< हिब्रूहरू 3 >

1 त्यसकारण, पवित्र भाइहरू हो, तिमीहरू स्वर्गीय बोलावटमा साझेदार हुन बोलाइएका हाम्रा प्रधान पुजारी, प्रेरित र येशू ख्रीष्‍टलाई विचार गर ।
Bunun için, göksel çağrıya ortak olan kutsal kardeşlerim, dikkatinizi açıkça benimsediğimiz inancın elçisi ve başkâhini İsa'ya çevirin.
2 जसले उहाँलाई नियुक्त गर्नुभयो, उहाँ परमेश्‍वरप्रति विश्‍वास योग्य हुनुहुन्थ्यो, जसरी मोशा पनि परमेश्‍वरको घरानामा विश्‍वासयोग्य थिए ।
Musa Tanrı'nın bütün evinde Tanrı'ya nasıl sadık kaldıysa, İsa da kendisini görevlendirene sadıktır.
3 परमेश्‍वरले मोशालाई भन्दा येशूलाई योग्य र महान् महिमा दिनुभएको थियो । किनभने घर आफैँलाई भन्दा घर बनाउनेको बढी आदर हुन्छ ।
Evi yapan nasıl evden daha çok saygı görürse, İsa da Musa'dan daha büyük yüceliğe layık sayıldı.
4 हरेक घर कोही न कोहीद्वारा बनाइएको हुन्छ, तर हरेक थोक बनाउने परमेश्‍वर नै हुनुहुन्छ ।
Her evin bir yapıcısı vardır, her şeyin yapıcısı ise Tanrı'dır.
5 एकातिर, मोशा परमेश्‍वरका सारा घरानामा विश्‍वासयोग्य सेवकजस्तै भएर भविश्यमा बोलिने कुराहरूका बारेमा उनी एक गवाही थिए ।
Musa, gelecekte söylenecek sözlere tanıklık etmek için Tanrı'nın bütün evinde bir hizmetkâr olarak sadık kaldı.
6 तर परमेश्‍वरको घरानाको जिम्मा पुत्र ख्रीष्‍टले लिनुभएको छ । यदि हामी निश्‍चयतासाथ उहाँलाई पक्री रहन्छौँ भने हामी गर्वसाथ भन्‍न सक्छौँ, कि हामी उहाँका घराना हौँ ।
Oysa Mesih, O'nun evi üzerinde yetkili oğul olarak sadıktır. Eğer cesaretimizi ve övündüğümüz umudu gevşemeden sonuna dek sürdürürsek, O'nun evi biziz.
7 त्यसकारण, जसरी पवित्र आत्मा भन्‍नुहुन्छ, “आज, यदि तिमीले उहाँको सोर सुन्यौ भने,
Bu nedenle, Kutsal Ruh'un dediği gibi, “Bugün O'nun sesini duyarsanız, Atalarınızın başkaldırdığı, Çölde O'nu sınadığı günkü gibi Yüreklerinizi nasırlaştırmayın.
8 उजाड-स्थानमा परीक्षाको समयमा विद्रोह गरेजस्तै तिमीहरूका हृदयलाई कठोर नपार ।
9 चालिस वर्षसम्म मैले गरेको काम तिनीहरूले देखे र पनि तिम्रा पुर्खाहरूले विद्रोह गरेर मेरो परीक्षा गरे ।
Atalarınız beni orada sınayıp denediler Ve kırk yıl boyunca yaptıklarımı gördüler.
10 त्यसकारण म त्यस पुस्तासँग अप्रसन्‍न भए । मैले भनेँ, ‘तिनीहरू जहिले पनि आफ्ना हृदयबाट तर्किएर गएका छन् । अनि तिनीहरूलाई मेरो बाटो नै थाहा छैन ।’
Bu nedenle o kuşağa darıldım Ve dedim ki, ‘Yürekleri hep kötüye sapar, Yollarımı öğrenmediler.
11 मेरो क्रोधमा मैले शपथ खाएः ‘तिनीहरू कहिल्यै पनि मेरो विश्राममा प्रवेश गर्न पाउनेछैनन्’ ।”
Öfkelendiğimde ant içtiğim gibi, Onlar huzur diyarıma asla girmeyecekler.’”
12 भाइहरू हो, होसियार बस । त्यसैले, तिमीहरूमध्ये कोही पनि दुष्‍ट हृदय र अविश्‍वासी नहोस्, जुन हृदयले जीवित परमेश्‍वरबाट तर्काएर टाढा नलैजाओस् ।
Ey kardeşler, hiçbirinizde diri Tanrı'yı terk eden kötü, imansız bir yüreğin bulunmamasına dikkat edin.
13 बरु, जबसम्म “आजको दिन” भन्‍ने कुरा छ, दिनहुँ एकले अर्कोलाई उत्साह देओ । त्यसकारण, तिमीहरूमध्ये कसैले पनि छलकपटको पापद्वारा हृदय कठोर नपारोस् ।
“Gün bugündür” denildikçe birbirinizi her gün yüreklendirin. Öyle ki, hiçbirinizin yüreği günahın aldatıcılığıyla nasırlaşmasın.
14 यदि हामीले सुरुदेखि अन्त्यसम्मै उहाँमा राखेको हाम्रो भरोसालाई निश्‍चयतासाथ बलियोसँग पक्री राख्यौँ भने, ख्रीष्‍टसँगै हामी साझेदार भएका हुन्छौँ ।
Çünkü Mesih'e ortak olduk. Yalnız başlangıçtaki güvenimizi gevşemeden sonuna dek sürdürmeliyiz.
15 यसको बारेमा यस्तो भनिएको थियो, “आज, यदि तिमीहरूले उहाँको सोर सुन्यौ भने, विद्रोहमा गरेजस्तै तिमीहरूले हृदय कठोर नपार ।”
Yukarıda belirtildiği gibi, “Bugün O'nun sesini duyarsanız, Atalarınızın başkaldırdığı günkü gibi Yüreklerinizi nasırlaştırmayın.”
16 ती को थिए जसले परमेश्‍वरको आवाज सुने र उहाँको विरोध गरे? के ती सबै मोशाले मिश्र देशबाट निकालेर ल्याएकाहरू नै होइनन् र?
O'nun sesini işitip başkaldıran kimlerdi? Musa önderliğinde Mısır'dan çıkanların hepsi değil mi?
17 जोसँग उहाँ चालिस वर्षसम्म रिसाउनुभएको होइन र? के ती पाप गर्नेहरूसित होइन जसका मृत शरीरहरू उजाड-स्थानमा छरिएका थिएनन् र?
Tanrı kimlere kırk yıl dargın kaldı? Günah işleyip cesetleri çöle serilenlere değil mi?
18 तिनीहरू उहाँको विश्राममा पस्‍न पाउनेछैनन् भनी कोसँग उहाँले शपथ खानुभएको थियो, के ती उहाँका आज्ञा नमान्‍नेहरू होइनन् र?
Sözünü dinlemeyenler dışında kendi huzur diyarına kimlerin girmeyeceğine ant içti?
19 र अविश्‍वासको कारणले नै तिनीहरू उहाँको विश्राममा पस्‍न नसकेको हामी देख्दछौ ।
Görüyoruz ki, imansızlıklarından ötürü oraya giremediler.

< हिब्रूहरू 3 >