ֖י סְחַ֥ר גּוֹיִֽם׃
4 ए सीदोन, लज्‍जित हो, किनकि समुद्रले, समुद्रको शक्तिशालीले बोलेको छ । त्यसले भन्छ, “म प्रसव वेदनामा परेको छैन, न बालक जन्माएको छु, न मैले छोराहरू हुर्काएको छु, न छोरीहरू हुर्काएको छु ।”
בּ֣וֹשִׁי צִיד֔וֹן כִּֽי־אָמַ֣ר יָ֔ם מָע֥וֹז הַיָּ֖ם לֵאמֹ֑ר לֹֽא־חַ֣לְתִּי וְלֹֽא־יָלַ֗דְתִּי וְלֹ֥א גִדַּ֛לְתִּי בַּחוּרִ֖ים רוֹמַ֥מְתִּי בְתוּלֽוֹת׃
5 मिश्रदेशमा खबर आउँदा, टुरोसको विषयमा तिनीहरूले शोक गर्नेछन् ।
כַּֽאֲשֶׁר־שֵׁ֖מַע לְמִצְרָ֑יִם יָחִ֖ילוּ כְּשֵׁ֥מַע צֹֽר׃
6 तर्शीशपारि जाओ । ए समुद्र तटका बासिन्दाहरू हो, तिमीहरू विलाप गर ।
עִבְר֖וּ תַּרְשִׁ֑ישָׁה הֵילִ֖ילוּ יֹ֥שְׁבֵי אִֽי׃
7 ए आनन्दित सहर, के तँलाई यस्तो भएको छ, जसको उत्‍पत्ति प्राचीन समयमा नै भएको छ, जसका खुट्टाले त्यसलाई बसोबास गर्न विदेशी भूमिमा पुर्‍याएको छ?
הֲזֹ֥את לָכֶ֖ם עַלִּיזָ֑ה מִֽימֵי־קֶ֤דֶם קַדְמָתָהּ֙ יֹבִל֣וּהָ רַגְלֶ֔יהָ מֵֽרָח֖וֹק לָגֽוּר׃
8 मुकुटहरू दिने टुरोसको विरुद्धमा यो योजना कसले बनाएको हो, जसका व्यापारीहरू शासकहरू छन्, जसका व्यापारीहरू पृथ्वीमा नै आदरणिय छन्?
מִ֚י יָעַ֣ץ זֹ֔את עַל־צֹ֖ר הַמַּֽעֲטִירָ֑ה אֲשֶׁ֤ר סֹחֲרֶ֙יה֙ שָׂרִ֔ים כִּנְעָנֶ֖יהָ נִכְבַּדֵּי־אָֽרֶץ ׃
9 त्यसका घमण्ड र त्‍यसका सबै गौरवलाई अपमान गर्न, त्‍यसका पृथ्वीकै आदरणियलाई लज्‍जित पार्न सर्वशक्तिमान् परमप्रभुले नै यो योजना बनाउनुभएको हो ।
יְהוָ֥ה צְבָא֖וֹת יְעָצָ֑הּ לְחַלֵּל֙ גְּא֣וֹן כָּל־צְבִ֔י לְהָקֵ֖ל כָּל־נִכְבַּדֵּי־ אָֽרֶץ׃
10 ए तर्शीशकी छोरी हो, नील नदीलाई जोतेझैं आफ्नो खेत जोत् । टुरोसमा अब फेरि बजार-क्षेत्र छैन ।
עִבְרִ֥י אַרְצֵ֖ךְ כַּיְאֹ֑ר בַּת־תַּרְשִׁ֕ישׁ אֵ֖ין מֵ֥זַח עֽוֹד׃
11 परमप्रभुले समुद्रमाथि आफ्नो हात पसार्नुभएको छ र उहाँले राज्यहरूलाई हल्लाउनुभएको छ । फोनिकेको विषयमा त्‍यसका किल्लाहरूलाई नाश गर्ने आज्ञा उहाँले दिनुभएको छ ।
יָדוֹ֙ נָטָ֣ה עַל־הַיָּ֔ם הִרְגִּ֖יז מַמְלָכ֑וֹת יְהוָה֙ צִוָּ֣ה אֶל־כְּנַ֔עַן לַשְׁמִ֖ד מָעֻזְנֶֽיהָ׃
12 उहाँले भन्‍नुभयो, “ए सीदोनकी अत्‍याचारमा परेकी कन्या छोरी, तैले फेरि आनन्द मनाउने छैनस् । उठ्, साइप्रसमा पारि जा । तर तैंले त्यहाँ पनि विश्राम पाउनेछैनस् ।”
