Preface
Read
+
Publisher
Nainoia, Inc.
PO Box 462, Bellefonte, PA 16823
(814) 470-8028
Nainoia Inc, Publisher
LinkedIn/NAINOIA-INC
Third Party Publisher Resources
Request Custom Formatted Verses
Please contact us below
Submit your proposed corrections
I understand that the Aionian Bible republishes public domain and Creative Commons Bible texts and that volunteers may be needed to present the original text accurately. I also understand that apocryphal text is removed and most variant verse numbering is mapped to the English standard. I have entered my corrections under the verse(s) below. Proposed corrections to the Nepali Bible, Isaiah Chapter 23 https://www.AionianBible.org/Bibles/Nepali---Nepali-Bible/Isaiah/23 1) टुरोसको बारेमा एउटा घोषणाः ए तर्शीशका पानी जहाजहरू हो कराओ । किनकि त्यहाँ न घर छ न बन्दरगाह नै छ । साइप्रसको देशबाट यो कुरा तिनीहरूलाई प्रकट गरिएको छ । 2) ए समुद्री तटका बासिन्दाहरू हो, मौन बस । समुद्रमा यात्रा गर्ने सीदोनका व्यापारीहरूले तिमीहरूलाई भरिदिएका छन् । 3) ठुला पानीमाथि सिहोरको अन्न थियो, नील नदीको उत्पादन त्यसको उब्जनी थियो । अनि त्यो जातिहरूको व्यापार भयो । 4) ए सीदोन, लज्जित हो, किनकि समुद्रले, समुद्रको शक्तिशालीले बोलेको छ । त्यसले भन्छ, “म प्रसव वेदनामा परेको छैन, न बालक जन्माएको छु, न मैले छोराहरू हुर्काएको छु, न छोरीहरू हुर्काएको छु ।” 5) मिश्रदेशमा खबर आउँदा, टुरोसको विषयमा तिनीहरूले शोक गर्नेछन् । 6) तर्शीशपारि जाओ । ए समुद्र तटका बासिन्दाहरू हो, तिमीहरू विलाप गर । 7) ए आनन्दित सहर, के तँलाई यस्तो भएको छ, जसको उत्पत्ति प्राचीन समयमा नै भएको छ, जसका खुट्टाले त्यसलाई बसोबास गर्न विदेशी भूमिमा पुर्याएको छ? 8) मुकुटहरू दिने टुरोसको विरुद्धमा यो योजना कसले बनाएको हो, जसका व्यापारीहरू शासकहरू छन्, जसका व्यापारीहरू पृथ्वीमा नै आदरणिय छन्? 9) त्यसका घमण्ड र त्यसका सबै गौरवलाई अपमान गर्न, त्यसका पृथ्वीकै आदरणियलाई लज्जित पार्न सर्वशक्तिमान् परमप्रभुले नै यो योजना बनाउनुभएको हो । 10) ए तर्शीशकी छोरी हो, नील नदीलाई जोतेझैं आफ्नो खेत जोत् । टुरोसमा अब फेरि बजार-क्षेत्र छैन । 11) परमप्रभुले समुद्रमाथि आफ्नो हात पसार्नुभएको छ र उहाँले राज्यहरूलाई हल्लाउनुभएको छ । फोनिकेको विषयमा त्यसका किल्लाहरूलाई नाश गर्ने आज्ञा उहाँले दिनुभएको छ । 12) उहाँले भन्नुभयो, “ए सीदोनकी अत्याचारमा परेकी कन्या छोरी, तैले फेरि आनन्द मनाउने छैनस् । उठ्, साइप्रसमा पारि जा । तर तैंले त्यहाँ पनि विश्राम पाउनेछैनस् ।” 13) कल्दीहरूको देशलाई हेर् । यी मानिहरू समाप्त भएका छन् । अश्शूरीहरूले त्यसलाई जङ्गली जनावरहरूको निम्ति उजाड-स्थान बनाएका छन् । तिनीहरूले आफ्ना घेरा-मचान खडा गरेका छन् । तिनीहरूले त्यसका दरबारहरू नष्ट गरे । तिनीहरूले त्यसलाई भग्नावशेषको थुप्रो बनाए । 14) ए तर्शीशका पानी जहाजहरू हो, कराओ । किनकि तिमीहरूका शरणस्थान विनाश गरिएको छ । 15) त्यो दिनमा, राजाका समयमा झैं टुरोसलाई सत्तरी वर्षसम्म बिर्सिइनेछ । सत्तरी वर्षको अन्तमा टुरोसमा वेश्यको गीतमा जस्तै कुनै कुरा हुनेछ । 16) ए बिर्सिएकी वेश्या, एउटा वीणा लि र सहरमा जा । त्यो राम्ररी बजा, धेरै गीतहरू गा, ताकि तेरो सम्झना गरिनेछ । 17) सत्तरी वर्षपछि त्यो दिन यस्तो हुनेछ, परमप्रभुले टुरोसलाई सहायता गर्नुहुनेछ र त्यसले फेरि वेश्यवृत्ति गरेर पैसा कमाउन सुरु गर्नेछे, र त्यसले आफ्ना सेवाहरू पृथ्वीका सबै राज्यहरूलाई दिनेछे । 18) त्यसका नाफाहरू र कमाइहरू परमप्रभुको निम्ति अलग गरिनेछ । ती भण्डारमा राखिने वा कोषमा जम्मा गरिने छैन, किनकि त्यसका नाफाहरू पमप्रभुको उपस्थितिमा बस्नेहरूलाई दिइनेछ र तिनीहरूलाई प्रशस्त खाना आपुर्ती गर्न प्रयोग गरिनेछ, र यसरी तिनीहरूसँग उत्तम गुणस्तर लुगा हुनेछ । Additional comments?
Refresh Captcha
The world's first Holy Bible un-translation!