< होशे 9 >

1 ए इस्राएल, अरू मानिसहरूझैं आनन्दित नहोओ । किनकि आफ्ना परमेश्‍वरलाई त्यागेर, तिमीहरूले विश्‍वासहीन भएका छौ । अन्‍नका सबै खलामा वेश्‍यालाई तिर्नुपर्ने ज्याला तिर्न तिमीहरू मन पराउँछौ ।
Nni ahurusi, Israel; nsɛpɛw wo ho te sɛ aman a aka no. Efisɛ woanni wo Nyankopɔn nokware, wʼani gye aguamammɔ ho wɔ awiporowbea nyinaa so.
2 तर अन्‍नका खला र दाखबारीका कोलले तिनीहरूलाई खुवाउनेछैन, र नयाँ दाखमद्य तिनीहरूका निम्ति पर्याप्‍त हुनेछैन ।
Awiporowbea ne nsakyiamoa rentumi mma nnipa no aduan; nsa foforo nso bɛbɔ wɔn.
3 तिनीहरू परमप्रभुको देशमा सधैंभरि रहनेछैनन्, बरु, एफ्राइम मिश्रदेशमा फर्कनेछ, र एक दिन तिनीहरूले अश्‍शूरमा अशुद्ध भोजन खानेछन् ।
Wɔrentena Awurade asase no so bio; Efraim bɛsan akɔ Misraim na wadi aduan a ɛho ntew wɔ Asiria.
4 तिनीहरूले परमप्रभुलाई दाखमद्यको भेटी चढाउनेछैनन्, न त तिनीहरूले उहाँलाई प्रसन्‍न तुल्याउनेछन् । तिनीहरूका बलिदानहरू तिनीहरूका निम्ति शोक गर्नेको भोजनझैं हुनेछ । जतिले त्यो खान्छन् ती सबै अशुद्ध हुनेछन् । किनकि तिनीहरूका भोजन तिनीहरूकै निम्ति मात्र हुनेछ । त्यो परमप्रभुको मन्‍दिरमा आउनेछैन ।
Wɔremmɔ ahwiesa afɔre mma Awurade, na wɔn afɔrebɔ nso nsɔ nʼani. Saa afɔrebɔ yi bɛyɛ sɛ asufo brodo de ama wɔn; wɔn a wodi nyinaa ho begu fi. Saa aduan no bɛyɛ wɔn ankasa dea na wɔrentumi mmfa nkɔ Awurade asɔredan mu.
5 तोकिएको चाडको दिनमा, परमप्रभुको निम्ति चाडको दिनमा तिमीहरू के गर्नेछौ?
Dɛn na mobɛyɛ wɔ mo aponto da no ne Awurade afahyɛnna no nso?
6 किनकि, हेर, तिनीहरू विनाशबाट उम्के भने, मिश्रदेशले तिनीहरूलाई एकसाथ भेला गर्नेछ, र मोपका मानिसहरूले तिनीहरूलाई गाड्नेछन् । तिनीहरूका चाँदीका धन काँढाघारीले ढाक्‍नेछ, र तिनीहरूका पालहरू काँढाका झाँगहरूले भरिनेछ ।
Mpo sɛ woguan fi ɔsɛe mu a Misraim bɛboaboa wɔn ano, na Memfis besie wɔn. Wɔn dwetɛ ahonyade befuw wura, na wɔn ntamadan adan nsɔe.
7 दण्डका दिनहरू आउँदैछन् । बदलाका दिनहरू आउँदैछन् । सबै इस्राएलीहरूले यी कुरा जानून् । तिमीहरूका घोर अधर्म र वैरभावका कारणले, अगमवक्ता मुर्ख हुन्‍छ र प्रेरणा पाएको मानिसचाहि बौलाह हुनेछ ।
Asotwe nna no reba, akontaabu nna no adu; ma Israel nhu eyi. Esiane mo bɔne bebrebe ne mo akokoakoko a adɔɔso nti mofa no sɛ odiyifo yɛ kwasea, na nea honhom akanyan no no yɛ ɔbɔdamfo.
8 अगमवक्ताचाहिं एफ्राइममाथि मेरा परमेश्‍वरको निम्ति रेखदेख गर्ने व्‍यक्‍ति हो । तर त्यसका सबै मार्गहरूमा चराको पासो थापिएको छ, र त्‍यसको परमेश्‍वरको मन्‍दिरमा त्योप्रति शत्रुता छ ।
Odiyifo no ne me Nyankopɔn yɛ Efraim so wɛmfo, nanso wɔasum no afiri wɔ nʼakwan nyinaa so, na ɔtan ahyɛ ne Nyankopɔn fi ma.
