Preface
Read
+
Publisher
Nainoia, Inc.
PO Box 462, Bellefonte, PA 16823
(814) 470-8028
Nainoia Inc, Publisher
LinkedIn/NAINOIA-INC
Third Party Publisher Resources
Request Custom Formatted Verses
Please contact us below
Submit your proposed corrections
I understand that the Aionian Bible republishes public domain and Creative Commons Bible texts and that volunteers may be needed to present the original text accurately. I also understand that apocryphal text is removed and most variant verse numbering is mapped to the English standard. I have entered my corrections under the verse(s) below. Proposed corrections to the Nepali Bible, Hosea Chapter 12 https://www.AionianBible.org/Bibles/Nepali---Nepali-Bible/Hosea/12 1) एफ्राइमले हावा खान्छ र त्यसले पूर्वीय बतासको पछि लाग्छ । त्यसले झुट र हिंसालाई निरन्तर बढाउँछ । तिनीहरूले अश्शूरसँग करार बाँध्दछन् र मिश्रदेशमा जैतूनको तेल लान्छन् । 2) यहूदाको विरुद्ध परमप्रभुसँग एउटा मुद्धा छ र याकूबले जे गरेको छ, त्यसको लागि दण्ड दिनुहुनेछ । त्यसका कामहरूका निम्ति उहाँले त्यसलाई बदला दिनुहुनेछ । 3) गर्भमा नै याकूबले आफ्नो दाजुको कुर्कुच्चा समाते, र आफ्नो जवान अवस्थामा तिनले परमेश्वरसँग लडन्त गरे । 4) तिनले स्वर्गदूतसँग लडन्त गरे र जिते । तिनी रोए र उहाँको निगाहको निम्ति बिन्ती गरे । तिनले बेथेलमा परमेश्वरलाई भेटे । त्यहाँ तिनीसँग परमेश्वर बोल्नुभयो । 5) उहाँ सर्वशक्तिमान् परमप्रभु परमेश्वर हुनुहुन्छ । पुकारा गर्नुपर्ने उहाँको नाउँ “परमप्रभु” हो । 6) यसैले आफ्नो परमेश्वरकहाँ फर्क । करारको विश्वस्तता र न्याय कायम राख र आफ्नो परमेश्वरमा निरन्तर पर्ख । 7) व्यापारीहरूका हातमा छलको तराजु रहेको छ, तिनीहरूलाई छल गर्न मन पराउँछन् । 8) एफ्राइमले भन्यो, “निश्चय नै म धेरै धनी भएको छु । आफ्नो निम्ति मैले धनसम्पत्ति पाएको छु । मेरो सबै काममा कुनै अपराध हुने कुरा, पाप हुने कुनै कुरा तिनीहरूले भेट्टाउनेछैनन् ।” 9) “मिश्रदेशदेखि नै म परमप्रभु तिमीहरूका परमेश्वर हुँ । तोकिएको चाडका दिनहरूमा झैं, तिमीहरूलाई फेरि म पालहरूमा बस्ने बनाउनेछु । 10) म अगमवक्ताहरूसँग बोलें, र तिमीहरूका निम्ति मैले तिनीहरूलाई धेरै दर्शनहरू दिएँ । अगमवक्ताहरूका हातद्वारा मैले दृष्टान्तहरू दिएँ ।” 11) गिलादमा दुष्टता छ भने, निश्चय नै त्यहाँका मानिसहरू बेकामका छन् । गिलगालमा तिनीहरू साँढेहरू बलि चढाउँछन् । तिनीहरूका वेदीहरू जोतेको खेतमा ढुङ्गाका थुप्रोझैं हुनेछन् । 12) याकूब अरामको देशमा भागे । एक जना पत्नी पाउनलाई इस्राएलले काम गरे, र एक जना पत्नी पाउनलाई तिनले भेडाका बगालको रेखदेख गरे । 13) परमप्रभुले एक जना अगमवक्ताद्वारा इस्राएललाई मिश्रदेशबाट बाहिर ल्याउनुभयो, र एक जना अगमवक्ताद्वारा नै उहाँले तिनीहरूको रेखदेख गर्नुभयो । 14) एफ्राइमले परमप्रभुलाई अत्यन्तै क्रोधित पारेको छ । यसैले त्यसका परमप्रभुले त्यसको रगतको दोष त्यसमाथि नै छोड्नुहुनेछ र त्यसको अपमान त्यसैलाई फर्काउनुहुनेछ । Additional comments?
Refresh Captcha
The world's first Holy Bible un-translation!