< होशे 9 >
1 ए इस्राएल, अरू मानिसहरूझैं आनन्दित नहोओ । किनकि आफ्ना परमेश्वरलाई त्यागेर, तिमीहरूले विश्वासहीन भएका छौ । अन्नका सबै खलामा वेश्यालाई तिर्नुपर्ने ज्याला तिर्न तिमीहरू मन पराउँछौ ।
Iwe Israeli, usakondwere; monga imachitira mitundu ina. Pakuti wakhala wosakhulupirika kwa Mulungu wako; umakonda malipiro a chiwerewere pa malo aliwonse opunthira tirigu.
2 तर अन्नका खला र दाखबारीका कोलले तिनीहरूलाई खुवाउनेछैन, र नयाँ दाखमद्य तिनीहरूका निम्ति पर्याप्त हुनेछैन ।
Malo opunthira tirigu ndi malo opsinyira mphesa sadzadyetsa anthu; adzasowa vinyo watsopano.
3 तिनीहरू परमप्रभुको देशमा सधैंभरि रहनेछैनन्, बरु, एफ्राइम मिश्रदेशमा फर्कनेछ, र एक दिन तिनीहरूले अश्शूरमा अशुद्ध भोजन खानेछन् ।
Sadzakhalanso mʼdziko la Yehova. Efereimu adzabwerera ku Igupto ndipo mudzadya chakudya chodetsedwa ku Asiriya.
4 तिनीहरूले परमप्रभुलाई दाखमद्यको भेटी चढाउनेछैनन्, न त तिनीहरूले उहाँलाई प्रसन्न तुल्याउनेछन् । तिनीहरूका बलिदानहरू तिनीहरूका निम्ति शोक गर्नेको भोजनझैं हुनेछ । जतिले त्यो खान्छन् ती सबै अशुद्ध हुनेछन् । किनकि तिनीहरूका भोजन तिनीहरूकै निम्ति मात्र हुनेछ । त्यो परमप्रभुको मन्दिरमा आउनेछैन ।
Iwo sadzaperekanso chopereka cha chakumwa kwa Yehova, kapena nsembe zawo kuti akondweretse Yehovayo. Nsembe zotere zidzakhala kwa iwo ngati chakudya cha anamfedwa; onse akudya chakudya chimenechi adzakhala odetsedwa. Chakudya ichi chidzakhala chodya okha, sichidzalowa mʼnyumba ya Yehova.
5 तोकिएको चाडको दिनमा, परमप्रभुको निम्ति चाडको दिनमा तिमीहरू के गर्नेछौ?
Kodi mudzachita chiyani pa tsiku la maphwando anu oyikika; pa masiku a zikondwerero za Yehova?
6 किनकि, हेर, तिनीहरू विनाशबाट उम्के भने, मिश्रदेशले तिनीहरूलाई एकसाथ भेला गर्नेछ, र मोपका मानिसहरूले तिनीहरूलाई गाड्नेछन् । तिनीहरूका चाँदीका धन काँढाघारीले ढाक्नेछ, र तिनीहरूका पालहरू काँढाका झाँगहरूले भरिनेछ ।
Ngakhale iwo atathawa chiwonongeko, Igupto adzawasonkhanitsa, ndipo Mefisi adzawayika mʼmanda. Khwisa adzamera pa ziwiya zawo zasiliva, ndipo minga idzamera mʼmatenti awo.
7 दण्डका दिनहरू आउँदैछन् । बदलाका दिनहरू आउँदैछन् । सबै इस्राएलीहरूले यी कुरा जानून् । तिमीहरूका घोर अधर्म र वैरभावका कारणले, अगमवक्ता मुर्ख हुन्छ र प्रेरणा पाएको मानिसचाहि बौलाह हुनेछ ।
Masiku achilango akubwera, masiku obwezera ali pafupi. Israeli adziwe zimenezi. Chifukwa machimo anu ndi ochuluka kwambiri ndipo udani wanu pa Mulungu ndi waukulu kwambiri. Mneneri amamuyesa chitsiru, munthu wanzeru za kwa Mulungu ngati wamisala.
8 अगमवक्ताचाहिं एफ्राइममाथि मेरा परमेश्वरको निम्ति रेखदेख गर्ने व्यक्ति हो । तर त्यसका सबै मार्गहरूमा चराको पासो थापिएको छ, र त्यसको परमेश्वरको मन्दिरमा त्योप्रति शत्रुता छ ।
Mneneri pamodzi ndi Mulungu wanga ndiwo alonda a Efereimu, koma mneneri amutchera misampha mʼnjira zake zonse, ndipo udani ukumudikira mʼnyumba ya Mulungu wake.
