< होशे 12 >

1 एफ्राइमले हावा खान्‍छ र त्यसले पूर्वीय बतासको पछि लाग्‍छ । त्यसले झुट र हिंसालाई निरन्तर बढाउँछ । तिनीहरूले अश्‍शूरसँग करार बाँध्‍दछन् र मिश्रदेशमा जैतूनको तेल लान्छन् ।
Efereimu amadya mpweya; tsiku lonse amasaka mphepo ya kummawa ndipo amachulukitsa mabodza ndi chiwawa. Amachita mgwirizano ndi Asiriya ndipo amatumiza mphatso za mafuta a olivi ku Igupto.
2 यहूदाको विरुद्ध परमप्रभुसँग एउटा मुद्धा छ र याकूबले जे गरेको छ, त्यसको लागि दण्ड दिनुहुनेछ । त्यसका कामहरूका निम्‍ति उहाँले त्यसलाई बदला दिनुहुनेछ ।
Yehova akuyimba mlandu Yuda; Iye adzalanga Yakobo molingana ndi makhalidwe ake, adzamulanga molingana ndi ntchito zake.
3 गर्भमा नै याकूबले आफ्नो दाजुको कुर्कुच्‍चा समाते, र आफ्नो जवान अवस्थामा तिनले परमेश्‍वरसँग लडन्‍त गरे ।
Akali mʼmimba mwa amayi ake, Yakobo anagwira chidendene cha mʼbale wake; iye atakula analimbana ndi Mulungu.
4 तिनले स्वर्गदूतसँग लडन्‍त गरे र जिते । तिनी रोए र उहाँको निगाहको निम्ति बिन्ती गरे । तिनले बेथेलमा परमेश्‍वरलाई भेटे । त्यहाँ तिनीसँग परमेश्‍वर बोल्‍नुभयो ।
Yakobo analimbana ndi mngelo ndipo anapambana; analira napempha kuti amukomere mtima. Mulungu anakumana naye ku Beteli ndipo anayankhula naye kumeneko,
5 उहाँ सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर हुनुहुन्छ । पुकारा गर्नुपर्ने उहाँको नाउँ “परमप्रभु” हो ।
Yehova Mulungu Wamphamvuzonse, Yehova ndiye dzina lake lotchuka!
6 यसैले आफ्नो परमेश्‍वरकहाँ फर्क । करारको विश्‍वस्‍तता र न्याय कायम राख र आफ्नो परमेश्‍वरमा निरन्तर पर्ख ।
Koma inu muyenera kubwerera kwa Mulungu wanu; pitirizani chikondi ndi chiweruzo cholungama, ndipo muzidikira Mulungu wanu nthawi zonse.
7 व्यापारीहरूका हातमा छलको तराजु रहेको छ, तिनीहरूलाई छल गर्न मन पराउँछन् ।
Munthu wamalonda amagwiritsa ntchito masikelo achinyengo; iyeyo amakonda kubera anthu.
8 एफ्राइमले भन्‍यो, “निश्‍चय नै म धेरै धनी भएको छु । आफ्‍नो निम्ति मैले धनसम्पत्ति पाएको छु । मेरो सबै काममा कुनै अपराध हुने कुरा, पाप हुने कुनै कुरा तिनीहरूले भेट्‍टाउनेछैनन् ।”
Efereimu amadzitama ponena kuti, “Ndine wolemera kwambiri; ndili ndi chuma chambiri. Palibe amene angandiloze chala chifukwa cha kulemera kwanga.”
9 “मिश्रदेशदेखि नै म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ । तोकिएको चाडका दिनहरूमा झैं, तिमीहरूलाई फेरि म पालहरूमा बस्‍ने बनाउनेछु ।
“Ine ndine Yehova Mulungu wako amene ndinakutulutsa mu Igupto. Ndidzakukhazikaninso mʼmatenti, monga munkachitira masiku aja pa nthawi ya zikondwerero zanu.
10 म अगमवक्ताहरूसँग बोलें, र तिमीहरूका निम्ति मैले तिनीहरूलाई धेरै दर्शनहरू दिएँ । अगमवक्ताहरूका हातद्वारा मैले दृष्‍टान्‍तहरू दिएँ ।”
Ndinayankhula ndi aneneri, ndinawaonetsa masomphenya ambiri, ndipo ndinawawuza mafanizo kudzera mwa iwo.”
11 गिलादमा दुष्‍टता छ भने, निश्‍चय नै त्यहाँका मानिसहरू बेकामका छन् । गिलगालमा तिनीहरू साँढेहरू बलि चढाउँछन् । तिनीहरूका वेदीहरू जोतेको खेतमा ढुङ्गाका थुप्रोझैं हुनेछन् ।
Kodi Giliyadi ndi woyipa? Anthu ake ndi achabechabe! Kodi amapereka nsembe za ngʼombe zazimuna ku Giligala? Maguwa awo ansembe adzakhala ngati milu ya miyala mʼmunda molimidwa.
12 याकूब अरामको देशमा भागे । एक जना पत्‍नी पाउनलाई इस्राएलले काम गरे, र एक जना पत्‍नी पाउनलाई तिनले भेडाका बगालको रेखदेख गरे ।
Yakobo anathawira ku dziko la Aramu, Israeli anagwira ntchito kuti apeze mkazi, ndipo anaweta nkhosa kuti akwatire mkaziyo.
13 परमप्रभुले एक जना अगमवक्ताद्वारा इस्राएललाई मिश्रदेशबाट बाहिर ल्याउनुभयो, र एक जना अगमवक्ताद्वारा नै उहाँले तिनीहरूको रेखदेख गर्नुभयो ।
Yehova anagwiritsa ntchito mneneri kuti atulutse Israeli mu Igupto; kudzera mwa mneneriyo Iye anawasamalira.
14 एफ्राइमले परमप्रभुलाई अत्यन्तै क्रोधित पारेको छ । यसैले त्यसका परमप्रभुले त्यसको रगतको दोष त्यसमाथि नै छोड्नुहुनेछ र त्यसको अपमान त्‍यसैलाई फर्काउनुहुनेछ ।
Koma Efereimu wamukwiyitsa kwambiri. Nʼchifukwa chake Yehova adzawalanga ndi imfa. Adzawalanga chifukwa anamuchititsa manyazi kwambiri.

< होशे 12 >