Preface
Read
+
Publisher
Nainoia, Inc.
PO Box 462, Bellefonte, PA 16823
(814) 470-8028
Nainoia Inc, Publisher
LinkedIn/NAINOIA-INC
Third Party Publisher Resources
Request Custom Formatted Verses
Please contact us below
Submit your proposed corrections
I understand that the Aionian Bible republishes public domain and Creative Commons Bible texts and that volunteers may be needed to present the original text accurately. I also understand that apocryphal text is removed and most variant verse numbering is mapped to the English standard. I have entered my corrections under the verse(s) below. Proposed corrections to the Nepali Bible, Hebrews Chapter 3 https://www.AionianBible.org/Bibles/Nepali---Nepali-Bible/Hebrews/3 1) त्यसकारण, पवित्र भाइहरू हो, तिमीहरू स्वर्गीय बोलावटमा साझेदार हुन बोलाइएका हाम्रा प्रधान पुजारी, प्रेरित र येशू ख्रीष्टलाई विचार गर । 2) जसले उहाँलाई नियुक्त गर्नुभयो, उहाँ परमेश्वरप्रति विश्वास योग्य हुनुहुन्थ्यो, जसरी मोशा पनि परमेश्वरको घरानामा विश्वासयोग्य थिए । 3) परमेश्वरले मोशालाई भन्दा येशूलाई योग्य र महान् महिमा दिनुभएको थियो । किनभने घर आफैँलाई भन्दा घर बनाउनेको बढी आदर हुन्छ । 4) हरेक घर कोही न कोहीद्वारा बनाइएको हुन्छ, तर हरेक थोक बनाउने परमेश्वर नै हुनुहुन्छ । 5) एकातिर, मोशा परमेश्वरका सारा घरानामा विश्वासयोग्य सेवकजस्तै भएर भविश्यमा बोलिने कुराहरूका बारेमा उनी एक गवाही थिए । 6) तर परमेश्वरको घरानाको जिम्मा पुत्र ख्रीष्टले लिनुभएको छ । यदि हामी निश्चयतासाथ उहाँलाई पक्री रहन्छौँ भने हामी गर्वसाथ भन्न सक्छौँ, कि हामी उहाँका घराना हौँ । 7) त्यसकारण, जसरी पवित्र आत्मा भन्नुहुन्छ, “आज, यदि तिमीले उहाँको सोर सुन्यौ भने, 8) उजाड-स्थानमा परीक्षाको समयमा विद्रोह गरेजस्तै तिमीहरूका हृदयलाई कठोर नपार । 9) चालिस वर्षसम्म मैले गरेको काम तिनीहरूले देखे र पनि तिम्रा पुर्खाहरूले विद्रोह गरेर मेरो परीक्षा गरे । 10) त्यसकारण म त्यस पुस्तासँग अप्रसन्न भए । मैले भनेँ, ‘तिनीहरू जहिले पनि आफ्ना हृदयबाट तर्किएर गएका छन् । अनि तिनीहरूलाई मेरो बाटो नै थाहा छैन ।’ 11) मेरो क्रोधमा मैले शपथ खाएः ‘तिनीहरू कहिल्यै पनि मेरो विश्राममा प्रवेश गर्न पाउनेछैनन्’ ।” 12) भाइहरू हो, होसियार बस । त्यसैले, तिमीहरूमध्ये कोही पनि दुष्ट हृदय र अविश्वासी नहोस्, जुन हृदयले जीवित परमेश्वरबाट तर्काएर टाढा नलैजाओस् । 13) बरु, जबसम्म “आजको दिन” भन्ने कुरा छ, दिनहुँ एकले अर्कोलाई उत्साह देओ । त्यसकारण, तिमीहरूमध्ये कसैले पनि छलकपटको पापद्वारा हृदय कठोर नपारोस् । 14) यदि हामीले सुरुदेखि अन्त्यसम्मै उहाँमा राखेको हाम्रो भरोसालाई निश्चयतासाथ बलियोसँग पक्री राख्यौँ भने, ख्रीष्टसँगै हामी साझेदार भएका हुन्छौँ । 15) यसको बारेमा यस्तो भनिएको थियो, “आज, यदि तिमीहरूले उहाँको सोर सुन्यौ भने, विद्रोहमा गरेजस्तै तिमीहरूले हृदय कठोर नपार ।” 16) ती को थिए जसले परमेश्वरको आवाज सुने र उहाँको विरोध गरे? के ती सबै मोशाले मिश्र देशबाट निकालेर ल्याएकाहरू नै होइनन् र? 17) जोसँग उहाँ चालिस वर्षसम्म रिसाउनुभएको होइन र? के ती पाप गर्नेहरूसित होइन जसका मृत शरीरहरू उजाड-स्थानमा छरिएका थिएनन् र? 18) तिनीहरू उहाँको विश्राममा पस्न पाउनेछैनन् भनी कोसँग उहाँले शपथ खानुभएको थियो, के ती उहाँका आज्ञा नमान्नेहरू होइनन् र? 19) र अविश्वासको कारणले नै तिनीहरू उहाँको विश्राममा पस्न नसकेको हामी देख्दछौ । Additional comments?
Refresh Captcha
The world's first Holy Bible un-translation!