9 गिबाका दिनहरूमा झैं, तिनीहरूले आफैंलाई भित्री रूपमा भ्रष्ट पारेका छन् । तिनीहरूको अधर्म परमेश्वरले सम्झना गर्नुहुनेछ र उहाँले तिनीहरूका पापको दण्ड दिनुहुनेछ ।
Iwo azama mu zachinyengo monga masiku a Gibeya. Mulungu adzakumbukira zolakwa zawo ndipo adzawalanga chifukwa cha machimo awo.
10 परमप्रभु भन्नुहुन्छ, “मैले इस्राएललाई भेट्टाउँदा, त्यो उजाड-स्थानमा दाख पाएको जस्तै थियो । नेभाराको बोटमा ऋतुको पहिलो फलझैं, मैले तिमीहरूका पुर्खाहरूलाई भेट्टाएँ । तर तिनीहरू बाल-पोरमा गए, र तिनीहरूले आफैंलाई त्यस लज्जास्पद मूर्तिकहाँ अर्पण गरे । तिनीहरूले प्रेम गर्ने मूर्तिहरूझैं तिनीहरू पनि घृणित भए ।
“Pamene ndinamupeza Israeli zinali ngati kupeza mphesa mʼchipululu. Nditaona makolo anu, zinali ngati ndikuona nkhuyu zoyambirira kupsa. Koma atafika ku Baala Peori, anadzipereka ku fano lija lochititsa manyazi ndipo anakhala onyansa ngati chinthu chimene anachikondacho.
11 एफ्राइमको बारेमाचाहिं, तिनीहरूको महिमा चराझैं उडिजानेछ । त्यहाँ कुनै जन्म, कुनै गर्ववास, र कुनै गर्भधारण हुनेछैन ।
Ulemerero wa Efereimu udzawuluka ngati mbalame. Sipadzakhalanso kubereka ana, kuyembekezera kapena kutenga pathupi.
12 तिनीहरूले छोराछोरीलाई हुर्काएको भए पनि, एउटै पनि बाँकी नरहने गरी म तिनीहरूलाई लैजानेछु । तिनीहरूबाट म फर्कँदा, तिनीहरूलाई धिक्कार होस् ।
Ngakhale atalera ana ndidzachititsa kuti mwana aliyense amwalire. Tsoka kwa anthuwo pamene Ine ndidzawafulatira!
13 मैले एफ्राइमलाई टुरोसजस्तै सुन्दर मैदानमा रोपिएको देखेको छु, तर एफ्राइमले आफ्ना छोराछोरीलाई त्यसकहाँ लानेछ, जसले तिनीहरूको हत्या गर्नेछ ।”
Ndaona Efereimu ngati Turo, atadzalidwa pa nthaka ya chonde. Koma Efereimu adzatsogolera ana ake kuti akaphedwe.”
14 हे परमप्रभु, तिनीहरूलाई दिनुहोस्— तपाईंले तिनीहरूलाई के दिनुहुन्छ? तिनीहरूलाई तुहिने गर्भ र दूध नआउने स्तन दिनुहोस् ।
Inu Yehova, muwapatse. Kodi mudzawapatsa chiyani? Apatseni mimba yomangopita padera ndi mawere owuma.
15 “तिनीहरूले गिलगालमा गरेका सबै दुष्टताका कारणले, तिनीहरूलाई मैले त्यहाँ घृणा गर्न सुरु गरें । तिनीहरूका पापी कामहरूका कारणले, मेरो मन्दिरबाट म तिनीहरूलाई धपाउनेछु । म तिनीहरूलाई फेरि प्रेम गर्नेछैनँ । तिनीहरूका सबै अधिकारीहरू विद्रोहीहरू हुन् ।
“Chifukwa cha zoyipa zawo zonse ku Giligala, Ine ndinawada kumeneko. Chifukwa cha machitidwe awo auchimo, ndidzawapirikitsa mʼnyumba yanga. Sindidzawakondanso; atsogoleri awo onse ndi owukira.
16 एफ्राइम रोगले ग्रस्त भएको छ, र तिनीहरूको जरा सुकेका छ । तिनीहरूले फल दिंदैनन् । तिनीहरूका छोराछोरी भए पनि, तिनीहरूका अति प्रिय छोराछोरीलाई म मार्नेछु ।”
Efereimu wathedwa, mizu yake yauma sakubalanso zipatso. Ngakhale atabereka ana, Ine ndidzapha ana awo okondedwawo.”
17 मेरा परमेश्वरले तिनीहरूलाई इन्कार गर्नुहुन्छ किनभने तिनीहरूले उहाँको आज्ञा मानेका छैनन् । जातिहरूका बिचमा तिनीहरू फिरन्तेहरू हुनेछन् ।
Mulungu wanga adzawakana chifukwa sanamumvere Iye; adzakhala oyendayenda pakati pa anthu a mitundu ina.