Preface
Read
+
Publisher
Nainoia, Inc.
PO Box 462, Bellefonte, PA 16823
(814) 470-8028
Nainoia Inc, Publisher
LinkedIn/NAINOIA-INC
Third Party Publisher Resources
Request Custom Formatted Verses
Please contact us below
Submit your proposed corrections
I understand that the Aionian Bible republishes public domain and Creative Commons Bible texts and that volunteers may be needed to present the original text accurately. I also understand that apocryphal text is removed and most variant verse numbering is mapped to the English standard. I have entered my corrections under the verse(s) below. Proposed corrections to the Nepali Bible, Hosea Chapter 9 https://www.AionianBible.org/Bibles/Nepali---Nepali-Bible/Hosea/9 1) ए इस्राएल, अरू मानिसहरूझैं आनन्दित नहोओ । किनकि आफ्ना परमेश्वरलाई त्यागेर, तिमीहरूले विश्वासहीन भएका छौ । अन्नका सबै खलामा वेश्यालाई तिर्नुपर्ने ज्याला तिर्न तिमीहरू मन पराउँछौ । 2) तर अन्नका खला र दाखबारीका कोलले तिनीहरूलाई खुवाउनेछैन, र नयाँ दाखमद्य तिनीहरूका निम्ति पर्याप्त हुनेछैन । 3) तिनीहरू परमप्रभुको देशमा सधैंभरि रहनेछैनन्, बरु, एफ्राइम मिश्रदेशमा फर्कनेछ, र एक दिन तिनीहरूले अश्शूरमा अशुद्ध भोजन खानेछन् । 4) तिनीहरूले परमप्रभुलाई दाखमद्यको भेटी चढाउनेछैनन्, न त तिनीहरूले उहाँलाई प्रसन्न तुल्याउनेछन् । तिनीहरूका बलिदानहरू तिनीहरूका निम्ति शोक गर्नेको भोजनझैं हुनेछ । जतिले त्यो खान्छन् ती सबै अशुद्ध हुनेछन् । किनकि तिनीहरूका भोजन तिनीहरूकै निम्ति मात्र हुनेछ । त्यो परमप्रभुको मन्दिरमा आउनेछैन । 5) तोकिएको चाडको दिनमा, परमप्रभुको निम्ति चाडको दिनमा तिमीहरू के गर्नेछौ? 6) किनकि, हेर, तिनीहरू विनाशबाट उम्के भने, मिश्रदेशले तिनीहरूलाई एकसाथ भेला गर्नेछ, र मोपका मानिसहरूले तिनीहरूलाई गाड्नेछन् । तिनीहरूका चाँदीका धन काँढाघारीले ढाक्नेछ, र तिनीहरूका पालहरू काँढाका झाँगहरूले भरिनेछ । 7) दण्डका दिनहरू आउँदैछन् । बदलाका दिनहरू आउँदैछन् । सबै इस्राएलीहरूले यी कुरा जानून् । तिमीहरूका घोर अधर्म र वैरभावका कारणले, अगमवक्ता मुर्ख हुन्छ र प्रेरणा पाएको मानिसचाहि बौलाह हुनेछ । 8) अगमवक्ताचाहिं एफ्राइममाथि मेरा परमेश्वरको निम्ति रेखदेख गर्ने व्यक्ति हो । तर त्यसका सबै मार्गहरूमा चराको पासो थापिएको छ, र त्यसको परमेश्वरको मन्दिरमा त्योप्रति शत्रुता छ । 9) गिबाका दिनहरूमा झैं, तिनीहरूले आफैंलाई भित्री रूपमा भ्रष्ट पारेका छन् । तिनीहरूको अधर्म परमेश्वरले सम्झना गर्नुहुनेछ र उहाँले तिनीहरूका पापको दण्ड दिनुहुनेछ । 10) परमप्रभु भन्नुहुन्छ, “मैले इस्राएललाई भेट्टाउँदा, त्यो उजाड-स्थानमा दाख पाएको जस्तै थियो । नेभाराको बोटमा ऋतुको पहिलो फलझैं, मैले तिमीहरूका पुर्खाहरूलाई भेट्टाएँ । तर तिनीहरू बाल-पोरमा गए, र तिनीहरूले आफैंलाई त्यस लज्जास्पद मूर्तिकहाँ अर्पण गरे । तिनीहरूले प्रेम गर्ने मूर्तिहरूझैं तिनीहरू पनि घृणित भए । 11) एफ्राइमको बारेमाचाहिं, तिनीहरूको महिमा चराझैं उडिजानेछ । त्यहाँ कुनै जन्म, कुनै गर्ववास, र कुनै गर्भधारण हुनेछैन । 12) तिनीहरूले छोराछोरीलाई हुर्काएको भए पनि, एउटै पनि बाँकी नरहने गरी म तिनीहरूलाई लैजानेछु । तिनीहरूबाट म फर्कँदा, तिनीहरूलाई धिक्कार होस् । 13) मैले एफ्राइमलाई टुरोसजस्तै सुन्दर मैदानमा रोपिएको देखेको छु, तर एफ्राइमले आफ्ना छोराछोरीलाई त्यसकहाँ लानेछ, जसले तिनीहरूको हत्या गर्नेछ ।” 14) हे परमप्रभु, तिनीहरूलाई दिनुहोस्— तपाईंले तिनीहरूलाई के दिनुहुन्छ? तिनीहरूलाई तुहिने गर्भ र दूध नआउने स्तन दिनुहोस् । 15) “तिनीहरूले गिलगालमा गरेका सबै दुष्टताका कारणले, तिनीहरूलाई मैले त्यहाँ घृणा गर्न सुरु गरें । तिनीहरूका पापी कामहरूका कारणले, मेरो मन्दिरबाट म तिनीहरूलाई धपाउनेछु । म तिनीहरूलाई फेरि प्रेम गर्नेछैनँ । तिनीहरूका सबै अधिकारीहरू विद्रोहीहरू हुन् । 16) एफ्राइम रोगले ग्रस्त भएको छ, र तिनीहरूको जरा सुकेका छ । तिनीहरूले फल दिंदैनन् । तिनीहरूका छोराछोरी भए पनि, तिनीहरूका अति प्रिय छोराछोरीलाई म मार्नेछु ।” 17) मेरा परमेश्वरले तिनीहरूलाई इन्कार गर्नुहुन्छ किनभने तिनीहरूले उहाँको आज्ञा मानेका छैनन् । जातिहरूका बिचमा तिनीहरू फिरन्तेहरू हुनेछन् । Additional comments?
Refresh Captcha
The world's first Holy Bible un-translation!