וַיֹּ֕אמֶר לֹֽא־תוֹסִ֥יפִי ע֖וֹד לַעְל֑וֹז הַֽמְעֻשָּׁקָ֞ה בְּתוּלַ֣ת בַּת־צִיד֗וֹן כתיים ק֣וּמִי עֲבֹ֔רִי גַּם־שָׁ֖ם לֹא־יָנ֥וּחַֽ לָֽךְ׃
13 कल्दीहरूको देशलाई हेर् । यी मानिहरू समाप्‍त भएका छन् । अश्‍शूरीहरूले त्‍यसलाई जङ्गली जनावरहरूको निम्ति उजाड-स्‍थान बनाएका छन् । तिनीहरूले आफ्‍ना घेरा-मचान खडा गरेका छन् । तिनीहरूले त्‍यसका दरबारहरू नष्‍ट गरे । तिनीहरूले त्‍यसलाई भग्‍नावशेषको थुप्रो बनाए ।
הֵ֣ן ׀ אֶ֣רֶץ כַּשְׂדִּ֗ים זֶ֤ה הָעָם֙ לֹ֣א הָיָ֔ה אַשּׁ֖וּר יְסָדָ֣הּ לְצִיִּ֑ים הֵקִ֣ימוּ בחיניו עֹרְרוּ֙ אַרְמְנוֹתֶ֔יהָ שָׂמָ֖הּ לְמַפֵּלָֽה׃
14 ए तर्शीशका पानी जहाजहरू हो, कराओ । किनकि तिमीहरूका शरणस्थान विनाश गरिएको छ ।
הֵילִ֖ילוּ אֳנִיּ֣וֹת תַּרְשִׁ֑ישׁ כִּ֥י שֻׁדַּ֖ד מָעֻזְּכֶֽן׃ ס
15 त्यो दिनमा, राजाका समयमा झैं टुरोसलाई सत्तरी वर्षसम्म बिर्सिइनेछ । सत्तरी वर्षको अन्‍तमा टुरोसमा वेश्यको गीतमा जस्तै कुनै कुरा हुनेछ ।
וְהָיָה֙ בַּיּ֣וֹם הַה֔וּא וְנִשְׁכַּ֤חַת צֹר֙ שִׁבְעִ֣ים שָׁנָ֔ה כִּימֵ֖י מֶ֣לֶךְ אֶחָ֑ד מִקֵּ֞ץ שִׁבְעִ֤ים שָׁנָה֙ יִהְיֶ֣ה לְצֹ֔ר כְּשִׁירַ֖ת הַזּוֹנָֽה׃
16 ए बिर्सिएकी वेश्‍या, एउटा वीणा लि र सहरमा जा । त्‍यो राम्ररी बजा, धेरै गीतहरू गा, ताकि तेरो सम्झना गरिनेछ ।
קְחִ֥י כִנּ֛וֹר סֹ֥בִּי עִ֖יר זוֹנָ֣ה נִשְׁכָּחָ֑ה הֵיטִ֤יבִי נַגֵּן֙ הַרְבִּי־שִׁ֔יר לְמַ֖עַן תִּזָּכֵֽרִי׃
17 सत्तरी वर्षपछि त्‍यो दिन यस्‍तो हुनेछ, परमप्रभुले टुरोसलाई सहायता गर्नुहुनेछ र त्यसले फेरि वेश्यवृत्ति गरेर पैसा कमाउन सुरु गर्नेछे, र त्यसले आफ्ना सेवाहरू पृथ्वीका सबै राज्यहरूलाई दिनेछे ।
וְהָיָ֞ה מִקֵּ֣ץ ׀ שִׁבְעִ֣ים שָׁנָ֗ה יִפְקֹ֤ד יְהוָה֙ אֶת־צֹ֔ר וְשָׁבָ֖ה לְאֶתְנַנָּ֑ה וְזָֽנְתָ֛ה אֶת־כָּל־מַמְלְכ֥וֹת הָאָ֖רֶץ עַל־פְּנֵ֥י הָאֲדָמָֽה׃
18 त्यसका नाफाहरू र कमाइहरू परमप्रभुको निम्ति अलग गरिनेछ । ती भण्डारमा राखिने वा कोषमा जम्‍मा गरिने छैन, किनकि त्यसका नाफाहरू पमप्रभुको उपस्थितिमा बस्‍नेहरूलाई दिइनेछ र तिनीहरूलाई प्रशस्त खाना आपुर्ती गर्न प्रयोग गरिनेछ, र यसरी तिनीहरूसँग उत्तम गुणस्तर लुगा हुनेछ ।
וְהָיָ֨ה סַחְרָ֜הּ וְאֶתְנַנָּ֗הּ קֹ֚דֶשׁ לַֽיהוָ֔ה לֹ֥א יֵֽאָצֵ֖ר וְלֹ֣א יֵֽחָסֵ֑ן כִּ֣י לַיֹּשְׁבִ֞ים לִפְנֵ֤י יְהוָה֙ יִֽהְיֶ֣ה סַחְרָ֔הּ לֶאֱכֹ֥ל לְשָׂבְעָ֖ה וְלִמְכַסֶּ֥ה עָתִֽיק׃ פ

< यशैया 23 >