9 गिबाका दिनहरूमा झैं, तिनीहरूले आफैंलाई भित्री रूपमा भ्रष्‍ट पारेका छन् । तिनीहरूको अधर्म परमेश्‍वरले सम्झना गर्नुहुनेछ र उहाँले तिनीहरूका पापको दण्ड दिनुहुनेछ ।
Wɔadu porɔwee bun mu, sɛnea na ɛte wɔ Gibea nna no mu. Onyankopɔn bɛkae wɔn atirimɔden na watwe wɔn aso wɔ wɔn bɔne ho.
10 परमप्रभु भन्‍नुहुन्छ, “मैले इस्राएललाई भेट्‍टाउँदा, त्‍यो उजाड-स्‍थानमा दाख पाएको जस्‍तै थियो । नेभाराको बोटमा ऋतुको पहिलो फलझैं, मैले तिमीहरूका पुर्खाहरूलाई भेट्‍टाएँ । तर तिनीहरू बाल-पोरमा गए, र तिनीहरूले आफैंलाई त्यस लज्‍जास्पद मूर्तिकहाँ अर्पण गरे । तिनीहरूले प्रेम गर्ने मूर्तिहरूझैं तिनीहरू पनि घृणित भए ।
“Bere a mihuu Israel no, na ɛte sɛ nea mahu bobe wɔ nweatam so; bere a mihuu mo agyanom no, na ɛte sɛ nea mahu borɔdɔma aba a edi kan wɔ ne dua so. Nanso bere a wɔbaa Baal-Peor nkyɛn no wodwiraa wɔn ho maa ohoni nimguaseni no. Wɔn ho yɛɛ nwini te sɛ ohoni a wɔdɔ no no ara.
11 एफ्राइमको बारेमाचाहिं, तिनीहरूको महिमा चराझैं उडिजानेछ । त्यहाँ कुनै जन्‍म, कुनै गर्ववास, र कुनै गर्भधारण हुनेछैन ।
Efraim anuonyam betu akɔ sɛ anomaa, nyinsɛn ne awo nni ne mu.
12 तिनीहरूले छोराछोरीलाई हुर्काएको भए पनि, एउटै पनि बाँकी नरहने गरी म तिनीहरूलाई लैजानेछु । तिनीहरूबाट म फर्कँदा, तिनीहरूलाई धिक्‍कार होस् ।
Mpo sɛ wɔtetew mmofra a, mɛma mmofra no awuwu wɔ wɔn nsa mu. Wonnue, sɛ miyi mʼani fi wɔn so a!
13 मैले एफ्राइमलाई टुरोसजस्तै सुन्दर मैदानमा रोपिएको देखेको छु, तर एफ्राइमले आफ्ना छोराछोरीलाई त्यसकहाँ लानेछ, जसले तिनीहरूको हत्‍या गर्नेछ ।”
Mahu Efraim te sɛ Tiro, a ɛda baabi a eye. Nanso Efraim de ne mma bɛbrɛ okumfo no.”
14 हे परमप्रभु, तिनीहरूलाई दिनुहोस्— तपाईंले तिनीहरूलाई के दिनुहुन्छ? तिनीहरूलाई तुहिने गर्भ र दूध नआउने स्तन दिनुहोस् ।
Fa ma wɔn, Awurade, dɛn na wode bɛma wɔn? Ma wɔn ɔyafunu a ɛpɔn ne nufu a nufusu nni mu.
15 “तिनीहरूले गिलगालमा गरेका सबै दुष्‍टताका कारणले, तिनीहरूलाई मैले त्‍यहाँ घृणा गर्न सुरु गरें । तिनीहरूका पापी कामहरूका कारणले, मेरो मन्‍दिरबाट म तिनीहरूलाई धपाउनेछु । म तिनीहरूलाई फेरि प्रेम गर्नेछैनँ । तिनीहरूका सबै अधिकारीहरू विद्रोहीहरू हुन् ।
“Wɔn atirimɔdensɛm nyinaa a wodii wɔ Gilgal nti, mefaa wɔn ho tan wɔ hɔ. Wɔn nnebɔne nti mɛpam wɔn afi me fi. Merennɔ wɔn bio; efisɛ wɔn ntuanofo nyinaa yɛ atuatewfo.
16 एफ्राइम रोगले ग्रस्‍त भएको छ, र तिनीहरूको जरा सुकेका छ । तिनीहरूले फल दिंदैनन् । तिनीहरूका छोराछोरी भए पनि, तिनीहरूका अति प्रिय छोराछोरीलाई म मार्नेछु ।”
Efraim agyigya, wɔn ntin akisa, nti wɔnsow aba. Sɛ wɔwo mma mpo a, mekunkum wɔn mma a wɔdɔ wɔn no.”
17 मेरा परमेश्‍वरले तिनीहरूलाई इन्कार गर्नुहुन्छ किनभने तिनीहरूले उहाँको आज्ञा मानेका छैनन् । जातिहरूका बिचमा तिनीहरू फिरन्‍तेहरू हुनेछन् ।
Me Nyankopɔn bɛpo wɔn, efisɛ, wɔanyɛ osetie amma no; Wobekyinkyin aman no mu.

< होशे 9 >